Thursday, May 13, 2010

प्रेम र जीवन

>>प्रेम र जीवनको अन्तर सम्बन्ध.....!
[2009-11-22]

प्रेम भन्ने शब्द जति पवित्र छ, त्यति नै भयानक पनि। प्रेमले सुन्दर संसार र रमणीय दिनहरूको निर्माण गर्छ भने कस्ता-कस्ता भयानक घटनाको पनि सिर्जना गर्छ। प्रेम आगो हो, पानी पनि हो। प्रेम कलकल बग्ने खोला हो, प्रेम आँधी-हूरी पनि हो। प्रेमका अनेक उदाहरण हरेक क्षेत्रमा हरेक तरिकाले, हरेक प्रकारका भेटिन्छन्।

प्रेमलाई समाजले कुन रूपमा लिनुपर्ने हो - प्रेमको सीमा कतिसम्म छ - एउटा छोराले आफ्नी आमाबाट पाएको मातृप्रेम र त्यो छोराले कसैकी तरुनी छोरीबाट पाएको प्रेममा के फरक छ - प्रेमको नाममा दोबाटो कुरेर आफ्नो अमूल्य समय बर्बाद गरिरहेका युवायुवतीले प्रेमलाई कुन रूपमा लिइरहेका छन् - नेपाली सामाजिक मूल्य र मान्यताले यस्ता प्रेमलाई कसरी हेर्छन् - पद्मकन्या बहुमुखी क्याम्पसकी छात्रा मञ्जु शर्मा भन्छिन्-
'प्रेम भन्नेबित्तिकै हाम्रो दिमागमा आइहाल्छ- दुई मुटुको मिलन नै प्रेम हो तर प्रेमको व्यापक रूपलाई हेर्ने हो भने परिवारले परिवारलाई गर्ने प्रेम अनि एउटा नागरिकले देशलाई गर्ने प्रेममा एकरूपता पाइन्छ।'
आज-भोलिका युवायुवतीहरूको प्रेमलाई फेसनका रूपमा लिइरहेका छन्। कुनै एउटै राम्री केटी वा केटालाई भुलाउन सक्नु आफू क्षमतावान भएको सम्झन्छन् । अहिलेका युवायुवतीहरूले प्रेमलाई जवानी अनि पैसासँग दाँजेका छन्। चाँगुनारायण स्कुलका शिक्षक नीलबहादुर श्रेष्ठको अनुभव छ- 'प्रेम आजको परिवेशमा एउटा बाध्यता र अपरिहार्य आवश्यकता भएको छ। प्रेमको अर्थ नै थाहा नहुनेहरू पनि रोमियो टाइटल राख्छन्।' शिक्षिका सीता खनाल प्रेम दुई आत्माको मिलन हो भन्दै प्रेम व्यक्तिले चाहेर गर्ने र नचाहेर नगर्ने होइन, यो हृदयदेखि नै स्वतःस्फूर्त उत्पन्न हुने एउटा भाव हो भन्ने धारणा व्यक्त गर्छिन्। 'प्यार किया नही जाता, हो जाता है' प्रेम भन्ने कुरालाई दुई अर्थबाट बुझ्न सकिन्छ। एउटा आफन्तलाई गर्ने प्रेम र अर्को विपरीत लिङ्गीबीच हुने प्रेम। प्रेमको निश्चित परिभाषा दिन गाह्रो पर्छ। यो संसार नै प्रेममा अडेको छ भन्दै खनाल थप्छिन्- 'सबैभन्दा ठूलो कुरा मन हो, मन हुने मानिसलाई मात्र प्रेम केहो भन्ने कुराको महसुस हुन्छ। प्रेमको परिभाषा दिन गाह्रो छ।'
माया भन्नाले हामी आफ्नो परिवारलाई गरिने मावनताको भावना हो भन्ने बुझ्छौं तर माया पनि दुई मुटु को मिलन नै हो। जस्तै- कुनै व्यक्तिलाई शारीरिक चोट लागेको देख्दा आत्मादेखि नै सहानुभूति, सद्भाव उत्पन्न हुन्छ, त्यो माया हो, समाजको विचारमा भने माया गर्नु भनेको आफ्नो जीवनमा कुनै केटा वा केटीलाई निम्त्याउनु भनिन्छ। आजभोलिका युवायुवती एकले अर्कालाई गर्ने सामान्य आकर्षालाई प्रेम मान्छन्। पछि केटा र केटीले अर्कैसँग विवाह गर्दा धोका पाएको भन्छन् तर वास्तविक प्रेम अविस्मरणीय क्षणबाट सुरु भएर दीर्घकालसम्म कायम रहन्छ।
प्रेमका बारेमा सबैलाई थाहा नहुन सक्छ प्रेम भनेको के हो - जिज्ञासा उठ्नु स्वाभाविक नै हो। साधारणतया हामीले भन्ने गर्छौं प्रेम भनेको कसैले कसैलाई गरेको माया नै प्रेम हो। तर अझै गहिरिएर भन्नुपर्दा प्रेम वा माया भनेको त्यस्तो चिज हो, जुन एउटा अति महत्वपूर्ण तथा अमूल्य उपहारको रूपमा सृष्टिकर्ताले हरेक प्राणीलाई दिएको प्रकृतिप्रदत्त वस्तु हो। प्रेम मानव जीवनको शक्ति हो, प्रेम नै उसको प्रेरणा तथा प्रेम नै उसको भविष्य तथा जीवनको आशाको केन्द्र हो। प्रेम नै मानवताको सर्वोत्तम गुण हो, प्रेम नै स्वर्गीय आनन्द हो र यही नै परमात्माको सबैभन्दा महत्वपूर्ण देन पनि हो। प्रेम सर्वव्यापक पुजित हुन्छ। प्रेम हरेक प्राणीको हृदयको अन्तस्करणमा रहन्छ। मनुष्य जीवनमा यसको महत्व सबैभन्दा अधिक हुन्छ। यसलाई अभिव्यक्त गर्ने तरिका सबैमा फरक-फरक हुनु स्वाभाविक मानिन्छ। स्त्री पुरुष यसको अभावमा एक अर्कामा समर्पित हुन सक्दैनन्। प्रेम स्त्री-पुरुषको वैवाहिक जीवनको अपरिहार्य तत्व हो। तर विद्वान्हरूले माया र प्रेमका बारेमा धेरै परिभाषाहरू लेखेका छन्, तर आजसम्म कसैले प्रेमको पूर्ण परिभाषा गर्न सकेका छैनन्। हरेकले आ-आफ्ना तर्क मात्र अगाडि सारेका छन्। प्रेम एउटा धेरै कठिन अनुभूति हो, जसको अनुभव मात्र गर्न सकिन्छ, यसलाई देख्न सकिँदैन। यसको विश्लेषण होइन, अनुभवद्वारा आत्मसात् गरेर बुझ्न सकिन्छ। तर पढेर मात्र गर्न सकिँदैन। सानो, ठूलो, धनी, गरीब, उच, नीच मालिक, मजदुर, राजा, प्रजा सबैको मनमा प्रकृतिले प्रेम वा मायाको टुसा कुनै न कुनै रूपमा उत्पन्न गरेको हुन्छ। तर यी सबैले प्रेमलाई आफ्नो मनमा सजाएर राखेका मात्र हुन्छन्। कसरी कमाउने खाने बस्ने र परिवारको पालनपोषण कसरी गर्ने भन्ने समस्याहरूको सोचाइमै सबै पुरुषहरूको दिमाग अल्झिरहन्छ। तर स्त्रीहरूको काम दैनिक पुरुषको झैं, सोच विचारमा रहँदैन। उनीहरू दैनिक घरभित्रकै काममा व्यस्त रहन्छन्। तर मन भने प्रेमीको सम्झना सोचाइमा नै हराइरहेको हुन्छ।

जब स्त्री-पुरुष एक अर्काप्रति वैवाहिक जीवनमा पाइला टेक्छन्, तब पतिपत्नी दुवैलाई प्रेमको बन्धनमा बाँधिनु आवश्यक छ। जसरी दूध र पानी मिलेर एउटा नयाँ रस बन्दछ, यसरी एउटा रसको भावना कहिले उत्पन्न हुन्छ - जब दुवै जनाको मनमा एक अर्काप्रति समान प्रेम तथा समर्पणको भावना उत्पन्न होस्, जब एक-अर्काको लागि मर्न तयार हुन्, एक अर्काबिना रहन नसकुन्। पतिपत्नीको मेलमिलापमा जबसम्म प्रेम माधुर्यको समिश्रण हुँदैन, तबसम्म सफल दाम्पत्य जीवनको महत्व रहँदैन।
विवाहको अर्थ हो पूर्ण 'प्रसन्नता' यसै कारण बिनाप्रेमपूर्ण प्रसन्नता कहाँबाट आओस् - त्यसैले पनि प्रेमको लागि विवाहलाई अनिवार्य मान्नुपर्दछ। प्रेमबिनाको जीवन 'नुनबिनाको तरकारी, चिनीबिनाको हलुवा अथवा सुगन्धबिनाको फल' जस्तै हो। यस कारण पनि सुखी दाम्पत्य जीवनका लागि प्रेम अपरिहार्य छ। जन्मेदेखि लिएर मृत्युपर्यन्त मनुष्यको हृदय प्रेमबाट परिपूर्ण हुन्छ। छोरा होस् या छोरी जन्मेदेखि सुरुमा उसलाई आमाको प्रेम चाहिन्छ र मिल्छ। केही ठूलो भएपछि बाबुको, दाजुभाइ, दिदीबहिनीहरूको, काका, काकीहरू तथा अन्य मान्यजनहरूको प्रेम उसले पाउँछ।


टन्टलापुर घाम लागेको होस् वा मुसलधारे पानी नभनीकन काम गरिरहेका किसान तथा मजदुर, हिउँदको चिसो ठिहिर्žयाउने शीतकालको जाडोमा भारी बोकेर पहाड चढिरहेको भरिया, १०-५ सम्म एउटै कुर्सीमा बस्न बाध्य कर्मचारी होस् वा दैनिक हाकिमको गाली खाइरहन बाध्य भएको पिएन होस्, यस्तो कुन शक्ति छ कि जसका कारण यी परिस्थितिहरू सबै सहेर उनीहरू काम गरिरहन विवश छन्। युद्धमा गएको सैनिक तरबार घुमाउँदै र बन्दुक तेर्स्याउँदै गोली चलिरहेको ठाउँमा निसःन्देह जान्छ, त्यो कुन विचित्रको शक्ति हो, जो ऊ युद्धमा पनि मृत्युको डर हुन दिँदैन। त्यो हो कसैको प्रेम, जसले मृत्युको विभीषिकामा पनि उसलाई बार बनँइदिन्छ। जन्मदेखि लिएर मृत्युसम्म मानिसको हृदय प्रेमबाट परिपूर्ण रहन्छ। छोरा हो या छोरी जन्मिसकेपछि जब बाल्यकाललाई पार गरेर युवावस्थामा पाइला राख्दछन्, त्यसबेला युवायुवतीको मनमा एउटा भावना उत्पन्न हुन जान्छ। त्यो भावनाले उनीहरूलाई सबैसँग मन पराउन, माया गर्न वा प्रेम गर्न लालायित बनाउँछ। त्यो कसैलाई मन पराउन लगाउने तत्व र प्रेम गरूँ गरूँ बनाउने जुन अदृश्य तत्व छ, त्यो भावना नै प्रेम हो। प्रेमको अर्थ खुसीहरू पनि हुन्छ। तर प्रेमले धेरैजसो दुःखको गोरेटो उक्लन बाध्य गराइदिन्छ। किशोरकिशोरीहरू प्रेमको असफलताको आवेगमा आएर आत्महत्या, हत्या गर्न पनि पछि पर्दैनन्, विषपान, झुन्डिने आदि घटनाहरू सुन्नमा आइरहन्छन्। कोही प्रेमको असफलतापछि आफ्ना विभिन्न घटनाहरू तथा सुमधुर यादहरूलाई सम्झँदै त्यसैको सहारामा बाँच्ने प्रयास पनि गर्दछन्। जति मज्जा मिलनमा हुन्छ, त्यो भन्दा बढी मज्जा विछोडमा हुन्छ भन्ने तर्क विद्वान्हरूको रहेको छ। मिलन त केवल क्षणिक हो। विछोड नै चिरस्थायी हुन्छ। विछोडको घाउको दर्द अविस्मरणीय हुन्छ। प्रेमको बन्धन शारीरिक सुखका लागि अनिवार्य हुन्छ। तर प्रेम स्वतन्त्र छ। यो स्वतन्त्र प्रेमका लागि एक अर्काबीचमा समान अभिरुचि र आकर्षा हुनु अत्यन्तै जरुरी छ ।

Wednesday, May 5, 2010

प्राथना सङ्ग्रह

अच्युताष्टकं
अच्युतं केशवं राम नारायणं कृष्ण दामोदरं वासुदेवं हरिम् ।
श्रीधरं माधवं गोपिकावल्लभं जानकीनायकं रामचन्द्रं भजे ॥१॥

अच्युतं केशवं सत्यभामाधवं माधवं श्रीधरं राधिकाराधितम् ।
इन्दिरा मन्दिरं चेतसा सुन्दरं देवकीनन्दनं नन्दनं संदधे ॥२॥

विष्णवे जिष्णवे शङ्खिने चक्रिणे रुक्मिनी रागिने जानकी जानये ।
वल्लवी वल्लभायाऽर्चितायात्मने कंस विध्वंसिने वंशिने ते नमः ॥३॥

कृष्ण गोविन्द हे राम नारायण श्रिपते वासुदेवाचित श्रिनिधे ।
अच्युतानन्त हे माधवाधोक्षज द्वारका नायक द्रौपदी रक्षक ॥४॥

राक्षसक्षोभितः सीतयाशोभितो दण्डकारण्य भू पुण्यता कारणः ।
लक्ष्मणेनान्वितो वानरैः सेवितोऽगस्त्संपूजितो राघवः पातु माम् ॥५॥

धेनुकारिष्टकोऽनिष्टकृद् द्वेषिणां केशिहा कंसहृद् वंशिकावादकः ।
पूतनाकोपकः सूरजा खेलनो बाल गोपालकः पातु माम् सर्वदा ॥६॥

विद्युदुद्धयोतवान प्रस्फुरद्वाससं प्रावृडम्भोदवत् प्रोल्लसद्विग्रहम् ।
वन्यया मालया शोभितोरस्थलं लोहितांघ्रिदूयं वारिजाक्षं भजे ॥७॥

कुञ्चितैः कुन्तलैर्भ्राजिमानाननं रत्नमौलिं लसत् कुण्डलं गण्डयोः ।
हारकेयूरकं कङ्कण प्रोज्ज्वलं किङ्किणी मञ्जुलं श्यामलं तं भजे ॥८॥

.....................................................................................
विष्णुवन्दना
क्षीरोदन्वत्प्रदेशे शुचिमणिविलसत्सैकतेर्मौक्तिकानां
मालाकॢप्तासनस्थः स्फटिकमणिनिभैर्मौक्तिकैर्मण्डिताङ्गः .
शुभ्रैरभ्रैरदभ्रैरुपरिविरचितैर्मुक्तपीयूष वर्षैः
आनन्दी नः पुनीयादरिनलिनगदा शङ्खपाणिर्मुकुन्दः

ॐ शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं
विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गम् .
लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं
वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथम्

त्वमेव र्सवम्

त्वमेव माता च पिता त्वमेव त्वमेव बन्धुश्च सखा त्वमेव ।
त्वमेव विद्या द्रविणं त्वमेव त्वमेव र्सवं मम देवदेव ।।


विष्णुपर््रार्थना

सशङ्खचक्रं सकिरीटकुण्डलं सपीतवस्त्रं सरीरुहेक्षणम् ।
सहारवक्षस्थलकौस्तुभश्रयिं नमामि विष्णुं शिरसा चतर्ुर्भुजम् ।।


दाँत माझदा पढ्ने

मुखदर्ुगन्धनाशय दन्तानां च विशुद्धये ।
ष्ठीवनाय च गात्राणंा कर्ुर्वेकहं दन्तधावनम् ।।


तर्ीथावाहन

गङ्गे च यमुने चैव गोदावरि सरस्वति ।र्
नर्मदे सिन्धुकावेरी जलेकस्मिन् सन्निधिं कुरु ।।


गंगापर््रार्थना

नमामि गङ्गे तव पादपङ्कजं सुरासुर्रर्ैवन्दितदिव्यरुपम् ।
भुक्तिं च मुक्ति च ददासि नित्यं भावानुसारेण सदा नराणाम् ।।





हरिहरस्तुती

यौ तौ शंखकपालभूषितकरौ मालाकस्थिमालाधरी
देवौ द्वारवतीश्मशननिलयौ नागारिगोवाहनौ ।
द्विव्यक्षौ बलिदक्षयज्ञमथनौ श्रीशैलजावल्लभौ
पापं मे हरतां सदा हरिहरौ श्रीवत्सगङ्गाधरौ ।।


एकश्लोकी महाभारत

आदौ पाण्डवधार्तराष्ट्रजननं लाक्षागृहे दाहनम्
द्यूते श्रीहरणं वने विचरणं मत्स्यालये वर्तनम् ।
लीलागोग्रहणं रणे विहरणं सन्धिक्रियाजृम्भणम्
पश्चाद् भीष्मसुयोधनादि हननं एतन्महाभारतम् ।।


क्षमापर््रार्थना

त्वदीयं वस्तु गोविन्द ! तुभ्यमेव समर्पितम् ।
गृहाण सुमुखो भूत्वा प्रसीद परमेश्वर ।।
आवाहनं न जानामि न जानामि विर्सजनम् ।
पूजां चैव न जानामि क्षम्यतां परमेश्वर ।।
मन्त्रहीनं क्रियाहिनं भक्तिहीनं सुरेश्वर ।
जपहोमञ्च नोहित क्षम्यतां परमेश्वर ।।
यदक्षरपदभ्रष्टं मात्राहीनं च यद् भवेत् ।
तर्त्र्सवं क्षम्यतां देव ! प्रसीद परमेश्वर ।।
कायेन वाचा मनसेन्द्रियर्ैवा बुद्धर्‍यात्मना वा प्रकृतिःस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति र्समर्पयामि ।।


दुःस्वप्ननाशन

विष्णुं नारायणं कृष्णं माधवं मधुसूदनम् ।
हरिं नरहरिं रामं गोविन्दं दधिवामनम् ।।


महापातकनाशन

अहल्या द्रौपदी तारा कुन्ती मन्दोदरी तथा ।
पञ्चकं संस्मरेन्नित्यं महापातकनाशनम् ।।


रक्षापर््रार्थना

जले रक्षुतु वाराहः स्थले रक्षतु वामनः ।
अटव्यां नारसिंहश्च र्सवतः पातु केशवः ।।
जले रक्षतु नन्दीशः स्थले रक्षतु भैरवः ।
अटव्यां वीरभद्रश्च र्सवतः पातु शङ्करः ।।


सौभाग्य वृद्धिका लागि

उमा उषा च वैदेही रमा गङ्गेति पञ्चकम् ।
प्रातरेव पठेन्नित्यं सौभाग्यं वर्धते सदा ।।


चिरायु र आयोग्यका निमित्त

अश्वत्थामा बलिर्व्यासी हनुमाँश्च विभीषणः ।
कृपः परशुरामश्च सप्तैते चिरजीविनः ।।
सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम् ।
जीवेद् वर्षतं सोकप र्सवव्याधिविवर्जितः ।।


धनवान् बन्नका लागि

वाराणस्यामुत्तरे तु सुमन्तर्ुनाम वै द्विजः ।
तस्य स्मरणमात्रेण निर्धनी धनवान् भवेत् ।।


दीपदर्शन

शुभं भवतु कल्याणमारोग्यं सुखसंपदाम् ।
मम शत्रर्ुर्विनाशाय दीपज्योतिर्नमोकस्तु ते ।।
दीपज्योतिः परं ब्रहृम दीपज्योतिर्जनार्दनः ।
दीपयो पापं सन्ध्यादीपं नमोकस्तु ते ।।


स्नानपछि नामोच्चारण

मंगलं भगवान् विष्णुमं गलं गरुडध्वजः ।
मंगलं पुण्डरीकाक्षो मंगलायतनो हरिः ।।
अच्युतानन्तगोविन्द नामोच्चारणभेषजात् ।
नश्यन्ति सकला रोगाः सत्यं सत्यं वदाम्यहम् ।।
आदित्यो द्रौपदी विष्णर्ुदण्डपाणिर्महेश्वरः ।
पंचैतान् संस्मरेन्नित्यं र्सवपापैः प्रमुच्यते ।।


हस्तदर्शन -हात हेरी पढ्ने)

करागे्र वसते लक्ष्मीः करमध्ये सरस्वती ।
करमूले स्थितो ब्रहृमा प्रभाते कर्रदर्शनम् ।।



पृथ्वी छोई पढ्ने

समुद्रमेखले देवी पर्वतस्तनमण्डिते ।
विष्णुपत्नि नमस्तुभ्यं पादर्स्पर्शं क्षमस्व मे ।।


गणेशप्राथना

विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगद्धिताय ।
नागाननाय श्रुतियज्ञविभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते ।।


र्सर्ूयस्तोत्र

जयाय जयभद्राय हर्यश्वाय नमो नमः ।
नमो नमः सहस्रांशो । आदित्याय नमो नमः ।।


दर्ुगावन्दना

या देवी र्सवभूतेषु शक्तिरुपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।


शिवनमस्कार

कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम् ।
सदा वसन्तं हृदयारविन्दे भवं भवानीसहितं नमामि ।।


आफ्नो धर्मानुसार यथाशक्ति जप गर्ने

जस्तैः- शिवमागर्ीर्ााे लागि
उFm नमः शिवाय
विष्णुमार्गीको लागि
ऊँ नमो भगवते वासुदेवाय
बुद्धमार्गीको लागि
ऊँ नमो बुद्धाय

-इच्छा अनुसार अन्य देवी देवताको जप गर्ने)


र्सर्ूयलाई अर्घ दिंदा भन्ने

एहि र्सर्ूय सहस्रांशो तेजोराशे जगतपते ।
अनुकम्पय मां भक्त्या गृहाणर्ध्यं दिवाकर ।।


परमात्मनस्तुति

यं ब्रहृमावरुणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैस्तवै-
वर्ेर्दैः सांगपदक्रमोपनिषदर्ैगायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेनमनसा पश्यन्ति यं योगिनो
यस्याकन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।
..........................................................................................................................................................................
यस्यांके च विभूति भूधरसुता देवापगा मस्तके
भाले बालविधुर्गले च गरलं यस्योरसि व्यालराट्।
सोऽयं भूतिविभूषण: सुरवर: सर्वाधिप: सर्वदा
शर्व: सर्वगत: शिव: शशिनिभ: श्रीशंकरः पातु माम्।।

श्रीगणेश

गजाननं भूतगणादिसेवितं
कपित्थजम्बूफलचारुभक्षणम्।
उमासुतं शोकविनाशकारकं
नमामि विग्नेश्वरपादपंकजम्।।

श्रीसूर्य

प्रातर्भजामि सवितारमनन्तशक्तिं
पापौघशत्रुभयरोगहरं परं च।
तं सर्वलोककलनात्मककालमूर्तिं
गोकण्ठबन्धनविमोचनमादिदेवम्।।
श्रीविष्णु
सशङखचक्रं सकिरीटकुण्डलं
सपीतवस्त्रं सरसीरुहेक्षणम्।
सहारवक्ष:स्थलकौस्तिभश्रियं
नमामि विष्णुं शिरसा चतुर्भुजम्।।

श्रीलक्ष्मीनारायण

शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं
विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांग्ङम्।
लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं
वन्दे विष्णुं भवभयहरं सर्वलौकेकनाथम्।।

श्रीगंगाधर शिव
कर्पूरगौरं करुणावतारं
संसारसारं भुजगेन्द्रहारम्।
सदा वसन्तं हृदयारविन्द्
भवं भवानीसहितं नमामि।
.....................................................................................
ध्यान
द्विदल कमलमध्ये बद्धंसमवति् सुमुद्रं.
घृतशिवमयगायं साधकानुग्रहार्थम।
श्रुतिशिरसिविभान्तं बोधमार्तण्ड मूर्ति,
शमिततिमिरशोकं श्री गुरूं भावयामि।
हृदंबुजे-कर्णिकमध्यसंस्थं सिंहासने संस्थितदिव्यमूर्तिम्
ध्यायेदगुरुं चन्द्रशिला प्रकाशं चित्पुस्तिकाभीष्ट वरं दधानम्।।
आवाहन
ऊं सवरूपानिरुपण हेतवे श्री गुरुवे नमः ।
ॐ स्वच्छ प्रकाश विमर्श-हेतवे श्रीपरम गुरवे नमः।
आवाहयामि पूजयामि।
आसन
ॐ इदं विष्णु विचक्रमे त्रेधा निदयं पदम्।
समूढ़ मस्य पा सुरे स्वाहा।
सर्वात्म भाव संस्थाय गुरवे सर्वसाक्षिणे
सहस्त्रारसरोजातसनं कल्पयाम्यहम् ।।
श्री गुरू पादुकाभ्यों नमः।
आसनार्थ पुष्म समर्पायामि।। (चरणों में पुष्प चढ़ाये) पाद्यं (स्नान)
ॐ भद्रं कर्णेभिः श्रृणुयाम देवा भद्रं पपूयेमाक्षभिर्जतत्राः स्थिर रंगे स्तुष्टवा सस्तनूभिरव्यूशेमहि देवाहिंत यदायुः।
स्वस्ति न उन्द्रों वृद्धश्रवाः स्वस्ति नः पूषाविश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु। शान्तिः शान्तिः।
श्री गुरूपादुकाभ्यों नम, पाद्यं अद्यर्य, आचमनं, स्नानं न समर्पयामि। पुनः आचमनीयं जलं समर्पयामि।
चरणों को उपर्युक्त उपचार अर्पित करके भली प्रकार पोंछ लें एवं वस्त्र अर्पित करें-
वस्त्र
माया-चित्रपटाच्छन्ननिज गुह्ययोरुतेजसे।
ममश्रद्धाभक्तिवासं युग्मं देशिकागृह्ययाताम्।।
श्री गरू पादुकाभ्यों नमः वस्त्रोपवस्त्र समर्पयामि।
आचमनीयं समर्पायामि।।
चन्दन
अक्षत-ॐ त्र्यम्हकं यजामहे सुगन्धिं पुष्टिवर्दनम्
उर्वाकुरूकमिव बन्धनात सत्योरमक्षीरा मामृतात्।।
ॐ त्रयम्बकं यजामहें सुगन्धिं पतिवेदनम्
महावाक्यों त्थाविज्ञान गन्धाढयं तापमोचनम्।
श्री गुरू पादुकाभ्यों नमः चन्दन अक्षताम् च समर्पयामि।
पुष्प
ॐ नमः शंभवाय च मयोभवाय चः शंकराय च मयस्कराय च नमः शिवाय च शिवतराय च।।
तुरीयभवनसंभूत दिव्यभाव मनोहरम।
तारादिमनु पुष्पांदजलि गृहाण गुरुनायक।।,
श्री गुर पादुकाभ्यों नमः पुष्पं बिल्वपत्र च समर्पयामि।
.....................................................................................
एकश्लोकी रामायण (One Line Ramayan)

एकश्लोकी रामायण

आदौ रामतपोवनादि गमनं हत्वा मृगं कांचनम् ।
वैदेही हरणं जटायु मरणं सुग्रीव सम्भाषणम् ॥
वालीनिर्दलनं समुद्रतरणं लंकापुरीदाहनम् ।
पश्चाद्रावण कुम्भकर्णहननं एतद्धि रामायणम् ॥
.....................................................................................
एकश्लोकी महाभारत - One Line Mahabharat
एकश्लोकी महाभारत

आदौ पाण्डवधार्तराष्ट्रजनन लाक्षागृहे दाहनं
द्यूते श्रीहरणं वने विचरणं मत्स्यालये वर्तनम् ।
लीलागोहरणं रणे विहरण सन्धिक्रियाजृम्भणं
पश्चाद भीष्मसुयोधनादिहननं चैतन्महाभारतम् ॥
.....................................................................................
एकश्लोकी भागवत - One Line Bhagwat (GEETA)
एकश्लोकी भागवत

आदौ देवकी देवी गर्भजननम् गोपीगृहे वर्धनम्
माया पूतन जीविताप हरणम् गोवर्धनोद्धारणम् ।
कंसच्छेदन कौरवादी हननम् कुंतीसुत पालनम्
एतद् भागवतम् पुराण कथितम् श्रीकृष्णलीलामृतम् ॥
.....................................................................................
शैलपुत्री (मूलाधार चक्र)
ध्यान:-
वंदे वांच्छितलाभायाचंद्रार्धकृतशेखराम्।
वृषारूढांशूलधरांशैलपुत्रीयशस्विनीम्॥
पूणेंदुनिभांगौरी मूलाधार स्थितांप्रथम दुर्गा त्रिनेत्रा।
पटांबरपरिधानांरत्नकिरीटांनानालंकारभूषिता॥
प्रफुल्ल वदनांपल्लवाधरांकांतकपोलांतुंग कुचाम्।
कमनीयांलावण्यांस्मेरमुखीक्षीणमध्यांनितंबनीम्॥
स्तोत्र:-
प्रथम दुर्गा त्वहिभवसागर तारणीम्।
धन ऐश्वर्य दायिनी शैलपुत्रीप्रणमाभ्यहम्॥
त्रिलोकजननींत्वंहिपरमानंद प्रदीयनाम्।
सौभाग्यारोग्यदायनीशैलपुत्रीप्रणमाभ्यहम्॥
चराचरेश्वरीत्वंहिमहामोह विनाशिन।
भुक्ति, मुक्ति दायनी,शैलपुत्रीप्रणमाभ्यहम्॥
चराचरेश्वरीत्वंहिमहामोह विनाशिन।
भुक्ति, मुक्ति दायिनी शैलपुत्रीप्रणमाभ्यहम्॥
कवच:-
ओमकार:में शिर: पातुमूलाधार निवासिनी।
हींकार,पातुललाटेबीजरूपामहेश्वरी॥
श्रीकार:पातुवदनेलज्जारूपामहेश्वरी।
हूंकार:पातुहृदयेतारिणी शक्ति स्वघृत॥
फट्कार:पातुसर्वागेसर्व सिद्धि फलप्रदा।
ब्रह्मचारिणी (स्वाधिष्ठान चक्र)
दधानापरपद्माभ्यामक्षमालाककमण्डलम्।
देवी प्रसीदतुमयिब्रह्मचारिणयनुत्तमा॥
ध्यान:-
वन्दे वांछित लाभायचन्द्रार्घकृतशेखराम्।
जपमालाकमण्डलुधरांब्रह्मचारिणी शुभाम्।
गौरवर्णास्वाधिष्ठानस्थितांद्वितीय दुर्गा त्रिनेत्राम्।
धवल परिधानांब्रह्मरूपांपुष्पालंकारभूषिताम्।
पदमवंदनांपल्लवाधरांकातंकपोलांपीन पयोधराम्।
कमनीयांलावण्यांस्मेरमुखींनिम्न नाभिंनितम्बनीम्।।
स्तोत्र:-
तपश्चारिणीत्वंहितापत्रयनिवारणीम्।
ब्रह्मरूपधराब्रह्मचारिणींप्रणमाम्यहम्।।
नवचग्रभेदनी त्वंहिनवऐश्वर्यप्रदायनीम्।
धनदासुखदा ब्रह्मचारिणी प्रणमाम्यहम्॥
शंकरप्रियात्वंहिभुक्ति-मुक्ति दायिनी
शांतिदामानदाब्रह्मचारिणी प्रणमाम्यहम्।
कवच:-
त्रिपुरा मेहदयेपातुललाटेपातुशंकरभामिनी
अर्पणासदापातुनेत्रोअधरोचकपोलो॥
पंचदशीकण्ठेपातुमध्यदेशेपातुमाहेश्वरी
षोडशीसदापातुनाभोगृहोचपादयो।
अंग प्रत्यंग सतत पातुब्रह्मचारिणी॥
चन्द्रघण्टा (मणिपुर चक्र)
पिण्डजप्रवरारूढा चन्दकोपास्त्रकैर्युता ।
प्रसादं तनुते मह्मं चन्द्रघण्देति विश्रुता ॥
ध्यान:-
वन्दे वांछित लाभायचन्द्रार्घकृतशेखराम्।
सिंहारूढादशभुजांचन्द्रघण्टायशस्वनीम्॥
कंचनाभांमणिपुर स्थितांतृतीय दुर्गा त्रिनेत्राम्।
खंग गदा त्रिशूल चापहरंपदमकमण्डलु माला वराभीतकराम्।
पटाम्बरपरिधांनामृदुहास्यांनानालंकारभूषिताम्।
मंजीर, हार, केयूर किंकिणिरत्‍‌नकुण्डलमण्डिताम्॥
प्रफुल्ल वंदना बिबाधाराकातंकपोलांतुंग कुचाम्।
कमनीयांलावण्यांक्षीणकंटिनितम्बनीम्॥
स्त्रोत:-
आपदुद्वारिणी स्वंहिआघाशक्ति: शुभा पराम्।
मणिमादिसिदिधदात्रीचन्द्रघण्टेप्रणभाम्यहम्॥
चन्द्रमुखीइष्टदात्री इष्ट मंत्र स्वरूपणीम्।
धनदात्रीआनंददात्रीचन्द्रघण्टेप्रणमाम्यहम्॥
नानारूपधारिणीइच्छामयीऐश्वर्यदायनीम्।
सौभाग्यारोग्यदायनीचन्द्रघण्टेप्रणमाम्यहम्॥
कवच:-रहस्यं श्रुणुवक्ष्यामिशैवेशीकमलानने।
श्री चन्द्रघण्टास्यकवचंसर्वसिद्धि दायकम्॥
बिना न्यासंबिना विनियोगंबिना शापोद्धारबिना होमं।
स्नानंशौचादिकंनास्तिश्रद्धामात्रेणसिद्धिदम्॥
कुशिष्यामकुटिलायवंचकायनिन्दाकायच।
न दातव्यंन दातव्यंपदातव्यंकदाचितम्॥
कूष्माण्डा (अनाहत चक्र)

सुरासम्पूर्णकलशंरुधिप्लूतमेवच।
दधानाहस्तपदमाभयांकूष्माण्डाशुभदास्तुमे॥

ध्यान:-
वन्दे वांछित कामर्थेचन्द्रार्घकृतशेखराम्।
सिंहरूढाअष्टभुजा कुष्माण्डायशस्वनीम्॥
भास्वर भानु निभांअनाहत स्थितांचतुर्थ दुर्गा त्रिनेत्राम्।
कमण्डलु चाप, बाण, पदमसुधाकलशचक्र गदा जपवटीधराम्॥
पटाम्बरपरिधानांकमनीयाकृदुहगस्यानानालंकारभूषिताम्।
मंजीर हार केयूर किंकिणरत्‍‌नकुण्डलमण्डिताम्।
प्रफुल्ल वदनांनारू चिकुकांकांत कपोलांतुंग कूचाम्।
कोलांगीस्मेरमुखींक्षीणकटिनिम्ननाभिनितम्बनीम्॥
स्त्रोत:-
दुर्गतिनाशिनी त्वंहिदारिद्रादिविनाशिनीम्।
जयंदाधनदांकूष्माण्डेप्रणमाम्यहम्॥
जगन्माता जगतकत्रीजगदाधाररूपणीम्।
चराचरेश्वरीकूष्माण्डेप्रणमाम्यहम्॥
त्रैलोक्यसुंदरीत्वंहिदु:ख शोक निवारिणाम्।
परमानंदमयीकूष्माण्डेप्रणमाम्यहम्॥
कवच:-
हसरै मेशिर: पातुकूष्माण्डेभवनाशिनीम्।
हसलकरींनेत्रथ,हसरौश्चललाटकम्॥
कौमारी पातुसर्वगात्रेवाराहीउत्तरेतथा।
पूर्वे पातुवैष्णवी इन्द्राणी दक्षिणेमम।
दिग्दिधसर्वत्रैवकूंबीजंसर्वदावतु॥

स्कन्दमाता (विशुद्ध चक्र)

सिंहासनगतानित्यंपद्माश्रितकरद्वया।
शुभदास्तुसदा देवी स्कन्दमातायशस्विनीम्॥
ध्यान:-
वन्दे वांछित कामर्थेचन्द्रार्घकृतशेखराम्।
सिंहारूढाचतुर्भुजास्कन्धमातायशस्वनीम्॥
धवलवर्णाविशुद्ध चक्रस्थितांपंचम दुर्गा त्रिनेत्राम।
अभय पदमयुग्म करांदक्षिण उरूपुत्रधरामभजेम्॥
पटाम्बरपरिधानाकृदुहज्ञसयानानालंकारभूषिताम्।
मंजीर हार केयूर किंकिणिरत्नकुण्डलधारिणीम।।
प्रभुल्लवंदनापल्लवाधरांकांत कपोलांपीन पयोधराम्।
कमनीयांलावण्यांजारूत्रिवलींनितम्बनीम्॥
स्तोत्र:-
नमामि स्कन्धमातास्कन्धधारिणीम्।
समग्रतत्वसागरमपारपारगहराम्॥
शिप्रभांसमुल्वलांस्फुरच्छशागशेखराम्।
ललाटरत्‍‌नभास्कराजगतप्रदीप्तभास्कराम्॥
महेन्द्रकश्यपाíचतांसनत्कुमारसंस्तुताम्।
सुरासेरेन्द्रवन्दितांयथार्थनिर्मलादभुताम्॥
मुमुक्षुभिíवचिन्तितांविशेषतत्वमूचिताम्।
नानालंकारभूषितांकृगेन्द्रवाहनाग्रताम्।।
सुशुद्धतत्वातोषणांत्रिवेदमारभषणाम्।
सुधाíमककौपकारिणीसुरेन्द्रवैरिघातिनीम्॥
शुभांपुष्पमालिनीसुवर्णकल्पशाखिनीम्।
तमोअन्कारयामिनीशिवस्वभावकामिनीम्॥
सहस्त्रसूर्यराजिकांधनज्जयोग्रकारिकाम्।
सुशुद्धकाल कन्दलांसुभृडकृन्दमज्जुलाम्॥
प्रजायिनीप्रजावती नमामिमातरंसतीम्।
स्वकर्मधारणेगतिंहरिप्रयच्छपार्वतीम्॥
इनन्तशक्तिकान्तिदांयशोथमुक्तिदाम्।
पुन:पुनर्जगद्धितांनमाम्यहंसुराíचताम॥
जयेश्वरित्रिलाचनेप्रसीददेवि पाहिमाम्॥
कवच:-
ऐं बीजालिंकादेवी पदयुग्मधरापरा।
हृदयंपातुसा देवी कातिकययुता॥
श्रींहीं हुं ऐं देवी पूर्वस्यांपातुसर्वदा।
सर्वाग में सदा पातुस्कन्धमातापुत्रप्रदा॥
वाणवाणामृतेहुं फट् बीज समन्विता।
उत्तरस्यातथाग्नेचवारूणेनेत्रतेअवतु॥
इन्द्राणी भैरवी चैवासितांगीचसंहारिणी।
सर्वदापातुमां देवी चान्यान्यासुहि दिक्षवै॥

