Sunday, January 31, 2010

gazal haru

एक अञ्जुली माया / गिती संग्रह
दीपक जडितको एक सय एघार गीतहरुको संगालो
------------------------------------------समर्पण----------------------------------------------


-------------------------------------त्यै निष्ठुरीलाई-------------------------------------------

--------------------------जस्ले आधीबाटोमा छोडेर मलाई एक्लै---------------------------------
--------------------------बादलपारीको देशमा गई आफु एक्लै ।---------------------------------

_____________________________________________________________
_____________________शुभारम्भ__________________________________
विषय क्रम

१ किन मान्छे माया भन्छन
२ बाटो कुर्दै देउरालीमा
३ त्यो रातको कथा मेरो
४ नयाँ दिन आयो
५ मैले लाएको माया
६ हुरुक्कै बनाई छाड्यो
७ सिमलको हाँगामा
८ परदेशी बाबा सम्झेर
९ भन्थ्यौ तिमी फूल हो जीवन
१० श्रीष्टीकै नियम
११ कहाँ राख्यौ
१२ के नै छ र
१३ जाँदैछु छाडी आमाको काख
१४ संसार अटाउने मुटु
१५ आँधी आएर
१६ खुशी त कहाँ
१७ हार्नु त केहि हैन
१८ मुटु त छ म संग
१९ यहाँ औंशीको रात हुन्छ
२० गोरेटोमा कतै फेरी
२१ रहरहरु मनभित्रका
२२ मेरो नेपाल
२३ म कहाँ खोजुँ त
२४ यि नै सारा बन्धन तोडेर
२५ तिमी नै मेरो घाम हौ
२६ बैगुनीले माया मारिछे
२७ अर्काको माया खोसी
२८ जिन्दगीको कथा
२९ मेरो साथ यदि आज
३० मेरो गीतलाई संधै
३१ तिम्रो यादमा
३२ मायामा यति प्रतिक्षा
३३ मेरो सम्झना नगर्नु
३४ आज फेरी पिएर आएँ
३५ सातै समुन्द्र
३६ जिन्दगीमा मैले मात्रै
३७ मैले छोपेको घाउ
३८ मेरो सुखलाई
३९ फेरी आज छातीभित्र
४० संधै संधै तिम्रैमात्र
४१ गुलाफ फूल्यो तिम्रो निधारमा
४२ पुर्वेली हुँ म
४३ शब्दसंग धेरै खेलें
४४ विदेशबाट आउलाउ ए दाई
४५ पिरती लाएँ भन्थ्यौ
४६ खुशी मागेथें मायासंग
४७ मलाई सपना नदेउ
४८ कुन घरलाई मैले आफ्नो भन्नु
४९ जति बग्यो तिम्रो माया
५० छातीभित्र कस्तो हो यो
५१ देश उठ्छ भने
५२ म त डुबिरहें
५३ तिम्ले यदि मेरो साथ
५४ बर्वाद म भएको
५५ ओराली झर्यो
५६ मलाई एक्लै छाडीगयौ
५७ मृगतृष्णा बनेर रहयो
५८ रित्तो भो मेरो आकाश
५९ मैले एक्लै बाँच्न सिकें
६० चट्टक्कै माया मारेर
६१ यौटै बेदनाले
६२ कस्तो रै'छ जन्मिदाको साईत
६३ फेरी पनि आकाशमा
६४ प्यारो लाग्छ मलाई त
६५ अलिकति आशा बोकेर पनि
६६ कति कति चोट पर्छ
६७ थाम्नै सकेन मेरो मायाले संसार
६८ आमाको माया नपाएपछि
६९ तिम्रो साथ पाएर
७० नछेकि देउ ए बादल
७१ उड्दा उड्दै आकासिएर
७२ कस्लाई पो विश्वास गरुँ अब
७३ पिरतीलाई जुवा जस्तै
७४ पिरहरु आँखामा उनेर
७५ सम्झिएर कति रोउं
७६ जिन्दगीमा को संग रिसाउनु
७७ ओठले बाहिर मुस्कुराएर
७८ म श्मसानलाई घर सम्झेर
७९ जुनी जुनी संगै बाँच्ने
८० पहिलो नजर आँखा जुधाई
८१ मुर्दा भएको यो रातले
८२ जिन्दगीको यो मोडमा
८३ आफैं दुखेर म
८४ हाँसी हाँसी नभए नि
८५ दोबाटो ढुकेर
८६ भनन के छ मेरा दोषहरु
८७ आफ्नो आफ्नो बुझाई हो
८८ मिठो बोली बोलेर
८९ रिमझिम झरी परि नै रहयो
९० म के हुँ , को हुँ
९१ बुझ्नेले बुझिहाल्छन
९२ तिमी बिना
९३ उकालो त अझै साथी
९४ कहाँ गयौ मलाई छाडी
९५ आजभोली तिम्रै चर्चा
९६ मुटु झिकी देखाईदियौ
९७ आँखाले खोज्यो तिमीलाई
९८ कहाँ राख्यौ मलाई
९९ च्यातिदेउ मेरा यादहरु
१०० जीवन शिखरमा टेक्नलाई हो
१०१ मेरी माया मेरो रातमा
१०२ झार्दछ आँशु आकाशले
१०३ मलाई कसैले यतिधेरै
१०४ मलाई माया गर्छु भन्ने
१०५ मेरो मनको संघारभरी
१०६ मुटुभरी लेखेजति
१०७ मन राखेर माया दिएं
१०८ बिना गल्ती माग्दापनि
१०९ मुल सडकमा मलाई देख्दा
११० वसन्तको हरियाली
१११ भोक हो माया



१ किन मान्छे माया भन्छन

किन मान्छे माया भन्छन मायालाई नै ईश्वर ठान्छन
ईश्वरको रुप भए माया किन यस्मै धोका खान्छन ।

म त भन्छु माया केवल एउटा झुठो नाटक हुन्छ
कसैले यसलाई चोखो सम्झे उसैले जीवन आँशुमा धुन्छ
यौटाको आँशु सागर बनेनि कस्को मुटुलाई त्यसले छुन्छ
त्यसैले माया बाजी जित्ने एउटा झुठो नाटक हुन्छ ।

माया पुर्णेको जून हो भन त्यसभित्र पनि दाग नै हुन्छ
समर्पण हो माया कस्ले भन्छ मायामा सधैं भाग नै हुन्छ
मायामा जीवन बलिदान गरेनि कस्को मनले त्यसलाई छुन्छ
त्यसैले माया बाजी जित्ने यौटा झुठो नाटक हुन्छ ।
-----------------------------
२ बाटो कुर्दै देउरालीमा

बाटो कुर्दै देउरालीमा साँझ नपार्नु है
ढिलो चाँडो फर्की आउँला माया नमार्नु है ।

पाखाभरि ढकमक गुराँस् फुल्यो होला
मेरै गीत सुसाउछकी अझै पुवा खोला
पच्छौरिले चिया बारीमा ओझेल नपार्नु है
ढिलो चाँडो फर्की आउँला माया नमार्नु है ।

अन्तु डाँडाबाट झुल्के घाम हेर्दै छौ कि
फुकायौ कि मेरो माया अझै बेर्दै छौ कि
एक्लो पर्दा देउरालीमा हिम्मत नहार्नु है
ढिलो चाँडो फर्की आउँला माया नमार्नु है ।
---------------------------
३ त्यो रातको कथा मेरो

त्यो रातको कथा मेरो तिमीलाई सुनाउँदिन
भागी भागी टाढा भएँ तिमी सामु आउँदिन ।

ईन्द्रेणी परेको आकाशमा तिमीलाई ब्यर्थै खोजेँ
हजारौं फूलहरु छाडेर भिरकै फूल किन रोजें
यि आँखामा फेरी अब सपना सजाउँदिन
त्यो रातको कथा मेरो तिमी लाई सुनाउँदिन ।

निर्दोश मेरा यि आँखाहरुमा तिम्रो तस्वीर सजाएथें
कोमल मेरो यो हृदयमा तिम्रै संगीत बजाएथें
यो मुटु मा फेरी अब धून बजाउँदिन
त्यो रातको कथा मेरो तिमी लाई सुनाउँदिन ।
----------------------------------------
४ नयाँ दिन आयो

नयाँ दिन आयो कसरी म भनुँ
छैन कतै नि उज्यालो
हावाको एक झोंकासंगै
निभेछ दियालो ।

बेफुर्सदी मान्छे सबै संधैं नै हतारो
भ्याई नभ्याई दौडादौडी फेरी नि पसारो
उहि कर्म गर्नै पर्ने बाध्यता के साह्रो
नयाँ दिन आयो कसरी म भनुँ
छैन कतै नि अनौठो
साँझ बिहान निल्नैपर्ने
भए नि नमिठो ।

सबै खोज्छन जिन्दगीमा केहि बेग्लै गरुँ
भेटे सम्म नयाँ नौलो आफु एक्लै गरुँ
सके देखि आफुं मात्रै बैतरणी तरुँ
नयाँ दिन आयो कसरी म भनुँ
छैन कहिँ नयाँनौलो
भोग्नै पर्ने जिन्दगीमा
सधैं यै पुरानो ।
---------------------------------------
५ मैले लाएको माया

मैले लाएको माया झुठो ठानेउ कि तिमीले
भुलेउ कि सँगै बाँच्ने कसम खाएको हामीले
र एक्लो भएँ म आज आउन्नौ तिमी म सँग
सपनाको हाम्रो संसार बनायौ भताभुङ्ग ।

दुनियाँ हाँस्छ म देखि हाँसोस् म रोईदिउँला
तिम्रो नाम लिएरै बरु सनकी म होईदिउँला
श्रीष्टीमा जब सम्म रहला यो आकाश र धरती
राख्ने छु साँचेर चोखै तिम्रो मेरो पिरती ।

बर्षन्छ तिम्रो माया जलका प्रतेक कणमा
बसेउकी गएर तिमी नभका सितारा गणमा
प्रलय भएर बरु भत्केला मेरो धरातल
भत्कन्न कहिले पनि तिम्रो मायाको सत्तल ।
-------------------------
६ हुरुक्कै बनाई छाड्यो

हुरुक्कै बनाई छाड्यो पापीनीको मायाले
गिज्याउछ एक्लो मलाई आफ्नै छाँयाले
बरै त्यसकै मायाले ।

बसन्तका पातहरु झरेकै थिएन
जिन्दगीमा रात पनि परेकै थिएन
उठिबास लाई छाड्यो त्यै मोरीको मायाले
गिज्याउछ एक्लो मलाई आफ्नै छाँयाले
बरै त्यसकै मायाले ।

त्यसको माया नदी जस्तै बग्थ्यो सलसली
आँखाभरी त्यसकै मुहार आउछ झलझली
रित्तो पर्‍यो मनको घर निर्मोहीको मायाले
गिज्याउछ एक्लो मलाई आफ्नै छाँयाले
बरै त्यसकै मायाले ।
-------------------------------
७ सिमलको हाँगामा

सिमलको हाँगामा चैत पनि फुल्दो रै'छ
परदेश गा'को मायालुले चोखो माया भुल्दो रै'छ ।

बरालियो हुरी संगै बैसाखमा मेरो मन
रोईरोई बिताउंदैछु निरास यो एक्लो पन
सुबास रहित फूलमा पनि भमरा डुल्दो रै'छ
परदेश गा'को मायालुले चोखो माया भुल्दो रै'छ ।

न चिठ्ठी नै पठाउंछ न त उ नै भेट्न आउंछ
निष्ठुरीले सपनीमा मात्रै माया लाउंछ
झरी परिसकेपछि आकाश खुल्दो रै'छ
परदेश गा'को मायालुले चोखो माया भुल्दो रै'छ ।

-------------------------------
८ परदेशी बाबा सम्झेर

परदेशी बाबा सम्झेर छोरी रोयौ कि धरर
मेरो नि छाती सम्झेर तिमीलाई चिरिन्छ चरर
छोरी नरोउ न धरर ।

म किन रोउँ बाबाको माया आलै छ छातीमा
दशैंमा आशिष दिनलाई बाबा आए फुलपातीमा
बाबा आए फुलपातीमा ।

तिमी नै यौटी छोरी हौ मेरो जिउंने आधार
मायालु बोली लेखेर पठाउ चिठ्ठीमा सरर
तिमी जिउने आधार।

लेख्ने छु बाबा चिठ्ठीमा मेरो मुटुको मायालाई
परदेशी भई नभुले बाबा गाउँघरको मायालाई
बाबा गाउँघरको मायालाई ।

पाईलामा तिम्रो सफलता अनि मुहारमा जुन छ
बाबाको आशिष सदैब तिम्रो शिरमा हुनेछ
तिम्रो मुहारमा जुन छ ।

अब त फर्की आए है बाबा सम्झेर प्यारो गाउँ
यहाँको बाटो गोरेटोहरुले लिंदैछ तिम्रो नाउँ
बाबा लिंदैछ तिम्रो नाउँ ।
--------------------------------------
९ भन्थ्यौ तिमी फूल हो जीवन

भन्थ्यौ तिमी फूल हो जीवन बल्ल आज मैले मानें
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।

दुई दिनको जिन्दगीलाई ब्यर्थै नष्ट गरिगयौ
मुटुभित्र झुसी पारी बिरह त भरीगयौ
आँखिरी त दुईदिनको चोला हो यो मरीजाने
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।

पिरहरु भोलि रुँला भन्थ्यौ आज हाँस्नुपर्छ
के थाहा र भोली कस्तो कर्म खेपी बाँच्नुपर्छ
किन यती हतार भयो सारा खुशी तरी जाने
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।

हिउँ जस्तै रै'छ जीवन घाम लागे पग्लिजाने
सम्झना नै सँधै सँधै हिमालझैं अग्लीजाने
घाउ दियौ सम्झँदैमा आँखाहरु भरीजाने
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।
------------------------------------------
१० श्रीष्टीकै नियम

श्रीष्टी कै नियम रहेछ मर्नु मर्ने त गै जान्छन
सम्झेर बाँच्ने ले अरु के गर्नु आँशु बगाईरन्छन ।

भन्देउ न दाजु भन्देउ न दिदी अब त नरोए
मुस्काई बाँच्ने जिन्दगीलाई आँशुले नधोए
खै कस्ले पायो मरीजाने लाई बिर्षनै पर्दछ
आँशुको प्रतेक थोपामा बुझ जिन्दगी झर्दछ ।

पूर्णेको जून तिम्रै लागी हो अँध्यारो नरोज
खुशीलाई पनि समेट्ने गर बेदना नखोज
टाढा छ तिम्रो मुटुको मान्छे बादल पारी देशमा
भेट्दै छौ होला सपनामा अझै मायालु भेषमा ।
--------------------------------
११ कहाँ राख्यौ

कहाँ राख्यौ जोगाएर मेरो चोखो मायालाई
छामीहेर्छु छातीभित्र अझै तिम्रो छाँयालाई ।

बादलपारी गयौ तिमी एक्लै मलाई यहाँ छाडी
लत्याएर मेरो संसार मुटुभित्र काँडा गाढी
अझै पनि म रोईरहेछु सम्झी तिम्रै मायालाई
छामीहेर्छु छातीभित्र अझै तिम्रो छाँयालाई ।

यसैगरी आँशुसंगै नाता जोडी बाँचु कति
मुटुभित्र पिंडा लुकाई बाहिर म हासुँ कति
कैले सम्म रुनु मैले सम्झी तिम्रै मायालाई
छामीहेर्छु छातीभित्र अझै तिम्रो छाँयालाई ।
------------------------------------
१२ के नै छ र

के नै छ र बाँकी भन्नु जिन्दगीमा रुनलाई
त्यसैले त छैन भाग्यमा नै खुशी हुनलाई ।

आज यस्तो पिंडा बोकी बाँचि रै'छु तर फेरी
हाँसीदिन्छु अरुलाई आँशु पिउंदै घरीघरी
थोपै छैन पानी कतै पिर ब्याथा धुनलाई
त्यसैले त छैन भाग्यमा नै खुशी हुनलाई ।

नचाहेनि भेट्नु पर्ने मान्छेहरु थरीथरी
किन होला झुम्मिएका संधै मेरै वरीपरी
यौटै छैन साथी मेरो घाउ तर छुनलाई
त्यसैले त छैन भाग्यमा नै खुशी हुनलाई ।
-----------------------------------------
१३ जाँदैछु छाडी आमाको काख

जाँदैछु छाडी आमाको काख पराई देशमा
विजयि आशिष देउन आमा हातराखी केशमा ।

माटोको माया मुटुभरी
हिमाली छाँया आँखाभरी
जाँदैछु लिएर
भुल्ने म छैन स्वदेशलाई
आनन्द पिएर ।

स्वदेशले मागे मेरो पसिना
धर्तीलाई परे रगत सिँचन
फर्केर आउनेछु
आमाको मुहार हसाउंनलाई
खुशी म ल्याउने छु ।
-----------------------------------------
१४ संसार अटाउने मुटु

संसार अटाउने तिम्रो मुटु भित्र मेरो
एक अन्जुली माया अटाईदेउ
भन्थ्यौ माग्दिन अरु तिम्रो केही म
केवल यही नै कसम देउ ।

तोडेर कसमको बन्धन तिमीले मात्रै मलाई बन्दी बनायौ
लुटेर बसन्त मेरो जीवनको फेरी किन आगो सल्कायौ
डढेलो बोकेर छातीभित्र मेरो
साँचेकै छु एक अन्जुली माया ।

तिम्रो कसमको परिधीभित्र अझै पनि त्यहीँ डुल्दैछु
सजाय यो कठोर सहेरै पनि मैले तिमीलाई नै सम्झेकै छु
सम्झना ओझेल परे तर तिम्रै लागी
सांचेकै छु एक अन्जुली माया ।
---------------------------
१५ आँधी आई

आँधी आई त्यो रात मेरो सपना उडाईदियो
भेलबाढी आई त्यही रात मेरो जिन्दगी बगाईदियो ।

बगेर जीवन बगरभरी छरिएछ जताततै
माया गरेर यस्लाई बटुल्न कस्ले सघाईदियो
कुल्चेर सयौँ पाईलाहरुले दुखेको मेरो जीवनमा
कस्को मायालु हातहरुले मल्हम लगाई दियो ।

अनिंदो बितेका धेरै रातपछी अचानक आजैराती
आँखामा बसेर सपनाको कस्ले महल सजाईदियो
छिनेथ्यो हृदयका सारा तारहरु मनको मेरो सारङ्गी
मर्मत गरेर कस्ले अपूर्व यो धून बजाईदियो ।
---------------------------------------------
१६ खुशी त कहाँ

खुशी त कहाँ जित्न सकिन्छ जिन्दगी हारेर
मनको सँघार नाघेर गयौ मन रित्तै पारेर ।

उजाड मनमा चल्दछ आँधी सपना उडाउछ
छाती भित्र नि बल्दछ आगो कलेजो डढाउछ
निर्मोही माया बिलाई कहाँ सम्झना छोडेर
मर्नु न बाँच्नु बनाई मनमा भाला नै रोपेर ।

बिर्षन पनि सकिन उसलाई सम्झिँदा रुवाउने
भिजेको चुल्हो झैँ भयो यो जीवन सधैं नै धुवाउने
निस्ठुरी गई छाडेर मलाई भुत्तुक्कै पारेर
आँशुको होली खेल्दै छु म त जिन्दगी हारेर ।
------------------------------------
१७ हार्नु त केहि हैन

हार्नु त केहि हैन जित्नु जीवनमा साह्रो
मर्नु त केहि हैन बाँच्नु रहेछ गाह्रो
बुझेपछी जिन्दगीले अलमल्ल पार्यो
लौ न अलमल्ल पार्यो ।

ओभानोमा पाईला टेकें गाडीएछ भासभित्र
आधीपाटै जिन्दगी यो छाडीएछ आसभित्र
मर्नु त केहि हैन बाँच्नु रहेछ गाह्रो
ब्याथा सम्झी जिन्दगीले फेरी आँशु झार्यो
लौ न फेरी आँशु झार्यो ।

पिरतीको कथा मेरो गीत संगै उनिएछ
जिन्दगीलाई फसाउने आफैं जालो बुनिएछ
मर्नु त केहि हैन बाँच्नु रहेछ गाह्रो
जीत ठानी जिन्दगीले जानीजानी हार्यो
लौ न जानीजानी हार्यो ।
-----------------------------------------
१८ मुटु त छ म संग

मुटु त छ म संग माया रित्तिएको
दियालो हुँ म त तेल नै सिध्धीएको
नराख म बाट उज्यालोको आशा
सक्दिनं म दिन प्रेमको परिभाषा ।

थाके पनि पाईलाहरु म त हिंड्दै नै छु
बाँचें भन्ने भ्रमभित्र म त मुर्दा भै छु
जिन्दगीमा खाली मैले पाएछु निराशा
सक्दिनं म दिन प्रेमको परिभाषा ।

अचानो भो छाती मेरो चोट सहिदिने
चिच्याउं त सबै मेरो ओठ थुनिदिने
दुनियाँबाट के नै मैले गर्नु अब आशा
सक्दिनं म दिन प्रेमको परिभाषा ।
---------------------------------------
१९ यहाँ औंशीको रात हुन्छ

यहाँ औंशीको रात हुन्छ
यो मन त्यसै त्यसै रुन्छ
निष्ठुरीलाई अझै पनि
आँखाभरी देखुँ भन्छ ।

कति फूल झरे हातमाथी
कति आँशु झरे पातमाथी
चुम्दा चुम्दै सम्झनालाई
कति दिन चढे रातमाथी ।

मेरा करोढ पुकारहरुले
फर्काएर ल्याएन उसलाई
यादै यादमा बाँच्नेहरुले
ब्यर्थै दोष दिनु कस्लाई ?
--------------------------------
२० गोरेटोमा कतै फेरी

गोरेटोमा कतै फेरी तिम्रो साथ पाए हुन्थ्यो
लड्दाखेरी समाउन तिम्रै हात पाए हुन्थ्यो ।

पानी हो कि जीवन मेरो किन आकार छैन कतै
धुँवा हो कि सपना मेरो किन साकार भएन कुनै
यो आँखाको आँशु पुछ्न फेरी तिमी आए हुन्थ्यो
लड्दाखेरी समाउन तिम्रै हात पाए हुन्थ्यो ।

कहाँ झर्यो खुशी मेरो खोज्न जाउँ कतातिर
पुग्न पाए हुन्थ्यो बरु खुशी खोज्दै तिमीनेर
बेदनाको आँधी छेल्न फेरी तिमी आए हुन्थ्यो
लड्दाखेरी समाउन तिम्रै हात पाए हुन्थ्यो ।
-------------------------------
२१ रहरहरु मनभित्रका

रहरहरु मनभित्रका मारिदिउं जस्तै लाग्दछ
मलाई किन जिन्दगानी यो हारीदिउं जस्तै लाग्दछ ।

निश्ठुरीलाई सम्झिएर रोई बसेको छु
पिरहरु आँशु झारी धोई बसेको छु
आफ्नै आँगन आज मलाई मसानघाट जस्तै लाग्दछ
मलाई किन जिन्दगानी यो हारीदिउं जस्तै लाग्दछ ।

बादलुमा चम्किदिने बिजुली हो माया
छिनभरमै अल्पिदिने उज्यालो हो माया
आफ्नै जीवन आज मलाई बगर भो जस्तै लाग्दछ
मलाई किन जिन्दगानी यो हारीदिउं जस्तै लाग्दछ ।
---------------------------------------
२२ मेरो नेपाल

मेरो नेपाल मेरो नेपाल
गौरव गर्दै छाती खोली भन्छु मेरो नेपाल
सुन्दर छ , शान्त छ अनि छ विशाल
मेरो नेपाल मेरो नेपाल ।

मुस्कुराउंदै मेरो हिमाल हिउँको गीत गुन्गुनाउंछ
पहाडभरी भमराले गुराँसमा भुन्भुनाउंछ
सुनकै मुद्रा बनि अन्न तराईमा छुन्छुनाउंछ
मेरो नेपाल मेरो नेपाल ।

अमृतको धारासरी हिउँचुलीको पानी झारी
झरना छाँगा खोला हाँस्छन यो देशलाई स्वर्ग पारी
शान्तीको हावा चल्दा हिंसा भाग्छ हिम्मत हारी
मेरो नेपाल मेरो नेपाल ।
----------------------------
२३ म कहाँ खोजुँ त

म कहाँ खोजुँ त मेरी उनिलाई जब यो दुनियांमै छैनन
मेरो विश्वास अझै छ मलाई उनले धोका दिएकि हैनन ।

म आफैंमा आज हराएछु बेहोसीमा कराएछु
सपनीमा हो कि बिपनीमा उनलाई नै पाएछु
कस्ले भन्छ उनले म संग अब माया साट्ने छैनन
मेरो विश्वास अझै छ मलाई उनले धोका दिएकि हैनन ।

मेरो आँखा हो उनको प्रवेशद्वार मुटु हो बस्ने ठाउँ
चाहिन्न उनलाई यि बाहेक अब यो सहर यो गाउँ
कस्ले भन्छ उनले म संग अब रात काट्ने छैनन
मेरो विश्वास अझै छ मलाई उनले धोका दिएकि हैनन ।
------------------------------------
२४ यि नै सारा बन्धन तोडेर

यि नै सारा बन्धन तोडेर
गईन उनि मलाई यहाँ एक्लै छोडेर
यि नै सारा बन्धन तोडेर ।

हिंजै हाँस्नु रै'छ मैले तर किन साँचीरहें
गुम्सिएर त्यही हाँसो आँशु झार्दै बाँचीरहें
यस्तो खेल नियतीको कहाँ बुझ्न सक्नु र ?
फेरी फेरी सपनीहरुमा
उनि आई रुवाउंछिन धरधरी पारेर
यि नै सारा बन्धन तोडेर ।

कति रहर कति सपना मनभित्र सजिएको
लथालिंग भो जिन्दगी के अर्थ भो जिएको
छोटो रै'छ चोखो माया कहाँ भुल्न सक्नु र ?
घरी घरी सम्झनाहरुमा
उनि आउछिन आँखासामु एकोहोरै पारेर
यि नै सारा बन्धन तोडेर ।
-----------------------------------
२५ तिमी नै मेरो घाम हौ

तिमी नै मेरो घाम हौ तिमी जून हौ
मेरो जीवनको संगीतको तिमी धून हौ ।

सावनको झरी जस्तै मेरो आँशु झर्दा
पिंजडाको चरी जस्तै मन यो छटपट गर्दा
आँशु पुछ्ने पिंडा बुझ्ने तिमी साथी हौ
तिमी नै मेरो प्राण हौ तिमी जून हौ
मेरो जीवनको संगीतको तिमी धून हौ ।

औंसीको झैं कालो रात्री मेरो जीवनमा छाउंदा
उज्यालोको आसै आसमा अन्धकार पाउंदा
झलमल उज्यालोदिने तिमी ज्योती हौ
तिमी नै मेरो मुटु हौ तिमी जून हौ
मेरो जीवनको संगीतको तिमी धून हौ ।
-----------------------------------
२६ बैगुनीले माया मारिछे

बैगुनीले माया मारिछे सपनीमा सम्म आउदिन
मैलेभने भुल्नै सकिंन तर सम्झिएर रुन पाउंदिन ।

अरु पनि धेरै आए आँखाभित्र बस्छु भनी
बसेका थे जति सबै खसीगए आँशु बनी
रुनै पर्छ भने फेरी भै गो अब माया लाउंदिन
बैगुनीले माया मारिछे सपनीमा सम्म आउदिन ।

खडेरीमा तलाउ झैं तिम्रो माया सुकीगयो
तर मुटु बालुवा भै अझैसम्म दुखिरहयो
आँशु झार्दै अब भै गो तिम्रो गीत गाउंदिन
बैगुनीले माया मारिछे सपनीमा सम्म आउदिन ।
------------------------------------
२७ अर्काको माया खोसी

अर्काको माया खोसी बाँच्नेहरुलाई
अरुलाई रुवाएर हाँस्नेहरुलाई
म संग त अझै छ नि अरु दिनलाई
छुरा बोकी आएदेखि फेरी लिनलाई ।

खाली नै छ जीवन मेरो रित्तिजाने डरै किन
मागेर त हेर मलाई तैयार छु ज्यानै दिन
फेरी पनि खोस्नै पर्ने भएदेखि तिमीलाई
म संग त अझै छ नि अरु दिनलाई
छुरा बोकी आएदेखि फेरी लिनलाई ।

मैले सबै खुशी पनि अरुलाई बाँडीसकें
आफ्नो निंती भनी हाँसो साँच्न पनि छाडीसकें
अझै पनि मेरै हाँसो चाहिएदेखि तिमीलाई
म संग त अझै छ नि अरु दिनलाई
छुरा बोकी आएदेखि फेरी लिनलाई ।
-------------------------------------------
२८ जिन्दगीको कथा

जिन्दगीको कथा मैले धेरै चोटी सुनें
धेरै धेरै मान्छेहरुले मलाई यस्तै भने
कहिँ तितो कतै मिठो जिन्दगी हो घाम छाँया
आखिरी त जिन्दगीको मजा भन्नु नै हो माया ।

कैले जीवन बादल भई आकाशभरी फैलिदिन्छ
फेरी कैले लालुपाते जस्तै छिनमै ओईलिदिन्छ
कहिँ तितो कतै मिठो जिन्दगी हो घाम छाँया
आखिरी त जिन्दगीको मजा भन्नु नै हो माया ।


जीवन के हो बुझ्नै नपाई भन्छन सबले नासीजान्छ
कोही भन्छन जिन्दगीमा याद मात्रै बाँकी रहन्छ
कहिँ तितो कतै मिठो जिन्दगी हो घाम छाँया
आखिरी त जिन्दगीको मजा भन्नु नै हो माया ।
----------------------------------
२९ मेरो साथ यदि आज

मेरो साथ यदी आज हुन्थ्यौ भने तिमी
चन्द्रमाकै हाराहारी भ ईसक्थ्यौं हामी ।

न त मेरो खुशी रहयो न रहरै रहयो
जति हेर्छु आफ्नो मुहार विरानो भयो
विरानो पो भयो ।

फक्रे कति फूलहरु कति बैंश बोकी
मैले बाँच्ने जवानी चैं पानी हो की
पानी मात्र हो कि ?

बिझाईरहयो मुटुभित्र बस्यो क्यारे खिल
मन खोली हाँसु भन्थें पाकेछ दिल
पाकेको छ दिल ।
------------------------------------
३० मेरो गीतलाई संधै

मेरो गीतलाई संधै तिम्रो मुस्कानले साथ दिन्थ्यो
पिरतीले हामी दुईको दुनियालाई मात दिन्थ्यो ।

तिमी हिंड्ने गोरेटोमा पाईतालाको चिनोहरु
खोज्दैछु म अझै पनि त्यही गीतको धूनहरु
नजर लाग्ला हाम्रो माया जोगाएर राख्छु भन्थ्यौ
पिरतीले हामी दुईको दुनियालाई मात दिन्थ्यो ।

ईश्वरलाई डाहा भई खोसीदियो हाम्रो माया
तर संधै मेरै साथ रहेकै छ तिम्रो छायाँ
अजम्बरी हाम्रो माया जुनी जुनी बाँच्छ भन्थ्यौ
पिरतीले हामी दुईको दुनियालाई मात दिन्थ्यो ।
--------------------------------------------
३१ तिम्रो यादमा

तिम्रो यादमा तिम्रै चिनो यो रुमाल धोईरहेछु
सधैं जस्तै आज पनि तिमीलाई सम्झेर रोईरहेछु ।

भुल्न देउ मलाई तिम्रो याद
नआउ सपनीमा घरी घरी
नपरोस लाउंन यो जाली माया
कोही संग पनि अब फेरी ।

हजारौं तिर चल्यो छातीभित्र
मायाको वस्तीमा आगो बल्यो
पिरतीले यो जिन्दगीलाई
भुलाएर हेर यस्तरी छल्यो ।
--------------------------------------
३२ मायामा यति प्रतिक्षा

मायामा यति प्रतिक्षा गरें
जीवन यो ब्यर्थ ढलेर गयो
न त सास रहयो न त आश रहयो
यो जिन्दगी आज जिउँदो लाश भयो ।

फूलसंगै कहिले आफुलाई फुलाएं
नशामा कहिले आफुलाई भुलाएं
कैले यता डुलाएं कैले उता डुलाएं
यसरी नै आफुलाई संधै नै भुलाएं
म त हार भएं फेरी भार भएं
जीवनको अर्थले म निशार भएं ।

काँढाले कोरेर मुटुमा आफ्नो
आफ्नै दुखको कहानी लेखें
बलिदान दिई मायामा मैले
आफैंले आफैंलाई कमजोर देखें
कति घात पाएं प्रतिघात पाएं
जीवनमा केवल यि नै मात खाएं ।
-------------------------------
३३ मेरो सम्झना नगर्नु

मेरो सम्झना नगर्नु तिमीले म धागो छिनेर उडेको चङ्गा हुँ
हिंजोको वाचा नहेर्नु तिमीली म नफर्किन बगेको गङ्गा हुँ ।

विश्वास दिन नसकेर थाकिसकें तिमीसित
स्विकार्छु म मेरो हार सम्झ तिमी आफ्नो जीत ।

अधुरो नै छोडें मैले मेरो माया यस्तै भयो
रुंदैछु म तिमी हाँस्नु म त मरे जस्तै भयो ।

मलामीको अघि अघि हिंड्दैछु म चिहानतिर
बिर्षिएर मलाई जानु तिमी नयाँ बिहानतिर ।
-----------------------------------
३४ आज फेरी पिएर आएँ

आज फेरी पिएर आएं भगवान म तेरो मन्दिरमा
अपबित्र भएं त के भयो यस्तै लेखिदिईस तगदिरमा ।

निहुराउंदिन यो शिर मेरो भगवान तेरो त्यो पाउमा
आएको हैन म तेरो आश्थाको हंस्सी उडाउने दाउमा
हिंजोको मेरो विश्वासको ईश्वर बदलियो आज पत्थरमा
आज फेरी पिएर आएं भगवान म तेरो मन्दिरमा ।

पुजेर सँधै पत्थरको मुर्ती भएछु मान्छे म ढुँगाको
कृपाले तेरो यात्री भएं म डुब्नै लागेको डुँगाको
मरौं कि बाँचौ भएर आज बेरिएको छु म जंजीरमा
आज फेरी पिएर आएं भगवान म तेरो मन्दिरमा ।
----------------------------------
३५ सातै समुन्द्र

सातै समुन्द्र तरेर गयौ चिट्ठी त लेख है
म पनि देख्छु सपनीमा तिमी मलाई देख है ।

बाँसुरी रुन्छ अँधेरी रातमा तिमी पो रोयौ कि
चस्केर दुख्छ बिदिर्ण मेरो मुटु पो छोयौ कि
उडाईदेला सम्झना मेरो त्यो हुरी छेक है
म पनि देख्छु सपनीमा तिमी मलाई देख है ।

फर्केर आउनु सफलता बोकी म कुरी बस्ने छु
प्रितीको माला लिएर तिम्रो मुटुमा पस्ने छु
नखेलाउ तिमी मनमा ब्यर्थै कुरा अनेक है
म पनि देख्छु सपनीमा तिमी मलाई देख है ।
----------------------------
३६ जिन्दगीमा मैले मात्रै

जिन्दगीमा मैले मात्रै किन यति धेरै ब्याथा भेटाउंछु
हाँस्छु तर रोएरै फेरी मनको तृष्णा आँशुले मेटाउंछु ।

न सक्छु म यो मुटुलाई पिंडाहरुले नछुवाउन
न त कहिल्यै सकें मैले रुनेहरुलाई नरुवाउन
आफन्तको आँशुहरुमा आफ्नो जीवन बगाउंछु
हाँस्छु तर रोएरै फेरी मनकोतृष्णा आँशुले मेटाउंछु ।

बिते जति जिन्दगीका हरेक पलहरु नहाँसेरै
मरे तुल्य भए जवानीका सबैदिन मेरा म बाँचेरै
मृत्युको डरले ब्याथाहरुमा आफ्नै जिन्दगी डुबाउंछु
हाँस्छु तर रोएरै फेरी मनकोतृष्णा आँशुले मेटाउंछु ।
---------------------------------
३७ मैले छोपेको घाउ

मैले छोपेको घाउ घरीघरी उघार्न नआउ
बिनासित्ती माया देखाई जथाभावी कसम नखाउ ।

फूल छैन यहाँ न छ हरियाली
शिषिरले लुट्यो मेरो खुशीयाली
उध्रिएको छ मेरो माया भै'गो अब नसिलाउ
बिनासित्ती माया देखाई जथाभावी कसम नखाउ ।

मेरो आफ्नो भन्नु तिमी पनि हैनौ
दुखेको यो छातीभित्र तिमी छैनौ
चर्किएको यो घाउमा भै'गो मल्हम नलाउ
बिनासित्ती माया देखाई जथाभावी कसम नखाउ ।
-----------------------------
३८ मेरो सुखलाई

मेरो सुखलाई सारा खुशीलाई तिम्रो जिम्मा म छाडी जाँदैछु
आँखाभरी बोकेर सपना तिमीबाट म टाढा जाँदैछु ।

फर्किआउने कैले होला आफैंलाई थाहा छैन
आकंक्षाका खण्डहरहरु फेरी सजाउने कैले होला
म त जाँदैछु टाढा जाँदैछु तिमीबाट म टाढा जाँदैछु ।

यात्रा कहाँ हो जानु कता हो आफैँलाई थाहा छैन
थाहा छैन भोली फेरी मिलन हाम्रो हुन्छ हुंदैन
म त जाँदैछु टाढा जाँदैछु तिमीबाट म टाढा जाँदैछु ।
--------------------------------------
३९ फेरी आज छातीभित्र

फेरी आज छातीभित्र घाउ दुख्न थाल्यो
मनभित्रको अगेनोमा कस्ले आगो बाल्यो ?