कात्यायनी (आज्ञाचक्र)

चन्द्रहासोज्वलकराशार्दूलवरवाहना।
कात्यायनी शुभ दधादेवी दानवघातिनी॥
ध्यान:-
वन्दे वांछित मनोरथार्थचन्द्रार्घकृतशेखराम्।
सिंहारूढचतुर्भुजाकात्यायनी यशस्वनीम्॥
स्वर्णवर्णाआज्ञाचक्रस्थितांषष्ठम्दुर्गा त्रिनेत्राम।
वराभीतंकरांषगपदधरांकात्यायनसुतांभजामि॥
पटाम्बरपरिधानांस्मेरमुखींनानालंकारभूषिताम्।
मंजीर हार केयुरकिंकिणिरत्नकुण्डलमण्डिताम्।।
प्रसन्नवंदनापज्जवाधरांकातंकपोलातुगकुचाम्।
कमनीयांलावण्यांत्रिवलीविभूषितनिम्न नाभिम्॥
स्तोत्र:-
कंचनाभां कराभयंपदमधरामुकुटोज्वलां।
स्मेरमुखीशिवपत्नीकात्यायनसुतेनमोअस्तुते॥
पटाम्बरपरिधानांनानालंकारभूषितां।
सिंहास्थितांपदमहस्तांकात्यायनसुतेनमोअस्तुते॥
परमदंदमयीदेवि परब्रह्म परमात्मा।
परमशक्ति,परमभक्ति्कात्यायनसुतेनमोअस्तुते॥
विश्वकर्ती,विश्वभर्ती,विश्वहर्ती,विश्वप्रीता।
विश्वाचितां,विश्वातीताकात्यायनसुतेनमोअस्तुते॥
कां बीजा, कां जपानंदकां बीज जप तोषिते।
कां कां बीज जपदासक्ताकां कां सन्तुता॥
कांकारहíषणीकां धनदाधनमासना।
कां बीज जपकारिणीकां बीज तप मानसा॥
कां कारिणी कां मूत्रपूजिताकां बीज धारिणी।
कां कीं कूंकै क:ठ:छ:स्वाहारूपणी॥
कवच:-
कात्यायनौमुख पातुकां कां स्वाहास्वरूपणी।
लाटेविजया पातुपातुमालिनी नित्य संदरी॥
कल्याणी हृदयंपातुजया भगमालिनी॥

कालरात्रि (भानु चक्र)

एकवेणीजपाकर्णपुरानाना खरास्थिता।
लम्बोष्ठीकíणकाकर्णीतैलाभ्यशरीरिणी॥
वामपदोल्लसल्लोहलताकण्टकभूषणा।
वर्धनर्मूध्वजाकृष्णांकालरात्रिभर्यगरी॥
ध्यान:-
करालवदनां घोरांमुक्तकेशींचतुर्भुताम्।
कालरात्रिंकरालिंकादिव्यांविद्युत्मालाविभूषिताम्॥
दिव्य लौहवज्रखड्ग वामाघो‌र्ध्वकराम्बुजाम्।
अभयंवरदांचैवदक्षिणोध्र्वाघ:पाणिकाम्॥
महामेघप्रभांश्यामांतथा चैपगर्दभारूढां।
घोरदंष्टाकारालास्यांपीनोन्नतपयोधराम्॥
सुख प्रसन्न वदनास्मेरानसरोरूहाम्।
एवं संचियन्तयेत्कालरात्रिंसर्वकामसमृद्धिधदाम्॥
स्तोत्र:-
हीं कालरात्रि श्रींकराली चक्लींकल्याणी कलावती।
कालमाताकलिदर्पध्नीकमदींशकृपन्विता॥
कामबीजजपान्दाकमबीजस्वरूपिणी।
कुमतिघन्ीकुलीनार्तिनशिनीकुल कामिनी॥
क्लींहीं श्रींमंत्रवर्णेनकालकण्टकघातिनी।
कृपामयीकृपाधाराकृपापाराकृपागमा॥
कवच:-
ॐ क्लींमें हदयंपातुपादौश्रींकालरात्रि।
ललाटेसततंपातुदुष्टग्रहनिवारिणी॥
रसनांपातुकौमारी भैरवी चक्षुणोर्मम
कहौपृष्ठेमहेशानीकर्णोशंकरभामिनी।
वíजतानितुस्थानाभियानिचकवचेनहि।
तानिसर्वाणिमें देवी सततंपातुस्तम्भिनी॥
महागौरी (सोमचक्र)

श्र्वेते वृषे समारूढा श्र्वेताम्बरधरा शुचिः ।
महागौरी शुभं दद्यान्महादेवप्रमोददा ॥
ॐ नमो: भगवती महागौरीवृषारूढेश्रींहीं क्लींहूं फट् स्वाहा।
भगवती महागौरीवृषभ के पीठ पर विराजमान हैं, जिनके मस्तक पर चन्द्र का मुकुट है। मणिकान्तिमणि के समान कान्ति वाली अपनी चार भुजाओं में शंख, चक्र, धनुष और बाण धारण किए हुए हैं, जिनके कानों में रत्नजडितकुण्डल झिलमिलाते हैं, ऐसी भगवती महागौरीहैं।
ध्यान:-
वन्दे वांछित कामार्थेचन्द्रार्घकृतशेखराम्।
सिंहारूढाचतुर्भुजामहागौरीयशस्वीनीम्॥
पुणेन्दुनिभांगौरी सोमवक्रस्थिातांअष्टम दुर्गा त्रिनेत्रम।
वराभीतिकरांत्रिशूल ढमरूधरांमहागौरींभजेम्॥
पटाम्बरपरिधानामृदुहास्यानानालंकारभूषिताम्।
मंजीर, कार, केयूर, किंकिणिरत्न कुण्डल मण्डिताम्॥
प्रफुल्ल वदनांपल्लवाधरांकांत कपोलांचैवोक्यमोहनीम्।
कमनीयांलावण्यांमृणालांचंदन गन्ध लिप्ताम्॥
स्तोत्र:-
सर्वसंकट हंत्रीत्वंहिधन ऐश्वर्य प्रदायनीम्।
ज्ञानदाचतुर्वेदमयी,महागौरीप्रणमाम्यहम्॥
सुख शांति दात्री, धन धान्य प्रदायनीम्।
डमरूवाघप्रिया अघा महागौरीप्रणमाम्यहम्॥
त्रैलोक्यमंगलात्वंहितापत्रयप्रणमाम्यहम्।
वरदाचैतन्यमयीमहागौरीप्रणमाम्यहम्॥
कवच:-
ओंकार: पातुशीर्षोमां, हीं बीजंमां हृदयो।
क्लींबीजंसदापातुनभोगृहोचपादयो॥
ललाट कर्णोहूं, बीजंपात महागौरीमां नेत्र घ्राणों।
कपोल चिबुकोफट् पातुस्वाहा मां सर्ववदनो॥
सिद्धिदात्री (निर्वाण चक्र)
सिद्धगन्धर्वयक्षाद्यैरसुरैरमरैरपि ।
सेव्यमाना सदा भूयात् सिद्धीदा सिद्धीदायिनी ॥
ध्यान:-
वन्दे वांछित मनरोरार्थेचन्द्रार्घकृतशेखराम्।
कमलस्थिताचतुर्भुजासिद्धि यशस्वनीम्॥
स्वर्णावर्णानिर्वाणचक्रस्थितानवम् दुर्गा त्रिनेत्राम।
शंख, चक्र, गदा पदमधरा सिद्धिदात्रीभजेम्॥
पटाम्बरपरिधानांसुहास्यानानालंकारभूषिताम्।
मंजीर, हार केयूर, किंकिणिरत्नकुण्डलमण्डिताम्॥
प्रफुल्ल वदनापल्लवाधराकांत कपोलापीनपयोधराम्।
कमनीयांलावण्यांक्षीणकटिंनिम्ननाभिंनितम्बनीम्॥
स्तोत्र:-
कंचनाभा शंखचक्रगदामधरामुकुटोज्वलां।
स्मेरमुखीशिवपत्नीसिद्धिदात्रीनमोअस्तुते॥
पटाम्बरपरिधानांनानालंकारभूषितां।
नलिनस्थितांपलिनाक्षींसिद्धिदात्रीनमोअस्तुते॥
परमानंदमयीदेवि परब्रह्म परमात्मा।
परमशक्ति,परमभक्तिसिद्धिदात्रीनमोअस्तुते॥
विश्वकतींविश्वभर्तीविश्वहतींविश्वप्रीता।
विश्वíचताविश्वतीतासिद्धिदात्रीनमोअस्तुते॥
भुक्तिमुक्तिकारणीभक्तकष्टनिवारिणी।
भवसागर तारिणी सिद्धिदात्रीनमोअस्तुते।।
धर्माथकामप्रदायिनीमहामोह विनाशिनी।
मोक्षदायिनीसिद्धिदात्रीसिद्धिदात्रीनमोअस्तुते॥
कवच:-
ओंकार: पातुशीर्षोमां, ऐं बीजंमां हृदयो।
हीं बीजंसदापातुनभोगृहोचपादयो॥
ललाट कर्णोश्रींबीजंपातुक्लींबीजंमां नेत्र घ्राणो।
कपोल चिबुकोहसौ:पातुजगत्प्रसूत्यैमां सर्व वदनो॥

..........................................................................................................................................................................
शिवताण्डवस्तोत्रम्

जटाटवीगलज्जलप्रवाहपावितस्थले
गलेऽवलम्ब्य लम्बितां भुजङ्गतुङ्गमालिकाम् ।
डमड्डमड्डमड्डमन्निनादवड्डमर्वयं
चकार चण्ड्ताण्डवं तनोतु नः शिवः शिवम् ॥१॥

That Śiva, Who having held a long-garland of the best-snake (cobra) at the neck which is purified by the flow of trickling water-drops in the forest-like twisted hair-locks, Who danced the fierce Tāṇḍava-dance to the music of a sounding-drum, — May that Śiva extend my bliss.[1]



जटाकटाहसंभ्रमभ्रमन्निलिम्पनिर्झरी-
- विलोलवीचिवल्लरीविराजमानमूर्धनि ।
धगद्धगद्धगज्ज्वलल्ललाटपट्टपावके
किशोरचन्द्रशेखरे रतिः प्रतिक्षणं मम ॥२॥
At every moment, may I find pleasure in Śiva, Whose head is situated in between the creeper-like unsteady waves of Nilimpanirjharī (Gańgā) which is roaming unsteadily in the frying-pan like twisted hair-locks, Who has crackling and blazing fire at the surface of forehead, and Who has a crescent-moon (young moon) at the forehead.[2]


धराधरेन्द्रनंदिनीविलासबन्धुबन्धुर
स्फुरद्दिगन्तसन्ततिप्रमोदमानमानसे ।
कृपाकटाक्षधोरणीनिरुद्धदुर्धरापदि
क्वचिद्दिगम्बरे( क्वचिच्चिदंबरे) मनो विनोदमेतु वस्तुनि ॥३॥

May my mind seeks happiness in Śiva, Whose mind has the shining universe and all the living-beings inside, Who is the charming sportive-friend of the daughter of the mountain-king of the Earth (i.e. Himālaya), Whose uninterrupted series of merciful-glances conceals immense-troubles, and Who has direction as His clothes.[3]



लताभुजङ्गपिङ्गलस्फुरत्फणामणिप्रभा
कदम्बकुङ्कुमद्रवप्रलिप्तदिग्वधूमुखे ।
मदान्धसिन्धुरस्फुरत्त्वगुत्तरीयमेदुरे
मनो विनोदमद्भुतं बिभर्तु भूतभर्तरि ॥४॥

May my mind hold in Śiva, by Whom — with the light from the jewels of the shining-hoods of creeper-like yellow-snakes — the face of Dikkanyās’ are smeared with Kadamba-juice like red Kuńkuma, Who looks dense due to the glittering skin-garment of an intoxicated elephant, and Who is the Lord of the ghosts.[4]



सहस्रलोचनप्रभृत्यशेषलेखशेखर
प्रसूनधूलिधोरणी विधूसराङ्घ्रिपीठभूः ।
भुजङ्गराजमालया निबद्धजाटजूटक
श्रियै चिराय जायतां चकोरबन्धुशेखरः ॥५॥

For a long time, may Śiva — Whose foot-basement is grey due to the series of pollen dust from flowers at the head of Indra (Sahasralocana) and all other demi-gods, Whose matted hairlocks are tied by a garland of the king of snakes, and Who has a head-jewel of the friend of cakora bird — produce prosperity.[5]



ललाटचत्वरज्वलद्धनञ्जयस्फुलिङ्गभा-
- निपीतपञ्चसायकं नमन्निलिम्पनायकम् ।
सुधामयूखलेखया विराजमानशेखरं
महाकपालिसम्पदेशिरोजटालमस्तु नः ॥६॥

May we acquire the possession of tress-locks of Śiva, Which absorbed the five-arrows (of Kāmadeva) in the sparks of the blazing fire stored in the rectangular-forehead, Which are being bowed by the leader of supernatural-beings, Which have an enticing-forehead with a beautiful streak of crescent-moon.[6]



करालभालपट्टिकाधगद्धगद्धगज्ज्वल-
द्धनञ्जयाहुतीकृतप्रचण्डपञ्चसायके ।
धराधरेन्द्रनन्दिनीकुचाग्रचित्रपत्रक-
- प्रकल्पनैकशिल्पिनि त्रिलोचने रतिर्मम ॥७॥

May I find pleasure in Trilocana, Who offered the five great-arrows (of Kāmadeva) to the blazing and chattering fire of the plate-like forehead, and Who is the sole-artist placing variegated artistic lines on the breasts of the daughter of Himālaya (Pārvatī).[7]



नवीनमेघमण्डली निरुद्धदुर्धरस्फुरत्-
कुहूनिशीथिनीतमः प्रबन्धबद्धकन्धरः ।
निलिम्पनिर्झरीधरस्तनोतु कृत्तिसिन्धुरः
कलानिधानबन्धुरः श्रियं जगद्धुरंधरः ॥८॥

May Śiva — Whose cord-tied neck is dark like a night with shining-moon obstructed by a group of harsh and new clouds, Who holds the River Gańgā, Whose cloth is made of elephant-skin, Who has a curved and crescent moon placed at the forehead, and Who bears the universe — expand [my] wealth.[8]



प्रफुल्लनीलपङ्कजप्रपञ्चकालिमप्रभा-
- वलम्बिकण्ठकन्दलीरुचिप्रबद्धकन्धरम् ।
स्मरच्छिदं पुरच्छिदं भवच्छिदं मखच्छिदं
गजच्छिदांधकछिदं तमंतकच्छिदं भजे ॥९॥

I adore Śiva, Who supports the dark glow of blooming blue lotus series at around the girdle of His neck, Who cuts-off Smara (Kāmadeva), Who cuts-off Pura, Who cuts-off the mundane existence, Who cuts-off the sacrifice (of Dakṣa), Who cuts-off the demon Gaja, Who cuts-off Andhaka, and Who cuts-off Yama (death).[9]




अखर्व(अगर्व)सर्वमङ्गलाकलाकदंबमञ्जरी
रसप्रवाहमाधुरी विजृंभणामधुव्रतम् ।
स्मरान्तकं पुरान्तकं भवान्तकं मखान्तकं
गजान्तकान्धकान्तकं तमन्तकान्तकं भजे ॥१०॥

I adore Śiva, Who only eats the sweet-flow of nectar from the beautiful flowers of Kadamba-trees which are the abode of all important auspicious qualities, Who destroys Smara (Kāmadeva), Who destroys Pura, Who destroys the mundane existence, Who destroys the sacrifice (of Dakṣa), Who destroys the demon Gaja, Who destroys Andhaka, and Who destroys Yama (death).[10]




जयत्वदभ्रविभ्रमभ्रमद्भुजङ्गमश्वस-
-द्विनिर्गमत्क्रमस्फुरत्करालभालहव्यवाट् ।
धिमिद्धिमिद्धिमिध्वनन्मृदङ्गतुङ्गमङ्गल
ध्वनिक्रमप्रवर्तित प्रचण्डताण्डवः शिवः ॥११॥

May Śiva, Whose dreadful forehead has oblations of plentiful, turbulent and wandering snake-hisses — first coming out and then sparking, Whose fierce tāṇḍava-dance is set in motion by the sound-series of the auspicious and best-drum (ḍamaru) — which is sounding with ‘dhimit-dhimit’ sounds, be victorious.[11]


दृषद्विचित्रतल्पयोर्भुजङ्गमौक्तिकस्रजोर्-
-गरिष्ठरत्नलोष्ठयोः सुहृद्विपक्षपक्षयोः ।
तृष्णारविन्दचक्षुषोः प्रजामहीमहेन्द्रयोः
समप्रवृतिकः (समं प्रवर्तयन्मनः)कदा सदाशिवं भजे ॥१२॥

When will I adore Sadāśiva with an equal vision towards varied ways of the world, a snake or a pearl-garland, royal-gems or a lump of dirt, friend or enemy sides, a grass-eyed or a lotus-eyed person, and common men or the king.[12]




कदा निलिम्पनिर्झरीनिकुञ्जकोटरे वसन्
विमुक्तदुर्मतिः सदा शिरः स्थमञ्जलिं वहन् ।
विमुक्तलोललोचनो ललामभाललग्नकः
शिवेति मंत्रमुच्चरन् कदा सुखी भवाम्यहम् ॥१३॥

Living in the hollow of a tree in the thickets of River Gańgā, always free from ill-thinking, bearing añjali at the forehead, free from lustful eyes, and forehead and head bonded, when will I become content while reciting the mantra ‘‘Śiva?’’[13]


इदम् हि नित्यमेवमुक्तमुत्तमोत्तमं स्तवं
पठन्स्मरन्ब्रुवन्नरो विशुद्धिमेतिसंततम् ।
हरे गुरौ सुभक्तिमाशु याति नान्यथा गतिं
विमोहनं हि देहिनां सुशङ्करस्य चिंतनम् ॥१४॥

Reading, remembering, and reciting this eternal, having spoken thus, and the best among best eulogy indeed incessantly leads to purity. In preceptor Hara (Śiva) immediately the state of complete devotion is achieved; no other option is there. Just the thought of Śiva (Śańkara) is enough for the people.[14]



पूजावसानसमये दशवक्त्रगीतं यः
शंभुपूजनपरं पठति प्रदोषे ।
तस्य स्थिरां रथगजेन्द्रतुरङ्गयुक्तां
लक्ष्मीं सदैव सुमुखिं प्रददाति शंभुः ॥१५॥

At the time of prayer-completion, that who reads this song by Daśavaktra (Rāvaṇa) after the prayer of Śambhu — Śambhu gives him stable wealth including chariots, elephants and horses, and beautiful face.[15]


॥ इति श्रीरावणविरचितं शिवताण्डवस्तोत्रं संपूर्णम् ॥
..........................................................................................................................................................................
मन:कामनास्तुति:

ॐ नमो मन:कामनायै ।
मन: कामना सन्नतानां ददाना मन:कामनेति प्रसिद्धा ततस्त्वम् ।
मन:कामनां पूरयन्ती जनानां मन:कामनामम्बिकां त्वां नमामि ॥१॥
जगत्पावती जह्नुकन्या त्वमेव जगन्मोहिनी विष्णुमायासि देवी ।
जगज्जीविनी वृत्तरूपा त्वमेव जगत्पोषिणी त्वं जनित्री जनानाम् ॥२॥
जगद्धारिणी या स्थिरा सा त्वमेव जगतप्राणिनी मेघपुष्पस्वरूपा ।
जगन्मङ्गला मङ्गलानां निदानं जगत्कारणं कारणषु प्रधानम् ॥३॥
महीपालगेहैकलक्ष्मीस्त्वमेव महीपालराज्योदये हेतुभूता ।
महीपालराज्यच्युतौ हेतुभूता महीपालसेव्या त्वमेवासि मात: ॥४॥
विपद्ग्रामदावावानलोच्छेदहेतु: पदाम्भोजयुग्मस्मृतिस्तावकीना ।
अतो ये स्मरन्ति प्रायाणे क्षितीशा न तेषा विपक्षोद्भवा भीतिरुग्रा ॥५॥
नृपाभीष्टदानान्मन:कामनेति मदियाभिधानं कृतार्थ किलेति ।
न वाच्यं भवानि द्विजानां समीहा त्वया पूरणीयानुकम्पां विधाय ॥६॥
कपर्द्दी विरक्तोSनुरक्तेन रक्तो रमेशो रमायाम्प्रसक्त: शयालु: ।
दयालु रमा न श्रुता न त्वदन्यं शरण्यं न जाने न जाने न जाने ॥७॥
तव चरणसरोजं सेवते कल्पवृक्षं जननि यदि मनुष्यो दुर्लभ नैव किञ्चित् ।
विविधविषयभोगान् संविधायाङ्गनाभि रिह वसति तदन्ते याति तद्धामनाम ॥८॥
सर्वलोकवशकारणशक्तिरस्ति याद्भूततमा वनितानाम् ।
सा त्वमेव नगराजसुते यत्सेश्वरा अपि सुरा वशभाज ॥९॥
॥इति श्री मन:कामनास्तुति: सम्पूर्ण ॥
.....................................................................................
सर्वैश्वर्यप्रद-लक्ष्मी-कवच



श्रीमधुसूदन उवाच
गृहाण कवचं शक्र सर्वदुःखविनाशनम्।
परमैश्वर्यजनकं सर्वशत्रुविमर्दनम्।।
ब्रह्मणे च पुरा दत्तं संसारे च जलप्लुते।
यद् धृत्वा जगतां श्रेष्ठः सर्वैश्वर्ययुतो विधिः।।
बभूवुर्मनवः सर्वे सर्वैश्वर्ययुतो यतः।
सर्वैश्वर्यप्रदस्यास्य कवचस्य ऋषिर्विधि।।
पङ्क्तिश्छन्दश्च सा देवी स्वयं पद्मालया सुर।
सिद्धैश्वर्यजपेष्वेव विनियोगः प्रकीर्तित।।
यद् धृत्वा कवचं लोकः सर्वत्र विजयी भवेत्।।
।।मूल कवच पाठ।।
मस्तकं पातु मे पद्मा कण्ठं पातु हरिप्रिया।
नासिकां पातु मे लक्ष्मीः कमला पातु लोचनम्।।
केशान् केशवकान्ता च कपालं कमलालया।
जगत्प्रसूर्गण्डयुग्मं स्कन्धं सम्पत्प्रदा सदा।।
ॐ श्रीं कमलवासिन्यै स्वाहा पृष्ठं सदावतु।
ॐ श्रीं पद्मालयायै स्वाहा वक्षः सदावतु।।
पातु श्रीर्मम कंकालं बाहुयुग्मं च ते नमः।।
ॐ ह्रीं श्रीं लक्ष्म्यै नमः पादौ पातु मे संततं चिरम्।
ॐ ह्रीं श्रीं नमः पद्मायै स्वाहा पातु नितम्बकम्।।
ॐ श्रीं महालक्ष्म्यै स्वाहा सर्वांगं पातु मे सदा।
ॐ ह्रीं श्रीं क्लीं महालक्ष्म्यै स्वाहा मां पातु सर्वतः।।
।।फलश्रुति।।
इति ते कथितं वत्स सर्वसम्पत्करं परम्। सर्वैश्वर्यप्रदं नाम कवचं परमाद्भुतम्।।
गुरुमभ्यर्च्य विधिवत् कवचं शरयेत्तु यः। कण्ठे वा दक्षिणे बांहौ स सर्वविजयी भवेत्।।
महालक्ष्मीर्गृहं तस्य न जहाति कदाचन। तस्य छायेव सततं सा च जन्मनि जन्मनि।।
इदं कवचमज्ञात्वा भजेल्लक्ष्मीं सुमन्दधीः। शतलक्षप्रजप्तोऽपि न मन्त्रः सिद्धिदायकः।।
।।इति श्रीब्रह्मवैवर्ते इन्द्रं प्रति हरिणोपदिष्टं लक्ष्मीकवचं।।
(गणपतिखण्ड २२।५-१७)

Tuesday, April 27, 2010

nepali love letter

प्रिय रन्जना,
मिठो सम्झना !!!

अशान्त मन र जलिरहेको मुटुबाट भए पनी तिम्रो नाम मा सायद अन्तिम उपहार स्वरुप भाबनारुपी कोसेलीहरुको सौगात प्रेषित गरेको छु । मन त थिएन तिमीलाइ यि सब लेखेर तिम्रो ब्यक्तिगत जिबनलाइ आघात पुरयाउनु तर पनि हेरन उठिसकेका यि निर्दोष कलम ब्याकुल छन मन भित्रका बोझीला अनी चोटिला भाबना हरु निर्जिब कागज माथि बिसाउन अब बाँकी नै के रह्यो र बस एक थोपा कालो मसी र एक टुक्रा सेतो कागजमा भाबना हरु पोख्नु बाहेक यती सम्मको अधिकार त दिन्छौ होला नि हैन जब कि म सँग कुनै अधिकार नै छैन ….।

समयको यो लामो दौडान पछी आज अनायसै मायाका बेग हरु थेग्नै नसकिने भेल बनेर उर्लिएको छ तिमीले त मलाइ बिरसी सक्यौ होला म पनी तिमीलाइ बिस्रने चेस्टा गर्दै थिएँ तर आज अचानक बर्षौ बाद तिम्रो स्मृतीहरु सपनामा प्रतिबिम्ब बनेर आएको छ । त्यही नसालु नजर,मन्द मुस्कुराहट मलाइ नै जिस्काइरहेछ तिमीले त भुलीसक्यौ होला ति रंगिन गोधुली साँझहरु ..जब जब तिमीलाइ पिडा र दुखहरु आइपर्थे बिसाउने चौतारी खोज्दै मेरो समिप आँउथ्यौ म छहारी बनेर तिमीलाइ आफ्नो न्यानो काख सुम्पनथे तिमी त्यही काखमा लुटपटिएर बेदना हरु आँसुमा बगाउँथ्यौ म कति सम्हालथेँ तिम्रा ति मोतीका दाना रुपी आँसु हरु…। तिम्रा ति मुल्यहीन आँसु हरु मेरा लागी अमूल्य उपहार थिए मैले त्यही तिम्रो आसुमा आफ्नो सुन्दर भबिष्य बगाएको थिएँ म मेरो उज्यालो भबिष्य खोज्थे तिम्रो त्यो अश्रुत नयनको अनन्त गहिराइ भित्र डुबेर अझै पनि चिसै छ तिम्रा आँसुले भिजेका यि काखहरु ……॥

पुर्णीमाको रातहरुमा जुनको सितलतालाइ ओढी सपना बुन्न खोज्छु कतै तिमी मेरो अध्याँरो जिबनको रोशनी बोकेर आउँछयौ कि भनेर,बर्षातको भेल सँगै पानी बनेर बग्छु कतै तिमी समुन्द्रको गहिराइ भित्र तैरिदै छौ कि भनेर, ति अँध्यारा सुन्य रातका चम्किला ताराहरुलाइ हेर्छु कतै तिमी त्यसरी नै मलाइ चिहाइरहेकी छौ कि भनेर,बिहानीको ति सेता टलकिएका हिमशिखरहरुमा खोज्छु कतै तिमी मलाइ नै जिस्काइरहेकी छौ कि भनेर तर सब यि मेरा निरर्थक प्रयास मात्र थिए जब कि तिमी टाढा क्षितिज पारी बिलकुलै नौलो संसारमा रमाइरहेकी थियौ तिम्रो आफ्नै ब्यक्तिगत संसारमा ……॥

जलाउन सक्दिन ति तिम्रा तस्बिर हरु जुन मेरो मन मसतिष्क भित्र सजिएको छ। च्यातेर फाल्न सक्दिन तिम्रा ति सुनौलो शब्दहरुले भरिपुर्ण मायाका कोसेलीहरु जहाँ मेरो भबिष्य कोरिएको छ । भुल्न सक्दिन ति प्रेमका चौतारा हरु जहाँ मैले आफ्नो वियोगको पिडा बिसाउनु छ । न बिस्रन सक्छु ति छहराहरु जहाँ मैले जलनका आँसुहरु पखाल्नु छ। म चाहेर पनि मेट्न सक्दिन ति तिम्रा नामहरु जुन मेरो नाम सँग जोडिएको छ ।

अझै पनि तिमी प्रती कती समर्पित छु हिजो भन्दा पनि कयौं गुणा…. । आज तिमी प्रतीको माया,मोह हरु प्रगाढ भएको छ । तर पनी के गर्नु समय म भन्दा धेरै अगाडी गइसकेको छ बस अब त बिगतको मिठो स्मृतीहरुले अध्याँरो भबिष्य सजाउनु सिवाय…। तिम्रो जिन्दगीले सधैं सफलताको शिखर चुमुन म आफु विफल भएपनी तिमी हिड्ने गोरेटो फुलले सजिउन मेरो गोरेटो काँडाले भरिएपनी जिन्दगीको गोरेटोमा लरखराउदा लरखराउदै कतै ढलेछु भने श्रद्धाञजली स्वरुप एक थुँगा फुल चढाइदेउ ल । बस मात्र ……..।
..........................................................................................
शब्दहरु यो मन मस्तिकको अन्तर कन्दराबाट प्रकट भईदिदा यो निर्जिव रुपी कलमको माध्यमबाट अर्थ पुर्ण जिन्दगीको भावपुर्ण परिकल्पनामा कुशलताको कामना गर्दै उज्जवल भविष्यको मिठो सपना बुन्दै लामो जिवनको छोटो यात्रामा मायालुको यादमा प्रदेशी जिवन विताउने चेस्टा गरिरहेको छु ।
शायद श्वास प्रश्वासको प्रक्रियामा बम र बारुदको धुलो र धुवाँलाई अग्रस्थान दिदै धनाड्य बन्ने चाहानामा यो उराठ लाग्दो मरुभुमिमा १२ घण्टा काममा जोतिएर पनि आत्मीय मायालुलाई नजिक बनाउन नसके पनि भौतिक रुपमा मायाको शब्दजाललाई टाडा बनाएर दिन प्रतिदिन सँगमको परिकल्पना बोकेर जिवनको यात्रालाई छोटयाउदैछु । आखीर भगवान बलिदेबको लिला भनु या जे भने पनि सृष्टि कर्ताको चक्रव्युह न हो भनेर भन्नु बाहेक अरु के नै सोच्न सकिन्छ र ?
हृदयमा पिडा भएर पनि देखावटिपनको सन्सारमा सदा खुशि रहि रहने यो स्वार्थी संसारमा मिठा मिठा सम्झनाका कोसेलीहरुलाई पलपलमा उब्जिएका तरेलीहरु यो सेता कोरा कागतको मैदानमा निर्जीव तर संन्सारलाई चमत्कार गर्न सक्ने र विनास पनी गर्न सक्ने शक्तिवान कलमको सहारा लिएर भावपूर्ण जिन्दगीको सुनौला रुपी यात्रालाई सुखदसमुन्नती समृद्धिको लागी सृष्टिकर्तासँग दिनहु कामना गरिरहेको छु ।
बाचा त हामीले जोडि ढुकुरको भएर जिउने खाएका थियौ तर के भनौ आखिर अदृश्य भए पनि जिन्दगीको हरेक पल हरेक कोणबाट माया र ममतामा सजाएको नै थिए जस्तो लागेको थियो । दैवको लिला भनौ या त समयको खेल भनौ विधिको विडम्बनाले गर्दा यस्तो हुन गयो । तिम्रा ति कोमल मनको सारथि भएर अदृश्य माया दिए कै थिए । आफना मनमा गुम्सिएका तरङ्गहरु खुलस्त रुपमा तिमीले फुकाउन किन हिचकिचावट गरेका थियौ आखिर सम्पूर्ण सजिव प्राणिको मन मस्तिष्क र हृदयको कुना कन्दरामा बास बसि रहने र दुख र सुखको सामना गर्नु पर्ने यो नै भगवानको कर्तव्य भएकोले मानिसले चाहेर पनि जिन्दगीमा सबै चिज पाउँदो रहेनछ भन्ने कुरा तिम्रा ति अन्तरयामी शब्दहरुको भावबाट प्रष्ट बनाई दियौ । कल्पनाको संन्सारमा वालुवाको महल बनाए झै तिम्रो मन मस्तिकलाई मेरो हृदयको कुना कन्दरामा सजाएको थिए । आखिर मैले तिमीलाई हृदय देखि नै माया गरेकै थिए । तिम्रो हरेक लक्षमा मेरो साथ रहि रहने छ भने कै थिए । तर पनि तिमीले आफुलाई स्वार्गको अप्सरा जस्तै सर्वकृस्ट ठान्यौ । मेरो पवित्र मायालाई कसिङ्गर सम्झेर हावामा उडाई अरुको संसारमा रमाउन चाहन्थ्यौ भने किन मायाको फोस्रो जाल बुन्नु थियो छर्लङ्ग हुने गरि मेरा सामु भनेको भए पनि अविर जात्रा गरेर बिदाई दिने थिए । माया र प्रेम भनेको पाउन मात्र गरिदैन गुमाउनु पनि हो । विश्वास दिनेलाई माया भनेको जिवनको अभिन्न अङ्ग हो खेल सम्झने हो भने मायालु एउटा अस्तिपंजरको हाड र मासुको थुप्त्रो नै त हो जिन्दगी । अरुको खुशिलाई आफनो खुशी हो भनेर आफुमा भएको दुख पिडा र बेदनालाई मलम लगाउन उराठ लाग्दो मरुभुमिको एकान्तमा बम र बारुदको प्रबाह नगरि अतितका पलहरुलाई सम्झेर बस्दै गहभरि आशु बगाउदै वर्तमानसँग रमाउन बाध्य भएको थिए । आखिर जति नै धनाढ्य शिक्षित सुन्दर भएपनि एकदिन यो स्वार्थी संसारबाट खाली हात यमराजको घरमा अवश्य पनि जानै पर्ने दिन आउनेछ । यो सृष्टिको सुनिश्चित नियम नै हो । त्यसैले यो लामो दुई दिनको जिन्दगीको मुल्यवान समयलाई सही ठाउँमा सदुपयोग गरि हासि खुशी रमाउने बाचा त दिएको थिए । शायद मेरो औकात थिएन सुन चाँदि र हिरामोतिले झकि झकाउ बनाउन सक्ने तापनि पवित्र माया दिएर सदा खुशी राख्ने प्रयत्न गरेकै थिए चौरासि परिकारको भोजन र महलमा राख्न नसकेपनि साग र सिस्नो खुवाएर भए पनि खरको झुपडिमा पवित्र माया दिएर ओठ भरि मुस्कान दिई रहने थिए ।
शायद मेरो यो जिन्दगी यो युगमा यस्तै भई हाल्यो । तिम्रा ति अब आउने दिनहरुमा कहिले दुख र संकट भन्ने कुरा नआओस सदा सर्वदा खुशी रही तिम्रो त्यो सुन्दर रुपी मुहार मृग नयनी आँखा बाघको जस्तो कम्मर कोइलीको जस्तो सुवास पुर्ण बोली एक धनाढ्य शिक्षित र सम्पन्न व्यक्तिलाई सुम्पनु र सदा सदाको लागी खुशि रहिरहनु यहि छ मेरो हृदय देखिको नै शुभ कामना
उहि अभागी
.....................................................................................