पहाड जस्तो छाती पनि विश्वासघातको घनले हानी
फुटाईदियौ टुक्राएर मलाई छाडीगयौ
टुक्रिएको ऐनाभित्र धेरै मुहार भए जस्तै
टाढा गए पनि मेरो मनमा नजिक रहयौ ।

थाहै होला वियोगको बेदनाले धरती सरी
चिरा चिरा भएर म चर्किएको छु है
दुर्भाग्यले धोका पाई फर्की फेरी आउंछौ भनी
बाटो हेरी तिमीलाई नै पर्खिएको छु है ।
-----------------------------
४० संधै संधै तिम्रैमात्र

सधैं सधैं तिम्रैमात्र याद आउंछ किन
लाख कोसिस गरें तर सकिंन बिर्षन ।

आँगनको डिलमा उभिई बाटो हेर्यौहोला
यो पापीको यादमा डुबी सुस्केरा फेर्यौहोला
मैले पनि तिमीलाई नै सम्झ्याछु रातदिन
लाख कोसिस गरें तर सकिंन बिर्षन ।

बोछोडले सताए नि आँशु चैं नझार्नु
निर्मोहीले बिर्ष्यो भनी माया चैं नमार्नु
गनिरा'छु मैले यहाँ घर फिर्ने दिन
लाख कोसिस गरें तर सकिंन बिर्षन ।
------------------------------------
४१ गुलाफ फूल्यो तिम्रो निधारमा

गुलाफ फूल्यो त्यो ओठमा हिमाल खुल्यो त्यो निधारमा
माया लुकाउँ कि देखाई रहुँ म परें कस्तो यो दोधारमा ।


धरतीभरीका सारा खुशी छाएको तिम्रो अधरमा
मायाका सातै लहरपनि लहराएको छ नजरमा
नचलोस चर्चा तिम्रो यौवनको कहिँ कतै बजारमा
माया लुकाउँ कि देखाई रहुँ म परें कस्तो यो दोधारमा ।


आगोको सामु नौनी जस्तै पग्लन्छु तिम्रो रापमा
नपाई तिमीलाई बित्ने हो कि कतै जीवन अभिसापमा
तिमी नै एक हौ प्राप्ती मेरो सयौं सयौं हजारमा
माया लुकाउँ कि देखाई रहुँ म परें कस्तो यो दोधारमा ।

---------------------------
४२ पुर्वेली हुँ म



पुर्वेली हुँ घर मेरो पर्यो गौरादह
सुनाउँ भने छैन कोही यो मनको वह
एक्लो छु सहरमा
मर्नु बाँच्नु गर्दैछु म जीवनको रहरमा ।





कैले टेक्छु काँढामाथी कैले फूलमा
आफैंलाई खोज्छु कैले मान्छेको हुलमा
सुख भोग्ने आशा बोकी पसेको सहर
लाग्छ आज आएछु म यौटा ठुलो भूलमा ।






मानिसको समुन्द्र छ महलको जंगल
के सम्झेर खोजें यहाँ मैले कस्तो मंगल
गाउँको न्यानो माया आज बिझेछ मुटुमा
धनका धनी धेरै यहाँ मनका कंगाल ।



----------------------------------
४३ शब्दसंग धेरै खेलें




शब्दसंग धेरै खेलें कलमसंग रोएं
कागजमा मनभित्रका बेदनालाई धोएं
जिन्दगीलाई गीत बनाई धेरैपल्ट गाएं
मैले धेरैपल्ट गाएं ।






गाउंदै हिंडे आफ्नो कथा शब्दमा उनेर
च्यातिएको आफ्नै छाती आशाले तुनेर
आँशुमा मुछी चाहनालाई गला लाग्दै खाएँ
जिन्दगीलाई गीत बनाई धेरैपल्ट गाएं
मैले धेरैपल्ट गाएं ।






जिन्दगीले आफु हिंड्ने गोरेटो भुलेछ
बैंश पनि बिना सुवास पलाँस भै फूलेछ
धोका मात्रै जिन्दगीमा उपहार पाएं
जिन्दगीलाई गीत बनाई धेरैपल्ट गाएं
मैले धेरैपल्ट गाएं ।



------------------------------------

४४ विदेशबाट आउलाउ ए दाई
समुह :

बिदेशबाट आउलाउ ए दाई सम्पती जोडेर
भाउजु त छाडेर गईन लौ तिम्रो मायालाई तोडेर ।







बिदेशीएं म छोडेर मेरी मायालुलाई घरमा
रोगी ति बुढी आमालाई छोडी उनैको भरमा
सुन्दैछु आज खबर उनि छाडेर गईन रे
एक्लो बनाई मलाई उनि पराई भईन रे ।




समुह :

बिदेशबाट आउलाउ ए दाई सम्पती जोडेर
भाउजु त छाडेर गईन लौ तिम्रो मायालाई तोडेर ।







भोक प्यास निन्द्रा नभनी पिउंदै नुनिलो पसिना पनि
उनकै खुशीको निंती मरिमेटेथें मैले
समुन्द्रपारी आएर पत्थरको कठोर मानिस बनी
उनकै हाँसोको निंती हाड घोटेथें मैले ।

समुह :

बिदेशबाट आउलाउ ए दाई सम्पती जोडेर
भाउजु त छाडेर गईन लौ तिम्रो मायालाई तोडेर ।
----------------------------------
४५ पिरती लाएँ भन्थ्यौ

पिरती लाएं भन्थ्यौ खै कसरी लायौ
नछुटिने कसम खै कसरी खायौ ?






धोकाको शुरुवात हो कि
मन अन्तै फर्कियो कि
किन हुन्छौ टाढा टाढा
बिझाई मुटुमा काँढा ?






हुरी चल्दा सपना नै

उडाईदिए जस्तै लाग्छ
आँशु पिए पनि किन
माया गर्ने रहर जाग्छ ?

--------------------------------------
४६ खुशी मागेथें मायासंग


खुशी मागेथें मायासंग निष्ठुरीले आँशु पो दिई
हाँसो मागेथें मायासंग निर्मोहीले आँशु नै दिई
आँशु बोकेर गहभरी बाँच्नु हो मैले कसोगरी ।







भन्नलाई त जुनी जुनी म संग नै बस्छु भन्थी
आँखाबाट छिर्न देउ मुटुभित्रै पस्छु भन्थी
यो मुटुको ढोका तर खुल्लै अलपत्रै छाडी
टाढा गई आज उ त धेरै टाढा बादलपारी ।






जुवा थापी जिन्दगीलाई सिध्याईदिन नि सकिंन
जिलासबाट पिउंदा पिउंदै रित्याईदिन नि सकिंन
तर अझै जिन्दगीमा एकै मुठी खुशी जिती
न त कहिल्यै सकें हाँस्न न त भुल्नै सकें प्रिती ।

---------------------------------------
४७ मलाई सपना नदेउ

मलाई सपनाहरु नदेउ मेरा अबोध परेलीमा
चाहनाको अँश नै छैन हृदयको तरेलीमा ।

मेरो आकाशको तारा सबै झरेर रित्तो भएको छ
मेरो धर्ती पनि खडेरी परेर उजाड भएको छ
मलाई बसन्त नदेउ म त रम्छु खडेरीमा
चाहनाको अँश नै छैन हृदयको तरेलीमा ।

मेरो साईनो खुशीसँग धेरै पहिले टुटीसकेको छ
मनभित्र रहरको आईना पनि फुटीसकेको छ
मलाई उज्यालो नदेउ म त रम्छु अँधेरीमा
चाहनाको अँश नै छैन हृदयको तरेलीमा ।
---------------------------------------------
४८ कुन घरलाई मैले आफ्नो भन्नु


कुन घरलाई मैले आफ्नो भन्नु
यो सहरमा देख्छु महलहरु मात्रै
कुन सडकमा मैले हाँसेर हिंड्नु
यहाँ गल्लीमा पनि छन केवल अरुमात्रै
जो हिंड्दै हाँसेका छन
मान्छे भएर बाँचेका छन ।







कुकुरहरु यहाँ मखमलमा सुत्छन
मोटरमा हिंड्छन थालीमा खान्छन
म मान्छेको रुपमा त्यो भन्दा तल छु
फोहोरबाट टिपेर कागजमा खान्छु
सयौं सपनाहरु आँखामा ओढेर
त्यसै त्यसै म त्यसै निदाउंछु ।






ईश्वरको श्रीष्टी सबै प्राणी समान
भन्नेहरुलाई म के नै पो भनुँ
मान्छे मान्छेहरु सबै बराबरी हुन्छन
भन्नेहरुलाई म कसरी देखाउँ
काँधमा यौटा बोरा भिरेर
यसै यसै म यसै हराउंछु ।

---------------------------------------
४९ जति बग्यो तिम्रो माया


जति बग्यो तिम्रो माया आँखाबाट त्रिशुली भै
उति अग्ल्यो तिम्रै माया छातीभित्र हिउँचुली झैं ।







अतितका याद सबै मुटुभित्र लुकाएथें
भुल्छु भनी सम्झनाका गाँठो पनि फुकाएथें
त्यै अतितले किन मलाई तानिरन्छ सँधै उतै
जति बग्यो तिम्रो माया आँखाबाट त्रिशुली भै ।






तिम्रो एक अञ्जुली माया जीवन बाँच्ने आधार मेरो
तिम्रै यादले पोतिएछ ह्रदयको सेरोसेरो
त्यही यादले छाती मेरो पोलीदिन्छ छिन्छिनमै
जति बग्यो तिम्रो माया आँखाबाट त्रिशुली भै ।

---------------------------------------
५० छातीभित्र कस्तो हो यो


छातीभित्र कस्तो हो यो जलन भै रहेछ
पिरतीको सायद यही चलन नै रहेछ ।







कि त जान देउ मलाई तरेर त्यो पारी
कि त छाडीदेउ मलाई यो खोलाको वारी
हलपल विरहको चितमा जलाई
अल्झाएर खोलाबिच नमार मलाई ।






समेटेर पिंडाहरु हाँसो सबै दिउं झैं
त्यही पिंडा आँशु बनाई लाग्छ फेरी पिउं झैं
बालीसकें रहर सबै कोरेर सलाई
अल्झाएर खोलाबिच नमार मलाई ।

--------------------------------------
५१ देश उठ्छ भने

देश माथी उठ्छ भने तिमी पनि काँध राख
आउ हामी देश उचालौं प्रयत्नले लाख लाख ।

मुठ्ठीमा उठाईहेर यो देशको माटोलाई
पिंडा ब्याथा सोधीहेर तिमी हिंड्ने बाटोलाई
यही देशले दिएको छ हामीलाई न्यानो काख
आउ हामी देश उचालौं प्रयत्नले लाख लाख ।

नमाग केहि देशसंग देशलाई केहि देउ बरु
अर्पण गर देशको निंती तिम्रा बौद्धिक शक्तीहरु
देशको निंती स्विकार गर बाधा अनि सारा हाँक
आउ हामी देश उचालौं प्रयत्नले लाख लाख ।
------------------------------
५२ म त डुबिरहें


म त डुबिरहें क्रमश डुबिरहें
निरन्तर तिम्रो दयाको सागरमा
उपकार पुन मलाई चाहिएको छ
रमाउन तिम्रो मायाको संसारमा ।







हेरिरहन्छु निर्दोश आँखाहरुले
प्यासी तिम्रा ति ओठहरु
सधैं तिम्रो समिप भएर पनि
मनभरी बोकेको छु चोटहरु ।






तिमीबाट पाएको पिंडा भुलाउन
पियाउंछौ तिमी नै नशा पनि
पिउंछु म सधैं प्याला भरेर
नशा नै हो तिम्रो माया भनि ।



------------------------------------

५३ तिम्ले यदि मेरो साथ


तिम्ले यदी मेरो साथदिने नगरे त कष्ट
मेरो यो जवानी नै म त गरिदिन्छु नष्ट ।







सधैं सम्झेको छु सधैं पर्खेको छु
तिम्रो निंती तपस्या नै बसेको छु
छैन कुनै चाह भने खोलीदेउ स्पस्ट
मेरो यो जवानी नै म त गरिदिन्छु नष्ट ।






म रोएको छैन आशा धोएको छैन
तिमी बाहेक अरु मनले छोएको छैन
अन्त कतै कोही भए भनिदेउ प्रस्ट
मेरो यो जवानी नै म त गरिदिन्छु नष्ट ।



----------------------------------------

५४ बर्वाद म भएको


बर्वाद म भएको तिमी हेर्न आउ
लेखिदिन्छु यौटा गजल
तिमी त्यसलाई गाउ ।







रमिता कतिलाई कतिलाई तमाशा
बनेछु म त एक ब्यंगचित्र
कोरिदिन्छु म यौटा प्रति
त्यसलाई कोठामा सजाउ
बर्वाद म भएको तिमी हेर्न आउ ।






कतिताल म छोपुँ कतिताल लुकाउँ
भएछु म त एक बाद्ययंत्र
दिईदिन्छु म तिमीलाई
लगेर तिमी बजाउ
बर्वाद म भएको तिमी हेर्न आउ ।



----------------------------------------

५५ ओराली झर्यो


ओराली झर्यो मेरो जिन्दगी
चढाउंला भन्थें शिखरतिर
हाँसेरै काटुंला भन्थें जिन्दगी
वैरियो केवल दुख र पिर ।







सुवास फूलको एकैछिटा छैन
बैंशमा जोवन फक्रे के भयो ?
मग्मगाउंदै हिंड्छन अरु
ओईली झर्ने उमेरमा
आफ्नो त यौवन लत्रेर झर्यो ।






बिरह बस्यो छाँया बनि जीवनमा
मनभित्र रहर उम्ले के भयो ?
आफ्नै ईच्छा कुल्ची हिंड्छु
आफैं पाईला पाईलामा
आफ्नो त जीवन खरानी भयो ।



-----------------------------

५६ मलाई एक्लै छाडीगयौ


मलाई एक्लै छाडीगयौ सपनीमा आउ तिमी
दिनभरी म रोए पनि रातमा माया लाउ तिमी ।







मन्द मन्द चिसो हावासंगै मलाई छोईदेउ
एक्लै म हराएं भने मेरै छाँया होईदेउ
आँशु आउंदा परेलीमा पुछ्न तिमी आईदेउ
बेदनाले छाती पोल्दा माया तिमी लाईदेउ ।






तारासंगै झिल्मिलाउंदै मेरो रातमा ज्योती बन
बहकेला तरंगेला सम्हालीदेउ मेरो मन
तिम्रै माया सम्हालेर बिताउंछु म यौटा जुनी
पर्खी बस्नु आउंला भेट्न चन्द्रमाको छाँया मुनी ।



----------------------------------------------

५७ मृगतृष्णा बनेर रहयो


मृगतृष्णा बनेर रहयो चारै दिनको माया तिम्रो
कुन मोडमा भुलेर गयौ आकाशमा कसम हाम्रो ।







एकै जुनी मात्रै मैले तिम्रो साथ मागेको थें
तिमीलाई सधैं मैले मुटुभित्र राखेको थें
सयौं जुनी तिम्रै नै हुँ भन्थ्यौ तिमी सधैंभरी
एक्लो भई बाँच्नु पर्यो मन बुझाउँ कसोगरी ।






हरेक रात सपनीमा तिमीलाई पाउंदा सुखी हुन्छु
बिउंझिएर एक्लै पर्दा म त भित्रभित्रै रुन्छु
आँशु जति झरेपनि तिम्रै माया झरिदिन्छ
वियोगी भै बाँच्नुपर्दा बाँकी ईच्छा मरिदिन्छ ।



---------------------------------

५८ रित्तो भो मेरो आकाश


रित्तो भो मेरो आकाश रित्तै भयो जीवन पनि
तर छातीभित्र अझै तिम्रै न्यानो माया छ नी ।







चाल मारेर मेरो मुटुभित्र
सधैं सधैं तिमी आईदिन्छौ
टाढा टाढा क्षितिजबाट
मिठो माया अझै लाईदिन्छौ ।






हाँसो झरेर पनि ओठले मेरो
सधैं तिम्रै नाम लिईरहन्छ
ताराहरुले रातमा मलाई
तिम्रै मायाको न्यानो दिईरहन्छ ।



---------------------------------

५९ मैले एक्लै बाँच्न सिकें


मैले एक्लै बाँच्न सिकें आँशु पुछी हाँस्न सिकें
तिमीले माया मारेपनि मैले माया साँच्न सिकें ।







रोईरोई बिते कति मेरा एक्ला रातहरु
हरदिन बढ्दै आउंछ तिम्रै मिठा यादहरु
यादै मात्र रहयौ तिमी त्यही यादमा बाँच्न सिकें
तिमीले माया मारेपनि मैले माया साँच्न सिकें ।


बेदनाको सागर मेरो छातीभित्र उर्ली आउंछ
जति खोज्छ तिमीलाई मनले त्यती धोका पाउंछ
धोका मात्रै रै'छ जीवन त्यसैमा नि हाँस्न सिकें
तिमीले माया मारेपनि मैले माया साँच्न सिकें ।
--------------------------------

६० चट्टक्कै माया मारेर




चट्टक्कै माया मारेर गै गयौ एक्लो पारेर
म तिम्रै यादमा तड्पिरहेछु
म तिम्रै मायामा अल्झिरहेछु
गै हाल्यौ मलाई छाडेर संसारै सुन्य पारेर
संसारै शुन्य पारेर चट्टक्कै माया मारेर ।







हरेक फूलमा तिमी मुस्काउंछौ
हरघडी साथ आई मलाई झस्काउंछौ
अतितका मिलन सम्झिरहेछु
तिमीलाई पलपल कल्पिरहेछु
गै हाल्यौ मलाई छाडेर संसारै सुन्य पारेर
संसारै शुन्य पारेर चट्टक्कै माया मारेर ।




हररात सपनीमा मलाई बिउझाउंछौ
बिपनीमा याद आई सधैं रुवाउंछौ
म तिम्रै यादमा पागल भएछु
बिछोडको चोटले घायल भएछु
गै हाल्यौ मलाई छाडेर संसारै सुन्य पारेर
संसारै शुन्य पारेर चट्टक्कै माया मारेर ।



----------------------------------------
६१ यौटै बेदनाले



यौटै बेदनाले घाईते भएको छु म
नसुनाउ मलाई कुनै पिंडाको कथा
ओठमा मुस्कान बोकेर हिंडेको छु म
सकिनं लुकाउन तर मुटुको ब्याथा ।



जिन्दगी यस्तरी दुख्दो रहेछ थाहै थिएन पिरतीमा
कति आघात अझै सहेर बाँचु एक्लो जीवन यो धरतीमा
कस्को दुखमा दुखित बनुं म
आफैं बनेकोछु म दुखको कथा
ओठमा मुस्कान बोकेर हिंडेको छु म
सकिनं लुकाउन तर मुटुको ब्याथा ।


मृत्युको पर्खाईमा अल्झिरहेछु भुलिएर निर्मोहीको सम्झनामा
यथार्थमा म एक्लै रहेछु भेटेपनि उस्लाई कल्पनामा
आँशु नझार पिंडामा कस्लाई भनुं म
आफ्नै आँशु बनेको छ विरहको गाथा
ओठमा मुस्कान बोकेर हिंडेको छु म
सकिनं लुकाउन तर मुटुको ब्याथा ।



-------------------------------------

६२ कस्तो रै'छ जन्मिदाको साईत

कस्तो रै'छ जन्मिदाको साईत
सबै बिपत एकैचोटी पर्यो मलाई त ।


गाई हिंड्छु आफ्नै गीत पिंडा ओकलेर
त्यही गीत गाउंछन अरु उपहास गरेर
कथा ब्याथा सुनिदिने छैनन साथीभाई त
सबै बिपत एकैचोटी पर्यो मलाई त ।


सुख बाँड्न सजिलैथ्यो बाँडीएन दुख
पिंडा रुने काख छैन लुकाएर मुख
थपिदेउ अझै पिंडा भन्दिनं म नाईं त
सबै बिपत एकैचोटी पर्यो मलाई त ।
----------------------------------------

६३ फेरी पनि आकाशमा

फेरीपनि आकाशमा कतै जून उदाउला भनेर म त पर्खिरहें
जून अस्ताई सकेको थियो ।
एकचोटी पुर्णिमा पाएर झलमल्ल भएको थियो मेरो जिन्दगी
रमाईलो थियो ।
रंग उडेजस्तै भई फिका फिका भएर आज मेरो जिन्दगी
अंध्यारो भयो ।
अंध्यारो यो जिन्दगी भित्र कतै दियो झैं धिपधिप बलेको छ कि
निभ्न खोज्या यो ।
मैले रुंदा त्यही जुन फेरी उदाउंथ्यो भने दैब कसम सागर बनाउंथे
म त आँशुको ।
अब कतै जून छैन यौटै थियो दाग लाग्यो लाखौं ताराको मलाई
हुन्न भरोषा ।
जानीजानी भूल गरेर त्यही जूनको आशा गर्छु सधैंलाई म त अब
बिना सहारा ।



-------------------------------------------

६४ प्यारो लाग्छ मलाई त

प्यारो लाग्छ मलाई त अंध्यारो यो रात्री
म त बाटो नपाएर उभिएको यात्री ।


खोजीहिंडे तिमीलाई बादलको आकारमा
तिम्रो माया बग्दैछ कि निश्चल त्यो सागरमा
मैले हिंड्ने बाटो भन्नु थियौ तिमी मात्र
म त बाटो नपाएर उभिएको यात्री ।



वसन्तको संघारमा तिम्रै माया देख्छु म त
उजाड यो शिशिरमा पनि तिमी भेट्छु म त
मैले टेक्ने आधार भन्नु थियौ तिमी मात्र
म त बाटो नपाएर उभिएको यात्री ।



अझैपनि आफुछेउ लाग्छ तिमी बसे जस्तै
सधैं किन भईदिन्छ मिठो भ्रम यस्तै यस्तै
मेरो सिंगो जीवन भन्नु थियौ तिमी मात्र
म त बाटो नपाएर उभिएको यात्री ।



---------------------------------------

६५ अलिकति आशा बोकेर पनि
अलिकति आशा बोकेर पनि जीवनमा बाँच्न सकिन्छ भन्छन
तर बाँच्नेहरु सबै फेरी केवल निराश निराश हुन्छन ।


फूलहरु कति वसन्तमा पनि ओईलिएर त्यसै त्यसै झर्छन
शिशिरमा फेरी कति फूलहरु फक्रिएर हाँस्ने कोसिस गर्छन
आशा हाँसेर पनि बाँचिदिन्छन निराशा बोकेर पनि बाँचिदिन्छन
बाँच्नकै लागी फेरी सयौंहरु मरेर पनि यहाँ बाँचिदिन्छन ।




दिलहरु कति चोट बोकेपनि छलेर खुशीको बहाना गर्छन
खुशीले भरिए नि कति दिलहरु पिंडा बोकेको अभिनय गर्छन
खुशी हारेर पनि हाँसीदिन्छन पिंडा बोकेर पनि हाँसीदिन्छन
हाँस्नकै लागी कति कति फेरी रोएर पनि यहाँ हाँसीदिन्छन ।
-----------------------------------

६६ कति कति चोट पर्छ



कतिकति चोट पर्छ आघातले मुटु जल्छ
सुखको खोजीमा हिंड्दा थाहै नपाई जीवन ढल्छ ।





रोएपनि धेरै अरु सुखमै बाँचेका छन

हाँसेपनि म त दुखमा डुबिरहेछु
मेरो निंती बतास संधै आँधी बनेर चल्छ
सुखको खोजीमा हिंड्दा थाहै नपाई जीवन ढल्छ ।

के लाई सुख भन्नु मैले दुख भन्नु कस्तो हुन्छ
रोएपनि हाँसेपनि जिन्दगी त बाँचिरहेछु
बाहिर सग्लै देखिने जीवन भित्रभित्रै आगो बल्छ
सुखको खोजीमा हिंड्दा थाहै नपाई जीवन ढल्छ ।



------------------------------------
६७ थाम्नै सकेन मेरो मायाले संसार


थाम्नै सकेन मेरो मायाले संसार
खण्डहरहरुमा म त उभिईरहेछु
न त भुल्नै सकें न त पाउंछु तिमीलाई
घरी घरीपिंडामै म त डुबिरहेछु ।





उदाश भै बित्यो जीवन
बित्यो फेरी बेहोसीमा

हाँसु भन्दा मुटु चर्किएर
पैह्रो गयो खुशीमा ।




दुईथुंगा फूल सजिएको तर
ओईलिएको यौटा बाँकीरहयो
त्यही फूल फेरी फक्रिएला भन्दा
अझ हेर भुँईमै झरिगयो ।



---------------------------------------
६८ आमाको माया नपाएपछि


आमाको माया नपाएपछि सुख केही पाईन्न
फर्काईदेउ इश्वर ! आमाको काख अरु केहि चाहिन्न ।





संसारको रीत नीति र नियम एक्लिनु हो भने
जन्म नै किन दियौ हे ! ईश्वर रुनु नै छ भने ।



मुटु नै बरु नभए हुन्थ्यो नभए हुन्थ्यो मन
केहिपनि पिंडा हुन्थेन सायद हुन्थ्यो कि पिंडा झन ।





संसारमा सबै पाईन्छ भन्छन पाईन्न आमा नै
उज्यालो कतै रहेन छैन जुन र घाम नै ।



एकफेर देख्न पाए नि हुन्थ्यो आमाको मुहार
बन्थ्यो कि सबै जीत हे ! ईश्वर जीवनका हार ।





कति म जुधुँ जिन्दगीसंग केहिपनि पाईन्न
फर्काईदेउ ईश्वर ! आमाको काख अरु केहि चाहिन्न ।



-----------------------------------------
६९ तिम्रो साथ पाएर
तिम्रो साथ पाएर म यहाँसम्म आएं

कता तिमी छुटिगयौ कहाँ म हराएं ।





हिंड्दा हिंड्दै थाकेभने मेरा पाईलाहरु
फेरी तिम्रो सहाराको कहाँ खोजी गरुँ ।



खोजिरहें तिमीलाई अंध्यारोम मैले
हराएर आफैंलाई एक्लो परें ऐले ।





हिंडीरै'छु अझैपनि पिंडाहरु बोकी
हाँसिदिन्छु दुनियालाई आँशु रोकीरोकी ।



थाहा छैन कति हिंड्छु टेकि भासमाथी
नछुटाईदे दैब अरु कसैको नि साथी ।



------------------------------------
७० नछेकि देउ ए बादल

नछेकि देउ ए ! बादल उनलाई मेरी मायालु आकाशमा छिन
बिहानीको कलिलो घामको मलिन न्यानो प्रकाशमा छिन ।

मेरी मायालु आकाशको त्यो चम्किलो तारामा बसेकी छिन
फूलका हरेक पातहरुमा शीत बनेर खसेकी छिन
नछोईदेउ ए ! भमरा उनलाई मेरी मायालु फूलमा छिन
खुशीका पँख खोलेर नाच्ने पुतलीको हुलमा छिन ।

मेरी मायालु बगिरहेकी पवित्र गँगाको पानीमा छिन
थाहै नपाई बैँश फुलेको बन कुशुमको जवानीमा छिन
नमेटिदेउ ए ! समय उनलाई मेरी मायालु कहानीमा छिन
सुनौलो सपना सजिएको मेरै आँखाको नानीमा छिन ।

---------------------------------------
७१ उड्दा उड्दै आकासिएर

उड्दा उड्दै अकाशिएर धेरै उचाईमा पुगेको म मान्छे
जटायु झैं पँख जलेर फेरि भुँईमै झरेको म मान्छे
विश्वास तिमीलाई सायदै नहोला तर हुँ त साँच्चै मरेको म मान्छे ।

अञ्जुलीमा पानी उठाएर हेर्छु त्याँहा तिम्रै माया पोखिएर जान्छ
ओभानो यो नयन नियालेर हेर्छु तिम्रो यादमा फेरी रुन लाज मान्छ
धिक्कार्छु आफुलाई सरापेर हेर्छु मरेको मन जिउंदो हुन चाहन्छ ।

गोधुलीमा आँखा चिम्लिएर हेर्छु तिमी मलाई फेरी अंगालेर रुन्छ्यौ
म भेटेर तिमीलाई आँखा खोलीदिन्छु पलमै अदृश्य तिमी भईदिन्छ्यौ
रेटेर मलाई तिम्रो सम्झनाले धुकधुकी छाड्छ्यौ न त प्राण लिन्छ्यौ ।
----------------------------------------
७२ कस्लाई पो विश्वास गरुँ अब



कस्लाई पो विश्वास गरुँ अब आफैंलाई मैले धोका दिएं
कतै पनि माया नभेट्दा झुक्याएर आफैंलाई नशा पिएं ।





मैले आफ्नो आशुंभित्र सधैं उसैको तस्विर देखें
उसलाई संगै जोडेर मैले यौटा स्वप्निल भविश्य लेखें
के पाएं अनि के गुमाएं मैले न त आफैंलाई थाहा दिएं
कतै पनि माया नभेट्दा झुक्याएर आफैंलाई नशा पिएं ।





मेरो जिन्दगीको गोरेटो भरी आँधीहुरी मात्र चलिरहयो
रोएं म केवल रोईरहें माया त लौ मेरो जलिरहयो
डढेलो कसरी लाग्यो मायामा न मैले कसैगरी थाहा पाएं
कतै पनि माया नभेट्दा झुक्याएर आफैंलाई नशा पिएं ।



---------------------------------------
७३ पिरतीलाई जुवा जस्तै



पिरतीलाई जुवा जस्तै हारें मैले
ब्याथा मात्रै आफ्नो दाउ पारें मैले
फेरी आज जिन्दगी संग हारें मैले ।







घाउ कुल्चि हाँस्नेहरु धेरै धेरै पाएं
मलाई पराई भन्नेहरु मात्र मेरै पाएं
कता भागुं कहाँ लुकुं ठाउं पाईंन मैले
फेरी आज जिन्दगी संग हारें मैले ।





सधैं शिर झुकाएर बाँचेको छु म त
भित्र मुटु दुखाएर हाँसेको छु म त
कति झुकुं कति दुखुं घाउ पाईंन मैले
फेरी आज जिन्दगी संग हारें मैले ।



-----------------------------------------------
७४ पिरहरु आँखामा उनेर



पिरहरु आँखामा उनेर आँशु बनाई बगाएं
पिउन सम्म पिएं राजै पिरैमा पिएरै अघाएं ।





भै गो अब मायाको नि मैले मोलै लाउन सकिनं
मुटुभित्र राखें राजै तर पनि पाउन सकिनं
आशाहरु मनैमा गाडेर आफैंलाई रुन सघाएं
पिउन सम्म पिएं राजै पिरैमा पिएरै अघाएं ।



आज फेरी किन हो नि उन्कै यादमा रुन्छु भन्छ मन
सम्झाउंन खोजें राजै तर पनि रुन्छ अझै झन
सुखहरु सबै नै छाडेर दुखको माला लगाएं
पिउन सम्म पिएं राजै पिरैमा पिएरै अघाएं ।



---------------------------------------------
७५ सम्झिएर कति रोउं



सम्झिएर कति रोउं कति आँशु झारुँ
के गरेर मुटुको यो घाउ निको पारुँ ।





वर्षातले पनि आँशु झार्छ मेरै लागी
यहाँसम्म आएं आफ्नै जीवन देखि भागी
हारीसकें सबै खुशी अझै कति हारुँ
के गरेर मुटुको यो घाउ निको पारुँ ।



थामिरहें छातीभित्र चल्ने आँधीलाई
थाहै नपाई टाढा भए सबै साथीभाई
भिरमा अल्झ्यो जिन्दगी यो के गरेर झारुँ
के गरेर मुटुको यो घाउ निको पारुँ ।



-----------------------------------
७६ जिन्दगीमा को संग रिसाउनु



जिन्दगीमा को संग रिसाउनु
मनको भारी कहाँनेर बिसाउनु
कति रोउँ र ? एक्लो भएं म रित्तो भएं म ।





कसैलाई त सम्झेकै थें दुख साट्ने उहि भनेर
उसैले नै खसाईदियो बेदनाको सागर म नेर
आँशु पिएं गीत भयो विषालु यै प्रित भयो
कति रोउँ र ? एक्लो भएं म रित्तो भएं म ।



आकाश संग जून थियो आफु संग आफ्नै धून थियो
के थाहा र आफुलाई चोखो माया भित्रै घुन थियो
विश्वास पनि पाप भयो पिरती नै श्राप भयो
कति रोउँ र ? एक्लो भएं म रित्तो भएं म ।



--------------------------------------
७७ ओठले बाहिर मुस्कुराएर



ओठले बाहिर मुस्कुराएर भित्र मनले नरोउ तिमी
खुशी त मनैले भएको राम्रो मात्रै मुहारले नहोउ तिमी ।





कहाँ छ आँशु कर्ममा तिम्रो ब्यर्थै दुखी नहोउ तिमी
तिमीभित्रै छ सुखहरु पनि केवल दुखलाई नछोउ तिमी ।



बिहान हाँस्ने हिमाल जस्तै हाँसोले अधर सजाउ तिमी
ब्याथाका गीतहरु मात्रै हैन खुशीका धुनहरु बजाउ तिमी ।





अंधेरी रातको निरसतालाई भुलेर ज्योती अंगाल तिमी
जतन गरेर तिम्रै मुटुमा छरिएको प्रिती संगाल तिमी ।



----------------------------------
७८ म श्मसानलाई घर सम्झेर


म मशानलाई घर सम्झी तिमीलाई कुरेर बसिरहें
सबै सबै गए अगाडी बढेर म मायाको जालोमा फसिरहें ।





खरानी बनेर भुईंमा झरिन कि
या धुवाँ बनेर आकाशमा उडिन

जे भए पनि म संग रहिनन
तर पनि कुरेरै म त बसिरहें ।





रित्तो यो मनको घर भत्कियो
तर मैले यस्लाई सम्हार गरिनं

मैले खुशी संग सम्झौता नगरी
बरु फेरी कुरेरै म त बसिरहें ।
--------------------------------------

७९ जुनी जुनी संगै बाँच्ने


जुनी जुनी संगै बाँच्ने कसम खाएर टाढा गयौ
म त बाँचेरै मरिरहें मरेरै पनि तिमी बाँचिरहयौ ।