Monday, April 26, 2010

bivid lekh haru

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई ?
टीका विष्ट
कात्तिक १० गते सदरमुकाम खलंगामा ग्रामीण विकासका लागि शिक्षा तथा सञ्चार 'इ-कोर्ड' रुकुमद्वारा सञ्चालित सामुदायिक रेडियो सिस्ने एफएम ९२ थोप्लो ८ मेगाहर्जको औपचारिक उद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो । उद्घाटन कसले गर्ने - भन्ने विषयमा सम्पुर्ण रेडियो परिवारले छलफल गरेपछि वर्तमान सरकारका सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेल आउने पक्का भयो । यसै पनि जिल्लामा सञ्चारमन्त्री आउने खबरले सञ्चारकर्मीमा टाइँफाइँ त थियो नै झनै लोकप्रिय नेता तथा सरकारका प्रवक्ता, त्यसमै पनि मन्त्री आउने भनेपछि सबैको मनमा 'लौ न के भन्छन् - कार्यक्रम कस्तो हुन्छ - माओवादीले कस्तो विरोध गर्लान् -' जस्ता प्रश्नहरूले घरजम गरिरहेका थिए । प्र्रहरी, कर्मचारीहरू पनि सकिनसकी यताउता, चलकमलक गरिरहेका देखिन्थे । अचम्म त के भने जति आयोजकले तयारी गर्नुपर्ने त्योभन्दा तीन दोब्बरले माओवादीले तयारी गरिरहेको थियो । यसले पनि बजार शोभायमान थियो ।


मन्त्री आउने तीन दिनपहिलेबाट एकीकृत माओवादीले पुराना जनमुक्ति सेना अर्थात वाईसीएल र अन्य कार्यकर्तालाई सदरमुकाममा जमघट गरेको थियो । किन - भनी बुझ्दा रहँदा थाहा भयो, 'यो सरकारका मन्त्री आउँदा विरोध गर्न ।' स्वच्छ दिमागले सोच्दा लाग्यो, प्रजातान्त्रिक संस्कार बोकेको राजनीतिमा र्समर्थन र विरोध भन्ने कुरा सामान्य हो । सायद सबैले यही बुझेको हुनर्ुपर्छ । किनकि वर्तमान सरकारको गन्ध आउने कुनै पनि क्रियाकलापलाई माओवादीले ढुंगामुढा, कालोझन्डा, विरोध नगरे त उनको धर्म मासिन्छ भनेर भन्न पनि मिल्छ ।
माओवादीको विरोध कार्यक्रमको व्यापक तयारीले होला, प्रहरी प्रशासनलाई पनि मन्त्री आउने कार्यक्रमको कसरी व्यवस्थापन गर्ने भन्ने एउटा मात्रै प्रश्नले थिलथिलो बनाएको थियो । कार्यक्रमको मिति र अतिथिको त तय गरियो तर स्थानको टुंगो लागेन । कतिले त कार्यक्रम स्थगित गर्ने सुझाव पनि दिए । आयोजक पक्षको कुनै हालतमा स्थगित नगर्ने हठपछि बल्ल-बल्ल बालमन्दिर हल तोकियो ।
मन्त्री आउने दिन दुवैतिर कार्यक्रमको व्यवस्थापन गरियो । आयोजक पक्षले फूलको माला उन्दै गरेको खबर आयो भने माओवादीले जुत्ताको । १० गते बिहान ८ बजेतिर खलंगा बजारमा माइकिङ गरेको सुनियो । लाग्यो आयोजकले र्सवत्र प्रचार गरिरहेको छ । तर, त्यहाँ माओवादीले आफ्नो कार्यक्रमको प्रकृतिको बारेमा जानकारी गराइरहेको रहेछ । धेरै कुरामध्ये एउटा अलि बढी सुन्न पाइन्थ्यो । 'हामी सरकारका मन्त्री आउँदा कालो झन्डा देखाएर शान्ति्पुर्ण विरोध गर्नेछौं, यदि कसैले हामीलाई यो वा त्यो ढंगले रोक्न, छेक्न खोजेमा विस्फोट हुनेछौं र त्यसको जिम्मेवारी आयोजकले लिनुपर्नेछ ।' थोरै मात्रामा चेतनास्तर उठेका व्यक्तिले यी सबै क्रियाकलापलाई सहजरूपमा बुझेका थिए । किनकि राजनीतिमा सत्तापक्ष र प्रतिपक्ष हुनु अनि एकले अर्कोको विरोध गर्नु स्वभाविकै हो । कतिपय सर्न्दर्भमा विरोधको पनि आवश्यकता हुन्छ । अहिले के हो त - भन्ने प्रश्नको उत्तर खोज्नतर्फनजाउँ ।
मन्त्री आउने अलि ढिला भयो । ८ बजेबाट बोल्न सुरु गरेका माओवादी कार्यकर्ता खलंगा र एयरपोर्ट गरी दर्ुइ भागमा विभाजन भएर विरोध गरिरहेका थिए । उता, आयोजक पक्षलाई भने मन्त्री आउने कार्यक्रम भव्य बनाउनर्ुपर्छ भन्ने चिन्ता थियो । पोखरेल एमालेका नेता भएर होला रुकुमका एमाले नेताहरू हत्तपत्त फूलमाला लिएर एअरपोर्ट गइहाले । आयोजक आफ्नो तयारी गर्देथियो । एमाले नेताहरू आफ्ना नेताको पर्खाइमा थिए । माओवादी विरोधमा जुटेका थिए भने जनता अलमलमा । प्रहरी सुरक्षामा तैनाथ थियो । कांग्रेसलाई कुनै चासै नभए जस्तो । अरू पार्टर्ीीे कुरै नगरौं । सञ्चारकर्मी दौडधुपमा । रुकुम त्यसदिन यस्तै यस्तै थियो ।

आफ्नो विचार र सिद्धान्तलाई जसले पनि जिन्दावाद भन्छ । फरक विचारलाई मर्ुदावाद भन्नु पनि नाजायज मानिदैन । थोरबहुत सरकार, मन्त्री र पार्टर्ीीई केन्द्रित गरी जिन्दावाद र मर्ुदावादका नारा लगाइरहेका माओवादीका कार्यकर्ताले मन्त्री आउने बित्तिकै शरीरको रगत उमाले । सुरक्षाको बीचमा मन्त्री सल्ले एअरपोर्टबाट गाडी चढेर खलंगा आए । खलंगामा पनि मन्त्रीले कालाझन्डाको बीचबाट बाटो क्रस गरे । कार्यक्रमस्थलमा आयोजकले फूलमालाले स्वागत गर्‍यो । कथा मध्य भयो ।
सञ्चारमन्त्री पोखरेलकी बहिनी मेनका पोखरेलको मुसिकोट बहुमखी क्याम्पसको दोस्रो वर्षो परीक्षाको निरीक्षण गर्ने संयोग परेकाले उनी पनि सँगै आएकी थिइन् । संयोगवश रुकुमकी पर्ूवसांसद् तर्ीथा गौतम पनि रुकुम आएकी रहिछन् । सबै कार्यक्रममा उपस्थित थिए । कार्यक्रम हलमा भइरहेको थियो । बाहिर राजनैतिकभन्दा भिन्नै नाराहरू चर्का स्वरमा लागिरहेका थिए । शान्तिपर्ूण्ा नामको सो विरोधमा सुरक्षा दिन बेलाबेलामा प्रहरी अधिकृतहरूले जवानहरूलाई निर्देशन दिइरहेका थिए । राजनैतिक सत्ता प्राप्ति या जनताको मुक्तिका निम्ति गरिएको आन्दोलन तथानामको गालीगलौजको भाषामा गरिँदैनथ्यो । यद्यपि, स्कुलिङ फरक तरिकाले गरिएछ । भन्नर्ैपर्छ, सो विरोध कार्यक्रमको नेतृत्व माओवादीका पाका नेता शरण बाँठाले गरेका थिए ।

आन्दोलन गर्दैगर्दा नाराहरूको शब्द, शैली परिमार्जित भयो । राजनीतिभन्दा नितान्त अलग रहेर विरोध गरियो । जसले व्यक्तिको चरित्र र आचरणमा सिधै आक्षेप लगाउँथ्यो । हलभित्र र बाहिरको वातावरण आकाश पातालको फरक थियो । नाराकै क्रममा 'शंकरे चोर देश छोड्, आर्यघाटले के भन्छ शंकरेलाई ल्या भन्छ' जस्ता धेरै नाराहरू लगाइए । पोखरेल सरकारका मन्त्री भएकाले पनि होला त्यहाँसम्म विरोध नै मान्न सकिन्थ्यो । हुँदा हुँदा सरकारको विरोधको नाममा रुकुमका धेरै नेताहरूको चरित्रमाथि आघात पुर्‍याउने नारा सुनिए । त्यति गर्दा पनि विरोध गरिरहेकाहरूको चित्त बुझनेछ क्यार, अनि पालो आयो तर्ीथा गौतमको । रुकुम, राप्तीमात्रै होइन तर्ीथा गौतम को हुन् भन्नेबारे सिंगो नेपाललाई थाहा छ । माओवादीका पछिल्ला कार्यकर्ताले थाहा नपाएको भए सोधे हुन्छ, आफ्ना हत्यारा नेताहरूलाई तर्ीथाको श्रीमान् खै भनेर ।

'जतिबेला सत्ता परिवर्तन या जनताको मुक्तिको नाममा माओवादी बन्दुक र खुकुरी बोकेर युद्धको मोर्चामा लडिरहेका थिए । त्यसताका आफ्नो विरोधी र फरक विचार राख्ने जो कसैको पनि रगतमा उनीहरू होली खेल्थे । १४ हजार मान्छेको रगतसँग रुकुमका यदु गौतमको पनि रगत मिसिएको छ । जुन बाटो गलत थियो र माओवादीलाई पनि महसुस भइसकेपछि आए उनीहरू जनताको बहुदलीय जनवादको घेराभित्र । तर, पनि उसले अझै १२ बर्सर्ेेनयुद्वको घमण्ड गर्दैछ र कहिलेकाहीँ सनकको तालमा भन्छ, 'फेरि हामी जंगल जान सक्छौं ।' हो जतिबेला माओवादीहरू एउटा बन्दुकको आडमा लड्थे र अर्को बन्दुकदेखि भाग्थे । बन्दुकको नालबाट राज्यसत्ता जन्मन्छ भन्ने सिद्धान्त बोकेर रातभरि लड्थे र विजय हुन्थे । जब सुन्दर किरणसहित बिहानीले यस धर्तीमा प्रवेश गथ्र्यो अनि माओवादीहरू ठूला ओडार र जंगल खोज्दै अन्धकारतिरको बाटो तताउँथे । त्यही समयमा उनीहरूले तर्ीथाको श्रीमान् यदु गौतमको हत्या गरेका थिए । तर्ीथामात्रै होइन माओवादीले गर्दा सिन्दूर खोज्नुपर्ने नेपालमा हजारौं दिदी-बहिनीहरू छन् ।

फेरि जाउँ विरोध कार्यक्रमतर्फ। कुनै दिनको पैंचो फर्काउनु थियो कि क्या हो माओवादीले विशेषगरी एमाले नेताहरूको त सकुन्जेल खोइरो खने । विरोधका नाराका निउँमा कसैका दिदी-बहिनी पनि श्रीमती बने, साथीभाइ त परै जाओस् । हलमा कार्यक्रमको आयु छोट्टँिदै थियो । बाहिर माओवादीलाई विद्या भण्डारी र तर्ीथा गौतमको खाली सिउँदोको सम्झना आएछ । अनि नारामै भन्न थाले -तर्ीथा तेरो सिन्दूर
खोई, - हलानो, फलानो तेरो पोइ । आफ्ना कार्यकर्ताले सिन्दूर खोज्दा माओवादी नेताहरूलाई आनन्द आएको हुनर्ुपर्छ । किनकि आफ्नो कार्यको 'फलोअप' गर्दा जसलाई पनि आनन्द आउँछ । यदुको हत्या गर्ने माओवादी कार्यकर्ताहरूको सम्मान भएन होला पार्टर्ीी ।
विचरा ती १९(२० उमेरका युवालाई के थाहा ? तर्ीथाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति ? सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सर्ेे हुन सक्छन् । सामान्यतया जनयुद्धकालमा १२-१३ वर्षो बालक अहिले युवा भएको छ । यी युवाहरूलाई राजनीतिको ढ्वाङ फुकाएर माओवादीले आन्दोलनमा प्रयोग गरेको छ । केवल नेताको 'स्कुलिङ'मा जिन्दावाद र मर्ुदावादका नारा लगाउने यी युवालाई के थाहा ? यस्तै तालले कुनै दिन आफ्नै दिदी-बहिनीको सिन्दूरको खोजी गर्नुपर्छ भनेर ।

लहैलहैमा माओवादीमा लागेकाहरूले राम्रोसँग बुझ्न जरुरी छ, 'पार्टर्ीीे इतिहास के छ - वर्तमान कस्तो छ ? र भविष्य के हुन्छ ?' नागरिक सर्वोच्चताको परिभाषा आफ्नो नेतृत्वमा सरकार बनाउनु हो भन्ने बुझेका माओवादी नेताहरू आफ्ना कार्यकर्तालाई सडकमा आन्दोलन गर्ने निर्देशन गर्छन् । आफू भने नागरिक सर्वोच्चताविपरीत काम गर्ने व्यक्तिसँग शुभकामना आदान-प्रदान, भेटघाट, चियापान, भलाकुसारी गर्छन् । कुन दुनियाँमा छ ? एकातिर आन्दोलन अर्कोतिर वार्ता र सम्बन्ध सुधार - त्यसैले नेताको लहैलहैमा विधुवा नारीको सिन्दूर खोज्ने माओवादी कार्यकर्तालेे आफ्नो पार्टर्ीी गरेको आन्दोलनको औचित्य समयमै बुझ्न आवश्यक छ ।

तर्ीथाको सिउँदोमा सिन्दूर देख्न चाहने माओवादीले किन लगाइदिँदैन आफ्ना सहिद पत्नीको सिउँदोमा सिन्दूर - यदि जो कुनै दिदी-बहिनीको सिउँदो पुछिएको देख्न नचाहने माओवादीले किन फरक विचार राख्ने व्यक्तिको हत्या गरेर शवलाई चार दिशा लगाउँथे - तर्ीथा को हो र किन चाहियो उसको सिन्दूर माआवादीलाई ? कार्यक्रम सकियो, मन्त्री बाहिरिनु पर्‍यो । अनि फेरि माओवादी कार्यकर्ताको पारो तात्यो । त्यसपछि सुरु भयो इँट्टा, ढुंगा र नाइनस्टिक । झन्डै लागेन मन्त्रीलाई । प्रहरीलाई त लागेछ । आक्रोसित वाईसीएल गए बालमन्दिर गेटभित्र । भएभरको तागत देखाए रेडियोको ब्यानरमा, लिए च्यातेर । रेडियोकर्मीले खोसेर लिए । त्यसपछि नेतृत्व गरेका नेता आएर कार्यक्रम स्थगित गरे । मन्त्री फर्केको भोलिपल्ट रुकुमका सभासद्हरू जिल्लामा आए । उनीहरूलाई यो नालीबेली सुनाउँदा कसैले भनेछन्, आन्दोलनको सीमा हँुदैन । कसैले भनेछन्, त्यसोभए त हाम्रा कार्यकर्ता बौलाएछन् त कसैले भनेछन्, त्यसो त नगर्नु पर्ने हो । एकजना सभासद्ले र्मुमुरिँदै भने कमै भएछ, अझ गोद्नुपर्ने हो भनेछन् ।

'दुनियाँमा सबैभन्दा राम्रो आफ्नै विचार हो र सबैले हाम्रै कुरा मान्नर्ुपर्छ' भन्ने माओवादी किन सम्पर्ूण्ा अधिकार जनतालाई दिएर चुनावी प्रक्रियामा सामेल भयो - बन्दुकको नालबाट सत्ता जन्मिछ भन्ने महान तथा गौरवशाली पार्र्टर्ीीकिन सत्ता प्राप्तिका लागि सडकमा रोइ कराइ गर्दैछ - संसद्लाई कुकुरको टाउको झुन्डयाएर खसीको मासु बेच्ने थलो भन्ने पक्का कम्युनिस्ट पार्टर्ीीकिन दिन प्रतिदिन संसद्को आयु लम्ब्याएर काम नगरी भत्ता पकाउँदैछ - धन पैसालाई सरकारीकरण गर्नुपर्छ भन्ने र्सवहारा पार्टर्ीीकन राजधानी, सदरमुकाममा महल ठडयाउँदैछ र जतिसक्दो विलासितानिर नजिकिँदै छ - अरूलाई नातावाद, कृपावादजस्ता अनेक आरोप लगाउने महान र पारदर्शी पार्टर्ीीकन आफ्नोे नौ महिनाको सरकारको अवधिमा आफ्ना नाल-नाता पर्नेको मात्रै जागिरको खोजी गथ्र्यो - कुनै पनि विज्ञापनमा फारम नै नलगाइ नेताका आफन्तको नाम किन निस्किन्थ्यो - हो, यस्ता धेरै प्रश्नहरूको पर्खालभित्र रहेको एकीकृत माओवादीसँग एउटा उत्तर पनि स्पष्ट रूपमा दिने आधार छैन । यस्तो नकचरो पार्टर्ीी आफैंले श्रीमान्को मासु खाने र आफैं विधुवा श्रीमतीको सिन्दूर खोज्ने लाज लाग्दैन - ल जा ... ।
..........................................................................................................................................................................

Friday, April 23, 2010

भैरव अर्याल

भैरव अर्याल – जय भुँडी (हाँस्य-व्यंग्य)

व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै यस पुराणको माहात्म्य पनि मैले उनैबाट दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरु पुराणको प्रारम्भमा ‘शारदायै नम:’ भनेजस्तै पुराणको सुरुमा म भन्दछु – बूढी आमायै नम:।

परलोकका निम्ति होइन, यसै लोकको निम्ति नसुनी नहुने र परोपकारको निमित्त होइन, आत्मोपकारको निमित्त नबुझी नहुने यो सर्वकालीन, सर्वदेशीय र सर्वधर्मीय पुराणको नाम हो – ‘भुँडीपुराण।’ भुँडी विश्वको सर्वोच्च देवी हुन्, जसलाई मान्छेले मात्र होइन, देवाधिमेव महादेवले पनि मान्नुपरेको थियो। हेरिल्याएको खण्डमा कृष्ण हुन् कि क्राइष्ट हुन्, बुद्द हुन् कि कन्फ्युसियस हुन् सबै देवात्माहरु भुँडीबाट मर्त्यलोकमा अवरोहण गरेका हुन्। महर्षि हु्न् कि मार्क्स हुन्, सन्त हुन् कि सार्त्र हुन्, सबै दार्शनिकहरु भुँडीमै निर्मित भएर देखा परेका हुन्। वाल्मीकि हुन् कि होमर हुन्, टाल्सटाय हुन् कि टैगोर हुन्, दाँते हुन् कि देवकोटा हुन्, सम हुन् कि शेक्सपियर हुन् प्रत्येक कविको जन्म भुँडीबाटै भएको हो। अलेक्जेन्डर हुन् कि चङ्गेज खाँ हुन्, लिङ्कन हुन् कि लेनिन हुन्, नेपोलियन् हुन् कि जङ्गबहादुर हुन्, बिस्मार्क हुन् कि पृथ्वीनारायण शाह हुन्; सबै नेताहरुको उद्गमस्थल भुँडी हो। त्यसैले भुँडी जीवनकी निर्मात्री र विश्वकी अधि्ठात्री हुन्, जसको पूजाआजा गर्नु प्राणीमात्रको प्रमुख कर्तव्य हो।

भुँडीको पूजाविधि देख्नलाई त्यति झन्झटिया छैन, किनभने हाम्रा अरु देवदेवीलाई जस्तो चन्दन, अबिर, फूल इत्यादिको भुँडीदेवीलाई जरुरत छैन। उनलाई त केवल जल र नैवेद्य भए पुग्छ। तर जल र नैवेद्यका प्रकार र मात्राहरुचाहिं विवेचना गर्न लाग्यो भने भुँडीपूजाजस्तो अप्ठ्यारो न भीमसेन पूजा हुन्छ, न भगवतीपूजा। जल मात्र कति थरी चाहिन्छन् कति थरी- चिसो, तातो, सेतो, रातो, चिल्लो, खल्लो, नुनिलो, गुलियो, अमिलो, धमिलो इत्यादि। अझ नैवेद्य त के कति र कस्तो भनी बयान गरेर साध्य छैन। त्यस कारण, यसबारे पूरा जान्ने इच्छा छ भने बरु कुनै नैवेद्यविशेषज्ञले लेखेको भुँडीपूजापद्धति पढ्नुहोला अथवा कुनै भुँडीवालकी बूढीसित सोध्नु भए पनि हुन्छ। यो पुराणमा त यति मात्र जनाइन्छ कि भुँडीदेवीलाई नैवेद्य चाहिन्छ। नैवेद्यको अभावमा वा कमीमा, नैवेद्यको हेलचक्र्याइँमा वा लापर्बाहीमा भुँडी रिसाइहाल्छिन्। शङ्कर रिसाउँदा संसार संहार हुन्छ भनी व्यास बाजे भन्थे भने शङ्करको पनि साख्खै आमा पर्ने महामाता भुँडी रिसाउँदा त के होला के नहोला, आफैं कल्पना गर्न सक्नुहुन्छ। विश्वामित्रजस्ता नैष्ठिकलाई कुकुरको मासु कोच्याएको कुरादेखि लिएर विश्वका कैयौं नेता र जेताको जुगमा क्रान्तिको आगो सल्काउँदै भुँडीदेवीले मच्चाएका घम्साघम्सी र ध्वांसाध्वांसी कसलाई थाहा छैन र! यसैले ज्ञानमा जति गढे पनि, विज्ञानमा जति बढे पनि, विद्यामा जति पढे पनि, बुद्धि जति जडे पनि आखिर सबै चुलिंदै गई ‘ओं’ बन्छ भनी ऋषिहरु भन्थे, तर मलाई लाग्छ- त्यो अक्षर ‘ओं’ होइन ‘आँ’ बन्छ। यसकारण प्रत्येक बिहानै ‘कुखुरी काँ’को साथै प्रत्येक घरका केटाकेटीहरु मुख बाइहाल्छन्- ‘आँ’! अनि रातोरातो जल र मीठो पीठो जेजति पाइन्छ नैवेद्य चढाउँदै भुँडीपूजाको कार्यक्रम सुरु गर्नुपर्छ। घरमा होस् कि होटलमा होस्, ब्यारेकमा होस् कि होस्टेलमा होस्, ट्रेनमा होस् कि प्लेनमा होस्, बाटैमा होस् कि घाटैमा होस्, आखिर जहाँ भए पनि हातमुख जोर्दै सम्झनुपर्छ-
“नमो देव्यै पेट देव्यै सर्व देव्यै तथेव च।
आन्द्रा आन्द्री समेतायै भुँडी देव्यै नमो नम:॥”

भुँडीपूजाको यस कार्यक्रममा अलिकति बाधा पर्यो भने आफ्नो भुँडी रिसाउनुभन्दा पहिले घरकी बुढी रिसाउँछिन् र घुर्की लाउँछिन्- तपाईंको तो सिङ्गल भुँडी त हो नि। नभन्दै उनको भुँडी साह्रै चामत्कारिक हुन्छ। आखिर गनेर ल्याउँदा बूढाबूढीदेखि लिएर भुराभुरीसम्मका सिङगा भुँडी र बूढीको भुँडीभित्रको भुँडीसमेत जोडी प्रत्येक घरमा सालाखाला साँढे सातभन्दा कम भुँडी पाइन मुस्किल छ। अनि कतिको भुँडीपूजा

कतिपल्ट गर्ने? त्यसैले कोहीकोही गुनासो गर्छन्- भुँडीपूजाको झन्झट नहुँदो हो त म केके न गर्थें। हो पनि मान्छेलाई त्यो झन्झट नपरेको भए ऊ सत्यवादी हुन्थ्यो, सदाचारी हुन्थ्यो, अणुबम बनाउने खर्चले समुद्र पुर्थ्यो, आकाश उतार्थ्यो। तर मलाई लाग्छ- यी केवल धाकै मात्र हुन्, भुँडी नभएको भए मान्छे सुत्थ्यो- कुम्भकर्ण सुतेझैं। अनि जङ्गल जङ्गलै रहन्थ्यो, मान्छे जङ्गलभित्रै हुन्थ्यो।

सबैलाई थाहै छ- भुँडी स्वयं परमेश्वरी भएकोले प्रत्येक प्राणीमा उनको अंश नभएको हुँदैन। अर्को शब्दमा प्रत्येक व्यक्ति भुँडीको एक अवतार हो। ऊसित सानो होस् या ठूलो होस् एउटा भुँडी हुन्छ। त्यसैले मान्छे उखान गर्छन्- जहाँ जान लागे पनि भुँडी सँगसँगै जान्छ। नभन्दै गोसाईंथान जाने यात्रु हुन् वा अन्तरिक्षका यात्रु हन्, सबैले सबभन्दा पहिले भुँडी जोहो गर्नै पर्छ। कोही राष्ट्रसङ्घीय काममा लागेको होस् वा कोही मल सोहोर्न लागेको होस् मुख्यत: सबैलाई भुँडीपूजाले नै प्रेरित गरिरहेको हुन्छ। गधाझैं लादिन परोस् वा गाईझैं दुहिन

परोस्, कुकुरझैं दैलैदैलो ढुक्नुपरोस् वा लाटोकोसेरोझैं रातभरि जाग्राम बस्नुपरोस्, येनकेन प्रकारेण भुँडीपूजा गर्न सकिएन भने घरबार सब पुरपार पारी कि रानीपोखरी ताक्नुपर्छ कि डाँडो काट्नुपर्छ। आखिर सत्य कुरो यही हो- ‘येनकेन प्रकारेण उदरं परिपूरयेत।’ सबैले थाहा पाएकै छन्- यही भुडीपूजाको लागि हाम्रा कैयन पुर्खाले परचक्रीको दैलो कुरे। हुक्काको नलीदेखि बन्दुकको नालीसम्म बोके। अझै कैयौं बुढिया र दुलही नानीहरु भुँडीको पूजासामा खोज्न निस्केका आफ्ना छोरा र दुलाहाहरुको प्रतीक्षामा आँखा तान्दै छन्।

त्यसैले त भनेको, प्रत्येक प्राणीमा भुँडीदेवताको अंश हुन्छ। अर्को शब्दमा प्रत्येक भुँडी मिलेर देश वा समाजको विशाल भुँडी बन्छ र विशाल-विशाल पनि जुट्दा भुँडीको विराट् रूप बोध हुन्छ। उस्तै र उत्रै भए पनि प्रत्येक भुँडीको बेग्लै आयतन हुन्छ र नैवेद्य ग्रहणका तरिकाहगरु विभिन्न किसिमका हुन्छन्।

यस दृष्टिले हेर्ने हो भने भुँडीलाई मुख्यत: चार भागमा वर्गीकरण गर्न सकिन्छ।

तिनमध्ये पहिला छ- हाँडीघोप्टे भुँडी। सकेसम्म अरु साराको बाग आफ्नै भुँडीभित्र घोप्ट्याएर दुनियाँमा भुँडीवादको सिद्वान्त लागू गर्न

हाँडीघोप्टे भुँडी सधैं हाँडीजस्तै मुख बाइरहेको हुन्छ। कर्म न कुकर्म, सर्म न बेसर्म, धर्म न अधर्म, कुनै कुराको छ्यानविचार नगर्ने हुनाले नैवेद्यका ठूलाठूला स्रोतहरु हाँडीघोप्टे भुँडीकै सामु घोप्टिन पुगेका छन्।दोस्रो छ- घ्याम्पे भुँडी। जो हाँडीघोप्टे भुँडीभन्दा अलि सानो भए पनि स्वभावमा भने प्राय: उस्तैउस्तै हुन्छ। तेस्रो हो- टाकनटुकन भुँडी। जसलाई नैवेद्य जुटाउन सत्रतिर दाह्रा ङिच्च्याई टाकनटुकन नगरी हुँदैन। यिनको अतिरिक्त अर्को छ- ठन्डाराम भुँडी जो प्राय: खोक्रै रहन्छ। हाँडीघोप्टे र घ्याम्पे भुँडीले खँगारेका यी ठन्डाराम भुँडीहरु यहाँमात्र हैइन, पृथ्वीको भुँडीभरि ‘ठाउँ न ठहर, धोको न रहर’ भै भकुन्डिरहेका छन्। कति वानरको फौजझैं धपाइन्छन् भने कति भेडाको भाउमा खरिदिन्छन् पनि। भुँडीको नैवेद्यको लोभले भुँडीवालका जुनसुकै सर्तमाथि नाकको टुप्पामा कालो दलेर ल्याप्चे सही गर्नुपर्दा कति टाकनटुकन भुँडीहरुले हाँडीघोप्टे भुँडीझैं हाउडे भुँडीमा पस्नुपरेथ्यो। यी कथाहरु सम्झेर सम्झिनसक्ना छन्। एसिया, अफ्रिकाका कैयौं टाकनटुकन भुँडीहरुले अझै पश्चिम फर्केर ‘भवतिभवति गहुँ मे देहि’ भनी प्रार्थना गर्न छुटेको छैन।

सबलाई थाहा छ- वीसौं सताब्दीको विराट् भुँडीले सुरसाको मुख बनाएको छ। मान्छे हनुमानझैं आकाशपाताल चहारेर कति नै ठूलो आङ फुलाओस् भुँडीको बढ्दो आयतनको अनुपातमा उसको शक्तिसामर्थ्य हात्तीको मुखमा जीरा हुन्छ। कसलाई थाहा छैन र? भुँडीको लागि समुद्र तरेका भारतीयहरु भुँडीकै भाग नपुगी लङ्काबाट लर्काइँदै छन् भने भुँडीकै पिरलोले जुगजुगदेखि ‘ब्रह्माको मुलुक’ पसेका नेपालीहरु भूँडीकै समस्याले बर्माबाट फर्काइँदै छन्।

भुँडीपूजाका लागि मान्छेले के सोच्यो के सोचेन, के गर्यो के गरेन, बयान गरी साध्य छैन। सुरुमा काँचो तरुल र भ्याकुरले भुँडीपूजा गर्ने मान्छेले आज पृथ्वीको कुनै छेउलाई बाँझो रहन नदिई हलो चलाई नैवेद्य फलायो। तर एकले अर्कोको अस्तित्व आवश्यक नठान्दा भुँडीभुँडी भकुराभकुर गर्न थाले। बलियो भुँडी घ्याम्पे भए, घ्याम्पाघ्याम्पा जुधे, कोही हाँडीघोप्टे हुन पुगे त धेरैजसो ठन्डाराम भुँडी भै भकुन्डिए। आखिर अरबौं ठन्डाराम भुँडीहरुले रुन्चे स्वरमा चिच्च्याउनुपर्यो। भुँडीपूजा हुन्छ भने सबैको हुनुपर्छ। फलस्वरुप मार्क्सले भुँडीपूजाको समान पद्धति सोचे, भुँडीवालहरुले उनलाई उडाए, तर आखिर कतिपय देशमा ठन्डाराम भुँडीहरुको ध्यान त्यता नगई छोडेन।यसैयसै गरी करोडौं ठन्डाराम हाँडीहरुले भारतमा सर्वोदयको सपना देखे भने लाखौं ठन्डाराम हाँडिहरुको उचित पूजाको लागि नेपालले भूमि-सुधारको योजना लागू गर्न परिरहेछ। तैपनि हाँडीघोप्टे र घ्याम्पे हाँडीहरु ङ्यारङ्यार्-ङरङर गरी भर्सेलीबाट भाग्नुपरेका बिरालाझैं नाक बजाउँदै छन्। तर नैवेद्यको जोरजामका लागि कसिएका ९५ प्रतिशत भुँडीहरुको माझमा निहुँ खोज्न लागे भने उनीहरुको जुगानुजगदेखि टन्किएको भुँडीले मादल र दमाहाझैं बज्नुपर्ने कुरा स्वत: सिद्ध भइसकेको छ। कुराको जरो यही हो।

मैले यो भुँडीपुराण पनि भुँडीदेवीकै उपासनाको लागि लेखेको हुँ। जुन दिन भूमिसुधारको महामेला सकिएर खोजेजस्तै गरी सबैले भुँडीपूजाको सौभाग्य पाउलान्, त्यसै दिन व्यास बाजेका अठार पुराणमा उन्नाइसौं महापुराणको रुपमा मेरो भुँडीपुराण कसो नजोडिएला त?

जय भुँडी।
..........................................................................................................................................................................
भैरव अर्याल – आस्थाको फाइल (हाँस्य-व्यंग्य)

संसार विभागका निर्देशक श्री ईश्वरदेव उमेरको हदम्याद पुगी खोसुवामा परे। खाईपिई आएको आस्था अर्चनाको एक लक्षांश उनको निवृत्तभरणको रुपमा पाउने भए।

निर्देशकको पद खाली हुनासाथ रोल मेरो भनी अन्धविस्वासले दाबा गर्यो। धर्म धुमधुमती पर्यो, कर्म कनपारो कन्याउन थाल्यो। भाग्यले भगवानको साख्ये भाइ म हुँ भनी किरिया खायो। ज्ञान गनगन गर्दै थियो, विज्ञानले सबैको दाबी निराधार हुन् भनी एक-एकको पर्दाफास गर्यो। बुद्दि खितितित्त हाँसी, विवेक ट्वाल्ल पर्यो। भावना भागी संसार विभागको निर्देशकमा मान्छे स्वयं मनोनित घोषित भयो।

आफू निर्देशक हुनासाथ मान्छेले पाप धर्मको कानुन संशोधन गरी नरकअड्डा खारेज गरिदियो। मान्छेलाई धेरै शासन दिएको अभियोगमा यमराज सस्पेन्ड भए; अमृत र अप्सरामा लम्पट भएको अभियोगमा देवताहरु कार्यभारमुक्त भए। भाग्यको ठाउँमा पुरुषार्थ र अन्धविश्वासको ठाउँमा शिक्षा भर्ना भए।

एउटा हातमा शक्तिको ड्रम अर्को हातमा एटम बम लिएर विज्ञान सल्लाहकार भयो मान्छेको। संसार विभागको हर्ताकर्ता स्वयं भएकोमा गजक्क फुली टेबलमा थ्याच्च बसेर मान्छे गर्ज्यो – “संसार विभागका सहायिकाहरु को को छन्, लौ यहाँ आओ!”

मेच छँदाछँदै टेबुलमा बसेको निर्देशकलाई देख्ता मर्यादाले नमस्कारै नगरी मुन्टो बटारी। मान्छेले उसलाई अनुशासन नभएकी बुढी भनी तुरुन्तै निकालिदियो। अर्की सहायिकाले थर्र कामेर हात जोड्दै भनी – “म नैतिकता हुँ।” मान्छे च्याँठ्ठिएर गर्ज्यो – “यस्ती लुली सहायिका लिएर म यत्रो विभाग चलाउन सक्छु?” तेस्री सहायिका सद्भावनाले भनी – “म आफ्नो कार्यभारबाट राजीनामा गर्न चाहन्छु।” मान्छेले मर्यादाको ठाउँमा उच्छृङ्खलतालाई, नैतिकताको ठाउँमा स्वच्छन्दतालाई र सद्भावनाको ठाउँमा सङ्कीर्णतालाई भर्ना गर्यो।

पुनर्गठनपछि केही नयाँ ऐन बने। सत्ता, शक्ति, सम्पत्ति र विलासलाको साधनामा धेरैले सुविधा पाए। संसार विभागले सांसारिक विधिबन्धनहरुमा धेरै स्वतन्त्रता ल्यायो। तर अपसोच! केही दिनपछि संसार विभागमा साह्रै गोलमाल चल्न थाल्यो। कसैले कसैलाई टेर्न छाड्यो। विभागभित्रै अनाचार, व्यभिचारहरु बढ्न थाले। रिसारिस, भुत्लाभुत्ली र पिटापिट चल्न थाले।

हत्या, अपहत्या र आत्महत्याका टेलिफोन आउन थाले।

विस्फोट, युद्द र महायुद्दका आकाशवाणी आउन थाले।

मान्छे कहिले बोलाएजस्तो भई टेबुलमा उफ्रन्थ्यो, कहिले झोक्राएजस्तो गरी भूइँमा पसारिन्थ्यो। कहिले तमाम कर्मचारीलाई भेला गरी सोध्थ्यो – “आस्थाको फाइल खोइ?” कहिले तमाम कर्माचारी ऊसँग सोध्थे – “विश्वासको फाइल खोइ?” खोइखोइको डाँको भित्तामा ठोक्किएर प्रतिध्वनित हुन्थ्यो – “खोइखोइ!”

बान्की
..........................................................................................................................................................................
भैरव अर्याल – असनको डबली (हाँस्य-व्यंग्य)

“चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको यो अनिकाल!”

“अँ, अन्नपूर्णाको दर्शन गर्न आएको; भाकल थियो। अरुभन्दा मलाई यिनै देवीको विश्वास लाग्छ। यी साक्षात देवी हुन्।”

“देवी त देवी टुँडालदेवीको मूर्ति पनि झन्डै चोरिएको रे। कस्तो काल! हामी केही नचोरियोस् भनी देवता पुकार्छौं, देवता स्वयं चोरिन्छन् हेर न …!”

“हेरिसकें मैले, त्यही बेलबटम्वाली होइन? निकै नखरमाउली रहिछ।”

“जवाना भी यिनका जवानी भी यिनकी – बुझिनस्?”

“बुझें हजुर! रुपियाँको पाँच मुठा भयो, भयो लगिबक्स्योस्- पात राम्रो छ। बिग्रेको रहेछ भने म मोरीले यो जोवन भन्नै नपाऊँ। हजुरहरुलाई के थाहा छ, यति पात टिप्न कस्तो …!”

“मलाई सब थाहा छ – उसको सम्बन्ध अचेल कतातिर छ भन्ने। अघिअघि सिद्धाको दशा लाग्यो भने आजको सुदामा भोलिको कुबेर हुन्छ भन्थे, अचेल सिद् (CID) मात्र हुन सके आजका बेकार भोलि तिनोटा कार हुन्छ।”

“सरकारी कारलाई साइड दिनुपर्छ भन्ने तँलाई थाहा छैन? दुई दिन टोयोटा चलाउन पाएँ भन्दैमा टुप्पिएको छुसी, तै, फुच्चाको खुट्टामात्र किचिएछ, ज्यान गएको भए …!”

“… ज्यानको मूल्य मामुली भन्ने कि अमामुली? एकातिर गैसकेको ज्यानलाई मुटु फेरेर पनि जोगाइन्छ; अर्कातिर बम बर्साएर हजारौं ज्यानको एक चिहान पर्छ।”

“परे आफ्नो उपकार नपरे परोपकार। भाग्योदय चिट्ठा किन्नुहोस् भाग्योदय, – पहिला १ के एक लाख पच्चीस हजार।”

“जति कुरा गरे पनि युग हजार र हजुरकै घेरोमा सेरोफेरो गरिरहेको छ। पेन्सन खाने बेलामा कारिन्दाले मोहोर तानेजस्तो कारबार यो के व्यापार? मैले त हङ्कङ नै ताकें, चालीस-पचास हजार भनेको के हो र–?”

“दुइटा पैसा पनि हाम्रो निम्ति लाखजस्तै हो मालिक! भारी पनि त ठुलै छ नि: जो पायो उही भरिया लाउनु पनि हुन्न अचेल; हामी भनेका रैथाने भरिया; मालिकजस्ताको भारी बोक्ताबोक्तै ३२ बर्ख बितिसके, बेइमानी भनेको बाह्र दामको गरिएको छैन।”

“इमानदारी र बुद्धूपनको सीमारेखा कहाँनेर पर्छ कुन्नि? २० वर्ष जागिर खाएँ बीस पैसा खाइन, अहिले जाउलो खान नसकेको देखेर सबै मलाई बुद्दू भन्छन्, तपाईं नै भन्नोस् वास्तवमा म के हुँ?”

“म भन्नु नै आत्मा हो। आत्मा नचिनी परमात्मासित साक्षात्कार हुन सक्तैन। भरे चार बजे यहीं अध्यात्म प्रवचन हुने भएको छ। महिला तथा सज्जनवृन्द…!”

“…महिलाले लूप लगाएर वा चक्की खाएर, पुरुषले भ्याक्सेटोमी गरेर वा कन्डम लगाएर। परिवार नियोजन युगको माग हो।”

“यो युग पनि मगन्ते युग हो। कतै श्रम र चन्दा माग्यो; कतै शास्त्र र सैनिक माग्यो, कतै अन्न र पैसा माग्यो; कतै स्वतन्त्रता र अधिकार माग्यो; कतै बाटो र गौंडा माग्यो; जता हेर्यो मागामाग छ।”

“हाम्रो माग पुरा नभए हडताल गर्ने योजना छ।”

“योजना त तपाईंको राम्रै हो; तर कुनै पनि योजनाले स्थायी शान्ति ल्याउला भनेजस्तो मलाई लाग्दैन। शान्तिको लागि कति धनको खर्च भो, कति जनको खर्च भो, कति जोबनको खर्च भो, कति चिन्तनको खर्च भो, कति जीवनको खर्च – तर यतिको खर्चको उपलब्धि के?”

“के भन्नुहोला यो सर्वरोगहारी तेल हो। कान पाकेको भए दुई थोपा हाल्नोस्, आँखा दुखेको भए गाजलझैं लगाउनोस्; भिरुङ्गी भएको छ भने मालिस गर्नोस् – चार दिनमा चमत्कार …।”

“चन्द्रलोक यात्रा चमत्कारै हो विज्ञानको। तर मानवता र विश्वशान्तिमा यसको के भूमिका होला?”

“शान्तिस्वस्तिको सरदाम किन्न आएको, तपाईं कता नि? आराम छ? अलि उता जाऊँ, बाटो पेल्ने मेसिन आयो…।”

“यी मेसिनहरुले पनि आजकाल…!”

“दमकल दमकल! … कहाँ दमकल हुन्थ्यो घण्टीवाल गाई- सागको मुठै लिएर देडिएछ, उ: साँढे पनि।”

“कति आत्तिएर दौडादौड गरेका यी मान्छेहरु, मानौं यहाँ एउटा युद्द नै आउँदै छ।”

“हेर हेर उ: उक्ल्यो, कस्तो छिल्लिएको साँढे!…”

“यहाँ यस्तै भीड हुन्छ पर्यटक! यो काठमाडौं सहरको मुटु हो- असनको डबली, उ; त्यो झ्यालको कला हेर्नोस् त! कस्तो लाग्यो?”

“मलाई त यो पाउडर राम्रो लागेन। बास्ना पनि कस्तो गल्लीगल्ली गनाउने छ्या; दुई स्टिक लिपस्टिक दिनोस् त गुलाबी होइन, फुस्रो चहिं…।”

“यी फुस्रा हिप्पीहरु आनन्द खोज्न आएका रे! गाँजा र रक्सीमा लठ्ठिएर पाइने आनन्द पनि कुनै आनन्द हो?…”

“पख्नोस् न आनन्दजी, म पनि हिंडिहालें। रानीपोखरीतिरबाट जाने होइन त?”

“… डुब्या रे! रानीपोखरीमै हामफालेछ।”

“कल्ले फालेछ यो अलबम्, हेर्नोस् हेर्नोस् कस्ता तस्बिर रहेछन्; ठिटीको हो कि ठिटाको? पैसा पनि छ कि?”

“एक बरफको दस-दस पैसा, एक बरफको दस-दस…!”

“के यो डबलीमा ट्वाल्ल परेर उभिइरहेको ए मिस्टर?”

प्रगति
..........................................................................................................................................................................
भैरव अर्याल – पशु – पशुपति र मान्छे (हाँस्य-व्यंग्य)

साँढेको नेतृत्वमा गएको पशूहरुको प्रतिनिधिमण्डलले एक दिन बिहानै पशुपतिको दख्खिन ढोका घचघच्यायो। पशुपतिले यसो हेरेका मात्र के थिए, जुरो हल्लाउँदै प्रतिनिधिमण्डलको नेताले नम्रतासाथ भन्यो – “तपाईं पशुका पति भएर पनि हामी पशुहरुमाथि कनुनै वास्ता गरिदिनुभएन। तपाईंले पुलपुल्याइदिंदा आज मान्छेले गर्नुसम्म गरिसक्यो। रिसानी माफ हुन्छ भने हामी समस्त पशुहरुको एउटै आवाज छ – मान्छे मात्तियो, मात्तियो तर पशु बिचरो आत्तियो।”

यो मोरो पशुको जात, जहिले पनि रङ्ग न ढङ्गको कचकच गर्न आउँछ भन्ने ठानी पशुपतिले झर्किएर सोधे – “आखिर तिमीहरुको समस्या के हो?”

साँढेले भन्यो – “हामी फाँटको फाँट मडिया मार्ने साँढेजातिलाई कान्जीहाउसभित्र थुनेर दुई मुठा परालमा बाँच भन्छ- आजको स्वतन्त्रताप्रिय भनाउँदो मान्छे।” साँढेको कुरामा संशोधन थप्तै गोरुले भन्यो – “होइन हजुर! वास्तविक मर्कामा परेको पशु त अझ म

पो छु। जमिन जोत्नेको हुन्छ भनी नारा लाग्दछ तर जमिनको खास जोताहा मलाई मुखमा पेरङ्गो बाँधिदिन्छ – आजको समाजवादी मान्छे।” साँढे र गोरु आँखा पल्टाउँदै थिए, वानर उफ्रेर पशुपतिका अगाडि पुग्यो। उसले अर्जी गर्यो – “हामी विश्वका समस्त वानरजाति घरबारहीन छौं, तर हाम्रो यो समस्या हेरिदिंदैन- आजको विश्वबन्धुत्ववादी मान्छे।” यत्तिकैमा गैंडा र ग्राहको संयुक्त डाँको सुनियो – “हामीलाई जङ्गल र जलमा पनि चुपचाप बाँच्न दिंदैन – आजको शान्तिवादी मान्छे।”

ओहो! सुन्दासुन्दा पशुपतिको कानै टट्टायो। उनले च्याँट्ठिएर भने – “यो सब तिमिहरुका बकबास हुन्। मान्छेमाथि मेरो पूरापूरा पत्यार छ। ऊ कहिल्यै पशुझैं मात्तिदैन, ऊ उत्ताउल्याइँ जान्दैन।” पशुपतिको कुरा काट्तै पशुराज सिंहले भन्यो – “होइन हजुर! हामीसित चोखो बल छ, तर मान्छेसित बिटुलो बुद्दि छ, बुद्दिभित्र छल छ। त्यसैले मान्छे भस्मासुर भैसक्यो, आज ऊ आफूबाहेक कसैलाई पनि गन्दैन, स्वयं पशुपतिलाई पनि पशुले मात्र पत्याउने पाषाण पो ठान्छ।”

पशुपतिजीले पशुहरुका कुरा सुनी दिक्क भएर सोधे – “त भन न आखिर तिमीहरु के चाहन्छौ?” साखुल्ले भएर अघि सर्दै ब्वाँसोले भन्यो -”अरु हामी केही चाहँदैनौं हजुर! यो मान्छेको जातलाई हाम्रो जिम्मा लगाइदिनुपर्यो। यिनिहरुले तपाईंको टाउको खान लागिसके।” “व्यर्थै केको फिक्री? मात्तिएको मान्छेलाई हात्तीले तह लगाउँछ।” दाह्रावाल हात्ती कड्क्यो। तर पशुपतिको चित्त बुझेन। उनले भने – “मैले कत्रो दु:ख गरी पाले-पोसेका, सिकाए-सधाएका मान्छे अब म पशुको जिम्मा दिऊँ? स्पुतनिक युगबाट फेरि जङ्गली युग फर्काऊँ? – यो हुन सक्तैन। पशूभन्दा मान्छे कहिल्यै नजाती हुँदैन।” बुढी गाईले नम्रतासाथ भनिन् – “हो हजुर! मान्छेलाई अब तहमा राख्ने हो भने यसको जिम्मा पशूलाई दिनुपर्छ। मान्छेसित केवल आसक्ति बाँकी छ, शक्ति छैन, आक्रोश बाँकी छ, प्रेम छैन। आशङका बाँकी छ, विश्वास छैन।” गाईको पनि यस्तो कुरा सुन्दा पशुपतिको मनमा अलिकति चिसो पस्यो। पशुपतिले गम्भीरताकासाथ सोधे – “आखिर तिमीहरुसित यसको प्रमाण के छ त? प्रमाणबिना अर्कालाई दोष लाउन पाइँदैन – बुझ्यौ?”

मुखामुख गर्दै पशुको प्रतिनिधिमण्डल चुप लाग्यो। अन्त्यमा बिदाइको सलाम गर्दै गधाले भन्यो – “प्रमाण एक मात्र होइन, हामी
हजारौं लिएर आऔंला।” बाहिर आएर पशुहरु मान्छेको करतुत सबुद खोज्न थाले। कोही पुस्तकालयतिर गए त कोही वाचनालयतिर, कोही वेधशालातिर गए त कोही सैन्यशालातिर।

———————

एक दिन पशुपतिको प्राङगणमा पशुहरुको कचहरी थियो। स्पष्टीकरण दिन मान्छेको प्रतिनिधि पनि उपस्थित थियो। सयौं हात्तीहरुले रासका रास पुस्तकहरु पशुपतिका अगाडि राख्तै भने – “मान्छेका दिमागको एउटा करतुत यही हो, जसको कारण आजको मान्छे बौलाएको छ।” पशुपतिले एउटा पुस्तक पल्टाएर सर्र पढे, पुस्तकमा कसरी अरुलाई उछिनेर आफू अघि बढने, कसरी मान्छे फकाउने, कसरी छकाउने र कसरी बहकाउने इत्यादि कुरा थियो। पशुपतिले आँखा अलि तरेर नजिकै बसिरहेको मान्छेलाई सोधे- “यो क्या हो?” मान्छेले फुर्तीसाथ जबाफ दियो- “यो पुस्तक हो- राजनीतिको पुस्तक।” पशुपतिले अर्को पुस्तक पल्टाएर, त्यसमा कसरी सम्पत्ति कसरी धेरै कमाउने, कसरी बचाउने इत्यादि कुरा थिए। मान्छेले बतायो- “यो अर्थशास्त्र।” पशुपति पुस्तक टिप्तै गए, मान्छे भन्दै गयो- “यो व्यापारशास्त्र, यो आधुनिक दर्शन नित्सेको, यो मनोविज्ञान फ्रायडको, यो डार्बिनको थ्योरी, यो योगवशिष्ठ, यो धम्मपद, यो बाइबिल, यो इजरा पौण्डको कविता, यो क्यामुको कथा, यो …” पशुपतिले जिभ्रो काट्तै भने- “यी सब किन? किन यी सब? पशू ठिकै भन्छन- बुझिस् मान्छे! तँ बौलाहा भइछस्, धेरै मात्रामा बौलाहा बहुलाइसकिछस्। अब लैजा यी सारा कसिङगर। ए वानर हो! च्यातिदियो यी सारा थाङ्नाहरु।” मान्छे जिल्ल पर्यो। युगानुयुगदेखि उसले गर्दै आएको चिन्तन, मनन, मन्थन, आविष्कारको सम्पूर्ण राशि पुस्तकप्रति पशुपतिको यत्रो कुदृष्टि। आखिर पशुपति पशुकै पति रहेछन- तिनलाई मान्छेको दिमाग कति गहिरो र व्यापक छ – के थाहा?”

यत्तिकैमा एक बथान कुकुर, बिराला र मुसाहरुले अखबारको ठेली पशुपतिको समक्ष थुप्र्याए- ‘साम्राज्यवादी अमेरिकाले भयतनामलाई ध्वस्त पार्यो’- पशुपतिले अखबार एक-एक गरी पल्टाउँदै गए- ‘विस्तारवादी चीनले भियतनाममा खुट्टो घुमायो’, मङगलग्रहको तस्बिर खिचियो’, ‘अल्जेरियामा सैनिक विद्रोह’, ‘रुसको नयाँ राकेट, जोन्सन र दगालको भनाभन’, ‘जनकपुर चुरोट कारखानाको प्रगति’, ‘कलकत्तामा लाठीचार्ज’, ‘बर्लिनमा गोली हानाहान’, … “यी सब के हुन्?” रातो मुख लगाउँदै पशुपतिले सोधे। “यी अखबार हुन् हजुर! दिनदिनका समाचार, विचार छापिने अखबार।” पशुपति- “के यिनमा सब सत्यसत्य छापनिन्छन्?” “सत्य त सत्यै हुन्, तर आजको मान्छेको अगाडि सत्य गणितजस्तो छैन। देशदेशका आफ्ना सत्य, दलदलमा आफ्ना सत्य…।” मान्छेले व्याख्या गर्यो, पशुपति रन्किए। अखबारहरुलाई धुजाधुजा पारेर पशुपतिले भने – “बिग्रेछौ मान्छेहो! तिमीहरु पक्का बिग्रेछौ।”

“अँ, यो के हो नि?”- बाधबालुहरुले सकीनसकी बोकेर ल्याएका हातहतियारलाई नियाल्दै पशुपतिले सोधे। चितुवाले भन्यो- “हामीलाई हिंस्रक जन्तु भनेर हेलाँ गर्ने मान्छेले मान्छेमाथि नै प्रहार गर्न बनाएको यो बन्दुक, यो तोप, यो क्षेप्यास्तर, यो एटम बम…।” “धिक्कार!!!” पशुपतिले लामो सुस्केरा हाल्दै मान्छेलाई धिक्कारे। सारा पशुहरुले कुनैले खुट्टा बजारेर, कुनै सिङ् तिखारेर र कसैले जुरो हल्लाएर भने- “कसो भो!!” मान्छेले अँध्यारो मुख लाएर स्पष्टीकरण दियो- “यी सब संहारको निम्ति होइन, सुरक्षाको निम्ति हामीले निर्माण गरेको हौं, शक्तिसन्तुलनको लागि बनाएका छौं…।”

“गर्यौ सुरक्षा!” भनेर अझ रन्कँदै पशुपतिले पशूहरुपट्टि फर्केर भनेर- “लैजाओ, अब मलाई वास्ता छैन- यी मान्छेहरुको बुद्दि र बठ्याइँ पाएँ भन्दैमा मात्तिने र पात्तिने यी उत्ताउलाहरुलाई अब तिमीहरु नै जेर गर्छौ गर।” यति भनेर पशुपतिले मान्छेलाई फेरि भने- “जा, तँ पशुको पछि लाग्- अब मलाई कसैको वास्ता छैन, म समाधिमा पसें।”

“हाम्रो समाजमा त यसलाई ल्याउन हुन्न, यसले भित्रभित्र बम बनायो भने…।”

“हो हो ल्याउन हुन्न, यसको पशुका छाउराछाउरीलाई पुस्तक पत्रिका पढ्न सिकाएर बिगारिदियो भने…।”

केही पशुहरु कराए। तर लुरुक्क परेर मानिसले आफ्नो बचेखुचेको मौलिकता पोली पशुका समक्ष आत्मसमर्पण गर्यो।

आषाढ, २०२२
लायकुसाल

सगुन
..........................................................................................................................................................................
25भैरव अर्याल – असनको डबली (हाँस्य-व्यंग्य)

“चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको यो अनिकाल!”

“अँ, अन्नपूर्णाको दर्शन गर्न आएको; भाकल थियो। अरुभन्दा मलाई यिनै देवीको विश्वास लाग्छ। यी साक्षात देवी हुन्।”

“देवी त देवी टुँडालदेवीको मूर्ति पनि झन्डै चोरिएको रे। कस्तो काल! हामी केही नचोरियोस् भनी देवता पुकार्छौं, देवता स्वयं चोरिन्छन् हेर न …!”

“हेरिसकें मैले, त्यही बेलबटम्वाली होइन? निकै नखरमाउली रहिछ।”

“जवाना भी यिनका जवानी भी यिनकी – बुझिनस्?”

“बुझें हजुर! रुपियाँको पाँच मुठा भयो, भयो लगिबक्स्योस्- पात राम्रो छ। बिग्रेको रहेछ भने म मोरीले यो जोवन भन्नै नपाऊँ। हजुरहरुलाई के थाहा छ, यति पात टिप्न कस्तो …!”

“मलाई सब थाहा छ – उसको सम्बन्ध अचेल कतातिर छ भन्ने। अघिअघि सिद्धाको दशा लाग्यो भने आजको सुदामा भोलिको कुबेर हुन्छ भन्थे, अचेल सिद् (CID) मात्र हुन सके आजका बेकार भोलि तिनोटा कार हुन्छ।”

“सरकारी कारलाई साइड दिनुपर्छ भन्ने तँलाई थाहा छैन? दुई दिन टोयोटा चलाउन पाएँ भन्दैमा टुप्पिएको छुसी, तै, फुच्चाको खुट्टामात्र किचिएछ, ज्यान गएको भए …!”

“… ज्यानको मूल्य मामुली भन्ने कि अमामुली? एकातिर गैसकेको ज्यानलाई मुटु फेरेर पनि जोगाइन्छ; अर्कातिर बम बर्साएर हजारौं ज्यानको एक चिहान पर्छ।”

“परे आफ्नो उपकार नपरे परोपकार। भाग्योदय चिट्ठा किन्नुहोस् भाग्योदय, – पहिला १ के एक लाख पच्चीस हजार।”

“जति कुरा गरे पनि युग हजार र हजुरकै घेरोमा सेरोफेरो गरिरहेको छ। पेन्सन खाने बेलामा कारिन्दाले मोहोर तानेजस्तो कारबार यो के व्यापार? मैले त हङ्कङ नै ताकें, चालीस-पचास हजार भनेको के हो र–?”

“दुइटा पैसा पनि हाम्रो निम्ति लाखजस्तै हो मालिक! भारी पनि त ठुलै छ नि: जो पायो उही भरिया लाउनु पनि हुन्न अचेल; हामी भनेका रैथाने भरिया; मालिकजस्ताको भारी बोक्ताबोक्तै ३२ बर्ख बितिसके, बेइमानी भनेको बाह्र दामको गरिएको छैन।”

“इमानदारी र बुद्धूपनको सीमारेखा कहाँनेर पर्छ कुन्नि? २० वर्ष जागिर खाएँ बीस पैसा खाइन, अहिले जाउलो खान नसकेको देखेर सबै मलाई बुद्दू भन्छन्, तपाईं नै भन्नोस् वास्तवमा म के हुँ?”

“म भन्नु नै आत्मा हो। आत्मा नचिनी परमात्मासित साक्षात्कार हुन सक्तैन। भरे चार बजे यहीं अध्यात्म प्रवचन हुने भएको छ। महिला तथा सज्जनवृन्द…!”

“…महिलाले लूप लगाएर वा चक्की खाएर, पुरुषले भ्याक्सेटोमी गरेर वा कन्डम लगाएर। परिवार नियोजन युगको माग हो।”

“यो युग पनि मगन्ते युग हो। कतै श्रम र चन्दा माग्यो; कतै शास्त्र र सैनिक माग्यो, कतै अन्न र पैसा माग्यो; कतै स्वतन्त्रता र अधिकार माग्यो; कतै बाटो र गौंडा माग्यो; जता हेर्यो मागामाग छ।”

“हाम्रो माग पुरा नभए हडताल गर्ने योजना छ।”

“योजना त तपाईंको राम्रै हो; तर कुनै पनि योजनाले स्थायी शान्ति ल्याउला भनेजस्तो मलाई लाग्दैन। शान्तिको लागि कति धनको खर्च भो, कति जनको खर्च भो, कति जोबनको खर्च भो, कति चिन्तनको खर्च भो, कति जीवनको खर्च – तर यतिको खर्चको उपलब्धि के?”

“के भन्नुहोला यो सर्वरोगहारी तेल हो। कान पाकेको भए दुई थोपा हाल्नोस्, आँखा दुखेको भए गाजलझैं लगाउनोस्; भिरुङ्गी भएको छ भने मालिस गर्नोस् – चार दिनमा चमत्कार …।”

“चन्द्रलोक यात्रा चमत्कारै हो विज्ञानको। तर मानवता र विश्वशान्तिमा यसको के भूमिका होला?”

“शान्तिस्वस्तिको सरदाम किन्न आएको, तपाईं कता नि? आराम छ? अलि उता जाऊँ, बाटो पेल्ने मेसिन आयो…।”

“यी मेसिनहरुले पनि आजकाल…!”

“दमकल दमकल! … कहाँ दमकल हुन्थ्यो घण्टीवाल गाई- सागको मुठै लिएर देडिएछ, उ: साँढे पनि।”

“कति आत्तिएर दौडादौड गरेका यी मान्छेहरु, मानौं यहाँ एउटा युद्द नै आउँदै छ।”

“हेर हेर उ: उक्ल्यो, कस्तो छिल्लिएको साँढे!…”

“यहाँ यस्तै भीड हुन्छ पर्यटक! यो काठमाडौं सहरको मुटु हो- असनको डबली, उ; त्यो झ्यालको कला हेर्नोस् त! कस्तो लाग्यो?”

“मलाई त यो पाउडर राम्रो लागेन। बास्ना पनि कस्तो गल्लीगल्ली गनाउने छ्या; दुई स्टिक लिपस्टिक दिनोस् त गुलाबी होइन, फुस्रो चहिं…।”

“यी फुस्रा हिप्पीहरु आनन्द खोज्न आएका रे! गाँजा र रक्सीमा लठ्ठिएर पाइने आनन्द पनि कुनै आनन्द हो?…”

“पख्नोस् न आनन्दजी, म पनि हिंडिहालें। रानीपोखरीतिरबाट जाने होइन त?”

“… डुब्या रे! रानीपोखरीमै हामफालेछ।”

“कल्ले फालेछ यो अलबम्, हेर्नोस् हेर्नोस् कस्ता तस्बिर रहेछन्; ठिटीको हो कि ठिटाको? पैसा पनि छ कि?”

“एक बरफको दस-दस पैसा, एक बरफको दस-दस…!”

“के यो डबलीमा ट्वाल्ल परेर उभिइरहेको ए मिस्टर?”

प्रगति
..........................................................................................................................................................................
भैरव अर्याल – साँढे (हाँस्य-व्यंग्य)

हिन्दुहरुले साँढेलाई महादेवको निजी वाहनको पदमा नियुक्त गरिदिएका छन्। महादेवलाई वाहनको आवश्यकता थियो-थिएन दैव जानोस्,तर आफूलाई जेजे चाहिन्छ देवीदेवताहरुलाऐ पनि त्यही चाहिन्छ भन्ने मान्छेको धारणा रहँदै आएको छ। आफू घोडा, हात्तीमा चढ्ने हुँदा हाम्रा पुर्खालले आफ्ना देवीदेवताहरुको लागि पनि चढेर हिंडने एकोटा जनावरको प्रबन्ध गरिदिएका छन्। जस्तै- विष्णुलाई गरुड, देवीलाई बाघ, यमराजलाई राँगो र गणेशलाई मुसो। आजको जमाना हुँदो हो त विष्णुलाई गरुडको सट्टा हेलिकोप्टर दिइँदो हो। यस्तै आरुलाई पनि दर्जा हेरी कार, स्कुटर, रिक्सा, साइकल आदि वितरण गर्दै गणेशजीलाई चाहिं गाडाकै प्रबन्ध गरिन्थ्यो कि? भन्नाको मतलब आजका हिन्दूले महादेवको बन्दोबस्त गर्नुपरेको भए वा महादेव अहिलेसम्म रहेका भए त्यही साँढे चढी के हिंड्दा हुन्? यताउति हिंड्न कमसेकम एउटा मर्सिडिज कार र हिमालयमा ससुराली जान एउटा विशेष किसिमको हेलिकोप्टर त उनीलाई चाहिन्थ्यो, चाहिन्थ्यो। तर जान दिऊँ उस बेला जे भयो, भयो। महादेवको विशेष वाहनमा श्रीमान् साँढे नै नियुक्त भयो।

त्यति उच्च ओहदामा नियुक्ति पाउने योग्यता साँढेसित के थियो र भन्ने प्रश्न उठाउने आवश्यकता नै छैन। कारण योग्यताभन्दा माथिका दुइटा महायोग्यता ऊसित थिए। पहिलो त साँढे भनेको गाईको साक्खै लोग्ने हो, उसकी श्रीमतीसिति आमाजस्तै एउटा धार्मिक साइनो हाम्रो लागेको छ। यही साइनोले उपल्लो नातेदार भएको साँढेलाई तल्लो ओहदामा राख्ता उसको प्रतिष्ठा घट्ने कुरा त छँदै छ, दुनियाँमा नसनाताको महत्त्व नासिंदै जान बेर छैन। साँढेको अर्को महायोग्यता हो उसको फुँकार। आध्यात्मिक जगतमा ओंकारको जति महत्त्व छ व्यवहारिक जगतमा फुँकारको उत्तिकै महत्व छ भन्ने कुराको ज्वलन्त प्रतीक साँढेले पाएको सम्मान हो। ऊ रुष्ट भयो भने पर्खाल भत्काउन, बाली बेमाख पार्न र फाँक्क र फुँक्क गरी मान्छे हान्न सक्छ, त्यसैले उसलाई एउटा माथिल्लो पदमा सुशोभित गरिदिन पाए जुरो नचाउँदै जिभ्रो मिठ्याइरहन्छ, सायद यही सोचेर उसलाई त्यत्रो ओहदा प्रदान गरिएको हि कि? जे होस्-

महादेवको विशेष वाहनमा नियुक्त भएकोले साँढेको चुरीफुरी निश्चय नै कुनै मन्त्रीको पीएको भन्दा कम छैन। मन्त्रीज्यूको आदेश खोज्नेले पीएलाई सिझाउनुपर्छे भन्ने पद्धतिको श्रीगणेश नै हिन्दूहरुले साँढेबाट गरेका छन्। त्यसैले पशुपतिनाथको दर्शन गर्नुभन्दा पहिले उनको अगाडि लँगौटीसमेत नलगाएर गजधम्म बसेको लबस्तरो साँढेलाई साष्टाङ्ग प्रणाम गर्नुपर्छ। बाली फाँडोस् कि मान्छेलाई हानोस् उसलाई लट्ठी देखाउनु महापाप ठानिन्छ। जिमीदारले जतिसुकै अत्याचार र व्यभिचार गरे पनि नेपाली किसानले ठूलाबडासित जोरी खोज्नु हुन्न भनी सहनुपरेझैं हिन्दूहरुले साँढेको अत्याचार सहँदै आएका छन्। साँढेको सिङमा हाम्रो इहलोकको भाग्य निर्भर गर्छ भने साँढेको पुच्छर परलोकको निम्ति वैतरणीको झोलुङ्गे पुल हुन्छ रे! वृषोत्सर्ग हिन्दूको तर्ने उत्सव, गाईपुत्रले आजीवन छाडा हुने अधिकार पाउँछ – साँढा भएर खाने बिर्ता पाउँछ। उब्जाउने र कमाउने झन्झट साँढेलाई पर्दैन। तर अपशोच के भने साँढे हुने सौभाग्य दुई-चार भाग्यमानीले मात्र पाउँछन्, बहुसंख्यक गाईपुत्रहरुको निम्ति त बालकैमा भेसेक्टोमी गरेर मुखमा पेरुङगो लगाई काँधमा जुवा बोक्नु सिवाय अर्को बाटो रहँदैन। त्यसैले साँढे सामन्त हुन्छ, गोरु सर्वहारा। साँढे गोरा झैं रजाइँ गर्छ, गोरु निग्रा झैं कजिन्छ; साँढे शक्तिपूर्ण स्वतन्त्र र स्वच्छन्द नेता वर्गमा पुग्छ गोरु लुरेलाम्रे जनता!

साँढेको आफ्नो खुबी फुँकारर मात्र हो हुन त, जेजति अहङ्कार उसमा चढ्छ त्यो त्रिशुलको प्रतापको फल हो। यसो भनेर साँढेको सम्पूर्ण प्रसिद्धि महादेवको वाहन हुनाले मात्र भएको भन्नुचाहिं गाईको बेइज्जत गर्नु हो। उच्च ओहदामा पुग्ने श्रीमतीका श्रीमानले’चिन्नुभएन? म फलानीकी श्रीमान हुँ’ भनी फुलेर परिचय दिएझैं साँढे पनि जुरो नचाउँदै गर्व गर्छ- ‘म गौमाताको पतिदेव हुँ।’ मास्टरकी श्रीमतीलाई वर्णमाला नखारीकनै मास्टर्नी मान दिएझैं दिने हो भने साँढे पदेन हाम्रो गौपिता हो। पतिको अस्तित्वबिना पत्नीको अस्तित्व आधा हुने हाम्रो संस्कार अनुरुप गाईलाई मान्दा साँढेलाई नमान्नु आधा गाईको पूजा गर्नुजस्तै हो। तर यस तथ्यलाई कत्ति ध्यान नदिई हामी गाईतिहार मान्छौं, साँढेतिहार मान्दैनौं, गाईजात्रा गर्छौं, साँढेजात्रा गर्दैनौं। यो हेर्दा आफैंले सम्मान गरेको साँढेको आफैंले अपमान गर्न खोजेजस्तो लाग्छ। गाईतिहार, गोरुतिहार मानी साँढेतिहार नमान्नु जनाना र नामर्दको अगाडि पुरुषको उपेक्षा गर्नु होइन र?

तर होइन, छोरीले राजीनामा दिएको भोलिपल्ट ‘ज्वाइँ न स्वाइँ अगुल्टाले च्वाइँ’ भनेझैं गाईमैयाँले छाडिदिनासाथ राँको बालेर साँढे लखेट्ने चलन पनि यहाँ देखिएको छ। हाम्रो संस्कारमा जेसुकै होस्, व्यवहारमा गाईको निम्ति ‘उक्तदान’ बाहेक साँढेको अरु योगदान

के हुन्छ र? जिभ्रोमा लोभ, जुरोमा अहङ्कार, सिङमा रिस र मनमा ईख लिएको साँढे वास्तवमा फाँटफाँडा र समाजभाँडा तत्त्व हो, जो एक अर्कोसँग मिलेर बाँच्न सक्तैन। एकले अर्कोलाई देख्नासाथ भुइँ खोस्रँदै होक्काँ गर्छ र जुध्न थालिहाल्छ। कोही नपाए भित्तैमा पनि सिङौरी खेलेर तुजुक शान्त पार्ने साँढेको प्रवित्तिले मान्छेमा पनि साँढा हुने रहर जगाइदिन्छ। त्यसैले हामी कान्जी हाउस बनाएर थुन्न खोज्छौं, साँढेहेरुभनेर चिच्च्याउँछौं, साँढेहरु होक्काँ-होक्काँ गर्दै जुधीरहन्छन्, सम्भव छ एक दिन दुई-चारओटा हान्ने साँढेको जुधाइमा संसारका सम्पूर्ण शान्तिप्रिय बाच्छाहरु किचिन के बेर? मिचिन के बेर?

अर्पणबाट परिवर्तित
..........................................................................................................................................................................
भैरव अर्याल – मपाईं (हाँस्य-व्यंग्य)

‘तँ’को आदरार्थी ‘तपाईं’ भएजस्तै ‘म’को आदरार्थी ‘मपाईं’ हुन्छ। त्यसैले सभ्य भाषामा ‘तँ’को ठाउँ तपाईंले ओगटेपछि ‘म’को ठाउँ ‘मपाईं’ले नलिनु किन? ‘म’लाऐ संस्कृत वैयाकरणहरुले उत्तम पुरुषको श्रेणीमा पुज्दै आएका छन् भने अरु भाषामा पनि ‘म’को स्थान प्रथमै छ। त्यसैले हामीले पनि बाह्रखरी पढ्दैदेखि ‘म’लाई राम्रो ‘म’ भनी मान गर्दै आएका छौं। जब सँगैको ‘तँ’ जाबोले पदोन्नति पाई ‘तपाईं’ भयो भने ‘म’लाई पदोन्नति दिई ‘मपाईं’ नगराउनु पच्चीसै आना पक्षपात हो, ‘म’प्रतिको अन्याय हो। यसकारण अरुले ‘तपाईं’ भने पनि नभने पनि हामीले आफूलाई ‘मपाईं’ भन्नै पर्छ, यो युगको माग हो; ‘मपाईं’को मन्तव्य यस्तै छ।

‘मपाईं’ शब्द सुन्दा नयाँजस्तो लाग्।छ। तर यसको भाव बाषाभन्दा जेठो र इतिहासभन्दा बूढो छ। किनभने मुख चलाउनुभन्दा पहिले मान्छेले ‘म’को माया गर्न जान्यो; अरुलाई केही मान्नुभन्दा पहिले आफैंलाई सम्पूर्ण ठान्न थाल्यो। फलत: शक्ति बढ्ता हुनेले आफूलाई लायक वा नायक भनाई आत्मआदर खोजे, मपाईं बने; बठ्याइँ बढ्ता हुनेले धर्मकर्ममा अक्कलझक्कल झिकी आफूलाई ईश्वरको नक्कल भनी ‘म’को महत्ता दर्शाए, मपाईं बने।

एक पटक ब्रह्मा र विष्णुमा तँ ठूलो कि म ठूले भन्नेबारे गम्कागम्की परेछ, फैसलाको लागि दुवै महादेवकहाँ पुगेछन्। देवमाथिका उपरदेव महादेव, उसै त तपाईंको धुरन्धर, झन् त्यो मौका पाएका। हत्त न पत्त आफ्नो ‘ज्योतिर्लिङ्ग’ तेर्स्याउँदै भनेछन्- “लौ, एक जना उँधो जाऊ, अर्को उँभो। जो यसको फेद वा टुप्पो पत्तो लगाउँछो, त्यही ठूलो।” मारेन के? न्यायधीश मानिसकेपछि आज्ञा नमानून् कसरी? ब्रह्मा र विष्णु राणाकालीन लाठसाहेबका चाकरीवाल दौडेझैं स्याँस्याँ गर्दै लागे तल-माथि। तर दुवैले लक्ष भट्टाएनन्। कीर्ते साक्षी बकाएर भए पनि आफ्नो मपाईंत्व जोगाउने ब्रह्माको षडयन्त्र पनि असफल भयो। अनि लँगौटी बाँध्दै महादेवले छाँटे- “देख्यौ, को ठूलो रहेछ? मेरा अगाडि तिमीहरुको मपाईंत्व! दुवै उस्तै हौ, लौ जाओ!”

यसरी ब्रह्मा-विष्णुका पालादेखि चलेको मपाईंलाई कसरी नयाँ मान्नुहुन्छ?

मपाईंत्व प्रदर्शित गर्ने यस्ता कथाहरु नौ मुरी पाइन्छन्। पुराण पढ्नोस्, पण्डित भेट्नोस् कि पादरी भेट्नोस् मपाईंकै गाथा सुनिन्छ। जो बूढो उही बाटो हगुवा भनेझैं जसजसलाई दुनियाँले महापुरुष मान्दै आयो, ती सबैले आफ्नो महापुरुषत्व मपाईंबाटै सुरु गरेका त होइनन्? कुन्नि, मपाईंलाई त शङ्कै लाग्छ।

अर्काको तपाईंत्व स्वीकार नगरेर ‘म’कै महिमा मादल बजाउनु मपाईं बन्नु हो। सभ्यताको जतिति विकास हुँदै आयो, उतिउति मपाईंत्व प्रवृत्ति पनि विष्णुमतीले मूला मौलाएझैं मौलाउँदै आएको छ। त्यसैले प्रत्येक व्यक्ति आफूलाई हात्ती सम्झन्छ, अरुलाई बोका। अब समाज हात्तीहात्तीको हो वा बोकैबोकाको हो कसले छुट्याइदिने?

अर्को शब्दमा मपाईंत्व एक नशा हो, यसले लट्ठयाएपछि कक्टेल पार्टीका श्रीमानहरुले झैं सब मपाईंहरु एकअर्काका बीच ठक्कर खान र चर्किन थाल्दछन्। सम्झनुभएन? राम र रावणको मपाईंत्व बजारिएर लङ्का डढयो, भीम र दुर्योधनको मपाईंत्व चर्केर कुरुक्षेत्र बन्यो। यस्तै मपाईं मपाईंको चर्काचर्कीमा हिरोशिमामा एटम बम पड्क्यो, त जर्मनी खड्गीज्यूकहाँको बनेल बन्यो।

हिरण्यकशिपुदेखि हिटलरसम्म, अलेक्जेन्डरदेखि एडवर्डसम्म, बाबरदेखि बबरसम्म कसले आफूलाई मपपईं भनेन? तर के गर्नु! सबै मपाईं ठोक्किए-बरालिने पोइको काटमुनि गुन्डाका मुन्डा टाउका जुझेझैं। फलस्वरुप नौरङ्गी क्रान्ति भए, संघर्ष भए, युद्ध र महायुद्धहरु भए, आखिर बलियाहरुको मपाईं झन पाक्यो, चतुरहरुको मपाईं झन् चर्क्यो। दब्ने मपाईंको इतिहास माटोमा मिल्यो, जितुवा मपाईंको महिमा चितुवाझैं उफ्र्यो, त्यसैले रामायण लेखियो, रावणायण लेखिएन, ‘चन्द्रमयूख’ देखियो, ‘देवमयूख’ देखिएन।

मपाईंको त यस्तै खस्रा कुरा गर्ने बानी छ। नास्तिक भनून् वा नाकठाडो भनून्, मपाईंलाई पनि आफ्नो महान् मपाईंत्वमा पूरा विश्वास छ। वास्तवमा मपाईं बन्नु आत्म-आदर खोज्ने मानवीय मनस्थितिको मोटो विशेषता हो। आफू जस्तै बामपुड्के भए पनि अरुलाई होच्याइदिन पाए हातले नछोइदिन धर्को लामो पार्ने ‘बीरबल मेथड अफ् डेभलपमेन्ट’ सफल भइरहन्छ। त्यसैले होला खुश्चेभले मरिसकेको स्तालिनकको जरैसम्म जुँघा उखेलेर मपाईं बने। त्यसैले त जुनसुकै गल्लीमा भेटिने जोसुकै मान्छेसित सोध्नोस्- सब चोर, सब लोफर, सब आवारा, सब नामर्द, सद्दे भन्नु उही मात्र, जो तपाईंसँग हाँकिरहेको हुन्छ।

प्रत्येक पसले भन्छ- म अरुजस्तो ठगाहा होइन, प्रत्येक कर्मचारी छाँट्छ- म अरुजस्तो कामचोर र घूसखोर होइन, प्रत्येक युवती नखरा पार्छे- म अरुजस्तो छँडुली होइन, प्रत्येक युवक धक्कु लगाउँछ- म अरुजस्तो नामर्द होइन, प्रत्येक कवि-कलाकार फुल्छ- म अरुजस्तो बकमफुसे होइन। प्रत्येक नेता गुड्डी हाँक्छ- म अरुजस्तो झ्यासझुस लिडर होइन। ओहो! जसका अगाडि उभिए पनि उही मपाईंजनित थुकका छिटा मुखमा पर्नुसिवाय केही छैन। हुँदाहुँदा गल्लीको लुते कुकुरले कुइँकुइँ गरेको सुन्दा पनि म अरुजस्तो भुस्याहा होइन भनी फुइँ छोडेको त होइन? भन्ने शङ्का लाग्छ मपाईंलाई।

शङ्का मात्रै होइन, कुकुरको मपाईं झन मापाको हुन्छ। फोहोर खाने जात भएर के गर्नु, जुनसुकै देवीदेवताको स्थानतिर हेर्नोस्-
वरिपरि झुम्मिइरहेका हुन्छन् उनै। मोटरमा गुड्नेदेखि रकेटमा उड्नेसम्म सौभाग्य पाएको कुकुर जस्तोसुकै लुते, लुखुरे, लिँडे, तिल्के, टाटे, रागेपाटे, झिल्के, झ्याउरे भए पनि आफूलाई बेलाइती नै सम्झन्छ। त्यसैले त मान्छे जहाँ पूजा गर्छन् कुकुर त्यहाँ जिभ्रो लतपताइदिन्छ, मान्छे जहाँ ढोग दिन्छन्, कुकुर त्यहाँ तुर्क्याइदिन्छ। कसले नदेखेको छ र? एक चौटा मासुको निम्ति अथवा एउटी माली कुकुर्नीको निम्ति कुकुरहरुको मपाईं कसरी चर्किन्छ? कसरी उनीहरु दाँत ङिच्याएर एकअर्कासित लुछाचुँडी गर्छन् र कति चाँडै मित्र शत्रु हुन्छन; अनि मपाईंको धुमर्के झन्डा पिँधतिर झुन्ड्याएर एकै दिन भए पनि, एकै छिन भए पनि, कुकुरतिहार मनाउचछन्, माला लगाउँछन्। जब मपाईंत्व चुर्लिंदा माछापुच्छ्रेको चुचुरोमा पुग्छ अनि कार्तिके डाँगाहरु झैं उनीहरु जसको पाए पनि घोडा चढ्न खोज्छन्, जसलाई पाए पनि टोक्न ताल्छन्।

अनि सबैतिरबाट घुस्सा खान्छन्, कुइँकुइँ गर्दै फेरि बिरालासित मित्रता बाँध्न थाल्छन्। त्यसैले त कहिलेकाहीं राजनीतिमा कुकुर-बिरालाको पनि संयुक्त मोर्चा भएको देख्न पाइन्छ।

मपाईं- न धार्मिक दृष्टिकोणले पाप हो, न कानुनी दृष्टिले अपराध। मागेर खानेदेखि मात्तिएर खानेसम्म सबैलाई आफ्नो महिमा गाउने मौलिक अधिकार छ। त्यसैले त अचेल जसले आङ्देखि टाङ्सम्म रङ्गीचङ्गी प्वाँख जडेर आफ्नो महत्ता दर्शाउन सक्छ त्यो महान् हुन्छ। कामले नसके कुराले, दिमागले नभ्याए सुराले, जसरी भए पनि आफ्नो महत्ता बढाउनुपर्छ, अनि स्वास्नीले नुन किन्न पठाउँदा “नुनभन्दा चुन सेतो रे’छ बूढी” भन्दै चुनको पोको गोजीमा हालेर आउने भलादमीले पनि चतुर चन्द्रको उपाधि पाउन सक्छ। युग मपाईंको हो। त्यसैले युगअनुसार आवाज हुनुपर्छ, आफ्नो सह्रनी आफैंले गर्नुपर्छ- अरु कसले गरिदिन्छ?