हजार आँखा खोली आकाशबाट
रातमा तिमी मलाई हेरीदिन्छ्यौ

दिनभरी म एक्लै भए पनि
रातमा संधै तिमी मेरी हुन्छ्यौ ।





अधरमा कतै मेरो पिंडा भए
चन्द्रमाबाट तिमी हाँस भन्छ्यौ

जिन्दगीसंग कहिँ हार्न खोजे
फूलमा आई तिमी बाँच भन्छ्यौ ।
------------------------------------------

८० पहिलो नजर आँखा जुधाई


पहिलो नजर आँखा जुधाई उसले लाजले मुहार झुकाई
झुकी झुकी छड्के नजर हेरेर ओठले मिठो मुस्कान फुकाई ।





सोधौं कि नसोधौं उसको नाउं
कहाँ होला कुन्नि उसको गाउँ
छातीमा उसले तिर चलाई
छट्पटी भयो लौन मलाई ।



अधरमा उसको पुर्णिमा थियो
या भनौं झलल बलेको दियो
मन भित्रभित्रै काउकुती लगाई
जब उ मेरो समिप आई ।





गीतमा रचेर उसलाई सजाएं
संगीतको धूनमा उसैलाई बजाएं
के हो को हो नसोधेरै पहिले
छातीभित्र लौ न बसाएछु मैले ।



---------------------------------
८१ मुर्दा भएको यो रातले

मुर्दा भएको रातले पनि बिहानी बोलाउदछ
चुपचाप भएर यो दिन फेरी रातै भएर टोलाउदछ ।

न त बोल्न नै यहाँ छुट छ
घर घरमा आपसी फुट छ
जोगाउने कसरी स्वभिमानलाई
जहिंतहीं ब्रम्हलूट छ ।

कैयन आँखामा शान्तीको आस छ
श्मशानमा आज हरेकको बास छ
शान्ती भयो धेरै परको कुरा
सबैसंग मृत्युको त्रास छ ।
-------------------------------------
८२ जिन्दगीको यो मोडमा


जिन्दगीको यो मोडमा म त साह्रै एक्लो भएं
सारा दुनिया छ एकातिर मात्रै म बेग्लो भएं ।





विश्वास दिलाउन तिमीलाई सक्दिनं म त रुन
न त सक्छु तिम्रो प्रेममा डुबेर पागल हुन

बरु शंकाको धरापमा मायालाई थापीदिन्छु
अपराध नै हुन्छ भने आफैंलाई माफीदिन्छु ।





कोमल मेरो छातीलाई सक्दिनं फुटाउन
न त सक्छु मेरो प्रेमको साक्षी जुटाउन

बरु दुनियांको सरापमा मायालाई छोपीदिन्छु
लाग्छ भने सराप त्यो म आफैं भोगीदिन्छु ।


------------------------------------
८३ आफैं दुखेर म


आफैं दुखेर म रोईदिन्छु बरु तिमीलाई तर रुवाउंदिन
आफैं हारेर म झुकिदिन्छु बरु तिमीलाई तर झुकाउंदिन ।





म मेरो सारा जिन्दगीलाई दुखाई मै बिताईदिन्छु
जिन्दगीका सारा बाजीहरु तिमीलाई नै जिताईदिन्छु
जीतको नशामा तिमी झुमिरहंदा पिंडाहरुमा म डुबिदिन्छु ।



दुई दिनको हाम्रो मिलनलाई सपना ठानेर भुलीदिन्छु
हाँसोजती सबै तिमीलाई छाडेर आँशुहरु बटुलीदिन्छु
तिम्रो अधरमा हाँसो फूल्दा आँशु पिएर म रोईदिन्छु ।



---------------------------------
८४ हाँसी हाँसी नभए नि



हाँसी हाँसी नभए नि रोईरोई भएपनि
बाँच्ने छु एक्लै एक्लै तिमीबिना
म बाँच्ने छु एक्लै ।





चाहे आओस आँधीहुरी मनको छानो उडाईदिओस
चाहे आओस बाढीपैह्रो मनको खेत बगाईदिओस
आँधीसंगै म बहिदिन्छु भेलसंगै म बगिदिन्छु
तर बाँच्ने छु एक्लै एक्लै तिमीबिना ।



आजसम्म तिमीसंग जतिपलहरु बिताको थें
हरेकपटक आफु हारी तिमीलाई नै जिताको थें
कुनै बाजी अब हार्दिनं म आँशु पनि अब झार्दिनं म
तर बाँच्ने छु म एक्लै एक्लै तिमीबिना ।



--------------------------------------
८५ दोबाटो ढुकेर


केटी :
दोबाटो ढुकेर माया लाउन नखोज
हाम्रो चोखो माया बदनाम होला
केटा :
बिन्ती छ हजुर मलाई गलत नसोच
आएको म भेट्न तरेर खोला



केटा :
तिम्रो लागी छातीभरी माया बोकी ल्याएको छु
तिमी संगै बाँच्ने मर्ने कसम पनि खाएको छु
केटी :
मेरो पनि मुटुभित्र तिम्रै माया साँच्नेछु
कसम दिएं तिमीलाई तिमी संगै बाँच्ने छु



केटा :
भेटै हुन्न आजभोली दुरी हाम्रो टाढा भयो
टाढा जति भएपनि माया झनै गाढा भयो
केटी :
नभनन टाढा भनि धरतीको दुरी हेरी
छामीहेर बसेकि छु कलेजीको छेवै नेरी



-----------------------------------
८६ भनन के छ मेरा दोषहरु


भनन के छ मेरो दोषहरु
किन देखाउंछौ मलाई रोषहरु
बिना कसुर नदेउन दोषअरु ।





उड्दछन जब पवनसंगै रेशमी तिम्रा ति केशहरु
सक्दिनं म त सम्हाल्न नै बैंशालु मेरा यि जोशहरु
उडाईदियौ मेरा होसहरु
बिना कसुर नदेउन दोषअरु ।



कसरी काटुं तिमीबिनाका यि पल अनि यि निमेषहरु
अब त आउ भुलेर सबै ईर्ष्या अनि ति द्वेषहरु
छाडन अब सारा आवेसहरु
बिना कसुर नदेउन दोषअरु ।



-----------------------------------------
८७ आफ्नो आफ्नो बुझाई हो
आफ्नो आफ्नो बुझाई हो आफ्नो आफ्नो हेराई
किन मान्छे दुखी ठान्छन आफैंलाई धेरै ।


कुमालेको चक्र जस्तै जिन्दगानी हाम्रो
पालैसंग भोग्नुपर्छ राम्रो र नराम्रो
कोमल त्यो फूल संगै काँढापनि हुनसक्छ
नजिकैको मान्छे कैले टाढापनि हुनसक्छ ।



आफ्नै खुशी हाँस्छ मान्छे आफ्नै दुख रुन्छ
अरु हाँस्दा ईर्ष्या गर्छ रुँदा कान थुन्छ
आज झरी परेको छ भोली घाम लाग्न सक्छ
आज वैलिएको मायापनि भोली जाग्न सक्छ ।
--------------------------
८८ मिठो बोली बोलेर

मिठो बोली बोलेर मायाले फँसायो
आउंछु चाँडै भनेर पर्खाई बसायो
त्यै मायाले रुवायो त्यै मायाले हँसायो
उचालेर माथी माथी भुईंमा खसायो ।

आँखाबाट आँशु झार्दै धुरुधुरु रुन्थ्यो
मरिजाने कसम खाँदै आगो पानी छुन्थ्यो
धेरै माया गर्छु भन्थ्यो
तिम्रै लागी मर्छु भन्थ्यो
त्यै मायाले रुवायो त्यै मायाले हँसायो
उचालेर माथी माथी भुईंमा खसायो ।

यो आँखामा आँशु आए पुछिदिन्छु भन्थ्यो
दुनियांमा भएजति खुशी दिन्छु भन्थ्यो
पर्खि बस्नु आउंछु भन्थ्यो
सिंदुर पोते ल्याउंछु भन्थ्यो
त्यै मायाले रुवायो त्यै मायाले हँसायो
उचालेर माथी माथी भुईंमा खसायो ।
-------------------------------
८९ रिमझिम झरी परि नै रहयो

रिमझिम झरी परिनै रहयो एक्लै म भिजीरहें
आफैं काँढा भै आफ्नै जीवनमा संधै म बिझीरहें ।

अधरमा रहर रोपेर पनि ओठमा हाँसो फूल्न सकिंन
सयौं खुशीलाई ओझेल पार्ने यौटै पिंडा भुल्न सकिंन
रिमझिम झरी........।

पैंचो लिएर केहि आशाहरु जिउने बहाना खोजीरहें
निमोठेर आफ्नै विश्वास संधै आँशु मात्रै रोजिरहें
रिमझिम झरी.........।
--------------------------------
९० म के हुँ , को हुँ

म के हुँ , को हुँ , कहाँ छु ?
भनिदेउ मलाई ए मान्छेहरु हो
म मान्छे नै हुँ कि के हुँ ?

किन भुल्छ मलाई संधै दुनियाँले
हाँगैमा सुकेको पात जस्तै
अँध्यारो फैलेर बाटै नपाउंदा
ह्रदयमै दुखेको रात जस्तै ।

घाउ मात्रै दिएर छाड्यो समयले
बिर्षिएको पुरानो याद जस्तै
जति फैलाए नि केहि नपाउने
बेसाहाराको रित्तो हात जस्तै ।
-------------------------------
९१ बुझ्नेले बुझिहाल्छन

बुझ्नेले बुझिहाल्छन प्रेमको भाषा नबुझ्नेलाई बुझाउन सकिन्न
जति झारे नि आँशुको बर्षामा बैगुनीलाई रुझाउन सकिन्न ।

धेरै छाल छन एकै प्रेमका छालसंगै म बगेर गएं कि
कतै छालैले हुत्याईदिंदा फेरी प्यासी म बगरै भएं कि
अझै जलेर प्रेम अग्निमा प्यासी मन कुनै बुझाउन सकिन्न
जति झारे नि आँशुको बर्षामा बैगुनीलाई रुझाउन सकिन्न ।

भूल जीवनमा गरिनै रहें त्यही भूलले संधै रुवाईरहयो
आफ्नै आँशुले भिजीरहे पनि छाती मेरो अझै धुँवाईरहयो
आफैं अल्झेर प्रेम पासोमा फुत्कने उपाय सुझाउन सकिन्न
जति झारे नि आँशुको बर्षामा बैगुनीलाई रुझाउन सकिन्न ।
-------------------------------
९२ तिमी बिना

तिमी बिना तिमी बिना ...
तिमी बिना यो जीवन अधुरो
दिनको उज्यालो भयो मधुरो
तिमी बिना तिमी बिना ...

जुनेली रातमा चन्द्र मुहार तिम्रो कल्पिन्छु
एक्लै तिमी बिना
तारा माझमा हराउंदा तिमीलाई झस्किन्छु
एक्लै तिमी बिना ...

चिसो बतासले मेरो मुटु छुँदा तर्सिन्छु
एक्लै तिमी बिना
मिलनको आशमा मेरो मन रुँदा तड्पिन्छु
एक्लै तिमी बिना...
-------------------------------------
९३ उकालो त अझै साथी

उकालो त अझै साथी चढ्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।

अझै शक्ती छ है साथी हाम्रो पाखुरीमा
पुग्न सक्छौ हामी सगरमाथा टाकुरीमा
पाईला त अघि साथी बढ्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।

अरुमाथी भरोषामा बस्ने बेला गयो
उठौं जागौं साथी मुठ्ठी कस्ने बेला भयो
तानाशाही साङ्लो साथी चुंड्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।

नभनेर हिमाल तराई सहर र गाउँ
करोढौं हात एकैचोटी उचालेर जाउँ
मंत्र एकताको साथी पढ्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।
------------------------------
९४ कहाँ गयौ मलाई छाडी

कहाँ गयौ मलाई छाडी यो गाँउको विरानीमा
कति निदाउं तिम्रो तस्विर राखेर सिरानीमा ।

मेलापात अर्मपर्म गोठालो या हाट बजार
जताततै छाड्यौ केवल सम्झनाका पल हजार
हेरौं कती तिम्रो बाटो थाकीसके यि नजर ।

सम्झनाका हरेक पलमा याद बनि तिमी आउंछौ
साँझबिहान यो मनको मझेरीमा तिमी छाउंछौ
रात जब हुन्छ तिमी जुन बनि उदाउंछौ ।
--------------------------------------
९५ आजभोली तिम्रै चर्चा

आजभोली तिम्रै चर्चा सुन्छु हर ओठमा
भन्छन सबै छौ रे तिमी एक करोढमा ।

ढलिसकेछन मेरा दिनहरु उज्यालो म कहाँ खोजुँ
जलिसकेछन सम्बन्धका पाना तिमीलाई कसरी रोजुँ
मलाई एक्लै छाडी तिमी गयौ कुन दौडमा
भन्छन सबै छौ रे तिमी एक करोढमा ।

सुनेर तिम्रो सफलताको चर्चा खुशी म भएको छु
गर्दिन गुनासो तर अझै मैले तिरस्कार सहेको छु
जाउ तिमी सबैलाई जिती जीवनका सब होडमा
भन्छन सबै छौ रे तिमी एक करोढमा ।
------------------------------------
९६ मुटु झिकी देखाईदियौ

मुटु झिकी देखाईदियौ घाउ कति गहिरो छ
तिम्रै जस्तो मेरो पनि छातिभित्र पहिरो छ
खसेको छु तल तल आफ्नै मनको भिरैभिर
सक्ने भए रोईदिन्थें तिम्रो पनि सबै पिर ।

कति मनका घाउहरु समयले छोपिदिन्छ
कति मनमा घाउ अझै समयले खोपिदिन्छ
जे गरे नि भोग्नै पर्छ निधारमा लेखेजति
कहाँ पाईन्छ र खुशी मात्रै मनले देखेजति ।

सयौं मुटु तिमी र म भन्दा धेरै दुखेका छन
हजार जीवन हामी भन्दा झनै धेरै झुकेका छन
तिमीले जित्ने भए मेरो जिन्दगी म हारिदिन्थें
मेरै मनमा तिम्रा सबै दुखाईहरु सारिदिन्थें ।
------------------------------------
९७ आँखाले खोज्यो तिमीलाई

आँखाले खोज्यो तिमीलाई
मुटुले रोज्यो तिमीलाई
माया गाँसु कि नगाँसु
मनले सोध्यो मलाई ।

सपनीमा रातैभरी
अंगालोमा तिमी थियौ
बिहानीमा ब्युँझाएर
कहाँ कता बिलाई गयौ
एकै छिनको यो खुशीमा
म हाँसु कि नहाँसु
मनले सोध्यो मलाई ।

सम्झिएर तिमीलाई
मुटु साह्रै दुखेको छ
भनिदेउ त्यो मुटुमा
माया कति लुकेको छ
यति धेरै ब्याथा बोकि
म बाँचु कि नबाँचु
मनले सोध्यो मलाई ।
-----------------------------------
९८ कहाँ राख्यौ मलाई

कहाँ राख्यौ मलाई देखिनं तिम्रो आँखाको नानीमा
बगाई दियौ कि मलाई त्यही आँखाको पानीमा ।

म त भन्थें तिम्रो आँखामा सपना बनेर बसेको छु
अजम्बरी माया बनेर तिम्रो मुटुभित्र पसेको छु
थाहा पाएं आज तिम्रो नजरमा म त तल तल खसेको छु ।

दिन्छु भन्थ्यौ तिमी फूलैफूल काँढा बाहेक मैले केहि देखिंन
तिम्रो बाहेक मैले अरु कसैको मुटुभित्र कुनै नाम लेखिंन
सबको आफ्नो आफ्नो खुशी हुन्छ भनेरै त तिम्रो बाटो छेकिंन ।
----------------------------
९९ च्यातिदेउ मेरा यादहरु

च्यातीदेउ मेरा यादहरु म त तिमीलाई भुल्न सक्दिन
बदलामा तिम्रो मनभरी आँधीहुरी म हुल्न सक्दिन ।

बाँझो मनको खेतैभरी रहरहरु रोपेको थिएं
त्यै मनको घाउहरु खुशी फूलाई छोपेको थिएं
चुंडाईदेउ मेरा रहरहरु म त खुशी फुल्न सक्दिन
बदलामा तिम्रो मनभरी आँधीहुरी म हुल्न सक्दिन ।

छेकिदियौ बाटो मेरो मैले हिंड्ने ठाउँ छैन
मेटाएर त्यो मुटुमा भन्यौ तेरो नाउँ छैन
रोकिदेउ मेरो पाईलाहरु म त्यो मनमा डुल्न सक्दिन
बदलामा तिम्रो मनभरी आँधीहुरी म हुल्न सक्दिन ।
--------------------------------
१०० जीवन शिखरमा टेक्नलाई हो

जीवन शिखरमा टेक्नलाई हो फेदीमै तिमी नबिसाउ
जीवन संसार देख्नलाई हो आँखा छोपेर ननिदाउ ।

तिमीले माया गर्ने कोहि नहोला तिमीलाई माया गर्ने कति छन हेर
काँडासंगै फूल फूलेको देख्ने छौ केवल तिमी आफ्नो हेराई फेर
जीवन ईतिहास लेख्नलाई हो ईतिहासमा तिमी नबिलाउ
जीवन संसार देख्नलाई हो आँखा छोपेर ननिदाउ ।

तिम्रो बाटोमा जंघार होलान पौडिएर पारी तरेर जाउ
समस्याहरुसंग जुध्न छाडेर कमजोर भएर हरेस नखाउ
जीवन बाधा छेक्नलाई हो बाधासंग तिमी नबिलाउ
जीवन संसार देख्नलाई हो आँखा छोपेर ननिदाउ ।
--------------------------------------
१०१ मेरी माया मेरो रातमा

मेरी माया मेरो रातमा जुन भई फुल्छिन
बतास भै सधैं मेरै वरिपरी डुल्छिन ।

शिरबन्दी ईन्द्रेणीको टिका चन्द्रमाको
लगाएकी मेरी उनलाई के साह्रै सुहाको
लाग्छ संधैभरी उनलाई आँखाभित्रै राखुँ जस्तो
सयौं जन्म आफ्नो पार्न देवी देउता भाकुँ जस्तो ।

झिमझिम गर्ने ति परेली बिजुलीकै बेग हो कि ?
लामो केशराशी उनको पानी झार्ने मेघ हो कि ?
कैले उनको सामु नौनी भई पग्लिदिउँ लाग्छ
प्यास मेट्न उनकै रुप घट्घटी पिउँ लाग्छ ।
------------------------------------
१०२ झार्दछ आँशु आकाशले