हाम्रा साहित्यिकहरुले पनि यो कुरा छर्लङ्ग बुझेका छन्। त्यसैले कोही आफूलाई शेलीको सालो ठान्छन् त कोही मिल्टनको मामा। कुनै पनि सभासम्मेलन वा समारोहमा जानोस- कर्केछड्के हावभावका साथ मञ्चमा उभिनेचाहिँ कवि वा वक्ता सुनाइरहेको हुन्छ- मपाईं-महिमा। सुन्नेहरुचाहिं खासखास खुसखुस गर्दै सुनाउनेलाई तीन कटडी पनि नगनी आफआफ्ना महत्वको महिमा गाइरहेको हुन्छन्। यसै क्रममा सम्मेलन सिद्धिन्छ, अरुले लेखेको पनि पढिदेऊँ, अरुले बोलेको पनि सुनिदिऊँ, अरु पनि तपाईं हुन् भन्ने प्रवृत्ति कसैमा छैन। किनभने यो ‘नामकरण’को बेला हो, कामकरणको होइन।

मपाईं धेरै थरीका हुन्छन्। कसैलाई उपाधि-मपाईंले छोएको भोलिपल्टैदेखि उनीहरु शङ्का गर्न थाल्छन्- के दुनियाँमा मजत्तिको पढैया र बढैया अर्को कोही होला त? कसैलाई पगरी-मपाईं लागेको हुन्छ, ओहदामा पुग्नेबित्तिकै उनीहरुका आँखाले सबैलाई हल्कारा देख्छ। त्यस्तै, कोही जहानियाँ-मपाईं हुन्छन् त कोही घरानियाँ-मपाईं। कसैलाई मोहनी-मपाईंले सताएको हुन्छ। बाटाघाटामा, अड्डाअदालतमा, कार्यालयमा व विद्यालय, महाविद्यालयमा जति पनि युवती देखिन्छन् सबैका आँका उनीहरु आफैंपट्टि फर्केको देख्छन् र साथीहरुसँग फुइँ छाड्छन्- मलाई देख्नासाथ सबै युवती मोहित हुन्छन् किन होला? तर युवतीले उसको गालाको चाउरी हेरेका हुन् वा गलाको गाँड हेरेका हुन् उसलाई सुइँकै हुँदैन। यस्तै कोही चुइयाँ-मपाईं हुन्छन् जो पेट मार्नु नै आफ्नो पुरुषार्थ सम्झन्छन्, कोही फुइयाँ-मपाईं हुन्छन्, घर बन्दकी राखी पार्टी जमाउँछन्। यस्तै कोही हुन्छन टपर्टुइयाँ-मपाईं, उनीहरुलाई एकै थोकमा मात्रै मपाईंत्व प्रदर्शित गरेर हुँदैन। चढ्नेमा रिक्सादेखि रकेटसम्म, पढ्नेमा पिनासको कथादेखि प्याराडाइज लस्टसम्म, चिन।नेमा चोरदेखि चर्चिलसम्म, किन्नेमा रिबनदेखि रेडियोसम्म इत्यादि सबैतिर उत्तिकै महत्ता प्रदर्शन गर्नु टपर्टुइयाँ-मपाईंको मूलभूत विशेषता हो।

मपाईं त छँदै छन्, अझ त्यस्ताको मपाईं रमाइलो हुन्छ, जसलाई कसैले झुक्किएर पनि तपाईं भनिदिंदैन। बिचराहरु आफ्नो महत्ता देखाउन टोपीको चुच्चोदेखि जुत्ताको टुप्पोसम्म झिलिक्क पार्दै दिनदिनभर पूल सडक चक्कर मार्छन्। सिउन लागेको सूचीकार देखे पनि, पिउन लागेको जँड्याहा देकेप पनि ‘हलो’ भन्दै हात मिलाउँछन्। एक-दुईवटा फिल्मी गीत गुनगुनाएर उसको ध्यान तान्न खोज्छन्। जब कसैले पनि वास्ता गरिदिँदैन, घरमा गएर स्वास्नीलाई हकार्छन्- “बुझिस्, मलाई दुनियाँले कत्रो सन्मान गर्छ, तर तैं जैरी मात्र मेरो महत्ता बुझ्दिनस् बाबै!” यस्ता पुङ न पुच्छरका मपाईंहरु जत्ति धेरै भए मपाईंलाई चाहिं उत्ति रमाइलो लाग्छ। किनभने भेट हुनासाथ “ओहो तपाईंजस्तो” भनिइपछि कमसेकम भोजन वा सिनेमाको निम्तो पाइहालिन्छ। कोही यस्ता अभागी पनि हुन्छन् ख्वाउँदा-प्याउँदा पनि प्रशंसा पाउँदैनन्। त्यस्ताको मपाईं यस्तरी बटारिन्छन् कि अर्थ न बर्थ धोक्रो फुलाएर तीन धोक्रो रिस मनमा कोची मनमनै आफ्नो प्रशंसा गर्न थाल्छन्।

सबै तँजस्तै छुसी हुन् त!- भन्नुहोला तपाईंहरु, त अचेल तपाईं निम्ठो भए मपाईं झन् झुसी! नपत्याए तपाईं नै भन्नोस्, यो सिङ्गो लेख पनि एउटा मपाईंत्व-प्रदर्शन नै न हो?

सिंहनाद
..........................................................................................................................................................................

गजल अनि मुक्तकहरु

achyut kuikel
म मरेको दिन तिमी, हाँस्छौ कि रुन्छौ सानु ?
खुचिङ पो भन्छौ कि, त्यसै मुच्र्छा हुन्छौ सानु ?
सँगै हुँदा रिस गर्छौ, भित्र माया छ कि कतै ?
खस्न खोज्ने आँसुलाई, खसाल्छौ कि थुन्छौ सानु ?...
सोच्दा सोच्दा मन घुम्छ, के के सोच्छु मनभित्र
देखेपछि मेरो लाशलाई, तर्कन्छौ कि छुन्छौ सानु ?

रुन्छन होला परिवारका, वियोगमा डाँको छोडि
गाह्रो होला हाँस्नलाई, कि पिरव्यथा फुन्छौ सानु ?
कुरा होलान गुन बैगुनका अनि मेरो बारे
चुन्न परे गुन र बैगुन, तिमी कुन चुन्छौ सानु ?

मर्ने जान्छन मरिकन बाँच्नेलाई दूख हुन्छ
मनको माया समाल्छौ कि अर्को घर बुन्छौ सानु ?

मैलो हुन्छ अरे मन मरेकालाई देखेपछि
के के गर्छौ शुद्ध हुन, कि जिउ धुन्छौ सान ?ु
सजिलो छ भन्नलाई भोग्न गाह्रो पर्छ नि त
मान्छे पिच्छे फरक अर्ति कस्का कुरा सुन्छौ सानु ?
achyut kuikel
बगे कति मेरा आँसु तिम्रो साथ छुटे पछि
किन आयौ यति खेरा मुटु फेरि फुटे पछि
चर्की चर्की दुख्छ छाती हर दिन हर राती
यस्तै हुदो रैछ क्यारे मनको नाता टुटे पछि
दिन पनि रात भयो अंधेरोको राज भयो
तिम्रो लागि साँच्या माया अरुले नै लुटे पछि
संग संगै खोप्या चिनो झिनो भयो जस्तो लाग्छ
जथाभाबी दिललाई आर्का मन्ले खुटे पछि
बन्द खाम बन्दै होस् बेर्थ हुन्छ अर्थ अब
आँट कहाँ खोल्न शब्द शब्दले चुटे पछि
achyut kuikel
तिम्रो साथ पाइन सानु अब पक्कै मर्छु होला !
तिम्रो जीवन खुशी रहोस् अब ओझेल पर्छु होला !!
हारे मैले जिन्दगिमा बाच्नु कुनै अर्थ छैन,
आर्यघाटको समिप्यमा छिट्टै बसाइ सर्छु होला
जादैछु म धेरै टाढा आउछु आउन्न थाहा छैन,
गन्तब्यमा पुगे भने पक्कै खबर गर्छु होला
मरे भने तिम्रो पनि मनले शान्ति पाउछ होला सानु,
केहीपलमै मर्त्यलोकको रिक्तस्थान भर्छु होला
तिम्रो साथ पाइन सानु अब पक्कै मर्छु होला
तिम्रो जीवन खुशी रहोस् अब ओझेल पर्छु होला
achyut kuikel
खाएका ति कसमहरु तोड्दै छौ रे तिमी
अर्कैसग मन मुटु जोड्दै छौ रे तिमी !
दुई मन दुई मुटु एकै भयो भन्थ्यौ आफै
मुटु चुँडाइ त्यो मन अन्तै जोड्दै छौ रे तिमी !

सगै गर्दै कठिन यात्रा जिबनका ति मोडहरुमा
दोबाटोमा एक्लै मलाई छोड्दै छौ रे तिमी !

जिन्दगीको बगैचामा फुलाएका ति फूललाई भाँची
पराइको दिलको बारी गोड्दै छौ रे तिमी !
स्वार्थले उब्जाएको अबिश्वासको जालमा परी
विश्वाशको घर हाम्रो फोड्दै रे तिमी !!!
achyut kuikel
मातियर यो नशामाँ म आफैलाई भुल्दा पनी ...!!
नजिक छैनौ त के भो र तिम्रै साथमा झुल्दा पनी !!!
लाग्छ आफै तैरिसके जिन्दगीको सतह माँ ...!
यो मनलाई थाती राखी तिमी भित्रै घुल्दा पनी !!
मातियर यो नशामाँ म आफैलाई भुल्दा पनी !!!
देखनेलाई हारिसके, म आफैमा मरिसके... !
तिमीलाई बिचमा राखी ओरीपरी फुल्दा पनी !!
मातियर यो नशामाँ म आफैलाई भुल्दा पनी !!!
बन्द थिए आशा अनी जिन्दगीका ढोकाहरू... !
एउटा आशा आउछौ भनी बन्द ढोका खोल्दा पनी !!
मातियर यो नशामाँ म आफैलाई भुल्दा पनी !!!
अझै पनी कत्ती कत्ती तिम्रै निम्ति बाच्ने आशा !
नशा भित्रै हरायर मातियर डुलदा पनी !!
मातियर यो नशा माँ म आफैलाई भुल्दा पनी....... !!!
नजिक छैनौ त के भो र तिम्रै साथमा झुल्दा पनी !!!!
achyut kuikel
तिम्रै लागी साँचीयका, खुसि दिन पाईन मैले !!
एकोहोरो माया गर्थे दुइटा अर्थ लाईन मैले !!!

कसै संग ननिहुरिने मान्छे पनी मर्छ अरे !!
ढुंगा जस्तै मनको मान्छे भुमरिमा पर्छ अरे !!!

जिन्दगीका यात्राहरू तय गर्छु भन्दै जादा !!
एक्लै बाचछू भन्ने पनी अर्कै मनमा सर्छ अरे !!!

जून तारालाई आकाशमा हेर्दै मन्द छर्नेहरू !!
त्यै तारालाई भुइमा झार्छु भन्ने बाचा गर्छ अरे !!!

जिन्दगिलाई छोट्याउदै लान्छु भन्नेहरुको नि !!
हरेक बर्ष हरेक मौषम एकैछिनमा टर्छ अरे !!!

भाग्य रेखा आफै कोर्छु भन्नेहरू पनी यहाँ !!
अन्तिम घडी बिदाईका हात हल्लाउनै पर्छ अरे !!!

उसकैनिम्ति जिन्दगीमा मौलायका आशाहरु !!
बिदाई का हात संगै टूक्रियर झर्छ अरे !!!
achyut kuikel
आफै भीत्र समेटेर राखें तिमीलाई गल्ति गरेँ !!
आशा बांडन झुटा कसम तिम्रा लागी खाईन मैले !!!

यतार्थमै थिएँ म, अझै पनी अँगाल्ने छू !!
झुटा प्रितले भरियका गीतहरु गाईन मैले !!!

रंगमंचको नाटक जस्तै, क्षणभरको खुसी लीन !!
हारें बरु आफैसंग, तिम्रो आँगन धाईन मैले !!!

इच्छा हरु धेरै थिए, अपुरा नै रहे सानु !!
बिबशताले, चुहिने घरको छानो पनी छाईन मैले !!!
एकोहोरो माया गर्थे दुइटा अर्थ लाईन मैले !!!

तिम्रै लागी साँचीयका, खुसि दिन पाईन मैले !!
एकोहोरो माया गर्थे दुइटा अर्थ लाईन मैले !!!achyut kuikel
रहर मनमा जागेर आयो पिरती लगाउछु !
जिन्दगी भरि छाड्दिन कैले ति हात समाउछु !!

हरेक जन्म उसैलाइ पाउँ प्रार्थना दैबलाइ !
साटेर मुटु दु:ख र सुख उ सँगै रमाउछु !

मिल्दो हो कति मलाइ खुसि साथमा उ हुँदा !!
यो दिल भरी उनकै मात्र तिर्सना जगाउछु !!

रातमा हुन्न चयन मलाइ उनिलाइ सम्झिँदा !
भुलेर सारा उनकै साथ घरबार जमाउछु !

संसार सबै जल्ने छ पक्कै हामिलाइ देखेर !
नदेख्ने गरि यो दुनियाले साथैमा भगाउछु !

achyut kuikel
खडेरी भयो त्यो तिम्रो माया सुकेर जाँदैछु !
हजार चोट मुटुमा लागे दुखेर जाँदैछु !!

रहेछ पापी शहर तिम्रो बस्दिन भयो म !
रोएको देख्ला यो संसारले लुकेर जाँदैछु !

सबैले देख्दा मै दोषी भएँ तिमी त निर्दोष !
लुकाइ शिर दुनियाँ संग झुकेर जांदैछु !

छोडेर गयौ पराइ डोली चडेर रमाइ !
गरेको हिजो अठोट सारा चुकेर जांदैछु !

साथमा हुँदा जल्दथे सारा त्यो प्रेम देखेर !
छुटेसी नाता त्यै समाजले थुकेर जाँदैछु
achyut kuikel
मुटु भित्र अनगिन्ति, चोट भाको मान्छे हजुर !
जन्मदा नै दु:ख सँग , मित लाको मान्छे हजुर !!

दोष दिन्न दैबलाइ, ब्यथा किन दियौ भनि
को नै छ र ? चाहे जती, सबै पाको मान्छे हजुर !

आफु जती दुखे पनि, दुखाउदिन अरुलाइ !
आउँदा नै जाने पनि, कसम खाको मान्छे हजुर !

सहि दिन्छु चोट हरु, बाँचिदिन्छु जसो तसो !
भत्किए थ्यो दिलको छानो, फेरी छाको मान्छे हजुर !

सुकि सक्यो गला मेरो, भयो केहि बोल्दिन म !
बिरहका गित हिजो, धेरै गाको मान्छे हजुर !
achyut kuikel
माछी जस्तै छट्पटाउछु झिर भयो तिम्रो माया !!
मुटु भित्र चोट लाउने तिर भयो तिम्रो माया !!

हातेमालो तिमी सँग गर्छु भन्थे जुनि भर !
धेरै तल झरेछु म भिर भयो तिम्रो माया !!

रुदैछु म आज एक्लै बियोगमा तड्पिएर !!
झनै ब्यथा बढेको छ पिर भयो तिम्रो माया !!

म सँगको सम्बन्ध त्यो पाउ मुनि राख्यौ तिम्ले !
तर आज पराइको शिर भयो तिम्रो माया !!

खहरे झैँ उर्लिएर आयौ अनि सुक्यौ फेरि !
अर्कैको त्यो अँगालोमा स्थिर भयो तिम्रो माया !!

achyut kuikel
टोलाएका यि नयनले तिम्रै बाटो हेर्दैरहेछ
तड्पिएका यि मनले तिम्रै गीत कोर्दैरहेछ ||||

सम्झनाको दियो संगै जलिरहेछ मन आज
कल्पनाको मिलनसम्झी रमिरहेछ मनमाझ ||||

बिवास्ताको डोरी आज लम्किरहेछ दिलमाझ
शुन्यताको फूल आज फ़क्रिएछ् मुटुमाझ ||||

बदलिएछ समय आज सुनौलो त्यो किरणसंगै
संगालिएकोछ माया आज पिडासंगै मुटुमाझ ||||

कल्पिएको दिन अजै कुरी बस्छु औंला गन्दै
सम्झनाको दियो बाल्छु भगवानलाई साक्षी राख्दै ||||
achyut kuikel
साथ दिन्छु जुनी भर, भनेको नै थिएँ!!

प्रित छोडी सम्पतिलाई, पछ्याएर गयौ !!

जति सक्थें त्यति गरें, तिम्रो लागि मैले !

तर उल्टै नाना थरि, भट्याएर गयौ !!

मुटु चुंडी दिदा पनि, खुसि मिलेन त !

गल्ति भन्दै मेरो प्रेम’ सच्याएर गयौ !!

तिर्खा मेट्न जवानीको, मलाइ रोज्या रैछौ !

बैंशको त्यो प्याला पिलाई, लट्याएर गयौ !
achyut kuikel
जवानीमा फुल्यौ र पो मायाँ गरें सानु|
बैंस चढ्यो र त तिमी तिरै सरें सानु|
स्वार्थ पुरा गर्नु थियो तिमी बाट मैले
तिमी पनि उस्तै रै'छौ दङ्ग परें सानु|
तिमीले नि झुटा मायाँ गाँस्न खोज्या रै'छौ
हाम्रो सोंच मिल्दा छाँगा बाट झरें सानु|
खोला पारि थियौ तिमी भेट्ने मन हुँदा
हतारिंदै पुल छोडी खोला तरें सानु|
achyut kuikel
रोशनिले बिदा दिँदा रात जस्तै जिन्दगानि !
बेसियाका लठ्याउने बात जस्तै जिन्दगानि !!

बाँच्नु पर्ने जिन्दगिले पालुवा फेर्ला कैले भनि
सिशिरमा ओइलि झर्ने पात जस्तै जिन्दगानि !!

जता ततै पिडा मात्र खुशि कैले नमिलेसि !
भाँचिएका परिश्रमि हात जस्तै जिन्दगानि !!

सुन्दर अरे संसार यो आँखा रम्न छाडे पछि !
लास माथि सम्पतिको खात जस्तै जिन्दगानि !

आँशु लुकाइ हास्न खोज्दा मुटु सत्रु बनेपछि !
जति सह्यो उति दुख्ने घात जस्तै जिन्दगानि !
achyut kuikel
नपाएको चिठ्ठी पाए खबरसँगै तिमी आयौ
जवानीले मस्त्त थिए रहरसँगै तिमी आयौ।
अहिले सम्म प्रतीक्षामा दिनरात हेर्दा हेर्दै
किनारैमा थियौ भर्खर लहरसँगै तिमी आयौ।
उन्मादले लहलह झाङ्गिएको यौवन् लिन
झिलिमिली यी रातका प्रहरसँगै तिमी आयौ।
मुहानको खोजि गर्दै प्यास मेट्ने आशा बोक्दा
कलकल बग्ने सङ्लो नहर्'सँगै तिमी आयौ

achyut kuikel
माया भन्ने तिम्रो नासो मास्नै पर्यो मासि दिएँ
धेरै पल्ट रोए अनि आँसु पुछि हाँसि दिएँ ।

दुनियाँ यो हाँसेको छ दु:ख मेरो देखेपछि
तिम्ले दे'का चिनोहरु मैले सबै नासि दिएँ

डाँडा पाखा रमाएर खुसी हुँदै हिँड्ने बेला
मनभरिका इच्छाहरू अनयासै तासि दिएँ

को सँग छ चोखो मुटु मलाई साथ दिन सक्ने ?
मेरो माया बिक्रिमा छ भनी पर्चा टाँसि दिएँ
achyut kuikel
जिन्दगीमा सुख दु:ख आसु हाँसोका छन् घारी
कहिले पुग्ने होला हामी गन्तब्यको छेउवारी

जिन्दगीको बाँझो बारी गर्दैछु म खन जोत
भबिष्यमा मिल्छ भनी शितलताको यो छहारी

खातै खात कल्पनालाई साकार पार्ने कोशिसमै
आफ्नो अनि आफन्तको सपना छन् भारीभारी

संघर्षको बाटो रोजी हिँड्छु भन्दा निरन्तर
मझधारमै रोकिएर सक्दिन कि जान पारी

बर्खे खोला सरी आउने समस्याका जालहरु
काट्न सहज हुन्थ्यो होला सँगै हिंडे नरनारी
achyut kuikel
हेर्दा सभ्य सरल तर भित्र खाली हुन्छ मान्छे
जति जति सोझो ठान्यो उती जाली हुन्छ मान्छे

आफ्नै सम्झी मन साँटी आँखा छोपी भर पर्दा
विश्वास नै छुटि मन टुट्दा फाली हुन्छ मान्छे

खहरेझैँ बग्दै सागर छुन्छु भन्दै हिँड्दा खेरी
कुलतमा फस्यो भने फोहर नाली हुन्छ मान्छे

जति गाह्रो भए पनि बाँच्नै पर्ने जसोतसो
उराठिलो बगैँचाको एक्लो माली हुन्छ मान्छे
achyut kuikel
परदेश टेकेपछि गाउँ सम्झिएँ
तिमीलाई भेटेपछि गाउँ सम्झिएँ

अरुलाई देख्दा भने याद हुन्नथ्यो
तिमीलाई देखेपछि गाउँ सम्झिएँ

एक्लै हिड्दा अनायसै तिम्रो यादमा
मेरा आँखा छेकेपछि गाउँ सम्झिएँ

आँफैआइ भित्रीमनको कोरा कागजमा
तिम्रो नाउँ लेखेपछि गाउँ सम्झिएँ

झिलिमिलि सुखसयल जति भएनि
पराइले हेपेपछि गाउँ सम्झिएँ
achyut kuikel
अनिश्चित यात्राहरू, अलमल्ल जीवन
अनगिन्ती आशाहरु, असरल्ल जीवन

जिन्दगीको मूलबाटोमा भौँतारिने बटुवा
अर्थपूर्ण गन्तब्यको, रनभुल्ल जीवन

भोगाइका पलहरू, मान्छे पिच्छे फरक
कल्पनाका लहरमा, झलमल्ल जीवन

अन्धकारमा जुनकिरीझैँ, बाल्दै हिँडेँ प्रकाश
संघर्षशील यात्राहरू, छताछुल्ल जीवन
achyut kuikel
सम्झनामा खस्छ आँसु पौडी खेल्दै बाँच्नु पर्यो
विछोडका चोटहरू भुलेर नै हाँस्नु पर्यो

तिम्रो मुखमा यौटा तर मनमा अर्कै भएपछि
जलाउँदैछु स्वप्नहरू कस्का लागि साँच्नु पर्यो

जिन्दगीमा आँसु मात्र मेरो साथी हुन थाल्यो
बैगुनीलाई सम्झिसम्झी किन मन भाँच्नुपर्यो

यादहरु समेटेर विरहको गीत गाउँदै
कल्पनाको महल बनाई दिन किन मास्नु पर्यो

भाग्यको नै खेल सम्झी आफ्नो मन बुझाएर
छरिएका खुशीहरु एक एक गर्दै गाँस्नु पर्यो
achyut kuikel
तिमी रुँदा यता मेरो मुटु चल्छ आजभोलि
छाती भित्र दुख्छ अनि आगो बल्छ आजभोलि ।
के भो के भो सम्झनामा धेरै औँशी काटे पनि
पुर्णिमामा जून पनि बाटो छल्छ आजभोली
साच्चै मेरो कल्पनामा तिमी मात्र आएपछि
कता कता मुटु भित्र माया फल्छ आजभोलि
तनमन दिइ विश्वाश गर्दा धोका पाएपछि
सम्हालिन खोज्दा खोज्दै मन गल्छ आजभोलि
achyut kuikel
रात्रीको शीत भै आफैं झरेको पल सम्झन्छु
तिमी मै ओझेल सुस्त परेको पल सम्झन्छु
सुन्दर प्रेमको डाली मुनामै भाँची दिएछौ,
भरोशा टुटाई पीडा भरेको पल सम्झन्छु
जीवन बिताउने संगै खाएको बाचा भुलेर
चाहना त्यागेर पर सरेको पल सम्झन्छु
मौसम फेरिए जस्तै फेरियौ तिमी यसरी
मोडमा पुगेर आँखा तरेको पल सम्झन्छु
हिड्नुछ सहारा बिना जीन्दगी भन्नु यस्तै रे
बुझाउन नसकी मन मरेको पल सम्झन्छु्
achyut kuikel
तिमी जिन्दगी हौ म हूँ जिन्दगानी
र संगै बितेका मिठा थे कहानी ।।
तिमी सुस्त बोल्थ्यौ म झन् सुस्त सुन्थे
झनै मख्ख पर्थ्यौ बित्यो त्यो जवानी ।।
सधैं साथ तिम्रो रहोस् जिन्दगीमा
यसै मन पराएँ नजानी नजानी ।।
तिमी सास मेरो तिमी आश मेरो
शिलामा कुँदेको छ हाम्रो निसानी ।।
नछुट्ने ती वाचा कहाँ छन् कहाँ छन्
नयाँ खोज्न थाल्यौ भएँ मै पुरानी ।।
achyut kuikel
कि त जित हुनु पर्छ कि त हार हुनु पर्छ
संगै बाँच्ने भए एउटै संसार हुनु पर्छ ।।

सधैं सँगै हाँसी हाँसी मन खुशी बनाउन
एक अर्काको बगैचामा सधैं बहार हुनु पर्छ


नबोलेरै मन्को कुरो बुझिदने मन चुन्न
सबै सँग मिल्न सक्ने संस्कार हुनु पर्छ


देखावटी माया यहाँ दुई दिन्को घाम छाया हो
जीवनभरी साथ दिन मिल्ने बिचार हुनुपछ


संघर्सहो जीन्दगानी गार्हो हुन्छ एक्लै बाँच्न
तिमी ममा म तिमीमा आधार हुनु पर्छ ।
achyut kuikel
सबाल---
हाँसे पनि जिन्दगी यो चम्काउने धुन छैन
कति हेर्छु आकाशमा मैले खोज्या जून छैन।।

जवाफ---

जिन्दगीको अर्थ संगै धुन खोज्ने भए
धेरै टाढा जानु पर्छ जुन खोज्ने भए ।।
सबाल ---
धेरै कठिन् हुने रैछ एक्लै यात्रा गर्न यहाँ
माया विश्वाश भए पछि भन साथी कुन छैन ??


जवाफ -----
बाटो त्यस्तै परेपछि साथ हात छुटे पछि
भक्कानेरै रुनु पर्छ रुन खोज्ने भए ।।
सवाल---
रोएर नै के हुन्छ र टाढा हुन खोज्यौ तिमी
बैगुनिलाई कत्ति सम्झुँ एउटा गुन छैन ।।
जवाफ--
रुनु पर्छ जिन्दगीमा हाँस्न जान्नलाई
झोला लिइ आउ तिमी गुन खोज्ने भए ।।
सवाल---
शुन्य लाग्छ तिमी बिना धड्कन मेरो पनि अचेल
गुन को कुरा नगर भो जाडो छेक्ने उन छैन ।।
जवाफ--
छामी हेर धड्कन भित्र तिमी चल्छौ अझै
आउ मुटु खाली नै छ उन खोज्ने भए ।।
achyut kuikel
सक्छौ भने फिर्ता देऊ अतितका ती पलहरु
धेरै गर्यौ जिन्दगीमा नमिठा ती छलहरु!!


केही गल्ती तिम्रा भए धेरै-थोरै मेरा पनि
रंगिन जीवन बन्ने थियो भए कुनै हलहरु


पलाउँछ कि मुना भन्दै ऋतुहरु कति गए
विष माझ अमृत बन्ने, बेकारै भो बलहरु


अनायसै आज तिमीले मेरो प्रेम लत्याउँदा,
सुक्न गार्हो भएकाछन् आँसुका यी भलहरु
achyut kuikel
.............
अति याद आउछ तिम्रो नदेखेको धेरै भयो
लजालु त्यो मुहार तिम्रो नेहेरेको धेरै भयो

खुलाइएको जीवन थियो, सप्तरंगी इन्द्रेणी झै
रङ्गीन त्यो दुनियामा, नखेलेको धेरै भयो

उच्छवासमा खेलिएका, कल्पनाको सँसारमा
लहरिदै मनका सपना, नलेखेको धेरै भयो

समयको पावन्दिले उजाडेर लगेपछि
तिमीसँगै वितेका पल, नभेटेको धेरै भयो
achyut kuikel
अपुरै भो तिमीसंगै हाँस्ने रहर आखिरीमा
तड्पि तड्पी बिते सबै बाँच्ने प्रहर आखिरीमा

तन दिएँ मन दिएँ,अनि जीवन तिमीलाई
प्रेमभरि प्याला पनि भयो जहर आखिरीमा

मिठो चाह देखाइ रह्यौ आशै आसमा बाँची रहे
मझधारमै छोडि मलाई तर्यौ नहर आखिरीमा

जति सुकै झिलिमिली साजसज्जा भएपनि
असभ्य र जाली रैछ तिम्रो शहर आखिरीमा

जूनेली ती रातै भरि कठाङ्ग्रिदै कति बसे
शीत बनी टलपलाइ काटेँ कहर आखिरीमा
..................
achyut kuikel
बुद्धिमानी भन्ने लाग्थ्यो मात्र मेरो धोका रैछ
जान्ने सुन्ने मै हुँ भन्ने घमन्डको पोका रैछ

जति दियो उति बढ्ने ज्ञानगुनका कुराहरु
मलाई गुरु भनोस् भन्ने नामको नै भोका रैछ


झुकिरन्छन् सधैभरि फलेका ती बृक्षहरु
पाक्न नदिई झार्न खोज्ने हावाको त्यो झोका रैछ


शान्त सौम्य गाम्भिर्यता लाग्थ्यो सधै सागरसरि
छालसँगै उर्ली आउने मात्र पानी फोका रैछ
achyut kuikel
माया मात्र सधैं कहाँ धोकामा नि बाँची हेर
आफ्नै मात्र दु:ख देख्छौ अरुको नि जाँची हेर


रितिथिति संस्कार नै कुल्चिएर हिड्यो भन्छौ
आधुनिक समयको चक्रसंगै नाँची हेर

खुशी हुन्छौ सधैं अर्को बदनाम हुदाँ किन
अपमानको उपहार आफै माथि टाँसी हेर

खेल ठान्दै पिरतीमा जित्नै पर्छ भन्ने सोच्छौ
मुटुभरि बिछोडका पीडाहरू साँची हेर

सभ्यताको नाम बेची सभ्य बन्न खोज्छौ किन
सत्य युग सम्झिएर कलियुगमा बाँची हेर
achyut kuikel
बिछोडको आँशुहरु पुछ्नै पर्छ सम्हालिंदै ।
ढुङ्गा जस्तो मन पार्दैँ बस्नै पर्छ सम्हालिंदै ।

परेलीका आँसुहरु सम्झनमा बगाउँदै,
जिन्दगीका गोरेटोमा डुल्नै पर्छ सम्हालिंदै ।

फूलका ती आँखाहरुले सधैं फूल देख्ने गर्छन्,
काडै काँडा बीच पनि फुल्नै पर्छ सम्हालिंदै ।

विश्वाश छ कसको यहाँ अबिश्वासको संसारमा,
मनभित्रका चाहनालाई भुल्नै पर्छ सम्हालिंदै ।
achyut kuikel
छातिभित्र तिम्रै नाम, लेख्न थाले मैले
सपनीमा तिमीलाई नै, देख्न थाले मैले
मेरो माया कुल्चिएर, नजानु है भन्दै
तगारोमा फूल राखी, छेक्न थाले मैले
दिल खोली राखे पछि, जान्न अन्त कतै
तिम्रै मनको छेउ कुना, टेक्न थालें मैले
कता कता दुख्थ्यो पैले, आजै भयो सञ्चो
तिम्रै माया न्यानो मानी, सेक्न थालें मैले
....................
why ladies taking monday brata
तिमै निम्ति सोमबारे बर्त गरे साउनमा
बादलुको बुँद बनी मन भरे साउनमा
सप्त रङ्ग इन्द्रेणीझै सजाउँदै रहरहरू
तिमै यादमा म त बर्षा बनी झरे साउनमा
चन्द्रमालाइ एकोहोरो हेरिरहने चकोर भै
तिम्रै रूप-रङ्ग देखि दङ्गै परेँ साउनमा
बादलभित्र तारा लुके, ताराभित्र हाम्रो माया
मल्मल्किरी जुनकिरीले प्रकाश छरे साउनमा
उराठिलो जीवनमा वसन्तका फूल सार्दै
ओइलिएका मुनाहरु फेरि सरे साउनमा
achyut kuikel
आँशु झारी बसिरहेँ तिम्रो छेउ सर्न सकिन
हेर्दा हेर्दै पराइ भयौ तिम्लाइ माया गर्न सकिन
थाहाछैन कस्ले पार्यो हाम्रो प्रेम दुइ किनारा
बिछोडमा तड्पिएर आफू एक्लै मर्न सकिन
सजल ती नयनमा देख्ने गर्थे आफ्नै संसार
प्रेमिल त्यो मौसममा गुलाब बनी झर्न सकिन
मेरै ठान्थे स्वप्न तिम्रो सजिएछ अर्कै मुहार
निरस यो जीवनमा मधुमास छर्न सकिन
जिन्दगीमा खोज्दा खोज्दै थाकिसकेँ जिउने आधार
दुख्छ मुटु झर्छ आँशु खुशियाली भर्न सकिन
achyut kuikel
चौतारीमा गाँसेको त्यो माया प्रीति छुट्न लाग्यो
जिन्दगीभर साथ दिने वाचा वन्धन टुट्न लाग्यो
दुई मुटु एक झैँ थियो किन आज फुट्न लाग्यो
मेरो खुशी म बाट नै कसले आज लुट्न लाग्यो
साथ दिने हातले नै मलाई आज कुट्न लाग्यो
जिन्दगीभर साथ दिने वाचा वन्धन टुट्न लाग्यो
ओभाना दुई नयनमा आज आँसु जुट्न लाग्यो
वियोगको जलनले नै मुटु मेरो भुट्न लाग्यो
वेवारीशे यो पागललाई नियतिले चुट्न लाग्यो
जिन्दगीभर साथ दिने वाचा वन्धन टुट्न लाग्यो ।
achyut kuikel
नशालु ती ओठ टोकी मलाइ किन हेरेकी हौ ?
तिम्रा मेरा नयन जुध्दा लजाइ किन भागेकी हौ ?
कोमल त्यो हृदयमा एक क्षण बास बसुँ लाग्यो
रेशमी ती केशराशीमा लुकामारी खेलुँ लाग्यो
चञ्चल ती परेलीले कसलाइ डाकी बसेकी हौ ?
तिम्रा मेरा नयन जुध्दा लजाइ किन भागेकी हौ ?
हिजो पनि भेट भाथ्यो तर आज नौलो लाग्यो
त्यो नजर त्यो अधर मेरै निम्ती जस्तो लाग्यो
निश्चल ती हेराइमा कसको साथ खोजेकी हौ ?
तिम्रा मेरा नयन जुध्दा लजाइ किन भागेकी हौ ?
achyut kuikel
लजाइ तिमी मेरो काखमा, सर्दा के भुल हाम्रो ।
तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।।
तिम्रो मेरो आँखाहरु, ईशाराले बोल्दा खेरी,
दुबैको ओठ अनी नजिक, पर्दा के भुल हाम्रो ।।
तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।।
देखेको भए दुनियाँले, पागल मान्छे भन्दा होलन,
एकान्तमा लुकी माया, गर्दा के भुल हाम्रो ।।
तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।।
तिमी र म अंगालोमा, बेरिइ माया गर्दा खेरी
समाजको सिमा रेखा, तर्दा के भुल हाम्रो ।।
तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।।
एक-अर्का लाई यती धेरै, माया गर्छौ हामी दुइ
भेटी छुट्दा हाम्रो आसुँ, झर्दा के भुल हाम्रो ।।
तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।।
लजाइ तिमी मेरो काखमा, सर्दा के भुल हाम्रो ।
तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।।
achyut kuikel
आँखा जुदाइ नदेखे झै, गर्दा खेरी मजै बेग्लै ।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।।
मैले तिमीलाई जिस्क्याउदा, लजाउदै बोल्छौ तिमी
ओठ टोकी तिमीले कुरा, गर्दा खेरी मजै बेग्लै।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।।
हिंड्ने गर्छौ हामी दुई, सिम-सिम पानी परेपनी
हात समाइ भिज्दै नदी, तर्दा खेरी मजै बेग्लै।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।।
जतासुकै गएपनी, हामी साथै हुने गर्छौ
जिस्की-जिस्की संगै पानी, भर्दा खेरी मजै बेग्लै।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।।
घन्टौ सम्म डुब्छौ हामी, मायाको यो सागरमा
थाहै नपाई आफ्नो काम, टर्दा खेरी मजै बेग्लै।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।।
आँखा जुदाइ नदेखे झै, गर्दा खेरी मजै बेग्लै ।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।।
achyut kuikel
जनाताको अधिकारमा ढुङ्गा हनाहान भयो ।
संबिधान बनाउँ भन्दा कुर्शी तानातान भयो ।
जनताले दियभोट ठुलो असा राखी सबले ।
जनताले हरयका मन्त्री छानाछान भयो ।
संबिधान बनाउँ भन्दा कुर्शी तानातान भयो ।
जनाताको सर्बोच्चता भन्दै कोही नेता लागे ।
सर्बोच्चताको लागि लडन सबको मानामान भयो ।
संबिधान बनाउँ भन्दा कुर्शी तानातान भयो ।
शान्ति देश चिनियको हाम्रो देश नेपाल ।
हत्या हिंसा काटमार सबले जना जान भयो ।
संबिधान बनाउँ भन्दा कुर्शी तानातान भयो ।
जनाताको अधिकारमा ढुङ्गा हनाहान भयो ।
संबिधान बनाउँ भन्दा कुर्शी तानातान भयो ।
achyut kuikel
मेरो आँखा हेर्दै माया, जाच्ने नगर ।
भने हुन्छ मनको कुरा, साच्ने नगर ।।
भेट हुन्छ आउँदा जादा, दोबाटोमा कहिलेकाही
बोलाँउदा ओठ टोकी, हास्ने नगर ।।
भने हुन्छ मनको कुरा, साच्ने नगर ।।
सुत्दाखेरी मेरो फोटो, साथै लिने गर्छौ रे त
लजाइ-लजाइ छातीमा त्यो, टास्ने नगर ।।
भने हुन्छ मनको कुरा, साच्ने नगर ।।
गीत पनि गाउछौ रे, मेरो बारे अचेल तिमी
तिम्रो मेरो मिलन सम्झी, नाच्ने नगर ।।
भने हुन्छ मनको कुरा, साच्ने नगर ।।
मेरो आँखा हेर्दै माया, जाच्ने नगर ।
भने हुन्छ मनको कुरा, साच्ने नगर ।।
achyut kuikel
लजाइ तिमी मेरो काखमा, सर्दा के भुल हाम्रो ।
तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।।
तिम्रो मेरो आँखाहरु, ईशाराले बोल्दा खेरी,
दुबैको ओठ अनी नजिक, पर्दा के भुल हाम्रो ।।
तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।।
देखेको भए दुनियाँले, पागल मान्छे भन्दा होलन,
एकान्तमा लुकी माया, गर्दा के भुल हाम्रो ।।
तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।।
तिमी र म अंगालोमा, बेरिइ माया गर्दा खेरी
समाजको सिमा रेखा, तर्दा के भुल हाम्रो ।।
तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।।
एक-अर्का लाई यती धेरै, माया गर्छौ हामी दुइ
भेटी छुट्दा हाम्रो आसुँ, झर्दा के भुल हाम्रो ।।
तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।।
लजाइ तिमी मेरो काखमा, सर्दा के भुल हाम्रो ।
तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।।
achyut kuikel
मेरो मायालाई कहिले तिमीले बुझ्न सकिनौ
तिमीलाई खुशी देख्न अरुको खुशी छिनियो
तिम्रै लागि जिवनमा कइयौ दुःख सहियो
जब भरोसा रेटियो आँखाबाट आँसु छल्कियो
मेरो मायालाई कहिले तिमीले बुझ्न सकिनौ
तिम्रो आँसु देख्दा घेरैको हाँसो खोसियो
तिम्रो माया पाउन ज्यानकै दाउ थापियो
जब निराशा भेटियो आँखाबाट आँसु छल्कियो
मेरो मायालाई कहिले तिमीले बुझ्न सकिनौ
achyut kuikel
आफ्नै भन्न मन लाग्यो मैले तिमीलाई न छानेनी
छिया छिया भयो मुटु बाँण तिमीले न हानेनी
संयोगले भेट हुंदा बाटो छेकेउ भन्ने सोची
धेरै कुरा काटेउ होला मैले केहि न जानेनि
चढ्छ जब जवानी यो बैशालु बेला मा त
बादल भित्र लुक्छ रे जुन चाँदनिले न मानेनी नि
जल्यो मुटु आगो बिना कस्तो होला त्यसको ज्वाला
मैले तिमीलाई रोजी सकें तिम्ले मलाई न छानेनि
achyut kuikel
तिम्रा आँख़ा नजरको प्यासि भए म "
तिम्रो रुप नजरको दाशी भए म "
तिम्रो मायाको भोको भए म "
खाजा खान खोलीने पोको भए म "
नजिक हुदा तिम्रा लागि दशा भए म "
टाढ़ा हुदा तिम्रा लागि नशा भए म "
achyut kuikel
हरियाली संग मितेरी गाँस्नु खोज्दा
सिसिरले उजाड छाइदिन्छ जिन्दगिमा

कुहु कुहु कोहिली संगै गाउन खोज्दा
न्याउलीले बिरह गाइदिन्छ जिन्दगीमा

दुख अनि पिडा लुकाई हाँस्नु खोज्दा
आँसुले आँखा भोरिदिन्छ जिन्दगीमा

काँडा पन्छाई फुल माथि टेक्नु खोज्दा
तेही फूलले मुटु घोची दिन्छ जिन्दगीमा

आफुलाई बिर्सिएर माया दिन खोज्दा
नसोचेको ठुलो भुल भयो जिन्दगीमाachyut kuikel
नरौ प्यारी भैगो अब, आऊन त अंगालैमा!
खै कसरी छोड़ी जाऊ म, तिम्रो यो हालैमा!!
दुःख पछि सुख आउछ, खै सोचेको तिम्ले!
विछोड पछि मिलनै हो ,खै बुझेको तिम्ले!!
मिलनका दिन सम्झी, ख़ुशी रिमिझिमी!
विदाईमा हाँसी देऊ है , जसरी नि तिमी!!
achyut kuikel
बिहानीको झुल्के घाम हेर्दा तिम्रै याद आउछ |
लेख्न खोज्छु आफ्नो नाम तिम्रै याद आउछ ||
तिमीलाई सम्झी ल्याउदा मेरो आखा रसाउछ |
गर्न खोज्छु केहि काम तिम्रै याद आउछ ||
न बिरानो हुन सके न आफन्त नै मान्छौ |
भुली सके आफ्नो संसार तिम्रै याद आउछ ||
आँखा खोज्छ सधै भरि तिम्रै मुहार सजाउन |
भुल्न छल छाम गर्ने गर्छु , तिम्रै याद आउछ ||
मुटु भित्र राम्रै संग नदेखिने गरि बसिसक्यौ |
मेट्न खोज्छु तिम्रो तस्विर तिम्रै याद आउछ ||
achyut kuikel
रोगी भएँ अब म त, तिम्लाई खुसी पार्ने दाऊमा
सोच्दी हौली तिमी मलाई, नआओस् है मेरो छेऊँमा

माया ठुलो होईन अरू, सोच्थें मैले पैले पैले
तिमी आयौ र पो लोभ जाग्यो, जोगी बनें धनको निहुँमा

चहाना त हो नि प्यारी, तिम्लाई सधैंभरी खुसी राख्ने
तिम्रा खुसीसँग दुःख साट्ने, साहस छैन अब जीउमा

तै पनि हुन्छ भन्छ्यौ भने, तयार छु म दुःख खेप्न
कुल्चे नि अहो होऊँला, शक्ति रै’ छ तिम्रो पाउमा

ईच्छाले मात्रै हुन्न नि प्रिय, आउँदो रै छ अरू पनि
तिमी मात्रै मेरी होईनौ, हुनुहुन्छ हाम्रा आफ्ना बाऊआमा

माया भन्ने भिन्न नहोला, तर हुन्न सबै एकैजसो
आफ्नै ठाउँमा राखि हेरें, दिल बस्यो कान्छी तिमीमा

achyut kuikel
सिक्री किन्देउ तिन् तोलाको बरु औंठी चाहिदैन
साडी किन्देउ बनारसी सस्तो लाइँदैन..!!
अरबेकी बुढी भन्छन् कान र घाँटी खाली छ
च्यातिएको फरियाँ लाइछे चोली टाली छ!!
पठाउ बुढा मलाई पैसा साडी चोलो किन्ने हो
तिम्ले पैसा नपठाए पैला हिन्ने हो !!
पल्ला घरे सुन्तलीको बुढाले सुन पठायो
हेर्दा हेर्दै त्यो मोरीलाई सुख कटायो !!
बिदेशमा त भन्छन् बुढा पैसा टिप्न पाईन्छ
पैसा पठाउ बसि बसि मिठो खाईन्छ !!
गरीदैन ढिकी जाँतो काटीदैन दाउरा घाँस्
मौका परे खेलिन्छ हो अब जुवा तास् !!
तिम्रो कमाई न पठाए अब आफै कमाउँछु
दोहोरी र डिस्को तिर जान्छु रमाउँछु !!
हैन भने चाहियो बुढा सुनै सुन्का गहना
छिटो मलाई पैसा पठाउ छैन न भन !!…

कमाई छैन भने जति एक एक रियल जोड्दैछु
पसिनाले रियल साट्न खजुर गॊड्दैछु
अर्को वर्ष सके भने किनिदिउँला सुन पनि
यो कमाईले के पूग्ला र किन्न नुन पनि !!
इज्वत फाल्नु हुन्न बुढी बरु भोकै बसेनी
भोक लाग्दानी बटुकाले कम्मर कसेनी !!
किन चाहियो सुनको चुरा कानमा टप लाउ बरु
तिम्री आमा पिर गर्दिहुन् माइत जाउ बरु !!
दोहोरी र डिस्को धाउँदै यौवन लिलाम नगर
बुढेसकालमा मलाई संझी रोउली धरर !!
बल्ल तिरें साहुको ऋण अब तिम्रै तिरौंला
तिम्रो ईच्छा पूर्याएर स्वदेश फिरौंला !!
achyut kuikel...
सांसारिक मायाँदेखि अत्ती नै थाकिसकें ।
जीवनको गाडिलाई मृत्युतिरै हाँकिसकें ।।
शरिरसँगै यसै धर्तीमा छाडेर जानैपर्ने,
मिथ्या धनको पछि लाग्ने बानी त्यागिसकें ।

अलग छैन केही पनि त्याग र प्राप्तिमा,
संसारको दुख सुख धेरै नै चाखिसकें ।
नातागोता, आफन्त क्षणभरकै मात्र सारा,
सधैंको साथी मैले परमात्मा ताकिसकें ।
पर्दिन विचारको काल्पनिक खेलमा अब
चेतनाको ज्योतिले मनलाई ढाकिसकें ।
चाहिन्न कसैको शिक्षा दीक्षा पनि मलाई,
आफ्नै अनुभवले म त अत्ति पाकिसकें ।
सपना, भावना हो, नआऊ अब वरिपरि
सत्यलाई घरमा सदालाई डाकिसकें ।
achyut kuikel
साह्रै राम्रो उनको रुप लुकी-लुकी हेरेँ
उनि आउने दोबाटोमा ढुकी-ढुकी हेरेँ

गोरो वर्ण कालो केश ति गाजलु आँखा
लजाउदै आँफैसँग झुकी-झुकी हेरेँ

चाहेर’नि उनको हात थाम्न कहाँ सक्छु
होइनन् मेरी यही निर दुःखी-दुःखी हेरेँ

गरेको छु अर्कैसँग सँगै जिउने बाचा
बाँधेका ति बाचा देखी चुकी-चुकी हेरेँ

चल्नै पर्ने संम्झौतामा कस्तो लेख्यो भावी
दोषी आफ्नै भाग्यलाई नै थुकी-थुकी हेरेँ
achyut kuikel
वैंश छर्दै तिमी आउँदा, साथी देख्नु गल्ती थियो
साथी मध्ये सबै भन्दा, माथी देख्नु गल्ती थियो ।।

कति सम्म मन पराएँ, आफैलाई थाहा छैन
ज्ञान ज्योती बिर्को लगाइ, जाती देख्नु गल्ती थियो ।।

शित सरि कहाँ लुके?, जली ज्योती दिने कुरा
आफूलाई दियो ठानि, बाती देख्नु गल्ती थियो ।।

दृष्टि भ्रम होकि मेरो?, नियती नै तिम्रो यस्तै
तिम्रा पछि भमराको, ताँती देख्नु गल्ती थियो ।।

फुल्दा फुल्दै रहर मेरा, लत्री झर्यो हाँगो जब
सहन शक्ती गुमाएर, घाती देख्नु गल्ती थियो।
achyut kuikel
आउ बस मेरो साथमा बस्ने बास छैन भने,
जीवनयात्रा एक्लै अघि बढ्ने आश छैन भने।

विगतका ति सबै कुरा बिर्सिएर आउ भन्दा,
किन पार्छौ मन दोधार अरु खास छैन भने।

मीठो पिठो जे भएनि बाँडीचुडी खाउँला सँगै,
पिर नगर यदि मुखमा हाल्ने गाँस छैन भने।

जिन्दगीको हाम्रो यात्रा शुरुवात नै भएपनि
केही हुदैन सँगै बस्दा मल मास छैन भने ।

आफ्नै पाखा पखेरोमा दु:ख सुख बाड्नुपर्छ,
यो नेपालको कानुनमा अब दास छैन भने।
achyut kuikel
आधीबैँस किताब कापी बोक्दाबोक्दै स्वाहा ।
गाह्रा सूत्र हिसाब उस्तै घोक्दाघोक्दै स्वाहा ।।

हात्ती ह्वेल पढी ठूला भा’का हुन् झैँ सोची ।
बाँधी बाँध रहर मनका रोक्दारोक्दै स्वाहा ।।

सैयौँ चाह थिए मनमा ऐनाजस्तै टुक्रे ।
दोषी कर्म भनी थाप्लो ठोक्दाठोक्दै स्वाहा ।।

खुल्यो होश उमेर घर्क्यो जाने बाटै छैन ।
बाँकीबैँस गिलासको झोल धोक्दाधोक्दै स्वाहा ।।

आफ्नै रीति गलत हो या आफै दोषी हो खै ।
डुब्दो जून भयो जूनी खोक्दाखोक्दै स्वाहा ।।
achyut kuikel
घात गर्दा निष्ठुरीले, ठीकै भयो बाँच्न सिकेँ !
पीर व्यथा आफैंसँग, ठीकै भयो साँच्न सिकेँ !!

रुप अनेक निर्मोहीका, गाह्रो हुने चिन्न यहाँ !
घातसँगै सही गलत, ठीकै भयो जाँच्न सिकेँ !!

बितेका दिन सम्झिएर, कमजोर हुनु किन अब !
मर्काएर कम्मर पनि, ठीकै भयो भाँच्न सिकेँ !!

धोका पाउँदा मर्न खोज्छन्, कतिपय पागलप्रेमी !
विरहका गीतमा पनि, ठीकै भयो नाच्न सिकेँ !!
achyut kuikel
बाल्न खोज्यौ आफ्नौ देह, जसो तसो रोक्न खोजेँ !
गाल्न खोज्यौ आफ्नै आत्मा, ढल्यौ अनि बोक्न खोजेँ !!

कुम्भकर्ण सुते जस्तै, सुतेँ भन्ने लाग्यो क्यारे !
फाल्न खोज्यौ मलाई तिम्ले, अनि मैले खोक्न खोजेँ !!

प्रतिरक्षा गर्नै पर्यो, तिम्रो मगज फुस्केपछि !
ढाल्न कोशिस गर्यौ मलाई, उठी वरी टोक्न खोजेँ !!

फाट्या मेरो मन झनै, कुल्चिएर अघि बढ्यौ !
चाल्न पर्यो कठोर पाईला, अनि मैले ठोक्न खोजेँ !!
achyut kuikel
दिल्को ढोका काँडेतारले,बार्‍यौ र त मुटु दुख्यो ।
दोबाटोमा आज एक्लै ,पार्‍यौ र त मुटु दुख्यो ।

चाहें भेट्न धेरै पल्ट,तिमी संग छुटेदेखि
भोली पर्सी भन्दै मिति,सार्‍यौ र त मुटु दुख्यो ।

न त लेख्यौ चिट्ठी पत्र,न पठायौ कुनै खबर
संझिने छु सधैं भनी,टार्‍यौ र त मुटु दुख्यो ।

संगै शिखर टेक्ने हाम्रो,बाचा पुरा नहुँदैमा
धकेलेर फेदीतिरै ,झार्‍यौ र त मुटु दुख्यो ।

भुलेको थें तिम्रो लागि,दुनियाँ ति सारालाई
अनायासै चट्ट माया ,मार्‍यौ र त मुटु दुख्यो ।
achyut kuikel
नदी सरी मेरा आसुँ बग्दा खेरि पनि तिमी|
हेरि रह्यौ उभिएर मुर्ति जस्तै बनी तिमी |

जिन्दगीमा कति दियौ चोटै मात्र सधैँ भरि
सक्छौ भने आफै सम्झी हेर न त गनी तिमी|

दु;ख सुख सघर्षमा पाएको त्यो मेरो साथ
बिर्सिएछौ क्यारे तिम्ले सोच्यौ एक्लै धनी तिमी |

खुकुरीको चोट मात्र अचानोले बुझेको छ
नभन भो अझै मेरो गल्ती छैन भनी तिमी|

दुनियाँको अगाडी त देउता झैँ बन्दै हिड्छौ
मेरा लागी भयौ किन? बिग्रिएको शनि तिमी
achyut kuikel
टाढै बस नजिक आउनु, हुन्न डर लाग्छ
काट्लान् कुरा दुनियाँले, छुन्न डर लाग्छ ।
**
के सोचेको थिएँ हिजो, कस्तो दिन आयो
कुकर्मको लान्छना ती, सुन्न डर लाग्छ ।
**
कस्को दोस मानु मैंले, जोरी पारी हाँस्दा
तिमीनै हौ जीवन् भनी, चुन्न डर लाग्छ ।
**
उर्लिएका आशा हरु, बग्छन् भेल सरी
सपना को महल त्यो, बुन्न डर लाग्छ ।
**
फेरिए झैं ॠतु हरु, फेरिएन समाज यो
बेमौसम् मा फुल्यौ तिमी, तुन्न डर लाग्छ
achyut kuikel,kathmandu
ढोका खुल्लै राखेको थें झ्याल् बाहिर बस्छु भन्यौ
झ्याल खोली ढोका थुने फेरी भित्र पस्छु भन्यौ ।
**
अनौठो छ बानी तिम्रो नजानिंदो लजाउँने
समिपमा आइ फेरी आसुँ बनी खस्छु भन्यौ ।
**
सम्झाएर नसकिने आधा पागल् रैछौ तिमी
ठाउँ देउ अलि कती त्यै दिलमा फस्छु भन्यौ ।
**
डराउँदै हुन्छ भने मुटु ढुक् ढुक् गर्दै थियो
मदहोसी बन्दै फेरी अंगालोमा कस्छु भन्यौ ।
**
जित्दै थियौ मेरो मन तानिदै थें तिम्रो सामु
च्याप्प पारी टास्यौ अनी तिमीलाई डस्छु भन्यौ ।
achyut kuikel,gongabu
कस्तो भयो हाम्रो नाता संकटमा परी रा’छ
हर मौषम हर मास आशु बनि झरी रा’छ|

साथ माग्छ त्यो मनले सधै भरी त्यसै गरी
मेरो पनि मन फेरि त्यतै तिर सरी रा’छ|

कस्ले सक्थ्यो छुटाउन आकाश अनि बादललाई
हाम्रो पनि मनले माया त्यसरी नै गरी रा’छ|

नछुटाउन सक्छौ हामि नत जोड्न सकिराछौ
आ आपसमा माया प्रेम मुटु भित्र भरी रा’छ|

नचाहेर पनि नाता बदलियो प्रेमलापमा
टाडा हुन्छु भन्दा मुटु झनै नजिक सरी रा’छ|
achyut kuikel
बाबाआमाले भन्या कुरा,टार्नु मैले कसोगरी ?
दिइ सकेको बचन त्यो,हार्नु मैले कसोगरी ?

जन्म दिइ हुर्काउनेको,सल्लाह नि ठिकै नै हो
तिनिहरुकै मनको इच्छा,मार्नु मैले कसोगरी ?

सुख दिने रोज्छौ भन्छन,रोजाइ मेरो भएन रे
ला’को माया अन्तैतिर, सार्नु मैले कसोगरी ?

संगै मर्ने संगै बाच्ने,खाएका ति कसम तोडी
बिचरी लाई सधै रुने ,पार्नु मैले कसोगरी ?
achyut kuikel
साचो माया गरिरन्छु पत्र कुनै केर्दिन म
बिस्वास नहोस् चाहे तिम्लाई मनको आस्था फेर्दिन म

रोजे तिम्लाई यी अधरले चुने लाख हजारौमा
तिम्लाई छाडी कोही पराई अङ्गालोमा बेर्दिन म

छेक्दिन म तिम्रो बाटो दुनियाँलाई हसाउन
मात्र गर्छु माया तिम्लाई तिम्रो बस्ती घेर्दिन म

चाहन्छु म सदा यही मैले गर्दा बाधा नहोस्
चुमिरहु शिखर तिमी लज्जित बन्न हेर्दिन म

मेरो पहिलो माया तिम्लाई स्विकार्य छैन भने
मर्छु बरु तड्पी त्यसै तिम्लाई कहिल्यै सेर्दिन म
achyut kuikel
गरेका थियौ बाचाहरू कसम तिम्रै हुन्छु भनी
जोडेका थियौ नाताहरू साथ छोडे रुन्छु भनी

सजायौ तिम्रो मुटु भित्र जुनी भर जिउँला भन्दै
चोखो प्रेम गरी दिए प्रीतको माला बुन्छु भनी

कहाँ छौ खोइ कहाँ कुन दुनियाँ मा छौ तिमी
खोजी हिँड्थ्यौ बिपनी झैं सपनीमा छुन्छु भनी

छेक्थ्यौ बाटो रोक्थ्यौ मलाई दोबाटोमा अल्मलिंदा
छड्के नजर लगाई हिंडे जाल भित्र थुन्छु भनी

साँचो माया अमर हुन्छ झुट गरे घात बन्छ
पिडा दिए बिछोडमा सबै आँशुले धुन्छु भनी
achyut kuikel
मेरो बशमा भएको भए, तिमीलाई चोरेर आफ्नो बनाउथेँ!
ज्यानमा बहने रगतले, तिम्रो नाम कोरेर आफ्नो बनाउथेँ!!

तिमीलाई मैबाट चुँडेर लगे लाचर म, विवश भई हेरिरहेँ
के गर्नु माया डोरी हैन रे, नत्र फेरि जोडेर आफ्नो बनाउथेँ!!

संसार नै तिमी मेरो, मेरो प्रार्थना तिमी मेरो भगवान थियौ
कुन सीमामा छौ थाहा पाए, रेखाहरू तोडेर आफ्नो बनाउथेँ!!

कहाँ छौ कता छौ, पत्थरबाट पो रसाएकि छौ कि पानी बनी
अफसोच आँखामै रसायौ, नत्र ढुङ्गा फोरेर आफ्नो बनाउथेँ!!

मेरो बशमा भएको भए, तिमीलाई चोरेर आफ्नो बनाउथेँ!
ज्यानमा बहने रगतले, तिम्रो नाम कोरेर आफ्नो बनाउथेँ!
achyut kuikel
फूलको थुँगा टिपेर तिमी शिरमा सजाऊ
बैंशालु मन भाकेर माया दिलमा रमाऊ ।

चन्द्रमा जस्तो उज्यालो मुख आउँछ झल्झली
रातमा तिमी सपनी हुँदा पसिना खल्खली ।

मायाको डोरी बाटेर किन तानेको तिमीले
दौंतरीलाई बाटोमै छाड्न जानेको तिमीले ।

दिनमा पर्खी बसेको आज आउँछौ भनेर
दिलमा चोखो फूलको माला राख्याछु उनेर ।

छोडेर गइन् ती मेरी प्रिय ! भेट्यौकी तिमीले
हे मेरा साथी ! हे मेरा संगी ! देख्यौकी तिमीले ।

चिनेर तिमी सामुन्ने आई सोधेको सुन्दिनु
मरेको लाश भएर पर्खी बस्याछ भन्दिनु
achyut kuikel
मन मन्दिरमा सजाए पनि आऊ भन्न सकेनौ
घोप्टो परी काखमा रोयौ जाऊ भन्न सकेनौ

कर्तब्यले मेरो माया मझधार्मा उभ्याइदिँदा
लर्खरिँदा मेरा पाइला समाऊ भन्न सकेनौ

अन्तिम चिनो औँठी दियौ मुठी पारी समाइराखेँ
हेर्ने रहर हुँदा हुँदै लगाऊ भन्न सकेनौ

कैले छोड्छ कैले पोल्छ ज्यानभित्रको मुटु पनि
धरै गरे मलम पट्टी तर घाउ भन्न सकेनौ

जाने दिन सोधे मैले कुन मोलमा जोख्यौ माया
बाध्यताको नाम दियौ तर भाउ भन्न सकेनौ

गहभरि आँसु पारी अन्तिम पटक मैले हेर्दा
हत्केलाले आशु रोक्दै नबगाऊ भन्न सकेनौ
achyut kuikel प्रेम-नशा
दिनलाई छली-छली रात जाग्न थाल्यो,
प्रेम-नशा चली-चली मात लाग्न थाल्यो ।।
रात भरी बली-बली चाह बढी दिँदा,
प्रेम-नशा चली-चली मात लाग्न थाल्यो ।।

तन मेरो गली-गली मन जली दिँदा ,
प्रेम-नशा चली-चली मात लाग्न थाल्यो ।।

धड्कन संगै अलि-अलि सास बढी दिंदा,
प्रेम-नशा चली-चली मात लाग्न थाल्यो ||

एक्लो दिन ढली-ढली रात बनी दिंदा ,
प्रेम-नशा चली-चली मात लाग्न थाल्यो ।।

जुन सबै जली-जली ‘किरण’ बनी दिँदा,
प्रेम-नशा चली-चली मात लाग्न थाल्यो ।।
..........

जर्बजस्ती प्रेम गर्यौ achyut kuikel
जर्बजस्ती प्रेम गर्यौ नाई मैले भने पनि
बिचमानै टुटाईदियौ दिन मैले गने पनि
आज मलाई लत्याई दियौ भोलि कसलाई
मनै पापी छ के गर्नु र राजकुमार छानेपानी !

यसको परिणाम त भोग्नै पर्छ तिम्ले
दिन दिनै मन्दिर गई ढुंगई देवता माने पनि !

सफल भो भन्दै प्रेम दिपावली तिमि नमनाउ
सर्ने मन सरि रहन्छ काँडे तारले बाँधे पनि !

कति दिन टिक्ला र कृतिमताको तिम्रो रुप
पितल पितलनै हो सुनकै गाग्रोमा खाँदे पनि !

जर्बजस्ती प्रेम गर्यौ नाई मैले भने पनि
बिचमानै टुटाईदियौ दिन मैले गने पनि
जर्बजस्ती प्रेम गर्यौ नाई मैले भने पनि !!!

फुलहरू देखेर
achyut kuikel
रंगीन फुलहरू हेरेर चित्त बुझाएँ ।।
चाहना अनगीन्ती सेरेर चित्त बुझाएँ ।।

मित्रता अजम्बरी कहिल्यै पनि नहुदाँ
लालची मित्रलाइ फेरेर चित्त बुझाएँ ।।

फुलमा काँडाहरू बिषालु भए पनि त
फुल नै अंगालॊमा बेरेर चित्त बुझाएँ ।।

बाटैमा रातासेता सुन्दर फुल देखेर
मनकॊ भावहरू केरेर चित्त बुझाँए ।।सागर रहेछ मन पीडा अट्ने कतिकति
भन्न पनि नसकिने ब्यथा सबै सहेजति ।

बहकिए मन त्यसै नसकिने हाँस्नलाई
पीडा बढेँ मन भित्र गाह्रो हुने बाँच्नलाई
मन रोए आँखाबाट आँसु झर्ने कतिकति
भन्न पनि नसकिने ब्यथा सबै सहेजति ।

फूल हाँस्दा आँसु झर्ने मन दुःखी हुँदा
जीवन जिउँन साह्रो हुने मन सधैँ रुँदा
दुःखी हुँदा मन कुरा खेल्ने कतिकति
भन्न पनि नसकिने ब्यथा सबै सहेजति ।

..........................................................................................................................................................................
घात भयो मायामा तर तिमीलाई दोष दिन्न म
लिलामीमा राख्यौ तिमीले सक्दिन माया किन्न म ।

बदनाम मेरो समाजमा तिमी चोखो भयौ
मर्ने बाँच्ने सँगै भन्थ्यौ तर तिमी भुलि गयौ
एक पागलप्रेमी तिम्रो नजरमा भिन्न म
घात भयो मायामा तर तिमीलाई दोष दिन्न म ।

जित्दै जाऊ जीवनमा हार मै खपुला
हाँसी खुसी रमाउनू पीर-व्यथा मै सहुँला
पराईसँग हिड्दा तिमी भाछैन खिन्न म
मेरै गल्ति माया गर्नु तिमीलाई दोष दिन्न म ।
..........................................................................................................................................................................
प्रीतिका कुरा गरी झुक्याई मलाई छाड्यौ
जीवनभर तड्पाएर जिउँनु मर्नु पार्यौ ।

जिन्दगीको सार सम्झेँ आफ्नै मुटु मानेँ
कति स्वार्थी रहेछौ यति चाँडै भूलि जाने
सुन चाँदीमा दाज्यौ माया झुक्याई मलाई छाड्यौ
जीवनभर तड्पाएर जिउँनु मर्नु पार्यौ ।

नरुनू तिमी जीवनमा हाँसी खुसी रहनू
म त सधैँ तिम्रै नै हुँ पराई तिमी नहुनू
बिश्वासमा घात गरी झुक्याई मलाई छाड्यौ
जीवनभर तड्पाएर जिउँनु मर्नु पार्यौ ।
..........................................................................................................................................................................
जुनजस्तो मुहार त्यो हेरिरहूँ लाग्यो
सयौ जुनी अंगालोमा बेरिरहूँ लाग्यो

खोट कहीँ देख्दिन म सुन्दर रुपरङ्ग
प्रीति गाँस्न आतुर छु है मनको रानीसँग
मनको कुरा भन्न उनलाई पत्र कोरु लाग्यो
सयौ जुनी अंगालोमा बेरिरहूँ लाग्यो ।

कति राम्री हुन्थिन् होला खालि सिउँदो भर्दा
डर लाग्छ मलाई देखि तिमी पर सर्दा
गाँजलु त्यो आँखाभित्र बसिरहूँ लाग्यो
सयौ जुनी अंगालोमा बेरिरहूँ लाग्यो ।

..........................................................................................................................................................................
तिमी फूल हौ म चाहान्छु बन्न तिम्रै माली
साँचो माया गर्छु कसम नठान है जाली ।

एक्लै जिउन गाह्रो हुन्छ सोच वैँश छदै
एकलकाटे जिन्दगी बज्दैन एक हातले ताली ।

भन्छौ अरे उसले भन्दा बढी माया गर्छु म
सत्य माया गर्छौ भने भागिरहन्छौ किन खाली ।

लड्न तयार छु दुष्ट समाजसँग नडराऊ तिमी
एटम भन्दा माया हुन्छ सधैँ शक्तिशाली ।

कुरा बुझी तारा बनि छाइदेऊ गगनभरि
उराठ लाग्दो जीवन मेरो बनाईदेऊ हरियाली ।

..........................................................................................................................................................................
पत्थर होइन मेरो मुटु पनि किन दुखाउँछौ
साउने झरी भए मेरा नयनहरु किन रुवाउँछौ

भनेकै हु मैले अव दुई मुटु एउटै भए
सँगै जिउँछौ हामी सधैँ धर्ती आकाश रहे
मेरो कुरा नबुझी किन मेरो खिल्लि उडाउँछौ
साउने झरी भए मेरा नयनहरु किन रुवाउँछौ

रुवायौ तिमीले मलाई सधैँ मेरो आँशु लाग्ला है
जतन गरी राख आफ्नो खुसी कतै टाढा भाग्ला है
आँशुमै डुबाइ मलाई मेरो शत्रु किन हसाउँछौ
साउने झरी भए मेरा नयनहरु किन रुवाउँछौ

..........................................................................................................................................................................
तारा टिपी हैन नटुट्ने माया दिउँला तिमीलाई
जीवनमा आइदेऊ सक्दिन तिमीविना बाँच्नलाई ।

नओइलिने माया गर्छु लाखौलाख जुनीसम्म
अन्तहीन यात्रा सँगै गरौं भौतिक शरीर रहेसम्म ।

तिमी विना मेरो जीवन जूनविनाको रात जस्तो
अप्सरा झैं राम्री तिमी मखमली फूलजस्तो ।

कहिँलेकाहीँं रिसाइदिदा कान्छी भनि बोलाउँला
बाध्यताले टाढा भएँ भने सम्झिएर फर्कि आउँला ।
..........................................................................................................................................................................
न आफ्नो भन्न सकेँ न पराई ठान्न सकेँ
सपना हो कि विपना हो आज अर्कैसँग देखेँ ।

जीवन भन्नु वग्ने पानी आँसुको मूल रहेछ
प्रीति गाँस्नु झुटको खेति आफैँलाई मार्नु रहेछ
न पराई हुन सकेँ न उसको बन्न सकेँ
सपना हो कि विपना हो आज अर्कैसँग देखेँ ।

छल्क्यो पानी आँखाबाट पीडा बढ्दै गएपिछ
मेरो भन्नु रहेन आफ्नो भन्ने पराई भएपिछ
न खुसी भई वाँच्न सकेँ न पीडा भूलि हाँस्न सकेँ
सपना हो कि विपना हो आज अर्कैसँग देखेँ ।

..........................................................................................................................................................................
पराईसँग उनी हिड्दा चल्यो मनमा हुरी
विति गाका दिनहरु याद आयो फेरि ।

आँसु रोक्न खोज्दा किन झर्छ मूल फुटी
रातभरि जागै हुन्छु सधैँ हुन्छ छटपटी
मेरो मनको राजा भन्दै बस्थिन् बाटो कुरी
विति गाका दिनहरु याद आयो फेरि ।

कसलाई भनु मनको कुरा वह कहाँ पोखुँ
छचल्किएर बग्छ आँसु कसरी म रोकुँ
बिसु्र भन्दा उनकै याद आउँछ घरि-घरि
विति गाका दिनहरु याद आयो फेरि ।

..........................................................................................................................................................................
मलाई दोषी देखिरहयौ बदलिएनौ किन?
माया गर्छु भनिरहयौ पग्लिएनौ किन?

पिंडाले म जलिराछु समस्याले चेप्पिराछु
समाधानका बाटहरुमा देखिएनौ किन?

नजरकै वरिपरी डुलिरहन्थ्यौ हिजो अस्ती
आज मनको बगैचामा भेटिएनौ किन?

गन्तब्यमा पुगिछाड्ने गरेको वाचा कसम
स्वार्थ पुरा भएपछी सम्झिएनौ किन?