झार्दछ आँशु आकाशले शीत भन्छन सबैले
मेरो यो रुवाईलाई गीत भन्छन सबैले
सायद मलाई नै थाहा थिएन म गीतमा नै रोएको थिएं
मैले गीतैले अरुको पनि दुखेको मुटु छोएको थिएं ।

यो गीत हैन घाउ हो मेरो मुटुमा दुख्छ काँढा गाढेर
रुन चाहन्छु रुन देउ मलाई भक्कानो फुटाई डाँको छाडेर
हार स्विकारी हात उठाएं जीत भन्छन सबैले
मेरो यो रुवाईलाई गीत भन्छन सबैले ।

प्रितीको बाटोमा आगो सल्कियो सागरमा हिडें नाउ चढेर
तुफान वैरियो सागरमा पनि डुब्न लाग्यो नाउ छाल बढेर
भुमरीमा फस्दा प्रेमको डुँगा प्रित भन्छन सबैले
मेरो यो रुवाईलाई गीत भन्छन सबैले ।
---------------------------------
१०३ मलाई कसैले यतिधेरै

मलाई कसैले यति धेरै माया दियो
म आज खुशीले नाचिरहेछु
मेरो यो मनमा उसकै लागी
मैले पनि चोखो माया साँचिरहेछु ।

यति धेरै धेरै खुशी
छचल्किन्छ मनैभरी
फूलै फूल फक्रीएको
देख्छु आफ्नो वरीपरी
म फूल जस्तै फक्रीएर हाँसिरहेछु
मेरो यो मनमा उसकै लागी
मैले पनि चोखो माया साँचिरहेछु ।

किन लगाईदियो उसले
आज यति मिठो प्रीत
ओठहरु गाईरन्छन
सँधै सँधै उसकै गीत
त्यै गीतभरी उसैलाई गाँसिरहेछु
मेरो यो मनमा उसकै लागी
मैले पनि चोखो माया साँचिरहेछु ।
------------------------------
१०४ मलाई माया गर्छु भन्ने

मलाई माया गर्छु भन्ने कोहिपनि पाउन सकिन
एकै मुठ्ठी माया मैले कहिंपनि लाउन सकिन ।

कतै मायाको मुल्य नै तिर्न सकिन
कैले मायालुको मनभित्र छिर्न सकिन
न टेक्ने हाँगा छ न छ समाउने
झर्दैछ जिन्दगी भिर्न सकिन ।

मेरो माया कसैलाई सस्तो लाग्ने
कसैलाई झेलगरे जस्तो लाग्ने
भेटे हुन्थ्यो बाटो बरु यो रित्तो
उजाड जिन्दगी देखि भाग्ने ।
-----------------------------------
१०५ मेरो मनको संघारभरी

मेरो मनको संघारभरी खुशियाली पोतिदियौ
घामसंगै झुल्किएर जिन्दगीमा ज्योति दियौ ।

यति धेरै हाँसो मेरो अधरमा खन्याईदियौ
उदाश मेरा ओठहरु मुस्कुराउने बनाईदियौ
बगर झैं प्यासी मनलाई छाल बनि मोति दियौ
घामसंगै झुल्किएर जिन्दगीमा ज्योति दियौ ।

बादल बनाई खुल्ला निलो आकाशमा उडाइदियौ
उचालेर भुँईबाट जूनतारामा चढाईदियौ
सम्हाल्नै नसक्ने गरि खुशी कति कति दियौ
घाम संगै झुल्किएर जिन्दगीमा ज्योति दियौ ।
-----------------------------
१०६ मुटुभरी लेखेजति

मुटु भरी लेखे जती तिम्रो नाउँ मेटिदिएं
तिम्रो यादमा बल्झिरने घाउ पनि रेटिदिएं
अब दुख्दैन यो घाउ म त लिन्न तिम्रो नाउँ
एकोहोरो मैले मात्र प्रेमको गीत कति गाउँ ?

तिमी हाँस्दा यो मायामा दिलै खोलेर
म त रोएं यै मायाले भित्र पोलेर
भै गो अब म त रुन्न झुठो प्रेममा अन्धो हुन्न
रहरको हात बढाई कहिले पनि तिम्लाई छुन्न ।

तिम्ले माया धेरै पायौ अरु अरुको
मैले माया हार्ने दाउ लगाएझैं भो
अब बाजी लाउंदिन भो मायाको गीत गाउंदिन भो
प्यास बोकि छाती भरी तिमी छेउ आउंदिन भो ।
---------------------------------
१०७ मन राखेर माया दिएं

मन राखेर माया दिएं आफ्नै मुटु खाली पारी
मनै लगी निष्ठुरीले यसपाली त जालै गरी ।

टाढा हुंदा आफ्नै मन मुटु थाम्दै बसिरहें
त्यै मनको पहिरोमा तल तल खसिरहें
मुटु चुंडी बैगुनीले रगतको आहाल पारी
मनै लगी निष्ठुरीले यसपाली त जालै गरी ।

जाउँ कहाँ कतातिर हराएको मन खोज्न
मन बिना नसकिने रै'छ हजुर माया रोज्न
झुठो रै'छ त्यसको माया देखाईरन्थी घरी घरी
मनै लगी निष्ठुरीले यसपाली त जालै गरी ।
-----------------------------
१०८ बिना गल्ती माग्दापनि

बिना गल्ती माग्दा पनि माफी किन पाईएन
भै गो अब माग्दिन भो माफी मलाई चाहिएन ।

आफैं दोष देखाएर फेरी आफैं रिसाउनुभो
भनिदिनोस मैले चाहिँ यो मन कहाँ बिसाउनु हो
जानी जनी कैले नि हौ झूठो कसम खाईएन
बिना गल्ती माग्दा पनि माफी किन पाईएन ।

आफु किनारामा बसी खोलामा मलाई बगाउनुभो
निर्दोश थिएं तर यो कस्तो अभियोग लगाउनुभो
असत्यलाई रचि कहिल्यै झूठो गीत गाईएन
बिना गल्ती माग्दा पनि माफी किन पाईएन ।
-----------------------------
१०९ मुल सडकमा भेट हुंदा

मुल सडकमा भेटहुंदा हिंड्यौ तिमी तर्की तर्की
मैले मात्रै हेरिरहें तिमीलाई फर्की फर्की
असारे त्यो झरी जस्तै रुन्छ मन दर्की दर्की
किन हिंड्यौ मुल सडकमा भेट हुंदा तर्की तर्की ।

दुई वचन बोल्दा पनि बोल्छ्यौ तिमी झर्की झर्की
तिम्रो रुखो वचनले पोल्छ मुटु चर्की चर्की
एकै नजर हेर्दा पनि हेर्छ्यौ तिमी सर्की सर्की
किन हिंड्यौ मुल सडकमा भेट हुंदा तर्की तर्की ।

तिमी हिंड्यौ अर्कै संग लस्सिएर मर्की मर्की
मैले मुर्छा खाँदा ब्युँझाई दिए पानी छर्की छर्की
बसेकै छु म त अझै तिमीलाई नै पर्खी पर्खी
किन हिंड्यौ मुल सडकमा भेट हुंदा तर्की तर्की ।
-------------------------------
११० वसन्तको हरियाली

बसन्तको हरियाली
फूलै फूलको डाली डाली
मनै भरी खुशियाली
पाएं हजुर यसैपाली ।

रातै भरी जुनेलीमा
जून संगै नुहाएकी
चन्द्रमुखी मुहारैमा
टिका रातो सुहाएकी
बसिदियौ मेरो मनमा
उमंगको दियो बाली
मनै भरी खुशियाली
पाएं हजुर यसैपाली ।

थुँगाथुँगा टिपी फूलको
सुन्दर माला गाँसे जस्तै
फूलकै जोवन पैंचो लिई
फूल संगै हाँसे जस्तै
तिमी फूल भयौ म त
भई दिन्छु फूलको माली
मनै भरी खुशियाली
पाएं हजुर यसैपाली ।
------------------------------
१११ भोक हो माया

भोक हो माया
महारोग हो माया
एकपल्ट सबैले भोग्नै पर्ने
शोक हो माया ।

सांघु हालेर मायाको कति त जंघार तरी जान्छन
चढ्न नसकी मायाको शिखर कोही फेदीमै झरीरन्छन
एउटाले जिते पनि मायाको बाजी अर्कोको हार हुने
पाप हो माया
सन्ताप हो माया
एकपल्ट सबैले भोग्नै पर्ने
श्राप हो माया ।

खुट्किला बनाई मायालाई कति त सफलता टेकिदिन्छन
अरुको खुशीमा तघारो बनि कोही बाटो नै छेकिदिन्छन
थोरै होलान केहि मायामा पाउने धेरै छन गुमाउने
भूल हो माया
झरेको फूल हो माया
एकपल्ट सबैले भोग्नै पर्ने
शूल हो माया ।

________________समाप्त____________________

यस गिती संग्रहको सर्वाधिकार रचनाकारमा सुरक्षित छ ।
रचनाकार : दीपक जडित 24 प्रतिक्रियाहरु Subscribe to: Posts (Atom) एक अञ्जुली माया

नमस्कार ! मैले आफ्नो एक सय एघार वटा गीतहरु यस ब्लग मार्फत अनलाईन संग्रहको रुपमा प्रस्तुत गरेको छु र यसलाई पढेर प्रतिक्रिया गरिदिनुहुनेछ भन्ने आशा राख्छु । धन्यवाद !
आफ्नो कुरा : एक अञ्जुली मायाको सम्बन्धमा

बाँसुरीको धुनसंगै माया तिमी आईदेउन
वसन्तको सुरसंगै प्रितीको गीत गाईदेउन ।

स्थाई यि नै दुई हरफ हुन मेरो पहिलो गीतको , अन्तराहरु याद छैन । अब मसंग यो गीत सायदै छैन र मलाई नयाँ अन्तरा लेखेर यो गीत पुरा गर्नपनि मन लागेन । त्यसैले यस संग्रहमा यो गीत छैन । यो जस्तै मैले शुरुवातका दिनहरुमा लेखेका निकै गीतहरु आज मसंग छैनन । नेपालमा कतै कुनै कुनामा धमिरालाई घर भएर रहेका होलान मेरा शुरुवातका रचनाहरु । मैले २०४५ / ४६ देखि गीतहरु लेख्न थालेको हुँ । २०५८ तिर म अमेरिका आउंदा बटुल्न भ्याएजति आफ्ना रचनाहरु पोको पारेर झोलामा हालेको थिएं । आज त्यसबेला ल्याएका गीतहरु र अमेरिका आईसकेपछि लेखेका गीतहरु भेला गरेर एक अञ्जुली माया नाम दिएर संग्रहको रुपमा ब्लगमार्फत प्रस्तुत गर्दैछु । यसभित्र मैले १११ वटा गीतहरु समेटेको छु भने यसपछि पनि मसंग अरु निक्कै गीतहरु छन जस्लाई मेरो मुल ब्लगमा तपाईंहरुले पढ्नुपनि भएको होला । एक अञ्जुली मायाभित्रका पनि धेरै गीतहरु मेरो मुल ब्लग ( मेरो साहित्य संसार र विविध ) मा लेखिसकेको छु पहिले नै , यहाँ खाली यौटा अनलाईन संग्रहको रुपमात्र दिने कोसिस गरेको हुँ ।

के हो त एक अञ्जुली माया ? खुल्दुली उठ्न सक्छ त्यसैले केहि बताउन चाहन्छु - यो संग्रह मैले मेरी स्वर्गीय पत्नी मञ्जुको नाममा समर्पण गरेको छु र भविश्यमा पुस्तकको रुपमा प्रकाशित गरेछु भने पनि उसैलाई समर्पण रहनेछ । एक अञ्जुली माया मैले मेरी स्वर्गीय पत्नी मञ्जुलाई दिएको माया हो त्यसैले यस संग्रहमा धेरै जसो मेरा आँशुहरु छन । यसभित्र म जताततै रोएको छु त्यसैले यसभित्रका धेरै गीतहरु उस्तै उस्तै प्रकारका लाग्लान किनभने आँशु जतिबेला जसरी झरेपनि त्यो उस्तै नै हुन्छ । यसै संग्रहबाट १० वटा गीतहरु झिकेर मैले एक अञ्जुली माया नामकै गिती अल्बम पनि बनाएको छु जस्लाई विविध कारणले गर्दा चर्चामा चलाउन सकिंन । उक्त गिती संगालोमा रुवी जोशी , दीप श्रेष्ठ , रविन शर्मा , कुन्ती मोक्तान , प्रदिपराज पाण्डे , आनन्द कार्की , रामकृष्ण ढकाल , कर्ण दाश , यम बराल र जगदिश समालले स्वर दिनुभएको छ भने सबै गीतहरुमा टिका भण्डारीले संगीत गर्नुभएको छ । यसै संग्रहबाट त्यसबाहेकका पनि अरु तिनचारवटा गीतहरु रेकर्ड गरिएका छन ।

आशा गर्छु मेरो यस गिती संग्रहको बारेमा तपाईंले प्रतिक्रिया गरिदिनुहुनेछ । तपाईंको धारणा मलाई ईमेलमा पनि लेख्न सक्नुहुन्छ । तपाईंको गहन धारणालाई म प्रतिक्रियाको स्थानमा नभएर यसब्लगको छेउमा यस संग्रह प्रतिको विचार भनेर पनि राख्न सक्छु । मेरो सम्पर्क : deepakjadit@gmail.com

धन्यवाद !
दीपक जडित

प्रिय दीपक ,

गम्भीर माया छ तिमीलाई , यि हरफहरु र शब्दहरुका गहिराई भन्दा पनि गम्भीर ।

साथी तिमीलाई पहिलो पटक अमेरिकामा भेट्नुअघि तिम्रो एल्बम एक अञ्जुली माया सुनेको थिएं । तिमीलाई लस एन्जल्समा भेटेपछि लाग्यो तिमी गीत भन्दा सुन्दर छौ । तिमी पो खिन्छौ अक्षरसंग तिमी भत्कन्छौ भाव र चेतनासंग , तिमी मुस्कानमा छौ आँसु छोपेर । मलाई थाहा छ नसुकेको पहाड पग्लन्न मूल भएर , नदुखेको मान्छे पनि पग्लन्न आँसु भएर । तिमी दुखाईका भाव र सुकाईका शोक टाँसेर छातीमा जीवनका लागी जीवन साँचिरहेछौ , यहिँ छ तिम्रो तिमी हुनुको सार , मिठास र वैभव ।

तिमीलाई आँखाले मुसारेर एकपल्ट भेटेको हुँ तर स्रष्टा भेटाई किसिम किसिमका हुन्छन् । एल्बमका सरगम , गीतका हरफहरु , तिम्रो मुस्कान , जीवन भोगाई , जीवनको रंग र लस एन्जल्स शहर जव मुस्कुराउंछ एकै ठाउँ त्यहीँ मुस्कुराउँछ एक अञ्जुली माया । दीपक तिमी माया हौ वा माया तिमी भएर पोखिन्छ , थाहा छैन , तर जहाँ पुग्छौ तिमी त्यहीँ बन्छ आँसु र हाँसोको , भोगाइ र चेतनाको , दिन र रातको अनि मिलन र विछोडको । त्याहाँ तिमी कवितात्मक गीतकार भएर उभियौ , मैले हेरिरहेँ धित नमरुन्जेल । तिमीलाई पढ्न , छाम्न र मुसार्न मनले अब भेटिरहनु पर्ला र पटक पटक ?? अहँ पर्दै पर्दैन ।

तिम्रा १११ गीतहरु पढें , त्यही पढेँ पीडा र विषादका आँसुहरु । रुन नजान्नेहरु कहाँ हाँस्लान् र ? हाँस्नेहरु पनि त रुन्छन् नि हाँस्दाहाँस्दै कुनै दिन । सात समुद्रपारि छौ तर तिम्रा यादमा अटेका छन् सयौं देउराली , दशौं नदि र दर्जनौं वनबनेली । कुनै एक चौतारीमा बसेर गाएको एक चरण गीत , बजाएको एक रन्को बाँसुरी र पुछेको एक हत्केला पसिनाको वास्ना कस्ले कहाँ भुल्ला र ? दीपक यही स्मृति राखेर आँखामा गीत लेखिरहेछ शायद् । दीपकका गीत दीपक जस्तै सुन्दर लाग्यो । दीपक जस्तै हाँस्छन् दीपकका गीतहरु अक्षरअक्षरहरुमा ।

नरुनु दीपक आँसुसंग रुनु त केवल भाव र अक्षरसंग । तिम्रो छातीमा नेपाल छ , तिमीजस्तै नेपाल छातीमा राखेर मुलुकबाहिर बस्नेहरुका प्रतिनिधि भाव हुन् तिम्रा गीतहरु । एक्लै छौ तर एक्ला छैनन् भाव र भावले सम्प्रेषण गरेका अर्थका उपलब्धीहरु । धेरै धेरै शुभकामना !!!


मुख्य कार्यक्रम अधिकृत
रेडियो नेपाल
सिंहदरवार , काठमाण्डौ , नेपाल
nrlamsal@poetic.com

शब्दहरुमा पोयो लगाएर बलियो गिती दाम्लो बुन्न सक्ने क्षमता छ !