समर्पणको कुरा गर्यौ प्राप्ती सहज हुँदाहुँदै
मलाई आफ्नो बनाउन तम्सिएनौ किन
.....................................................................................
आँखाको आशु नपुछ्नु
रुनु मेरो दैनिकी बनेको छ
नपिउ भनी नभन मलाई
आत्मा पिंडाले जलेको छ

नजानु भनी बाटो नछेक्नु
आउने वाचा गरिसकेको छु
बाँच्ने आशा अब नेदेखाउ
जिएर पनि मरिसकेको छु


नटिप्नु फुल भनेर मलाई
हातमा काँडाले घोच्ने छ
नखोज्नु अब कतै मलाई
भेट्टाउन गार्हो पर्ने छ

नसुनाउनु शुभ समाचार
नराम्रो सुन्न जानेको छु
नखोज पढ्न अतितका पाना
फुकाउनै नसक्ने गरी बानेको छु

नसोध किन यस्तो भयौ भनी
बढी तिमीलाई नै थाहा छ
गोहिको आशु अब नाबगाऊ
मिलन हाम्रो असम्भब भएछ

आँखाको आशु नपुछ्नु
मलाई त्यसैमा डुब्नदेउ
बिन्ती अब त छाडिदेऊ
मलाई मेरै संसारमा पुग्नदेऊ
....................................................................................
गजल:जिन्दगीको रङ्गमञ्चमा
जिन्दगीको रङ्गमञ्चमा हार न जितको भान भयो
कल्पनाको संसार भित्र सपनाहरुको चिहान भयो

आफ्नो विश्वाश आँफैसँग टुट्न फुट्न थालेपछी
रस चुसी थुकी फाल्ने फुटपाथको पान भयो

माथि जाने भ-याङ पाइन तल काँहो थाहै छैन
न त यता न त उता बिचमै ताना तान भयो

दु:खै दु:ख जिबनभरी पिंडा भन्दा केही पाइन
हाँस्नु पर्छ मैले भन्ने बेकारको गान भयो

रित यस्तै चल्या होकी बुझ्नै सकिएन
दोसल्ला अर्कै ओढ्ने मलाई कस्तो सम्मान भयो
.....................................................................................
गजल: बोझिलो दुखी नासो
अन्धकारको दुनियाँमा,बसाइ गयो नभन है
जाली माया गरेर, फसाइ गयो नभन है

वाध्यता छ मेरो सामु दुरदराजमा जानु पर्ने
जारी बैरी शत्रु सबै, हँसाइ गयो नभन है

बेला बेला फोन गरौला चिट्ठी पनि लेख्दै गर्छु
शिखरमा चढाएर, खसाइ गयो नभन है

केही बर्ष त हो नि सानु फर्की चाँडै आउछु
अत्यासिलो भङ्गालोमा, धसाइ गयो नभन है

कसैको भन्नु नहोस राम्रो सोच्नु राम्रो गर्नु
बोझिलो दु:खी नासो, टसाइ गयो नभन है
.....................................................................................
गजल:पुराना पत्र
तिम्रो तस्बिर हेरेर, आज फेरी रोएँ
मिठो अतित सम्झेर,आज फेरी रोएँ

बल्झिए घाउहरु,चट्याङ् पर्‍यो मुटुमाथी
आँफैसग दु:खेर, आज फेरी रोएँ

भक्कानिए बिथोलिए,भाबबिभोर भए
अझै प्याला थपेर, आज फेरी रोएँ

हप्ता,महिना, बर्ष बिते,खबर आएन
भलो तिम्रो जपेर, आज फेरी रोएँ

आँखाभरी सुनामी झै, याद उर्ली आयो
पुराना पत्र पढेर, आज फेरी रोएँ
.....................................................................................
गजल: मन भित्र
मन भित्र कुरा खेल्छ मुटु गाठो परी जान्छ
सम्झनाको झटारोले गोली हाने सरी जान्छ

खुशी देखाउनकै लागि हास्न खोज्छु सबैसित
एक्कासी यो मुहारमा कालो छाँया परी जान्छ

नियतिले खेल खेल्यो मेरो जीवन माथि भन्छु
आशा फेरी पलाई आउछ बिच बाटोमै मरी जान्छ

जती खोज्छु सम्हालिन झन झन गार्हो हुन्छ
रसाउछ नयनहरु आशु त्यसै झरी जान्छ

भुल्न खोज्छु अतितका मिठा पलहरु
याद आउछ बल्झिएर मन मुटु हरी जान्छ
P....................................................................................
गजल: भन्छिन आज--
भन्छिन आज माया गर्न जानिन रे मैले
उनी माथि कर्के नजर हानिन रे मैले

लजाउदै रातो भई गोधुलिमा भेट्न आउँदा
मेरो समिप आउ भनी तानिन रे मैले

जुन टिपी ल्याउन सक्छु तिम्रो लागि भनी
प्रिती गास्ने नौलो चलन धानिन रे मैले

भुलेर उनको मुस्कानमा स्पर्श बिनानै
कुनै क्षण अगालोमा बानिन रे मैले

जल्दो बल्दो जवानी,तृष्णा मनको मेटाउन
जाबो एक रात सगै काट्न मानिन रे मैले
.....................................................................................
गजल: पुराना यादहरु--
पुराना यादहरु बल्झी बल्झी फर्कदै छ
आफ्नो मन आँफैसग दुर दुर तर्कदै छ

पिडाको भुमरिले शान्ती छैन मनमा
थाहै नपाई अनायसै, आशु दर्कदै छ

अन्जानमै कहिकतै गल्ती भै हाल्योकी
मिठो बचन बोल्दा पनि रिसाएर झर्कदै छ

बरबराउछु पागलसरी एकान्त भित्र पनि
छिन छिनमा बेहोस हुन्छु मुटु थर्कदै छ

अनौठा सपनाहरु देखिराछु आजभोलि
अनर्थ हुन होकी छाती मेरो चर्कदै छ
.....................................................................................
गजल:विश्वाश मर्‍यो--
विश्वाश मर्‍यो अबिश्वासको जरा मौलाउँदै छ
मेरो प्रेम, कथा भयो हल्ला फैलाउँदै छ

ठान्यौ तिमीले अहोभाग्य अरुलाई चोट दिनु
सुन्दर एउटा बस्तिमाथी स्तब्धता छाउँदै छ

मुलबाटो भुलीगयौ स्वार्थको ओरालोमा
मरुभुमिमा मुल फुटाउछु भनी बौलाउँदै छ

आश्वासनका खोलासगै तिमी बगेपछी
फूल फूलाउँछु पत्थरमा भन्दै टोलाउँदै छ

पर्दाफास भो सबको सामु चरित्रमा दाग लाग्यो
खुच्चिम भन्दै शत्रुले नि ताली बजाउँदै छ
.....................................................................................
गजल : सुन्दै छु कता कता
सुन्दै छु कता कता नयाँ जीवन थाल्दै छौ रे
उमङ्गका बाटाहरुमा पाइला चाल्दै छौ रे

बुझ सानी चोखो माया पाइदैन जताततै
आत्मा मिल्ने हिर्दयलाई टुक्राएर फाल्दै छौ रे

नक्कली खेल जितेपनी सत्य कहिल्यै लुक्दैन
सुन बनाउन भनेर पित्तल गाल्दै छौ रे

अबश्य पश्चतापको भुमरीमा पर्छौ एकदिन
नयाँ बिउ रोप्न भनी पुरानो रुख ढाल्दै छौ रे

भताभुङ्ग होला सबै प्रतिशोध साँची हिड्दा
आफ्ना सारा कुक्रिती लुकाउन टाल्दै छौ रे
.....................................................................................
गजल: फुल भनेर --
फुल भनेर म काँडालाई, नसमाए हुन्छ
मरुभुमिमा मुल फुट्दैन, नरमाए हुन्छ

दाँया बाँया केही कतै, नभएको जोगिसँग
केही पाउने स्वार्थ बोकी, नधाए हुन्छ

हिर्दयमा माया सारी, परेली भिजाउदै
एकान्तमा सम्झिएर, नहराए हुन्छ

सुखमा हुर्केकी, हजार चोट सहनलाई
बोझिलो यो जिन्दगीमा, नआए हुन्छ

दुनियाँको रित नै हो, बलेको आगो ताप्ने
हाम्रो साईनो बिट मार्न, नलजाए हुन्छ
.....................................................................................
गजल : फ़ुल्नै नपाई
फ़ुल्नै नपाई कोपिलामै, झरे कति कति
किनार लाग्न नपाउदै, सपना टरे कति कति

स्वतन्त्रता, परिबर्तन, शान्तिका नाममा
बन्द हड़ताल आन्दोलन, गरे कति कति

गास बॉस कपास, समानाताको कुरा गर्दै
उसका झुटा आश्वासनमा, परे कति कति

दायाँ बायाँ केहि सोचिन, जे परेनी अघि बढे
केहि भएन कहिल्यै उसलाई, म मरे कति कति

छाती माथी लाठी थापी, रुन्थे ऐया भन्दै
मेरा चोटमा उसका दशा, टरे कति कति
.....................................................................................
कबिता :नआएको भए हुन्थ्यो
बेखबरलाई खबर बनाएर
अखबारहरु रङगाउन
अक्षरहरु पड्काउन
बुद्धको धुजी उडाउन
सगरमाथाको शिर नुगाउन
उही पुराना कुरा,पुरानो भाषण
प्रजातन्त्रको नाममा निरंकुश शासन
उस्तै आतंक,पुरानै भ्रष्टचार
उही हत्या,हिंसा, बलत्कार
बिक्रिती नै बिकृतिको
आयतन बढाउन
अधिकारको नाममा
सभ्यता बिर्साउन
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।

बाँच्ने आशाहरु देखाउदै
पल पलमा मार्नलाई
जितको मिठो आश्वासनमा
सधैं हार्ने पार्नलाई
बेश्रीङ्खलित बाटाहरुमा
श्रीङ्खलाबद्ध पिंडा छर्न
परिचित घुम्तिहरुसँग
अपरिचित भएको नाटक गर्न
हजारौ अब्यक्त्त बेदनाहरु बोक्दै
मनका उच्छबासहरुलाई कैदी बनाउन
सपनाहरुलाई लास बनाउदै
मसानघाटमा रमाउन
शुन्यता भित्र जुरमुराउदै
विश्वाशको यथार्थतालाई कुल्चेर
अन्धबिश्वाससँग लुकामारी खेल्न
सम्भाबित दुर्घटनाको आधारशिबिरबाट
लामो मानबताको खडेरी बोकेर
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।।
.....................................................................................
मन बुझाउला कर्म मेरो --
जानेहरु गएपनी छोडी धेरै टाढा
फुल फुल्ने बगैचामा फुले पनि काँडा
हाँसो खुशी सबै चोरी आँशु दिएपनी
मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी

किनार छोडि नदी अर्कै बाटो हिडेपनी
रुख चढाइ बन्चरोले फेद गिडेपनी
बिबसताको दोष देखाइ माया छुटेपनी
मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी

हेर्नै नपाई दर्पणको शिंशा फुटेपनी
आउने जाने सम्बन्धको बाटो टुटेपनी
दृश्यहरु हेर्नै नपाई आगोलागी डढेपनी
मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी

टिप्नै नपाई प्रतिक्षामै फुल झरेपनी
गर्भ भित्रै कल्पनाको भ्रुण मरेपनी
छात्ती भित्र बेदनाको गाठै गाठो परेपनी
मन बुझाउला कर्म मेरो यस्तै रैछ भनी
....................................................................................
गजल : गएराती एक्कासी म --
गएराती एक्कासी म, झस्किएको थिए
व्युझिएर बिछ्यौनामा, मस्किएको थिए

रक्तसंचार बढीराथ्यो, खुशीको सिमा थेन
वरीपरी तातो श्वासमा, हस्किएको थिए

सम्झना ताजै छ, यस्तै के के भन्दै थिइन
भएभरको सर्बस्व नै, पस्किएको थिए

हुन बाँकी केही रहेन, उनको मेरो बिचमा
क्षणभरमै शिथिल बनी, खस्किएको थिए

सपनिको तरङगनि ,कती मिठो हुदो रहिछ
अगालोमा उनलाई कसी, चस्किएको थिए
....................................................................................
गजल: आफ्नै पनमा..
आफ्नै पनमा ढुकढुकिले, गीत गायो आज
उराठिलो शिशिर पछी, बहार छायो आज

धेरै पछी पत्र पाए, पटक पटक पढे
तिम्रा शब्द शब्दमा, मन रमायो आज

अनेक शंका पापी मनले, नगरेको होइन
भएभरको सबै सबै , डर हरायो आज

अचम्म लागिराछ , हर्ष को सिमा छैन
बिहानिले सुनौलो, फुल फुलायो आज

चोखो माया पाइने रहिछ, चोखो मनले गरे
मिठो अतित घुमिफिरी, फर्किएर आयो आज
.....................................................................................
तिमीलाई पाउन मैले---
तिमीलाई पाउन मैले देबी देउता भाकिसके
थाहै नदीई कसैलाई मुटु पनि साटिसके
सजाइसके तिम्रो मुस्कान नयनको माझमा
हो हो हो
सजाइसके तिम्रो मुस्कान नयनको माझमा
पर्ने छैन बत्ती बाल्न त्यो मधुर साझमा

धेरै हासो जिन्दगीको तिम्रै निम्ती साचीसके
थाहै नदीई कसैलाई मुटु पनि साटिसके

नपत्याय चौतारीको वरपिपललाई सोध
हो हो हो
नपत्याय चौतारीको वरपिपललाई सोध
भित्र पसी धड्कनको चाल भित्र खोज
तिमीलाई आफ्नो बनाउने वाँचा बाधीसके
थाहै नदीई कसैलाई मुटुपनी साटिसके
तिमीलाई पाउन मैले ..
थाहै नदीइ कसैलाई ..
.....................................................................................
नसोचेको भइदियौ
किन ठीक्क पार्छौ अब सान्त्वनाको तुना बानी
फलाम दिन गार्हो मान्यौ हुँदा हुँदै सुनको खानि
मलाई पाखा लगाएर तिमी बन्यौ भाग्यमानी
नसोचेको भइदियौ रहिछौ सार्है बेइमानी

सधैंभरी नयन मेरो बनाएर पानी पानी
आकाशीयौ धर्ती छोडि क्षितिजमा पुग्न भनी
शंका लाग्यो आज मलाई यस्तै हो कि तिम्रो बानी
नसोचेको भइदियौ रहिछौ सार्है बेइमानी

हिंड्ने चाह थिदै थेन त्यो बाटोमा लग्यौ तानी
विजयको दौडमा लाग्यौ मेरो माया सस्तो ठानी
मैले भुल गर्या होइन तिमीले गर्यौ जानी जानी
नसोचेको भइदियौ रहिछौ सार्है बेइमानी
.....................................................................................
गजल: सम्हालिन सकिन --
सम्हालिन सकिन मनको बाध फुट्यो हजुर
उनको मेरो सम्बन्ध आजै देखी टुट्यो हजुर

चैत्र मासको खडेरिमा आँखाभरी वाढी आयो
नचाहेरै उनलाई खुशी मलाई पिंडा जुट्यो हजुर

जिन्दगीको गोरेटोमा सँग सँगै हिड्छौ भन्थ्यौ
बिच बाटामै उनको हात र मेरो हात छुट्यो हजुर

रमाइलो संसार थियो कालो वादल छाइ आयो
अनायसै आजफेरी असिनाले चुट्यो हजुर

अब सधैं हास्छु मात्र दु:ख दुर गयो भन्थे
मेरा सबै खुशीहरु कुन पापिले लुट्यो हजुर
.....................................................................................
गजल : हिजो आफ्नै सोच्ने मन ...
हिजो आफ्नै सोच्ने मन टाढा भइदिएछ
पराइको जाली माया गाढा भइदिएछ

जे पनि तिम्रो लागि गर्न सक्छु भन्ने मन
अनायसै मुटु घोच्ने काडा भइदिएछ

खै के भनु के गरौ आफुसँग केही छैन
आखिर सपना टुटाइदिने अग्लो डाँडा भइदिएछ

केही चाँहीदैन तिम्रो माया भए पुग्छ भन्थौ
तर आज मेरो माया थोत्रा भाडा भइदिएछ

वालापनै नभोगी जवानी बने जस्तै
आफन्तको संसार बिर्सी छाडा भइदिएछ
.....................................................................................
गजल: तिमी थियौ म थिए ...
तिमी थियौ म थिए , कती सुन्दर संसार थियो
साच्चै भन्दा भगवानको , अनमोल उपहार थियो

तिमी मुस्कुराउथ्यौ म भित्र चमक छाउथ्यो
यूगौ युग नरित्तिने, मायाको भन्डार थियो

कहिले तिम्रो कहिले मेरो रिसाउने पालो हुन्थ्यो
निस्कर्षमा एक हुन्थ्यौ एउटै बिचार थियो

सम्झना ताजै छ , अझैपनी यो मनभरी
सगै खेली बिताएको पलहरु हजार थियो

सकिएन उद् घोष गर्न, समाजको बन्धन तोडी
मैले तिमीलाई तिमीले मलाई गर्ने माया अपार थियो
.....................................................................................
कस्तो हीरा पायौ तिमीले ...
गुमायौ या केही पायौ हिसाब छैन बाँकी
गन्तब्यमा तिमी लाग्यौ दोबाटोमा मलाई राखी
भाचिएछ तिम्रो मन आएन नि पलाई
कस्तो हीरा पायौ तिमीले मेरो मुटु जलाई


जे गर्यौ ठिकै गर्यौ बाच तिमी हाँसी
म बसौला जिन्दगीमा अधुरा यि रहर साची
वारुदको भट्टी भित्रै किन कोर्यौ सलाई
कस्तो हीरा पायौ तिमीले मेरो मुटु जलाई

चाँदनिको चौघेरामा कालो बादल लगाइ
नदिउ पनि कसरी म मागेपछी बिदाइ
हाँस खेल ठट्टा गरे जस्तो लाग्यो मलाई
कस्तो हीरा पायौ तिमीले मेरो मुटु जलाई
.....................................................................................
कती मिठो माया थियो .....
नचाहेको रहर साची घर बनाए बालुवाको
दुई दिनमा ओईली झर्ने भर भएन पालुवाको
सम्झनाको लौरी टेक्दै जंघार तरे जस्तो भयो
कती मिठो माया थियो आज कता कता गयो

उजाडियो सारा जीवन डढेलोले खाएसरी
जीवन मेरो जहिले पनि बादल बर्षा झरी झरी
खुल्ला आकाश किन आज तुवालोले छायो
कती मिठो माया थियो आज कता कता गयो

शैरमा निस्केको थे बाटो कतै पाइन
सक्कली दिल किन्न खोजे बेच्ने कोही कतै छैन
हावाको बहेली सुस्ताएझै मलाई लायो
कती मिठो माया थियो आज कता कता गयो
.....................................................................................
गजल : भन्ने ठान छैटौउमा---
भन्ने ठान जिन्दगीमा यस्तै लेख्या रैछ
खुशी पाउने दोबाटोलाई काँडे तारले छेक्या रैछ

जे जे पर्छ आफ्नो भागमा भोग्दै जानु पर्ने
दु:खै दु:ख पाउन भनी हामीलाई हेप्या रैछ

चोटै चोटले सताइरह् यो खुशी कहिल्यै छाएन
हाम्रो माया प्रितीलाई नै संकटले चेप्या रैछ

राम्रो होस् भनेर संसारकै भलो जप्थ्यौ
पवित्र यि आत्माभित्र कस्तो खोट देख्या रैछ

इश्या गरे भगवानले कहाँ जानु शरण लिन
ममताको धरातालमा कठोरताले टेक्या रैछ
.....................................................................................
गजल : निल्नु न ओकल्नुको...
निल्नु न ओकल्नुको, गाँस भो यो जिन्दगी
कतै काम नलाग्ने, पलाँस भो यो जिन्दगी

दिक्क लाग्न थालेको छ, आफ्नै जीवन देखी
सुन्दर वस्ती उडाउने, वतास भो यो जिन्दगी

ओठ कलेटी परेको छ, कान्ती छैन अनुहारमा
छैन कती हाँसो खुशी, उदाँस भो यो जिन्दगी

अबुझ ईश्यालु, म थिए रे त्यतिबेला
दुनिँया भन्छ आज, उपहाँस भो यो जिन्दगी

आपत बिपत परिराछ, तिमी टाढा भएदेखी
हुन बाँकी केही रहेन, सत्यानास भो यो जिन्दगी
....................................................................................
गजल: भो तिमीले नै जित्यौ....
भो तिमीले नै जित्यौ, फेरी मेरो हार भयो
उदास थियो यो जिन्दगी,झनै बढी भार भयो

सजाउथे सपनाहरु, नयनको बाटो भरी
ब्युझेपछी मर्नु पर्ने,सपना देख्नु बेकार भयो

अजम्बरी रहन्छ, हाम्रो चोखो प्रिती भन्थे
आखिर कहिल्यै नभेटिने,नदिको दुई किनार भयो

पिंडा भित्र हाँसी हाँसी,जतन गरी जोगाउथे
आफ्नै गला रेटिजाने, खुकुरिको धार भयो

हाम्रो माया नमुना, बन्छ भन्थे कुनैबेला
आज आफ्नै अगाडि,काम नलाग्ने झार भयो
.....................................................................................
माया त्यसै मर्दैन है
माया त्यसै मर्दैन है, मारिएको हुनसक्छ
मन आँफै डेरा सर्दैन, सारीएको हुनसक्छ

मनको नेता चुन्नलाई, चुनाबै त गरिदैन
मतको झुटो खेलले गर्दा, हारिएको हुनसक्छ

साचो कुरा लुक्दैन , जती कोशिस गर तर
मनको पिंडा लुकाउन, गाडीएको हुनसक्छ

पहाड तराइ बन्दैन , विश्वास तिमी नगरन
सस्तो भ्रम फैलाउन, खारिएको हुनसक्छ

हास खेल मात्र हो कि, चोखो प्रित लाएका छौ
मनको प्यास मेटाउन, नारिएको हुनसक्छ
.....................................................................................
गजल -- हारजित भईरहने
हारजित भइरहने माया खेल होइन
परीक्षा लिई छुट्टाउने पास फेल होइन

जहाँ हुन्छ आत्मियता खुशी खुशी मात्र
हर्ष न विष्मात हुने, कौवालाई वेल होइन

पिंडा पर्दा पोख्ने आशु सफलतामा हासो
विश्वास हुन्छ एक अर्कामा जालझेल होइन

गन्तब्य एउटै अनी पाइला सँगसगै
दुर्घटनामा परी जाने लिग छोडेको रेल होइन

समर्पण समझदारी सम्मान हुन्छ त्यहा
केही क्षण मोज गर्न, गरिएको मेल होइन
.....................................................................................
सधैं सँगै हिंड्नेहरु
सधैं सँगै हिंड्नेहरु, साथी हुन्नन साथी
मिठो वचन बोल्ने सबै,जाती हुन्नन साथी

बगैचामा अनगिन्ती, फुलहरु फुल्छन
सबै फुल्ने फुलहरु, पाती हुन्नन साथी

जीवन माथि एक्कासी, ग्रहण लागेपछी
अन्धकार मात्र सधैं, राती हुन्नन साथी

चारैतिर अन्यायको, कालो वादल छायपछी
न्याय खोज्ने हातहरु, माथि हुन्नन साथी

आफ्नो लागि मात्र वाच्ने, चलन भएपछी
दु:ख पर्दा साथ दिने, छाती हुन्नन साथी
....................................................................................
सानैमा सिकाइ
सानैमा सिकाइ दियौ नभै हुन्न आजभोलि
किसको मात्र कुरा गर्छौ त्यसले छुन्न आजभोली

यताउता सलबलाउने यो चन्चले मनलाई
खोजी राछु भोटे ताल्चा लगाइ थुन्न आजभोली

करकापमा हिजो सम्म एक गिलास बलै जान्थ्यो
सिकेको छु भट्टी छिरी पिउन टुन्न आजभोली

पालै पालो हत्या भयो दिदी भहिनी दाजु भाईको
चोट सहने बानी पर्‍यो अह रुन्न आजभोली

मिठो भाषण गर्छन् सबै कसको विश्वाश गर्ने
सार्है कठीन भयो हजुर नेता चुन्न आजभोली
....................................................................................
.....................................................................................
तिमीलाई के थाहा ..
तिमीलाई के थाहा सानी,चोट यो मनको
क्षणक्षणमा मुर्छा पार्ने, विस्फोट यो मनको

किनार लाग्न पाएनन, मेरा मिठा सपनाले
खरानी भो एक निमेष मै, अठोट यो मनको

हिजो सम्म राम्रो भन्थ्यौ, आज नानाभाती
के पायौ खै अनायसै, खोट यो मनको

आँफैसँग दंग पर्थे, कस्तो युगल जोडी
अन्धकार भित्र रहिछ, छनोट यो मनको

मेरो नजिक नआउ, जाउ अब परपर
बन्द भए तिमी खेल्ने, कोर्ट यो मनको
.....................................................................................
.....................................................................................
अधर्मी पापी भन्दै
आपत पर्दा जीवनमा, हतास नठाने है
काँडामाथी हिंड्नु पर्दा, खुट्टा नताने है

जन्मी हुर्की बढेको, यही सस्कारले गर्दा
चिढिएर बोल्न सक्छु, दु:ख नमाने है

प्रश्नहरु गरौला, तिमीलाई बुझ्न भनी
अबिश्वासी भनी मलाई, अर्को नछाने है

मेरै कारण कहिलेकाही, अप्ठ्यरो परे पनि
रिसाएर आँखा चिम्ली, तीर नहाने है

भबितब्य पर्न गई, एक्लै छाडे भने कतै
अधर्मी पापी भन्दै, तेलमा नझाने है
..................
छुट्यॊ तिम्रॊ मायालु साथ
हल्लीयॊ बिदाइकॊ हात ।।

छाडी गयौ एक्लै बनाइ
दिन भयॊ कालॊ रात ।।

दुःख मान्दै रक्सी पीएँ
भुलाएन पीडा छैन मात ।।

बिरानॊ देसमा एक्लै छाडेउ
भयॊ मलाइ ठूलॊ घात ।।

श्यामबर्ण भएनि तिमी
गर्थ्यौ साह्रै कर्णप्रीय बात ।
.........................
खातका खात प्रेमपत्रकै, खाम फाल्यॊ उस्ले ।।
बहाना माया गाँस्ने ,धेरै चाल चाल्यॊ उस्ले ।।

देखाउँदै सुन्दर सपना ,सयौँ जुनि साथै हुने
नहुँदा परिवारिक आदेश,सिन्दुर हाल्यॊ उस्ले ।।

अल्लारे बैँशमा उस्तै,भग्यौँ घरपरिवार छाडि
जसॊतसॊ लुकिछिपि,खुशिसाथ पाल्यॊ उस्ले ।।

गर्दै दिनरात मेहनत,खुशिराख्ने प्रयास मलाइ
अध्याँरॊ जीबन,शुखकॊ ज्यॊति बाल्यॊ उस्ले ।।

नेपालि परम्परा उहि,रूडिबादि संस्कार पनि
मायाकै नमूना,छुवाछुत पर्खाल ढाल्यॊ उस्ले ।।
........................
आजभोलि किन तिमी, धेरै कुरा सुन्छौ अरे
मध्यरात एकान्तमा, मलाई सम्झी रून्छौ अरे ।

दिनभरिको भीडभाड अनि, धेरै साथी भेटे पनि
एकान्तको तिर्खा मेट्न, मलाई नै चुन्छौ अरे ।।

बल्ल–बल्ल लाको माया, विर्सनलाई गाह्रो भयो,
भन्दै तिमी एक्लै अझै, के के कुरा गुन्छौ अरे ।।

मिलनको दिन कहिले, आउँछ भन्ने आशा राखी,
अझै पनि मिठा–मिठा, सपनाहरू बुन्छौ अरे ।।

कहिलेकाहीँ सपनीमा, छुट्टीएको देख्दा पनि,
विवशलाई सम्झिएर, पागल जस्तै हुन्छौ अरे ।।

achyut kuikel

जुनी जुनी भरिलाई माया तिमिसगैँ लाएँ
कहिले नछुटिने कसम तिमीसगैँ खाएँ

एक्लास जीवनमा तिमी बहार बनि आयौ
आँखाभरी नअट्ने सपना तिमीसगैँ पाएँ

मन्-मन्दिर , गाउँ शहर सवैतिर चहाँरे
केवल तिम्रै वरिपरी मेरा नयनहरु धाएँ

खै तिमीसँग के छ र जादु त्यस्तो प्रिय ?
हर खुशी तिमी नै,आखिरमा तिमीसगैँ आएँ

तिमीले मलाई आभास गर्यौ कि गरेनौ कुन्नि
आत्मादेखि म तिम्रो मनको बस्ति-बस्तिमा छाएँ

मुस्कानहरु त सधैं फुलिरहुन् गमला भरि
बाधा,पिडा सगैँ बाँड्न तिम्रो हात थमाएँ
.................
कहिलेकाँहि बुढेसकालमा ,बैँशले हड्डी चिलाउदाँखेरी
अचम्मकै मज्जा आहा, तरूनिसंग नेत्र मिलाउँदाखेरी ।।

मन्दमुस्कान छर्दै तेहाँ, छेउमै आइन् एउटी सुन्दरी
जवानी नै फर्के क्यारे ,तिन्ले नै रक्सी पिलाउँदाखेरी।।

अर्धनग्न अनि मादहॊस भइ ,कॊहि काखमा बस्दा
अलौकीक आनन्द छ, मनका ब्यथा बिलाउँदाखेरी ।।

श्यामपट्ट मध्यरातमा, महिलापुरूष लड्दै भिड्दा
च्यातिदाँ अंगहरू ,गाह्रॊभॊ मायाले सिलाउदाँखेरी।।


गजल (रिसाउदाँ माया)

रिसाउँदा माया मेरी,फुल छर्न मनलाग्छ मलाइ
ति मुहारमा फेरी, खुशी भर्न मनलाग्छ मलाइ ।।

गल्ती भए माफ गर, नबगाउ अनमॊल अश्रुधारा
जे भएनि तिम्रै छेउछाउमा, पर्न मनलाग्छ मलाइ।।

कहिँकतै छुटेउँ भने ,जीबन हुन्छ शीसिर ऋतु
हरीयाली ल्याउने बर्षाझैँ, झर्न मनलाग्छ मलाइ।।

नरिसाँउदा सुन्दरी थेउ,रिसाउदाँ बिछट्टै झन्।।
सम्झौताका मिठा कुरा ,गर्न मनलाग्छ मलाइ ।।

खप्न नसक्दा रिसलाइ,श्यामबर्ण मुहार हुँदा
मिलिजुली सधैँभरी ,बाच्नमर्न मनलाग्छ मलाइ ।।

गजल
कत्ति मज्जा आहा काखमा कॊहि बस्दाखेरी
खुशीसंगै काउकुती अंगालॊमा कस्दाखेरी ।।

मख्खपर्दै एकअर्काका तारीफ गर्दैजाँदा
सल्बलायका हातहरू शरीरभित्र पस्दाखेरी ।।

धुकधुकी बढ्दॊरेछ समिप्यमा बस्दैजाँदा
चरमशुख तेहाँ रतीक्रीडाजलमा खस्दाखेरी ।।

असिम खुशीसंगै चिच्याहट र छट्पटी पनि
मीठा दुःख हुदाँरहेछन् अंगप्रत्यगं घस्दाखेरी ।।

जबानीका प्यासी रहर सुम्पीदिदाँ आपसमा
श्यामबर्ण रातॊ भएछ दिनरात धस्दाखेरी ।।
........................................
आँखा भित्र मायाको गहिराई पो हुन्छ
आँखा भित्र निष्ठुरीको मुहार होइन प्रिय
आँखा भित्र त मायालुको सपना पो हुन्छ
सपना भित्र निष्ठुरीको जीवन होइन प्रिय
सपना भित्र त मायालुको संसार पो हुन्छ
संसार भित्र निष्ठुरी होइन प्रिय
संसार भित्र त मायालु पो हुन्छ
मायालु भित्र निष्ठुरीको घृणाको उचाई होइन प्रिय
मायालु भित्र त मायालुको माया पो हुन्छ
माया भित्र निष्ठुरीको तिखो बचन होइन प्रिय
माया भित्र त मायालुको पबित्र मन पो हुन्छ
मन भित्र मायालुको चर्किएको ढुंगे मुटु होइन प्रिय
मन भित्र त मायालुको माया रुपी चोखो मुटु पो हुन्छ
मुटु भित्र निष्ठुरीको सल्बली होइन प्रिय
मुटु भित्र त मायालुको धड्कन पो हुन्छ
धड्कन भित्र निष्ठुरीको घृणाको उचाई होइन प्रिय
धड्कन भित्र त मायालुको मायाको गहिराई पो हुन्छ
.....................................
मेरो प्रेम पत्र पढी मन कहिल्यै नदुखाउनु
गल्ती मेरो कुनै भए आँसु बगाई नसुक्सुकाउनु,

आफैंलाई थाहै नदिई मनले, तिम्लाई मन पराएछ
यो मन मात्रै यस्तो हो कि तिमी कुरा नलुकाउनु

उमेर छँदै मोज गर जोवन कति लुकाई राख्दछयौ
अँगालो मै राखी माया, गर्नेलाई नचुकाउनु

जता राम्रो त्यतै लाक्छ यी नजरले किन आज
ईच्छा मेट्ने गरी हेर्छु मुख तिमीले नझुकाउनु ।
.........................
लाज मान्दै नहेर मलाई, नसा लाग्छ तिम्रो हेराइले |
फेरि भाउजु नमस्ते भन्ला तिमीलाई मेरो भाइले ||
तिमी मसक्क मसक्क मस्किन्छौ सबले चाल पाइसके|
गुण्डा बोकी खोज्न आउलान फेरि तिम्रो दाइले ||
नकल पार्न सिपालु छ्यौ किरिम पाउडर लगाई |
त्यस्तो गर्नु राम्रो हैन के के भन्छन पराइले ||
यस्तै पारा तिम्रो भए भने अन्तैतिर लाग्दा बेस
नक्कल पार्न भ्याउला जस्तो लागेन है मेरो कमाइले||
..............................
तिम्लाई सम्झी बेहोसिमा,झस्किएर रोएं ।
तिम्रो यादले यो मुटु ,चस्किएर रोएं ।
कस्लाई सुनाउनु छ र मर्म मैले यहाँ
कसैले यहाँ नसुने’सि,कस्सिएर रोएं ।

अँधेरी रातमा तारा हेर्छु,बिचमा तिमी जस्तो लाग्छ ।
मुटुलाई छामि हेर्छु,धड्कनमा तिमी जस्तो लाग्छ ।
यता उता एकान्तमा,तिमीलाई भेट्न खोजें
आँखा बन्द गरेर हेर्छु ,परेलिमा तिमी जस्तो लाग्छ ।
...............
तिम्लाई सम्झी बेहोसिमा,झस्किएर रोएं ।
तिम्रो यादले यो मुटु ,चस्किएर रोएं ।
कस्लाई सुनाउनु छ र मर्म मैले यहाँ
कसैले यहाँ नसुने’सि,कस्सिएर रोएं ।

अँधेरी रातमा तारा हेर्छु,बिचमा तिमी जस्तो लाग्छ ।
मुटुलाई छामि हेर्छु,धड्कनमा तिमी जस्तो लाग्छ ।
यता उता एकान्तमा,तिमीलाई भेट्न खोजें
आँखा बन्द गरेर हेर्छु ,परेलिमा तिमी जस्तो लाग्छ ।
....................................
achyut kuikel
खुसी मान्यौ तिम्ले त्यसै मैन बनी बलिदिएँ
तिमी खुल्यौ उज्यालोमा आफू जल्नु जलिदिएँ ।।

मदहोश अनौठो त्यो सम्मोहनी तिम्रा आँखा
चल्दा जादु लगातार इसारा मै गलिदिएँ ।।

व्यथा बन्यो बिचित्रको अरुभित्र आफू खोज्ने
खोज्दा-खोज्दै जित्यौ तिम्ले जानाजान ढलिदिएँ ।।

तेज गति धड्कनको मीठा-मीठा आभासमा
धड्किरह्यौ तिमी भित्र आफैंलाई छलिदिएँ ।।

फेरिदो त्यो ऋतुसँगै बदल्दिदा तिम्ले मन
किन गर्थे झर्कोफर्को चूपचाप चलिदिएँ ।
....................
ब्रह्म तिमी, सृष्टि तिमी
हेराइ तिमी, दृष्टि तिमी
सिरानी को डिल डिल
भिज्ने नयन बृष्टि तिमि

सोच तिमी, बिचार तिमी
नशा भित्र संचार तिमी
प्रीत को क ख बुझाउने
मुटु रुपी आकार तिमी

फूल तिमी, बासना तिमी
प्यास तिमी, तृष्णा तिमी
मीरा तुल्याई मोहनी को
फेरी लाउने कृष्ण तिमी

रहर तिमी, आस तिमी
जीवन दिने सास तिमी
यौवन रूपी स्वप्निल चंगा
उडाइदिने बतास तिमी

आदि तिमी, अन्त्य तिमी
अझ मृत्यु पर्यन्त तिमी
उदाहरण लाई मायाको
तस्बीर जीवन्त तिमी /
..............
achyut kuikel
छाडेर गईस् भन्दै गाउँ रुन्छ सपनीमा
मलाई जन्मा-हुर्काको ठाउँ रुन्छ सपनीमा

कसरी सक्छु म सुत्न विकास सुते झैँ मस्त
सधैँ-सधैँ जस्को बुढो बाउ रुन्छ सपनीमा

हुर्किएछ चरी अब छाडेर जो गयो गुँड
भनेर बिलौना गर्दै माउ रुन्छ सपनीमा

नदुखे झैँ चस्स-चस्स सधैँ चस्कन्छ यो छाती
भुल्नै नमिल्ने एउटा घाउ रुन्छ सपनीमा

तँलाई पारी तारेको मैले हो नबिर्सी भन्दै
माझी रुन्छ सपनीमा, नाउ रुन्छ सपनीमा
......................................................................................
सयौँ जुनी हैन एउटै जुनी दिए पुग्छ ।
बरदानमा प्रभु मलाई उनी दिए पुग्छ ।

प्वाँख देउ पन्छी जस्तै उड्न पाउँ भन्दिन म
पिँजडामा उनीसँगै थुनिदिए पुग्छ ।

स्वर्ग कस्ले देख्या छ र भोलिको भर हुन्न
यही धर्ती यही आकाश मुनी दिए पुग्छ ।

यति दिने वाचा गर अरु केही माग्दिन म
'शून्य' मनको यौटै बिन्ती सुनिदिए पुग्छ
.....................................................................................
आंशुलाई टल्काउने प्रभात हुन सक्नु पर्छ
फुटेका मन जोड्ने सौगात हुन सक्नु पर्छ

फुल्दा गुलाफ मात्र हैन चढ्ने देउतालाई
हांगावाट झरे'सी पारिजात हुन सक्नु पर्छ

कस्ले भन्छ विश्वासको खडेरी छ हामी वीच
एउटै मान्छे पनि जमात हुन सक्नु पर्छ

हृदय सगरमाथा आँखामा बुद्घ हरेकको
फिलिंगो विप्लवको उत्पात हुनसक्नु पर्छ

धाँजा धाँजा नहुन सक्छन् समय र मनहरू
बाफिएर आफैं पनि वर्षात हुन सक्नु पर्छ
.....................................................................................
दुख्ने गर्छ मुटु मेरो
डुब्दा बिगतका तलाऊहरु।

चर्किने गर्छ स्मृतीको पटमा
तिमीले दिएका घाउहरु।

स्वर्ग जस्तै थिए हिंजो
हामी घुमेको रमाईलो गाउँहरु।

नर्क तुल्य भएको छ आज
मेरो निम्ती त्यही ठाउँहरु।

मैले हारी तिमीले जित्नु पर्ने
थाहै नदिई कस्तो खेल्यौ दाउहरु।

बेवारीसे लाश जस्तै तिरस्कृत हुदै
कति चालौ जिन्दगीका गह्रौ यी पाऊहरु।

तिरस्कृत किनारमा उभी आज
पर्खि रहेछु पार तर्ने नाउहरु।
.....................................................................................
प्रेमपत्र लेख्दै पातपातमा हिँडियो कुनैबेला
दिँदै कतिलाई हात हातमा हिँडियो कुनैबेला


उमेरै यस्तो भन्नुपर्छ रहरै त्यस्तो भन्नुपर्छ
रोदी बस्ने भन्दै रात रातमा हिँडियो कुनैबेला


बाँसुरीमा कृष्णजीजस्तै गाँजाभाँङ्‍मा शिवजीजस्तै
लटि्‍ठदै कसैका बातबातमा हिँडियो कुनैबेला


सम्झिदा'नि त्यसैत्यसै आनन्दको आभाष हुन्छ
लर्के जवानीको मातमातमा हिँडियो कुनैबेला

.....................................................................................
धर्तीमा जन्मिएँ म धर्तीकै सम्मान छैन
केका लागि जन्मिएँ त्यो पहिचान छैन ।

सजीव हुँ परिभाषा लगाउनु पर्दैन,
हेर मानव भएँ भन्ने अभिमान छैन ।

चाहना र समस्या हजारौँ मनमा,
समाधान कसरी त्यसको ज्ञान छैन ।

कसलाई समात्ने अधुरा सपना बोकी,
सत्यता ठूलो धर्म हो बेइमान छैन ।

बाँच्नुको सार अझसम्म बुझ्न नसक्दा,
'इन्दु' लाई बचाउने भगवान् छैन ।
.....................................................................................
तिमी कहिले व्यवहारिक हुने
भन त कहिले वैचारिक हुने ?