दिपक दाई,
नमस्कार

हजुरका भावनाहरु पढ्न पाउँदा खुशीले मातिन्छु म । तर हजुरको यो एक अन्जुली मायाँ भन्ने ब्लग पढेर धेरै दुःखी भएँ । यो दुनियाँमा एक छिनको हाँसो सयौँ दिनका दुःख पीडाहरु त भोग्नु नै छ । हजुरको जीवनमा घट्न गएको यस्तो अविस्मरणीय घटना प्रति एकदमै दुःख व्यक्त गर्दछु । हुनत् समयसँग कसको पो जोर चल्न सकेको छ र नियतिलाई धिक्कार्दै बस्नु बाहेक । हजुरका गीतमा भएका प्रत्येक हरफहरुले मेरो मुटुमा कता कता चस्का दियो । हजुरका हरेक शब्दले दुःख बोलेका छन् आँसु झारेका छन् । शब्दलाई जादुमय तरिकाले बुनेर हजुरले मानिसको मन मस्तिकसम्म धक्का दिनुभएको छ । हरेक गीत उस्तै उस्तै लाग्लान भनेर हजुरले लेख्नुभएको रहेछ तर म त्यस कुरामा सहमत हुन सकिन किनकी सबै गीतको भाव छुट्टा छुट्टै लाग्छन् मलाई त, परदेश देखि अन्तु डाडाँसम्म पुग्न सफल हुनुभएको छ, आमाको काँख देखि छोरीको गुनासोलाई समेत केलाएर छर्लगं पारिदिनु भएको छ । बिन्ती दाई फुर्कायो नभन्नुहोला, साँच्चै हजुरमा शब्दहरुमा पोयो लगाएर बलियो गिती दाम्लो बुन्न सक्ने क्षमता छ । यति हुँदाहुदैँ पनि दाजु एक भाई वा शुभचिन्तक सम्झेर माफ गरिदिनु हुन्छ भने मेरो एउटा सानो आग्रह छ त्यो के भने यति राम्रा शब्दहरुलाई छापामा ल्याउने प्रयास गर्नुभए धेरै राम्रो हुने थियो । हामी बिदेशमा बस्ने बाहेक नेपालमा बस्नेहरु प्रायः सबै यी भावनाहरु पढ्नबाट बन्चित छन् ।
हजुरले रेकर्ड गर्नुभएका गीतहरु सबै उत्कृट छन् यसमा कुनै शंका छैन् तर हजुरले बिभिन्न कारणले गर्दा ओझेलमा परे भन्ने कुरा गर्नुभयो नि त्यो पनि पक्कै होईन किनकी यी गीतहरु दीगन्त बाँचिरहन्छन् । अहिले नेपालको परिबेशमा कुरा गर्ने हो भने स्तरीय भावनाको कदर हुन छाडेको छ । छोटा छोटा लुगा लगाएर अर्धनग्न खालका तस्वीर र भिडियो बनाउनेहरुको मात्र चर्चा हुन्छ । तर नआँत्तिनुहोला यी गीतहरु साँच्चै अमर रहनेछन् उनीहरुका लागि, जसले साहित्य र संगीतको सही मर्म बुझेका छन् । हुन्छ त दाई आउँदा दिनहरुमा पनि भलाकुसारीलाई निरन्तरता दिउँला ।

उही हजुरको शुभचिन्तक भाई
सुरज गिरी "सहयात्री"
हालः नेदरल्याण्ड

मेरा अन्य ब्लगहरु -
मेरो साहित्य सँसार र विविध
गजल : कतै अड्ने डाली छैन
3 days ago कथा बाली
लघुकथा : निरुत्तर
2 weeks ago तस्विरमा जीवन र जगत
House of Taga, Tinian का केहि तस्विरहरु
2 weeks ago मेरो कविता यात्रा
दशैंको भेंडा , भगवान र म मान्छे
1 year ago छिमेकी ब्लगहरु -
शब्दों का सफर
कुछ सवालों के जवाब [बकलमखुद-124]
18 hours ago Time! +-> http://ajabgajab.blogspot.com
Information Entropy of Your Browser and hence your online model
22 hours ago Aakar
Shruti Sambeg : Radha: Episode-10
1 day ago DAUTARI
Eons!
1 day ago कैलाशको कुटी
Be Positive यार !
2 days ago कवि योगेन्द्र मौदगिल
मुझे मेरे बेटे ने बाहों में भर कर.......
4 days ago The Road to Nowhere Goes Everywhere----
खरानी खोस्रने राजनीति
4 days ago ۞ CaFe मङ्गलम्
गोली गजलमा
4 days ago Deependra's Blog: NEVER STOP DREAMING...
Moving from compact digital cameras to DSLR
5 days ago रोचक गफगाफका लागि
केदारजी हरवखत टोलाईरहनु हुन्छ..
6 days ago मेरो साहित्य सँसार
लजाउदा कतिराम्री
6 days ago मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी
प्रेमी थरी थरीका !
1 week ago स्वागत छ तपाईलाई मेरो संसारमा
इलामको चियाबारी
1 week ago मनको कुरा...
यू गच सम क्वाटर्स ?
1 week ago कविता कुसुम kavitakusum - मुख्यपृष्ठ
1 week ago मेरी भावनायें...
इमरोज़ की कलम से इमरोज़
1 week ago खुल्लामन्च
प्रेम, विवाह र एक दशक :
1 week ago Sadhana Sharma's Blog
मेरो देश बाँचिरहोस्
1 week ago मगरमिगिन
पा
1 week ago मेरो आफ्नै सेरोफेरो
न सास, न लास, न आशमा पिल्सिएको जीवन
1 week ago मेरो फोटो ब्लग
हैदराबादको हिउँ ???
2 weeks ago संगमको चौतारीमा .......
मेरी प्रियसीलाई
2 weeks ago सिकारुको गोरेटोमा
गजल
2 weeks ago कम्प्युटर नेपालीमा
प्रबिधी मा नयाँ बर्ष संगै पुरानो याद
2 weeks ago swopnil sansar
4 weeks ago धर्म यात्रा
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया...........
4 weeks ago मेरा सपना हरु
फर्किदै छु म मेरो देश नेपाल
4 weeks ago मेरो खेस्रा whatever i feel
1st day of Nepal Band, December 5 2009
5 weeks ago laghu katha
मुखौटा
1 month ago Blogdom for Freedom
A Pop Up!
2 months ago ऋचाको अभिब्यञ्जना
2 months ago दुम्माली ब्लग
motor cycle rally
2 months ago poonam's corner
That SMS…
2 months ago शङ्कर लामिछाने स्मृति घर :: Shankar Lamichhane Smriti Ghar
Abstract Chintan: Pyaaz (An Onion: Contemplating the Abstract)
2 months ago कबि चाम्लिङको संगीतिक चौतारी.....!
म फिर्दैछु फेरी ...!
3 months ago badmas
Namrata Shrestha's MMS - dirty game for popularity or modernization ?
4 months ago between the lines
स्वाइन फ्लू
5 months ago wordflows
समय
5 months ago खुशीको दिन
यथार्थ अनी बिचार
8 months ago शीर्षकको मझेरी
म र मेरो जन्म दिन
9 months ago कलेज कलम
... दिलमा (गजल)
10 months ago मानुषी डायरी
पुस्तकले देखाएको गोरेटो
11 months ago भावना यात्रा
भाउजु
1 year ago Random Thoughts
The year Two Thousand and Eight
1 year ago UltraGuest.com Free Guestbook यस संग्रहका प्रवेशकर्ताहरु
Live Traffic Feed
Kathmandu arrived from google.com.np on "एक अञ्जुली माया / गिती संग्रह"
Saipan left "एक अञ्जुली माया / गिती संग्रह" via 1.bp.blogspot.com
Saipan left "एक अञ्जुली माया / गिती संग्रह" via 1.bp.blogspot.com
Saipan arrived from jaditdeepak.blogspot.com on "एक अञ्जुली माया / गिती संग्रह"
Dubai arrived from bloggers.com.np on "एक अञ्जुली माया / गिती संग्रह"
London arrived from jaditdeepak.blogspot.com on "एक अञ्जुली माया / गिती संग्रह"
London arrived from bloggers.com.np on "एक अञ्जुली माया / गिती संग्रह"
Dubai arrived from jaditdeepak.blogspot.com on "एक अञ्जुली माया / गिती संग्रह"
Sayreville, New Jersey arrived from bloggers.com.np on "एक अञ्जुली माया / गिती संग्रह"
Abu Dhabi arrived from bloggers.com.np on "एक अञ्जुली माया / गिती संग्रह"
Watch in Real-Time
Options>>
∙ Change your Location
∙ Ignore my browser
∙ Live Traffic Map
∙ Popular Pages Today



........................................................................................................................................................................
"तिम्रो मेरो प्रेम पत्र खात माथि खात थियो
बन्द कोठा भित्र हाम्रो हात माथि हात थियो !

बैस को योबनले हामीलाई सताउदा
सोर्ह बर्से बैसा तिमी माथि मात थियो
बन्द कोठा भित्र हाम्रो हात माथि हात थियो !

आफ्नो कुमारीत्व भंग गर्ने आट तिमीले गरे पछी
योबन को चित्कर मा मेरो पनि साथ थियो
बन्द कोठा भित्र हाम्रो हात माथि हात थियो !

तिम्रो अंग अँगको तातो स्पर्स संगै
संसार को खुशी लुट्ने तिम्रो मेरो साथ थियो
बन्द कोठा भित्र हाम्रो हात माथि हात थियो !

कस्तो रहेछ यूओन लीला बुझ्नै नसकिने
त्यसै मा त सबै को मात माथि मात थियो
बन्द कोठा भित्र हाम्रो हात माथि हात थियो!"
.........................................................................................................................................................................
भीम विराग
मेरो सासमा तिम्रो मिलनको आस अझै बाँकी छ
मेरो मुटुमा मधुमासको विश्वास अझै बाँकी छ

भुल्न सकिन्छ कसरी धराकास मिलनको रात
जिन्दगीमा तिम्रो अँगालोको आभास अझै बाँकी छ
सागरमा डुबेर नै बित्यो सारा जिन्दगी जब
मरुभुभिय अतृप्तिको एहसास अझै बाँकी छ

आज भोलि मौसम खराब छ ए मेरो दु.खी मन
उन्को र मेरो सुवासित मधुमास अझै बाँकी छ
तिम्रो नाम लिएर बाँचेकोछु हरेक धड्कन
यो ओठमा तिम्रो अधरको सुवास अझै बाँकी छ
कती पीडा, कति हुर्मत तिरस्कार सहनु पर्यो
फेरिपनिजिउँदोछुभन्नेकटुमासअ
..........................................................................................................................................................................
सनत कुमार वस्ती
बसुँ भन्दा कतै आवास छैन
ऊडूँ भन्छु खुला आकाश छैन

अँध्यारोमै कटाएँ रात सारा
उषाको खै ! अझै आभास छैन

वसन्ती फूलमै अल्झिन्छ ज्यादा
जवानीको कुनै विश्वास छैन

कतै बेहोशीमा छल्किन्छ प्याला
कसैको भागमा दुई गाँस छैन

जलायो ग्रीष्मले फ्याँक्यो हुरीले
मलाई बैंसको मधुमास छैन

दुष्कर्मले साम्राज्य मिल्छ
कुनै सत्कर्ममा स्याबास छैन

उदासीको गजल गाईरहेछु
कतै सङ्गीतमा उल्लास छैन

बरु यै जिन्दगी आतंक बन्छ
मलाईमृत्युकोसन्त्रासछैन।
.....................................................................................
ललीजन रावल
शीतको थोपा उडिगयो, बिहानीका धामसँगै
मेरो नाउँ जोडिएला, फेरि तिम्रो नाम सँगै ।

बोटहरु नाङ्गा भए, बाग फेरी उजाड भयो
फुलेका ती फूलहरु, झरिगए यामसँगै ।

मलाई कायल बनाइसके, रोइ रोइ यी आँखाले
तिमीलाई खोज्ने आँखा पठाउँ कि खामसँगै ।

जिन्दगीको एउटै पङ्ति , धेरै लामो हुँदोरैछ
रोकिदिउँकि आफैलाई, एउटा पूर्णविराम सँगै ।

हुलबाटै टाढा हुन मन लाग्छ कैलेकाहीँ
तरै लाग्नुपर्दो रैछ,मानिसकालामसँगै।
.....................................................................................
गोविन्दराज विनोदी
समालेर राख यौवन मात लाग्न सक्छ
भुलभए दु:खै द:ख खात लाग्न सक्छ ।

आजभोलि भुइँटेक्न छाडेकाछन् खुट्टा
भयो भने अति यहाँ बात लाग्न सक्छ ।

छ भनेर शक्ति आज घमण्डले फुल्दा
कुनै दिन नियतिको लात लाग्न सक्छ ।

हक खोज्दा गर्नु पर्छ कर्तव्यको ख्याल
नत्र कुनै दुर्जनको हात लाग्न सक्छ ।
.....................................................................................
कृसु क्षेत्री
हुन त तिमीसँग एकरात माँगेको हुँ
एकै रातमा जिन्दगीभरको साथ माँगेको हुँ
एक्लै बिते धेरै दिनहरु स्वप्न सँगालेर
कहिल्यै निको नहुने एक आधात मागेको हुँ
शष्क भएका सबै इच्छाहरु मुर्झाउन
तिमी सँग बैँसको रमाइलो बात मागेको हुँ
धेरै पिर्इयो नशा तिम्रो अनुपस्थितिमा
समीप हुँदा तिम्रो यौवनको मात मागेको हुँ
आजको भेटपछि प्रतीक्षामा बिताउन मैले
सहवासकोमधुरसम्झनाकोखातमागेकोहुँ।
.....................................................................................
कृष्ण हरि बराल
थाकिन्न रैछ कहिल्यै उकोलो चढ्‍दा पनि
पीरतिमा त अहो Û चिप्लेर लडदा पनि

पुतली हुँ कि आफू बती पो हो कि माँया
जाउँ त्यही झैँ लाग्छ पखेटा डढ्‍दा पनि

धोखा भयो त के भो, मजा छ
सम्झनैमा अतीतका पुराना प्रेमपत्र पढ्‍दा पनि

राधा र कृष्णकोझैँ संयोग–वियोग हो माया
चुलिन्छ यो त झन्झन् दुरी नै बढे पानि ।
.....................................................................................
उत्कृष्ट मुक्तकहरु
भीमदर्शन रोका

१।
रात केवल एक प्रहर बाँकी छ
तिन प्रहरको अन्तिम असर बाँकी छ
पश्चिममा पुगेकी एक्ली चाँदनीलाई
केवल यौटा मेरै भर बाँकी छ

कैयौँले यहाँ रातको गीत थालेथे
आफ्ना-आफ्ना ताराहरू बालेथे
तर को रह्यो र अब यहाँ
तिमी छौ म छु र हाम्रो रहर बाँकी छ

२।

आकाशको सब तारा गनिसकेपछि
प्रत्येक श्वास सुस्केरा बनिसकेपछि
के रह्यो अब मेरो मसँग प्रियतम ?
तिमीलाई आफ्नो भनिसकेपछि ।

हरिभक्त कटुवाल

कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो
कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो
यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन-
अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।

भूपी शेरचन

मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर, पिउँन झन गाह्रो छ
मरेर शहीद हुनेहरू
जिएर त हेर, जिउँन झन गाह्रो छ ।

भीमनिधि तिवारी

पैसा तिर्नुपरे औषधि पनि नखाने
सित्तैमा पाए विष पनि खाने
हाम्रो समाजमा यस्ता मान्छे पनि छन्
भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने ।

विकास गोतामे

उसलाई त मैले चिनकै छैन
उसले त मलाई चिन्छे रे
मेरो मायाको दाम सोद्धै थिई
सस्तोमा पाए किन्छे रे

माधव सापकोटा

बासी बासी के बासी
मासु बासी कि काँसी बासी
बाबुको नाममा पचहत्तर बिघा
छोरो सुकुम्बासी

नगेन्द्रराज शर्मा

जब यौवन यौवन यहाँ आँखी छ
आँखा आँखामा आमन्त्रणको झाँकी छ
किन चासो कि, कहाँ बिताएँ रात मैले ?
यही काफी छ कि ममा बैंश अझै बाँकी छ ।

मनु ब्राजाकी

जति धेरै आफुलाई केलाउँछन्
त्यति धेरै तिमीलाई खेलाउँछन्
मरेपछि स्वर्ग जाने ढल जस्तो-
बागमतिमा आफूलाई सेलाउँछन् ।

उषा शेरचन

पाखा पखेरामा बसुँ भने पहिरो जाला कि भन्ने डर
खोलाको छेउमा बसुँ भने बाढी आउला कि भन्ने डर
जताततै असुरक्षित देख्छु जिन्दगी म अचेल –
मान्छेको हुलमा बसुँ भने मान्छेले नै खाला कि भन्ने डर ।

कपिल अज्ञात

स्वस्थानी उही हो यहाँ खालि गाता फेरिन्छ
प्रवृत्ति उही हो यहाँ खाली नाता फेरिन्छ
रमाउँ कसरी परिवर्तनको खुशीले म ?
मान्छे उनै हुन् यहाँ खाली छाता फेरिन्छ ।

गोविन्द गिरी प्रेरणा

पहाडले झैँ जिन्दगी जिउन पाए पनि हुन्थ्यो
सागरले नदी पिए झैँ पिउन पाए पनि हुन्थ्यो
फाटेर मन प्वालैप्वाल भइसक्यो –
यसपालीको बसन्तमा त सिउन पाए पनि हुन्थ्यो ।
..........................................................................................................................................................................
किन
सागर झैं शान्त तिमी खहरे बनेर उर्लिन्छौ किन
सँगीत झैं मधुर तिमी बादल बनेर गर्जिन्छौ किन
फूल झैं कोमल तिमी काँडाहरुमा रेटिन्छौ किन
जून झैं शितल तिमी ग्रहण माझ झुल्किन्छौ किन

अमूल्य यो जिन्दगीलाई रक्सीमा साट्छौ किन
क्षण भर मै उत्रीन्छ नशा ब्यर्थमा माट्छौ किन
बोटलमा प्राण छैन आफैलाई ढाट्छौ किन
सिउनु नै थियो भने बेहोशिमा फाट्छौ किन

रित्तिन देउ बैंशहरु प्रकृतिलाई बिथोल्छौ किन
भत्किन देउ आस्थाहरु बिर्सिजाने आश्वासन किन
पत्थरलाई माया दिई मुटुमा सजाउछौ किन
टूट्न देउ बाचाहरु भूलिजाने सम्झौता किन ।
-nilima
..........................................................................................................................................................................
पिरती
परेली माझ तिम्रो मुहार अल्झिदिए जस्तो लाग्छ
पिरतीको घाउ कतै बल्झिदिए जस्तो लाग्छ
छामी देउ न हृदयले पिरतीका झंकारहरु
सितार बनि बज्न थाले मेरा मनका संघारहरु

भोक-निद्रा सबै तिमीले लुटी लगे जस्तो लाग्छ
पिरतीको मुहान साँच्चि फूट्न थाले जस्तो लाग्छ
थमाई देउ न ढुकढुकीले पिरतीका लहरहरु
सागर भै बग्न थाले बैशालु यी रहरहरु

छाती भरी तिम्रो तस्बीर कोरी दिंउ कि जस्तो लाग्छ
पिरतीको धुनि सधैं लगाई रहुँ कि जस्तो लाग्छ
मेटाई देउ न मुस्कानले पिरतीका प्यासहरु
अञ्जुलीमै खोज्न थाले मायालुका बासहहरु ।
.....................................................................................
बिछोड
सपनीमा आउदा तिम्रो अर्कै थियो रुपरंग
बिहानीमै मलिन भयो सप्तरंगी धुपसंग
याद आउछ प्रिय तिम्रो तरंगले सताउछ
जति नजिक हुन खोज्छु क्षितीजले छटा छाउछ

शिरिष फूल्दा आगनीमा तिम्रो बाटो कुर्न थाल्छु
अध्यारोले छेक्ला भनि आशाको यो दियो बाल्छु
पर्खाईमै डुब्न थाल्यो पूर्णिमाको जुन पनि
आज किन बेसूर लाग्छ सारँगीको धुन पनि

मुटुको यो कुना भित्र तिम्रो छाँया लहराउछ
चुम्न खोज्दा अधरहरु ओठ त्यसै फर्फराउछ
बिपनीमै देउ प्रिय मायालु ति साथ अझै
बिर्सिदिनै गाह्रो भयो बिछोडका घात अझै ।
.....................................................................................

रछ्यान भरि छरिएको दुर्गन्धित कसिंगर सम्झिएर
फोहोरको कन्टेनर भित्र फ्याकिदिए हुन्छ मलाई
किनकी, जन्मेदेखि नै म सडिसकेकी छु

हावाले उडाईरहेको खाली कागजको टुक्रा सम्झिएर
यज्ञको अग्नीशिखा भित्र जलाईदिए हुन्छ मलाइ
किनकी, भावनाहरुमा म खाग बनिसकेकी छु

अनि धड्कन बिनाको अस्तित्वबिहीन जिउदो लाश सम्झिएर
कसाईको बस्ती भित्र लीलाम बिक्रीमा राखिदिए हुन्छ मलाइ
किनकी, यथार्थमा म बेबारीशे सिनो भैसकेकी छु ।
.........................................................................................................................................................................
कथा
हासेरै तिमीले बिष दियौ
अमृत सम्झेर स्वीकारीदिए
अन्जान मै हो कि भाला रोप्यौ
म चुपचाप आफै सँग टुक्री दिए

देखेरै पनि कुल्चिदियौ
म तिम्रो पाईलाहरु पूजिरहें
दोबाटो मा तिमी टाढा भयौ
मेरो मन मन्दिरमा तिमीलाई नै सजाइरहें

तर, झुटो रहेछ यो दुनिया
जीवन अधूरो कथा भयो
ढुँगा रहेछन देउताहरु सबै
खुशीहरु आज ब्यथा भयो
....................................................................................
समर्पण
चाहान्छु म तिमीलाई धेरै धेरै
तर पाउन सक्दिन
पूजारी हुँ म तिम्रै प्रेमको
तर समर्पण गर्न सक्दिन

रहरहरुको त पहाड नै बनिसकेछ
तर बिश्वाश हरुलाई म भत्काउन सक्दिन
सपनाहरुको त बस्ती नै बसिसकेछ
तर जन्जीरहरुलाई म तोड्न सक्दिन

किनकी , म त बिबश छु
कसैको रँगीन सँसारहरुमा
म रँगी सकेकी छु
कसैको आस्थाहरुमा
म बेह्रीसकेकी छु

केवल भावनाहरुमा म
तिमी सँग हराउन सक्छु
मात्र कल्पनाहरुमा म
तिमी सँग रमाउन सक्छु
.....................................................................................
आधा/आधा
एउटा हड्डी देख्न पाए हजार आउछन ब्वाँसाहरु
जनताले नगर्नु है अब केही आशाहरु
राम्रा मान्छे मरिसके बाँकी रहे लाशहरु
आर्यघाटमा पुर्याउ भन्छु थोरै भए बाँसहरु

हर दशकमा पल्टिरहन्छन सत्ताका पासाहरु
कोशी भेलले बगाइ लग्यो जनाताका आशाहरु
कति राख्नु दबाएर मन भित्रका त्रासहरु
भत्काइदिउँ झै लाग्छ आजै नेता बस्ने बासहरु

बिदेश घुम्छन काटी काटी जनताका गाँसहरु
नेता रुपी जनावरले सिध्याईसके घाँसहरु
देश खोक्रो परिसक्यो छैन तिनलाई लाज अरु
लुकी छिपी कुर्सिमा नै सिलाउदै छन बासाहरु !!!
.....................................................................................
यादहरुले नसताउ
मायालु ति आँखाहरु छल्किएर नबगाउन
सम्झना यो परेलीमा कोशी बनाइ नभत्काउन
दुख्छ मुटु घरिघरी प्यास बनी न सताउन
मरु सरि यो मनलाई आशा अरु नदेखाउन

चर्किएको यो छातीमा भाला रोपी नदुखाउन
फाटेका यि मनहरुलाई चिथोरेर नतड्पाउन
रुन्छ आत्मा त्यसै-त्यसै अब धेरै नरुवाउन
खहरे झैं जिन्दगी यो समुद्रमा न मिसाउन

टुट्ने सपना देख्दिन भो अन्ध्यारोमा नहराउन
आँधी आई उडाईलाने मनको बस्ती नबसाउन
भाग्य रैछ रित्तो-रित्तो मायाको फूल नफूलाउन
बाँच्न साँच्चै गाह्रो रैछ याद हरुले नसताउन ।
.....................................................................................
प्रतिक्षा
न उसको तस्वीर नै बोल्छ
छाया उसकै हो त्यो पनि मलिन छ
आशाको दियो निभेछ क्यारे
मेरो मनको मझेरी आज सुनसान छ!

न उसको कुनै खबर छ
हावाको झोका हरु पनि चुपचाप छ
खोइ उसको बाटो हरु बदलिएछ
क्यारे मेरो मनको मझेरी आज सुनसान छ!!

आउछ उ फेरी आउछ
आगन भरि प्रतिक्षा उसकै छ
तर, मध्यरातको टहटह जुनमा पनि
मेरो मनको मझेरी आज सुनसान छ!!!
.....................................................................................
बेहोशी यो मनको
ढकमक्क फूल्ने बैंशहरु कसरी बिते थाहा भएन
पहाड छुन खोज्ने खुशीहरु छल्किए कसरी थाहा भएन,

कुल्चेर आफ्नै ईक्षाहरुलाई कसरी बाँचे थाहा भएन
डुबेर आँशुका आहालहरुमा कसरी हाँसे थाहा भएन,

एक्लिए सधै दोबाटोमा यात्रा यो कहाँको थाहा भएन
डौडेर भागे भिडहरु माझ त्रास यो मनको थाहा भएन,

झस्किए अधेंरी रातहरुमा झझल्को किन थाहा भएन
सम्हालिन खोजे बेहोशीमा आफै, कतिञ्जेलको लागि हो थाहा भएन।।
.....................................................................................
किन
आँखाबाट आँशु किन झर्छ
कमजोर यो मुटु किन दुख्छ
कसैको यादमा तड्पिएर
पलपल जिउनु किन पर्छ?

हिलोमा फूल्ने भए यो जिन्दगी
कमलको रूप किन लिन्छ
बलीमा चढ्ने भए जिन्दगी
सुन्दर संसार किन देख्छ?

बर्षातले भिजेको यो जिन्दगी
छहारीको ओत किन खोज्छ
जुवामा हारेको भए जिन्दगी
सपनाको महल किन रोज्छ?
.....................................................................................
तिमी हाँस्यौ, म लटरम्मै फुलें
तिम्रो आकाश जस्तो अनुहारमा
कालो वादल छाएको बेला
म त त्यसै त्यसै
ओइलाएर लत्रिने गर्छु

तिम्रो मुहारमा
इन्द्रेणीको धर्सा कोर्न
म आफ्नो हत्केलाबाट
खुसीका रेखाहरु मेट्न पनि सक्छु
तिम्रा ओठहरुमा
मुस्कान भर्न
म आफ्ना खुसीहरुलाई
तिमी तिर लखेट्न पनि सक्छु

तिमी हाँस्यौ, म धपक्कै बलें
तिम्रो फुलवारी जस्तो अनुहारमा
शिशिर लागेको बेला
म त त्यसै त्यसै
कठाँग्रिएर सुक्ने गर्छु
..........................................................................................................................................................................
तिमी र म
तिमी
आकाशलाई ड्याम्मै ढाकेको
कालो बादल हेरेर गुनासो गर्छौ
धत्तेरी, झरी शुरु हुन लाग्यो
बाटाहरु हिलाम्य हुने भए
कतै जान आउन नकिने भो

त्यो बादल पछाडिको
नीलो स्वच्छतालाई सम्झने गर्छु
तिमी आजको अंध्यारोमा बिलाउन खोज्छौ
म भोलिको उज्यालोमा रमाउने गर्छु
तिमी
म पनि मान्छे हुँ भन्ने भुल्ने गर्छौ
मेरा असफलताहरुमा पिरोलिन्छौ
मैले पुर्याउन नसकेका तिम्रा इच्छाहरु
म उत्तीर्ण हुन नसकेका
तिम्रा परीक्षाहरु सम्झेर वैरागिन्छौ

तिमीले दिएका साना साना खुसीहरु
तराजुको एक पाटामा राख्छु
अर्को पाटा ससारको लागि छाडिदिन्छु
खै किन हो
मेरो पाटो कहिल्यै आकाशिंदैन

खोज्ने नै हो भने त
हिमालको छातिभित्र पनि लाभा नहुने होइन
नदीको शान्त लहर भित्र पनि
थेग्नै नसक्ने जलप्रवाह नबग्ने होइन
आफूलाई जिते राम, आफूसंग हारे रावण
भोग्न सके यहीं नै स्वर्ग
नसके आफ्नै जीवनमा
नर्क पनि नभेटिने होइन
.........................................................................................................................................................................
यो जिन्दगी
आफ्नै घाँटीमा पासो भएर बेरियो आज जिन्दगी
भुत्ते खुकुरीको धारमाथि सेरियो आज जिन्दगी

दोबाटोमा धेरै रूमल्लिएर एउटा बाटो पाएथ्यो
चौबाटोमा पुगेर रूमल्लियो फेरि यो आज जिन्दगी

मायाको कथा लेख्न खोजें मुटुलाई कागज मानेर
बुझ्नै नसक्ने धर्काहरूले केरियो आज जिन्दगी

कति चाहें कति खोजें भन्न आहा मेरो जिन्दगी
भन्ने बेला भन्नु पर्‍यो धत्तेरि यो आज जिन्दगी
..........................................................................................................................................................................
मेरो संसारको लागि
तिमी मुस्काउँदा, मेरो सिंगो आकाश नै
एक छेउ देखि अर्को छेउसम्म हाँस्छ
तिमी हाँस्दा, मरिसकेको मेरो जिन्दगी
फेरि एकपटक व्यूँतिएर बाँच्छ
तिम्रा आँखाहरु चम्किंदा
झनैझनै उज्यालो भएर बल्दछन्
मेरा रातका टिमटिम ताराहरु
तिमी म संग मायाले बोल्दा
कता हो कता परपर भाग्दछन्
मेरा जीवनका अंध्याराहरु

एक पाइलामात्र संगै हिंड्न देऊ मलाई
म बनाउनेछु त्यसलाई
मेरो गन्तव्यसम्म पुग्ने फड्का
तिम्रो हात मात्र देऊ मलाई
म बनाउनेछु त्यसलाई
मेरो जीवनभरिको सहारा
तिमीले हौस्याउँदा मलाई
हट्ने गर्छन् मेरा सामुका तगाराहरू

अलमलिएको बेला तिमी कतै
म हिंड्नेछु तिमीसंग बाटो बनेर
तिम्रो आकाशमा घाम चर्केको बेला
म खस्नेछु तिमीमाथि छाया बनेर
तिमीले स्पर्श मात्र गरिदिंदा
बिसेक हुने गर्छन् मेरा घाउहरु
तिमी साथ मात्र भइदिंदा
आफै हराउँछन् मेरा व्यथाहरु

अपूरो अनि अधूरो छु म तिमी विना
निस्तेज अनि मधूरो छु म तिमी बिना
आऊ अब अंध्यारोका कुराहरु नगरौं
अंध्यारोमा त हराउने गर्छ मानिस
चोटलाई बिसेक पार्न अरु कहाँ जानु
दुख्यो भने आफ्नैसंग त कराउने गर्छ मानिस
तिमीले माया मात्र गरिदिंदा
फक्रिने गर्छन् मेरा मनका कोपिलाहरू
..........................................................................................................................................................................
मनमनै एउटा शुन्दर, घर बनि सकेछ ।
चाहेको झैं खुसि दिने, बर बनि सकेछ ।

समाजका असमान ब्यबहार बदलिने
गरि दुईको एउटैहुने, थर बनि सकेछ ।
चाहेको झैं खुसि दिने, बर बनि सकेछ ।

भेट घाट कुराकानी, हुँदाहँदै नियमित
थाहैनपाई मायाँको चर बनि सकेछ ।
चाहेको झैं खुसि दिने, बर बनि सकेछ ।

पानी र माछाझै, सम्बन्ध आँत्माको
दुबैे एक अर्काको, भर बनि सकेछ ।
मनमनै एउटा शुन्दर, घर बनि सकेछ ।
चाहेको झैं खुसि दिने, बर बनि सकेछ ।
.......................................................................................
नजर बाणले मालाई मात्र, हानेपछी दिल बस्यो ।।
उसले मालई आफ्नै, ठानेपछि दिल बस्यो ।।

कस्तो मोहनी रुप उनको, अप्सरानै लजाउने
त्यै मोहनीले नजिक–नजिक, तानेपछि दिल बस्यो ।।
उसले मालई आफ्नै, ठानेपछि दिल बस्यो ।।

सोच्थें कोहि होस, मलाईपनि मायाँ गर्ने
हजारौमा मैहो भन्दै, छानेपछि दिल बस्यो ।।
उसले मालई आफ्नै, ठानेपछि दिल बस्यो ।।

पैला पैला लाग्थ्यो, जिस्किएको मात्र होला
चोखो मायाँ रैछ मैले, जानेपछि दिल बस्यो ।।
उसले मालई आफ्नै, ठानेपछि दिल बस्यो ।।

म पनि त मान्छे नैंहुँ, मन उस्को जस्तै मेरो
सर्बस्वनै उसलाई मैले, मानेपछि दिल बस्यो ।।
नजर बाणले मालाई मात्र, हानेपछी दिल बस्यो ।।
उसले मालई आफ्नै, ठानेपछि दिल बस्यो ।।
.....................................................................................
उदय भो तिम्रो, मेरो अन्त्य संगै ।।
बिजय भो तिम्रो, मेरो अन्त्य संगै ।।

लाग्थ्यो मायाँ मैले भन्दा, तिम्ले बढि गथ्यौ
प्रेममय भो तिम्रो , मेरो अन्त्य संगै ।।
बिजय भो तिम्रो, मेरो अन्त्य संगै ।।

जब हारें सर्बस्व, तिमी देखि सारा सबै
संचय भो तिम्रो, मेरो अन्त्य संगै ।।
बिजय भो तिम्रो, मेरो अन्त्य संगै ।।

भन्छन् जोडि माथिनै, बनेको हुन्छ रे
त्यहि तय भो तिम्रो, मेरो अन्त्य संगै ।।
उदय भो तिम्रो, मेरो अन्त्य संगै ।।

ज्यानै हाँजीर तिम्रो लागि, ज्यान भन्दा धेरै लियौ
अनि अभय भो तिम्रो, मेरो अन्त्य संगै ।।
उदय भो तिम्रो, मेरो अन्त्य संगै ।।
बिजय भो तिम्रो, मेरो अन्त्य संगै ।।
.....................................................................................
भन्न पो ढिला भयो, अलिकति डराएकै हो ।।
जुन दिन देखि देखेँ तिमीलाई, मन त पराएकै हो ।।

भन्छु भनि आँट जुटाई, कति पटक नजिक आएँ
कति कोसिस गर्दा पनि, भन्ने आँट हराएकै हो ।।
जुन दिन देखि देखेँ तिमीलाई, मन त पराएकै हो ।।

जता हेर्यो त्यतै तिमी मन मुटु मष्तिस्कमा
तिम्रै नाम सपनिमा, कति कति बर्बराएकै हो ।।
जुन दिन देखि देखेँ तिमीलाई, मन त पराएकै हो ।।

तिम्लाई को थाहा, कति मायाँ तिमीलाई गर्छु
तिम्रै प्रेममा यो राम, पागलझै हराएकै हो ।।
जुन दिन देखि देखेँ तिमीलाई, मन त पराएकै हो ।।

तिम्ले भन्यौ साथिमात्र, अब ढिला भैसक्योरे
आफ्नै खुःसी डोली चढाई, भञ्ज्याङ्ग तराएकै हो ।।
जुन दिन देखि देखेँ तिमीलाई, मन त पराएकै हो ।।

......................................................................................के को बिकास् गर्नु यहाँ, सत्ता भित्र लुक्नेले !
कुकरले भाग् ढुक्या झैं, कुर्ची मात्रै ढुक्नेले !!

यो मेरो त्यो नी! मेरो, भ्याए जती सबै मेरो
आफ्नै मात्रै दुना सोझाई आफ्नो भुँडी फुक्नेले !

आज तँसंग भोली मसंग जस्ले दिन्छ उसैसँग
त्यही थालमा खाईवरी, त्यही थालमा थुक्नेले !

लाजसरम् पचे पछि के को सरम्-धरम् यहाँ
नाफा देखे आफ्नो इमान् बेच्न पनि नचुक्नेले !

देखायौ आफ्नो रंग, छाटी मीठा-मीठा भाषाण
सबलाई थाह भैसकेछ, टोक्दैनन् धेरै भुक्नेले !!
.....................................................................................

No comments:

Post a Comment