चञ्चल चित्त अस्थिर सोच तिम्रा,
लौ न कहिले आधिकारिक हुने ?

सिकाउनु छ तिमीलाई धेरै कुरा,
ए बाबा कैले पारिवारिक हुने ?

चलिहाल्छ यसै भनेर'नि हुन्छ !
हैन साँच्चै कैले सांसारिक हुने ?

बहानामात्रले कति चल्छ होला
भएन बेला औपचारिक हुने ?
.....................................................................................
खडेरीलाई वर्षा थियौँ, मलाई घनघोर लाग्यो
एकैछिनको दर्कने त्यो मलाई फेरी थोर लाग्यो

भन्न त भन्यौँ तिम्ले, मलाई हरियाली दियौँ
तर मलाई यो जंगल नरमाइलो झोर लाग्यो

न फूलको बास्ना छ, न त कोइली गाउँछे यहाँ
नभए'नि बाहिरी बन्धन, थुनिएँ म खोर लाग्यो

गाईको स्याहार गर्नेले दुध नदोइ छोड्‍छ र ?
भोकाएको बाछो भएँ, तिमी दुध चोर लाग्यो

मेरो सबै कथा पढ्‍दा एक छेउमा तिमी थियौँ
घोरिएर हेरेँ तिम्लाई, आज साह्रै बोर लाग्यो
.....................................................................................
रात; निदाउनेहरुका लागि हो
आँसु; रुनेहरुका लागि हो
विश्राम; थाक्नेहरुका लागि हो
जिब्रो; बोल्नेहरुका लागि हो
रुप; देखाउनेहरुका लागि हो
मृत्यु; हार्नेहरुका लागि हो

कालो रात हैन, उज्यालो दिन चाहन्छु म
बग्ने आँसु हैन, उन्मुक्त हाँसो चाहन्छु म
विश्राम हैन, निरन्तर हिँड्ने पाइला चाहन्छु म
बोल्ने जिब्रो हैन, पौरखी पाखुरी चाहन्छु म
सुन्दर रुप हैन, सफा मन चाहन्छु म
पराजित मृत्यु हैन, संघर्षशील जीवन चाहन्छु म

किनकी,
जाग्नेहरुका लागि हो, दिन
खुसी हुनेहरुका लागि हो, हाँसो
हिँड्नेहरुका लागि हो, पाइला
पौरख गर्नेहरुका लागि हो, पाखुरी
खुल्नेहरुका लागि हो, मन
जुध्नेहरुका लागि हो, जीवन ।
.....................................................................................
जिन्दगी मसँगै दौडिरहेछ
या म जिन्दगीसँगै दौडिरहेछु
थाहा छैन या त समयसँगै दौडिँदैछु
या समय मसँग हिँडिरहेछ
अनभिज्ञ छु म कोसँग हिँडिरहेछु
गन्तव्यको कुनै ज्ञान छैन
म कहाँ पुग्दैछु एक्लै विरहीबनी
आँसु म सँगै बग्दैछ या
म आँसुसँगै बगिरहेछु
थाहा छैन या त सँगसँगै बग्दैछु
या आँखा मात्र रसाइरहेछ
बेखबर छु म कोसँग रोइरहेछु
म किन रुदैछु हृदय रित्तिने गरी
.....................................................................................
हामीबीचको सम्बन्धको चर्चा परिचर्चा हुँदा
किन समाज सामु एउटा नाम दिन सकिन मैले

भावविह्वल तिमी आतिई कहालिएर रुँदा
किन निर्भीक भई तिम्रा आँसु पुछ्न सकिन मैले

बेदाग तिम्रो व्यक्तित्वमा चरित्रहीनताको दाग लाग्दा
किन तिम्रो पवित्रताको वकालत गर्न सकिन मैले

हामीबीचको नातालाई नाजायजको संज्ञा दिँदा
किन जायज भनी प्रमाणित गर्न सकिन मैले

तिमीमाथि हजारौ प्रश्न मिश्रित औँलाहरु उठ्दा
किन मौनता आफ्नो भंग गर्न सकिन मैले

कायरताको उपमा दिँदै तिमीले साथ मेरो माग्दा
किन हाम्रो मायाको समर्थन गर्न सकिन मैले

स्वच्छ प्रेमको निम्ति जीवन परित्याग तिमीले गर्दा
किन पापबोध गरी प्रायश्चित गर्न सकिन मैले
.....................................................................................
कति कूटिल छन् तिम्रा हाँसोहरू
कति मूल्यहिन् छन् तिम्रा आँशुहरू
कति अर्थहिन् छन् तिम्रा बाचाहरू
तर,
त्यही अर्थहिनता मै छन् मेरा मनका भावहरू

कति दुर्गन्धित छन् ती साथहरू
कति तिरस्कृत छन् ती माथहरू
कति कुटिल छन् ती दृष्टिहरू

तैपनि,
तिनै कुटिलता भित्र छन् मेरा आँशुका रापहरू

कति अनन्त र भावपूर्ण छन् तिम्रा हरेक शब्दहरू
कति पीडादायी छन् हाम्रा भेटघाटहरू
कति स्वार्थ पूर्ण छन् तिम्रा शब्दका महलहरू

अझैपनि‌...
तिनै शब्दमहलभित्रै छन् मेरा मनका भावहरू

त्यसैले मलाइ लाग्छ,
अझै निश्चल छ तिम्रो माया
निश्वार्थ लाग्छ छ तिम्रो भावना
गहिरो लाग्छ तिम्रो सम्झना

किनकी,
तिनै गहिराइ मै छन् मेरा सारा यादहरू
मलाई प्यारो छ मेरो अतित अनि तिम्रो साथहरु
त्यसैले,
तिमीमै समर्पित छन् मेरा सारा वाक्यहरू
.....................................................................................
प्यारी ! उठौँ कि अब ता कुखुरा कराये ।


-पण्डित कृष्णप्रसाद रेग्मी



प्रतर्‌ भयेछ कि सखी ! चिडिया कराये
श्रीसूर्यले अरुणकान्ति पनी फिँजाये ।
ताराहरू गगन मण्डलमा हराये
प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! ।।१।।



ढोका खुले घरघरै घरघर् गराये
बाहीर कल्मल सुनिन्छ प्रभाति गाये ।
स्नानादि गर्न भनि लोक उठेर आये
प्यारी ! उठौं कि अबता कुखुरा कराये ! ।।२।।



निन्द्रा सखी गयिछ भागि बिदा नमागी
प्रीती छ यौटि यहि जालि कि साथ लागी ।
लौ अञ्जना पनि हिंडीछ सबै हराये प्यारी !
उठौँ कि अब ता कुखुरा कराये ! ।।३।।



सिन्दूर लत्पत छ कज्‍जल पूछ प्यारी,
अल्सी हटाउ अब केश समाल सारी ।
शोभा-विहीन भई चन्द्र पनी बिलाये प्यारी !
उठौँ कि अब ता कुखुरा कराये ! ।।४।।



जागा भयेर गर बन्दन इष्टलाई ।
छुट्टीन कष्ट छ अति छन ता मलाई ।
गर्नुहुँदैन विपरीत दिनेश आये प्यारी !
उठौं कि अब ता कुखुरा कराये ! ।।५।।



होला पियारि ! कहिल्यै पछि पूर्ण धोका
आँटी मसक्‍क उठ सुस्त उघार ढोका
बेर् भो छिमेकिहरूले पनि चाल पाये
प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! ।।६।।



भोली पनी दिन बितीकन रात पर्ला
आजै अतीव नगरौँ अब-गाल पर्ला ।
माला र फूल लिइ मालिनिहेरु आये प्यारी !
उठौं कि अब ता कुखुरा कराये ! ।।७।।



प्रीतीविना रहनु केहि हुँदैन राम्रो
प्रीति परस्पर चिरायु बनोस हाम्रो ।
बत्ती पनी घरघरै सबका निभाये
प्यारी ! उठौँ कि अब ता कुखुरा कराये ! ।।८।।



देखिन्न शुक्र पनि अस्त भईसकेछ
तिर्‌मिर‌् हटीकन प्रकाश भइसकेछ ।
बाहीरिया सडकमा पनि झाडु लाये
प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! ।।९।।



गर्छन् वरीपरि पनि सब हल्लिखल्ली
कल्ली लगाउ झटपट्‍ खिच बाहु-बल्ली ।
देउ बिदा अब प्रिये ! सब साथि आये
प्यारी ! उठौं कि अब ता कुखुरा कराये ! ।।१०।।



(साभार: सूक्तिसिन्धु, चौथो संस्करण २०६२)
.....................................................................................
पछौरीको कुना समाई तिमी छेउ बस
हाँस्दाखेरी जून जस्ती मुसुमुसु हाँस

तिमी हिड्दा सधैं लाग्छ स्वर्गकी परी
तिम्रो माया राख्छु सँधै मेरो मुटुभरि
आकाश जस्तो मन तिम्रो चन्द्रमाको बास
हाँस्दाखेरी जून जस्ती मुसुमुसु हाँस

तिम्रो स्वागतमा देख्छु फूल फुलेका
तिम्रो माया पाउन संसारभरि डुलेका
तिम्रोलगि जहिले पनि बन्न सक्छु दास
हाँस्दाखेरी जून जस्ती मुसुमुसु हाँस
.....................................................................................
तिम्रो आँखा किन-किन हेरुँ- हेरुँ लाग्छ
प्रश्न गर्छु उत्तर छैन दिल बहकिँदै जान्छ

चन्द्रमा झैँ आकाशमा मुस्कुराउँछौ तिमी
बादलमुनि लुक्दै मलाई जिस्काउँछौ तिमी
कहिलेकाहीँ यस्तो लाग्छ मेरो कल्पनामा
तिमी बाहेक कोही छैन मेरो जिन्दगीमा

ल्याउनेछु नवप्रभात तिमीले साथ दिए
बस्नेछ अमर माया तिमीले प्रीत दिए
आँखाबाट आँसु झर्छ तिमी छुटि दिँदा
माया मैले लाएको हुँ तिमीसँगै सदा
.....................................................................................
शहर किन नबसेको, भन्छन् सबै साथीभाइ
म त भन्छु सकिएन कस्न आफ्नै छातीलाई

गाउँबाटै शुरु भयो, मेरो आवाज गीत-सङ्‍गीत
पूर्णिमाको रातसरि मेरो समाज मेरो अतीत
रहर किन नफेरेको भन्छन् सबै साथीभाइ
म त भन्छु सकिएन साट्‍न आफ्नै छातीलाई

पानी पिउनै गाह्रो त्यहाँ, फेर्दा सास धुमिल धुवाँ
कहाँ पाउनु रमितेको चिसो बतास सिमको कुवा
कहर किन नखेपेको, भन्छन् सबै साथीभाइ
म त भन्छु सकिएन ढाट्‍न आफ्नै छातीलाई
.....................................................................................
हररात यी आँखाका निंद भगाएर गयौ
पत्थर यो मनमा प्रित जगाएर गयौ

पलभरको साथ असिमित खुशीहरु
तस्बीर यो मनमा सजाएर गयौ

सुस्ताएका नयनहरु यत्रतत्र ढल्दै थिए
मनको यो दिवार ढक-ढकाएर गयौ

शून्यतालाई तोडिदिने मीठा मीठा बातहरु
आवाजमा जादु, मोहनी लगाएर गयौ

भेटिएर छुट्नै पर्ने परिभाषा जिन्दगीको
मजबुर ति नयन रसाएर गयौ ।।।
<<<<


भेटिएर छुट्टिन्थे पहिले पहिले तिमि
तर नछुट्टिने माया गसाएर गयौ

संधैभरि निस्ठुरि बन्थयौ तिमि
तर तिम्रो मुटुभित्र मलाई पसाएर गयौ

हिजो अस्ति सम्म खुब रुवाउथ्यौ तिमि
आज के जंग चल्यो हसाएर गयौ

जहिल्यै माथी माथी चढाउथयौ तिमि
तर आज किन तल खसाएर गयौ

काली:

बसन्तमा मुस्कुराउने फूल हो कि जीवन
फूल्दा फूल्दै झरिजाने भूल हो कि जीवन

चाहना यो मुटुभरि तिमीलाई नै पाउँ भन्ने
छाति भित्र रोपिएको सूल हो कि जीवन

हुरी आई उडाईलाने बर्षातले रुझिदिने
अस्तब्यस्त टाँगिएको तुल हो कि जीवन

गन्तब्यहिन पाईलाहरु दोर्‍याएर हिड्डै गर्दा
वारीपारी पुर्‍याइदिने पुल हो कि जीवन

पागल बस्ती भन्छन सबै हामी सप्पै त्यस्तै अरे
भौतारिएका मानिसको हुल हो कि जीवन ।।


.....................................................................................
रुनु सम्म रोइसक्यो, झर्नु आँशु झरिसक्यो,
आँखाहरु रक्तिएर, अब रगत झर्न बाँकी छ।।।

उकुस्मुकुस मनमा अब, माया सबै रित्तिसक्यो,
बिरह ले भरिएर, अब बिस ले भर्न बाँकी छ।।।

अमृत रोप्ने खेतमा, आज किरा परिसाक्यो,
अबको बिउ कुहिएर, दुर्गन्ध सर्न बाँकी छ।।।

जिउन पर्छ रे जिन्दगी, जिउने कोशीस गरिसके,
हार खाइ अब, आत्मा समर्पन गर्न बाँकी छ।।।

केही अब बाँकी रहेन, मुटु पनि जलिसक्यो,
जिउदो यो लास फेरी, दोहोर्याएर मर्न बाँकी छ।।।
.....................................................................................
कुलेसो देखी किन पर भाग्छौ तिमी?
यो जीवनमा अझै धेरै नदी तर्न बाँकी छ

बाँझो खेतलाई अझै खुँदेर किन राख्छौ तिमी
निराशाको खेतमा आशाको बिउ छर्न बाँकी छ
भूल रहेछ यो जिन्दगी जन्मिनु नै हार भयो
दुखी सम्झे आफैलाई आफ्नै जीवन भार भयो

उज्यालोमा हेर्न खोज्दा जून अन्धकार भयो
जिन्दगी यो चुँडिएको सारँगीको तार भयो ।
.....................................................................................
बसन्तमा मुस्कुराउने फूल हो कि जीवन
फूल्दा फूल्दै झरिजाने भूल हो कि जीवन

चाहना यो मुटुभरि तिमीलाई नै पाउँ भन्ने
छाति भित्र रोपिएको सूल हो कि जीवन

हुरी आई उडाईलाने बर्षातले रुझिदिने
अस्तब्यस्त टाँगिएको तुल हो कि जीवन

गन्तब्यहिन पाईलाहरु दोर्‍याएर हिड्डै गर्दा
वारीपारी पुर्‍याइदिने पुल हो कि जीवन

पागल बस्ती भन्छन सबै हामी सप्पै त्यस्तै अरे
भौतारिएका मानिसको हुल हो कि जीवन ।।
.....................................................................................
कस्तो होला छाती फोडी मुटु भित्र पस्न पाए?
आँफै लाई बिर्सिएर तिमी सँगै बस्न पाए?

गाजलु ति आँखा भरी छाल देख्छु पिरतीको
कस्तो होला ति नयन का सागर मा खस्न पाए?

उम्कन नै नसकिने जाल हो'रे माया-प्रिती
कस्तो होला तिमी सँगै मायाजाल मा फस्न पाए?

तिमी र म सँग-सँगै पिरती को डोरी बाटी
कस्तो होला त्यै डोरीले दुई मन लाई कस्न पाए?

थाहा छैन जीवन को रस-रंग कस्तो होला?
भंवरा ले फुल जस्तै तिमीलाई डस्न पाए?
.....................................................................................
कस्तो हुन्थ्यो बर्षातको झरी बनी झर्न पाए
ओइलाएको यो जिन्दगी बसन्तमा सर्न पाए

बाँच्नु गाह्रो हुदो रैछ तड्पिएर बेदनामा
कस्तो हुन्थ्यो तिम्रै काखमा निदाएर मर्न पाए
.....................................................................................
कबिता फुर्नलाई फुरुरु
दिलमा एउटा चोट पर्नु पर्छ रे
अरुको आँखा भिजाउने लेख लेख्नलाई
आफ्नो आँखाबाट पहिले आँशु झर्नु पर्छ रे
त्यसैले म सँग प्रेम गर न साथी हो
यो मनमा गहिरो चोट पार्नुछ
एक धर्सो कबिता कोरिसके पछि
प्याज काटेर भा पनि आँशु झार्नु छ ।
.....................................................................................
हाँसेर बसेको छु यहाँ
तिरस्कारै तिरस्कार भएपनी
चिन्ता नगर मेरो भनेकै छु
आँसु पिएर भएपनी,
जब सम्झन्छु तिमीलाई
आँखा मेरो त्यसै रसाइदिन्छ
यत्तिकैमा कोही पराइ आइ
हप्काएर मन त्यसै झस्काइदिन्छ,
जिएको छु जिन्दगी यहाँ
बेहाल भएपनी
हाँसेर बस्न वाध्य भएको छु यहाँ
रातदिन आँसु पिएर भएपनी।।
.....................................................................................
मन छैन रमाउने, ओठ छैन मुस्कुराउने,
जीवन अब बुढो रुख झै ढल्न बाँकी छ,
बर्खा छैन रुझाउने, शित छैन भिजाउने,
सल्किसक्यो मुटु अब शरीर बल्न बाँकी छ,
सितल त्यो छहारी छैन, कल-कल चिसो पानी छैन,
नुनिलो त्यो सागर झै, मस्तिस्क अब गल्न बाँकी छ,

जिउने कुनै आश छैन, मुठ्ठी भरी साँस छैन,
दिक्क माँनी आफ्नै छाँयाँ आँफैसँग छल्न बाँकी छ,
आफु भन्दा धेरै माया गर्छु तिमीलाई
बाध्यताले टाढा भये पनि
केवल तिम्रो तस्बिर हेरी बस्न वाध्य छु
हरपल तिम्रो याद आए पनि।।

.....................................................................................
कस्तो हुन्थ्यो खाली सिउदो सिन्दुरले भर्न पाए
फूलै फूलले सजिएको त्यो डोलिमा चढ्न पाए

एक्लै बाँच्नु जिन्दगी यो बाटो भरि कांडै कांडा
कस्तो हुन्थ्यो मायालुको अँगालोमा हाँस्न पाए

फाटेको यो जिन्दगीलाई बटुलेर सिउन पाए
कस्तो हुन्थ्यो हासी खुशी रमाएर जिउन पाए

जुवाडेको खाल सँगै जिन्दगीले दाउ हार्यो
कस्तो हुन्थ्यो नशा भित्र बाँकी जोवन पिउन पाए ।।।
जुवाडेको खाल सँगै जिन्दगीले दाउ हार्यो
कस्तो हुन्थ्यो नशा भित्र बाँकी जोवन पिउन पाए ।।।
.....................................................................................
बिष पनि अमृत हुन्छ, पिउन जान्यो भने
दु:ख पनि सुखै हुन्छ मायालुले माया गर्‍यो भने।।
धेरै होइन, मात्र एक घुट्को बिष पिएर देखाउ
बिछोडको पीडामा केवल एक पल जिएर देखाउ
बिश पिलाए कती कती, मैले पनि हाँसी हाँसी पिइदिए,
कान्छीको भटटीमा बोतल रित्त्याइ उस्कै लागि जिइदिए,
एक घुट्को बिशको कुरा गर्छौ, एउटा बिछोडको कुरा गर्छौ,
हजारौ बिछोडको पिडा सहीसकें, ल लेउ तिम्रो पिडा नि लिइदिए,


.....................................................................................
ए मोहन दाई, आउ जाँउ कान्छीको भाटटी,
उता पटटी होइन ए दाई, आउ यता पट्टी,
छ्याङसँग कुखुराको टाउको, ठर्‍रासँग छोएला,
कान्छी नि मसक्क मस्की, जान्छु भन्छे पोइला,

आफु त दुइटा छोरोको बाउ, कस्ले दिन्छ र भाउ,
जहिले बस्छु च्यँखे थापी, कैले पर्या होइन दाउ,
यो पाली नि आश छैन, मनै मारिसके,
यि कान्छी तिमलाई दिएँ लौ आजै लेर जाउ,
.....................................................................................
एउटा बोतल सकियो अर्को खोलियो,
छोडिएको बिडी पनि फेरी तनियो।
रोटी पिङ र लिङे पिङ रहरैमा बिते,
आँफै च्याँखे थापी आँफै कौडी हानियो।
मनको भारी बिसाउनलाई बास खोज्दै आएं
उज्यालो थियो दिनै भरि सांझ रोज्दै आएं

मनै भरि तिमी थियौ तिमी खोज्दै आएं
नदेखे झै गर्यौ तिमीले आँशु पुछ्दै रोएं ।।।
.....................................................................................
एक्मुठ्ठी हाँसोमा खुशी खोज्दै आएँ
एउटा सानो दियो छोडि तारा रोज्दै आएँ
दिनमा सुर्य रातमा चन्द्र उदाएको देखी,
सुर्य भन्दा चन्द्र अटल भनी सोच्दै आएँ

काली:
मनको मान्छे एउटै हुन्छ बुझिदिए कस्तो हुन्थ्यो
मेरो मनको कुरा जति सुनिदिए कस्तो हुन्थ्यो

हाँस्दा खेरि उनिलाई नै खुशी लागे कस्तो हुन्थ्यो
बोल्दा शब्द शब्द हरुले मुटु छोए कस्तो हुन्थ्यो

बाँचेकी छु उनकै निम्ती बुझिदिए कस्तो हुन्थ्यो
मन भित्रका ब्यथाहरु सुनिदिए कस्तो हुन्थ्यो ।।।

आँखाको यो आँशु सबै सुकाइदिए कस्तो हुन्थ्यो
माया गर्दै काली भनी बोलाइदिए कस्तो हुन्थ्यो

हिजो जस्तै यादहरुमा भेट्न पाए कस्तो हुन्थ्यो
तड्पी तड्पी बाँच्नु भन्दा बिष पिए कस्तो हुन्थ्यो ।। ....................................................................................
नबुझेको मनको कुरा, भनुँ कसोगरी,
नसुनेको भनिदिन्छौ, सुनुँ कसोगरी,

तिमी हाँस्दा नहाँसेको, म पनि त होइन,
सारा खुशी तिम्रो लागि, चुनुँ कसोगरी,

ब्यथाहरु बुझिदेन, गुनासो नि गर्छौ,
तिम्रा लागि मिठा सपना, बुनुँ कसोगरी,

रसाएका परेली ति, नजर छन झुकेका,
तिम्रा निर्मल नयनहरु, चुँमुँ कसोगरी,

रस छैन तिमी बिना, बाँचू कसोगरी,
लर्खराका पाइलाहरु, झुमुँ कसोगरी
नसुनेको भनिदिन्छौ, सुनुँ कसोगरी,

तिमी हाँस्दा नहाँसेको, म पनि त होइन,
सारा खुशी तिम्रो लागि, चुनुँ कसोगरी,

ब्यथाहरु बुझिदेन, गुनासो नि गर्छौ,
तिम्रा लागि मिठा सपना, बुनुँ कसोगरी,

रसाएका परेली ति, नजर छन झुकेका,
तिम्रा निर्मल नयनहरु, चुँमुँ कसोगरी,

रस छैन तिमी बिना, बाँचू कसोगरी,
लर्खराका पाइलाहरु, झुमुँ कसोगरी,
.....................................................................................
नबुझेको मनको कुरा, भनुँ कसोगरी,
नसुनेको भनिदिन्छौ, सुनुँ कसोगरी,

तिमी हाँस्दा नहाँसेको, म पनि त होइन,
सारा खुशी तिम्रो लागि, चुनुँ कसोगरी,

ब्यथाहरु बुझिदेन, गुनासो नि गर्छौ,
तिम्रा लागि मिठा सपना, बुनुँ कसोगरी,

रसाएका परेली ति, नजर छन झुकेका,
तिम्रा निर्मल नयनहरु, चुँमुँ कसोगरी,

रस छैन तिमी बिना, बाँचू कसोगरी,
लर्खराका पाइलाहरु, झुमुँ कसोगरी,
.....................................................................................
किन झर्छ आँखाबाट आँशु त्यसै लहर सरि
किन छाती सल्किएर मुटु पोल्छ घरि घरि

रोए शान्ती हुन्छ भन्थे रोई रोई दिन बित्यो
किन आँशु रित्तिदा नि मुटु दुख्छ घरि घरि

खहरे झै भयो जीवन बर्षातले भिज्न थाल्यो
किन आशा भत्किएर पहिरो जान्छ घरि घरि

हिउद लाग्यो बर्षा रोकियो घरै सारे हुन्छ भन्थे
किन मुटु भुइचालोले हल्लाइदिन्छ घरि घरि ।।।

Rohan:
तिमीलाई सम्झी आधा रातमा रुदा रुदै दिन ढल्यो
मुटु भित्र सम्झना ले छु दा छुदै दिन ढल्यो ।

जीवन भरी नछुटिने माया लगाउ भन्थे
धोके बाजको कृतिम गूड्इया हुँदा हुँदै दिन ढल्यो ।

बस तिमी हासी खुशी गगन चुम्बी महल मा
आफ्नो न त भाग्य पनि चुदा चुदै दिन ढल्यो ।

रोहन समिप

काली:
मैले देख्ने चन्द्रमालाई तिमीले पनि देख्यौ क्यारे
कल्पनाको दिवार भित्र अन्ध्यारोलाई छेक्यौ क्यारे

आधा जूनको उज्यालोमा मीठो सपना देख्यौ क्यारे
एक्लिएर आँशु झार्दै एउटा चिट्ठी लेख्यौ क्यारे!!!

महाँकाल:
मैले देख्ने चन्द्रमालाई तिमीले पनि देख्यौ क्यारे
कल्पनाको दिवार भित्र अन्ध्यारोलाई छेक्यौ क्यारे

आधा जूनको उज्यालोमा मीठो सपना देख्यौ क्यारे
एक्लिएर आँशु झार्दै एउटा चिट्ठी लेख्यौ क्यारे!!!
एउटा खुट्टा उचालेर धर्ति छोडेको देख्यौ क्यारे
कालीको कल्पनामाभित्र पसि चन्द्रमामा टेक्यौ क्यारे
.....................................................................................
रुँदा-रुँदै पिएको छु हाँसि-हाँसी पिएको छु
नशाको यो डोरी बाटि आफ्नै मनलाई सिएको छु

सिउदा-सिउदै फाटिदिन्छु टुक्रिदिन्छन सपनाहरु
टालाटुली बटुलेर आशा पाल्दै जिएको छु ।।।

छुदा-छुदै खिँएको छु हाँसि-हाँसी दिएको छु
तिमिले दिएको डोरी घाटीमा बाँधि-लिएको छु

झुण्डिदा-झुण्डिदै चुडिन्छन् डोरीहरु
फेरि त्यसलाई सल्काएर डोरीको चुरोट् पिएको छु
.....................................................................................
जति पोखुँ नसकिने पिंडाहरु बोक्दाबोक्दै
धैर्यताको बाँध टुट्छ अतालिदै जिएको छु

भाग्यले नै ठगिएं म रहर केही बाँकि छैन
छल्किएर नशाहरुमा पखालिदै जिएको छु ।।


!!!फूच्चे!!!:
कि फूलहरुमा सुवास नदेउ
कि दिलहरुमा माया नदेउ

तोड्नै पर्छ तिन्लाई भने
झुटा बाचा कसम नदेउ

नसासँगै खोज्दैछु बिर्सन
फेरी घाऊ बल्झाइ नदेउ
.....................................................................................
धेरै भयो जिन्दगीले जिउन भुलेको
किन आज नशाहरु पिउन भुलेको

पिउदा पिउदै जलिदिने कलिला यि ओठहरु
रक्तिएर फाट्न थाले सिउन भुलेको !!!


Mohan Bikram Thapa:
आज भोली मलाई के हुन्छ थाहा छैन
फुलैफुल्को बगैचामा घुम्न मन लाग्छ
जहाँ जान्छु काडा काडा भेटाउछु तर पनि
तिम्रै मायाहरुले पिरोलेको छ मलाई !!!

काली:
धेरै भयो जिन्दगीले जिउन भुलेको
किन आज नशाहरु पिउन भुलेको

पिउदा पिउदै जलिदिने कलिला यि ओठहरु
रक्तिएर फाट्न थाले सिउन भुलेको

मुटु भरि ज्वारभाटा झैं पिरतीका छालहरु
मनै आज ओभानो भो पिउन भुलेको !!!

.....................................................................................
fuleko ful matra hoina timile.. jhareko ful pani hernee gara
naya saathi matra hoina timile.. purano saathi pani samjhinee gara.
.....................................................................................
धेरै माया रै'छ क्यारे हृदयमा खाता थियो
पल्टाई हेरें पन्नाहरु परदेशीको नाता थियो

लेखिएका कुराहरु केहि बुझ्न सकिन खै!
छामि हेरें मुटुलाई डढेको त्यो पाटा थियो

छुटिएर जानुपर्दा पिँडा साह्रै चर्किएछ
फर्कि हेरें अतितलाई घाउको आलो टाटा थियो

उसैलाई नै खोजिरहने पागल सरि मनहरु
कहाँ देख्नु कहाँ भेट्नु न त जाने बाटा थियो

धेरै माया रै'छ क्यारे हृदयमा खाता थियो
मिर्मिरेमै छाडिजाने एकै रातको नाता थियो!!!
.....................................................................................
साभार: एउटा बन्द खाम (ललिजन रावल)


नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो

कताबाट उजाडियो मनको सानो फूलबारी
भर्खरै त फूलहरुको यहाँ फुल्ने याम थियो

आज किन यहाँ केहि, केहि पनि देखिएन
हिजै मात्र सपना खोज्ने आँखाहरुको लाम थियो

सधै- सधै बग्ने खोली एकै छिन रोकीइदेउ
तिम्रो वेगसंग मलाई अलिकति काम थियो

मनमा दियो विश्वासको नबलेको जिन्दगीमा
धेरै-धेरै अन्धकार थोरै मात्र घाम थियो

तिमी बिना प्रत्येक पल जिउँदै अनि मर्दैछु म
थोपा-थोपा आँशु बनी नयनबाट झर्दैछु म

यो संसारमा तिमी बाहेक जाने कुनै ठाउँ पाईन
त्यसैले त तिम्रो दिलमा बसाई अब सार्दैछु म

आँखा भित्र मुटु भित्र कहाँ-कहाँ छैनौ तिमी
थाहा छैन किन तिमीलाई यस्तो प्रेम गर्दैछु म

जहाँ जान्छु तिम्रो याद छांया बनी पच्छ्याईदिन्छ
आफै सँग हारे अब शरण तिम्रो पर्दैछु म

समयले रित्तिएको म भित्रको रित्तोपन
तिम्रो आस्था तिम्रो बिश्वास तिम्रै प्रेमले भर्दैछु म

हिँड्दा-हिँड्दै यात्रा बिच पाईलाहरु थाकिदिदा
हात समाई तिम्रो अब जिवन सागर तर्दैछु म ।।।
....................................................................................
किन चिट्ठी लेख्नु र खै मनको भाका नबुझ्नेलाई

मुटु दुख्ने माया लाएं पिरती नि साटेकै'थे
किन माया सस्तो भयो मनको भाका नबुझ्नेलाई

मनै त थ्यो दिएकै'थें अरु बाँकि के नै रह्यो
किन माया कष्ट भयो मनको भाका नबुझ्नेलाई

जुनी-जुनी सँगै जिउने बाचा कसम खाएकै'थे
किन माया पहिरो भो मनको भाका नबुझ्नेलाई

रगतको मसि बनाई खबर उनीलाई पठाकै'थें
किन माया बिरानो भो मनको भाका नबुझ्नेलाई।।।
.....................................................................................
किन माया गर्नु र खै मायाको मोल नबुझ्नेलाई
किन चिट्ठी लेख्नु र खै मनको भाका नबुझ्नेलाई

मुटु दुख्ने माया लाएं पिरती नि साटेकै'थे
किन माया सस्तो भयो मनको भाका नबुझ्नेलाई

मनै त थ्यो दिएकै'थें अरु बाँकि के नै रह्यो
किन माया कष्ट भयो मनको भाका नबुझ्नेलाई

जुनी-जुनी सँगै जिउने बाचा कसम खाएकै'थे
किन माया पहिरो भो मनको भाका नबुझ्नेलाई

रगतको मसि बनाई खबर उनीलाई पठाकै'थें
किन माया बिरानो भो मनको भाका नबुझ्नेलाई।।।
.....................................................................................
CHHADI GAYO NIRMOHELE FARKIYERA HERDA PANI
NAJAU BHANI BINTI GARI AANGALO MA BERDA PANI

TAADA GAYAU CHHAADI TIMI KAHILAY NABHETNE GARI
BIRSAU KYARE TIMILE TA KAYAU CHITTHI KERDA PANI

AAKHAHARU RASAUCHAN YAAD TIMRO AAI DIDA
TIMI MATRA DEKHCHU KEBAL HARAK SAAS FERDA PANI

BICHOD KO CHOT LE MA MARE TULYA BHAYE PACHI
HUNNA PIDA RATTI BHAR AAFNAI GHATI SERDA PANI
.....................................................................................
थाहै नपाई मायाजालको भुमरीमा परें साथी
तिम्रै मनको बस्तिभित्र आज बसाई सरें साथी

मरु सरि जिन्दगी यो उजाड उराठ बितिरा'थ्यो
बालुवामा कमल फूल्यो फूलको बास्ना छरें साथी

खहरेले बगाएर कहाँ-कहाँ पुराए'थ्यो
पौडिएर कल्पनामा मनको सागर तरें साथी

ढुंगालाई रंग्याएर देउटा मान्ने धेरै थिए
त्यहि भिडलाई छिचोलेर तिम्रै पूजा गरें साथी ।।
.....................................................................................
ghana ghor barsa sangai gagan kalo kalo thiyo
timlai chutyo asina le aba mero palo thiyo

khana sana khai ori sabai sutna mathi gaye
fohor bhancha jutho baada, hat ma mero jalo thiyo

baada majhi talkayera daraj ma rakhdai thiye
bhat ko sita tala thiyo cheu ma auta talo thiyo

yestai huncha jgharjyoi bhae sasurali base pachi
budi ekli thee ghar ma na sali na salo thiyo.

ghana ghor barsa sangai gagan kalo kalo thiyo
timlai chutyo asina le aba mero palo thiyo....
.....................................................................................
कहिले काहि जिन्दगी यो बाँच्न गाह्रो हुँदोरैछ
पिँडा बोकि मनै भरि हाँस्न गाह्रो हुँदोरैछ

ब्यथा बल्झि दुख्न खोज्दा थामिरहें परेली यो
सागर सरि आँशुलाई साँच्न गाह्रो हुँदोरैछ

ह्रिदयमा कोरिएका आक्रितिले झस्क्याईदिन्छन
यादहरुको जंजिरलाई भाँच्न गाह्रो हुँदोरैछ

आकाश सँगै उडिजाने क्षितिज सरि बिलाईजाने
छाँया जस्तै पिरती यो जाँच्न गाह्रो हुँदोरैछ ।।


रुपेश भाई:
bachna garo bhaye pani bachnai parchha jindagi yo
aansu thami nayan bhitra hasnaai parne jindagi yo

kun dinko paaple ma thimi sanga bichod huda
chute pani bhetne aasha sachnai parne jindagi yo

aafai dukhi rahera ni timlai khusi diyakai thiye
khusi dina aafani mutu bhachnai parne jindagi yo

ajambari bute laune man6e chaina aahelay samma
yamaraj sanga ,bachna nata gasnai parne jindagi yo...
.....................................................................................
गोरी थिएं हिजोसम्म तिम्रै लागि काली भएं
आशै-आशले भरिएको बेमौषमको बाली भएं

चोखो माया तिम्रै अघि थुपारेर राख्न खोज्दा
सारा गाउँ शहर माझ बेइमानी र जाली भएं

छाडि गयौ तिमीले पनि बिर्सिदियौ बाचाकसम
मिर्मिरे मै झरिजाने पारिजातको डाली भएं

जिन्दगीलाई हरियाली सम्झिनु नै ब्यर्थ थियो
जहाँ टेक्यो पहिरो जाने गैह्रीखेतको आली भएं

भाग्य लेख्नै भूलेछन कि बिधाताले मेरो लागि
बटुवाले कुल्चि हिड्ने मगन्तेको थाली भएं ।।।
.....................................................................................
सधैं-सधैं न्यानो माया गरि राख यसरी नै
नयन भरि माया साँची हेरि राख यसरी नै

टाढा हुन सक्दिन म तिमीबाट एकै पल
मायालु त्यो अँगालोमा बेह्रि राख यसरी नै

सारी, चोली, मखमली अरु केही चाहिदैँन
मायाजालको पहाड बनाइ घेरि राख यसरी नै

तिम्रो माया मेरो खुशी तिमी भए पुग्छ हजुर
हृदयमा मेरै नाम केरि राख यसरी नै

असम्भव नै देख्छौ भने हाम्रो माया प्रिती अझै
अप्थ्यारा ति बाटाहरु फेरि राख यसरी नै ।।
.....................................................................................
सधैं-सधैं न्यानो माया गरि राख यसरी नै
नयन भरि माया साँची हेरि राख यसरी नै

टाढा हुन सक्दिन म तिमीबाट एकै पल
मायालु त्यो अँगालोमा बेह्रि राख यसरी नै

सारी, चोली, मखमली अरु केही चाहिदैँन
मायाजालको पहाड बनाइ घेरि राख यसरी नै

तिम्रो माया मेरो खुशी तिमी भए पुग्छ हजुर
हृदयमा मेरै नाम केरि राख यसरी नै

असम्भव नै देख्छौ भने हाम्रो माया प्रिती अझै
अप्थ्यारा ति बाटाहरु फेरि राख यसरी नै ।।
.....................................................................................
खै! के को भुमरीमा पर्यो जिन्दगी
आज अन्तै बसाई सर्यो जिन्दगी

फूल झैं फक्रिन खोज्दा पनि
भाग्यले नै छल गर्यो जिन्दगी

परेलीको बाँधले सकेन छेक्न
आँशु भै आँखाबाट झर्यो जिन्दगी

तैरिएर खोला तरुँ म भन्थेँ
खहरेको भेलमा पर्यो जिन्दगी

तड्पिएर आफैसँग जिएकै थिएँ
नब्युँझिने गरि मर्यो जिन्दगी।।।
खै! के को भुमरीमा पर्यो जिन्दगी
आज अन्तै बसाई सर्यो जिन्दगी

फूल झैं फक्रिन खोज्दा पनि
भाग्यले नै छल गर्यो जिन्दगी

परेलीको बाँधले सकेन छेक्न
आँशु भै आँखाबाट झर्यो जिन्दगी

तैरिएर खोला तरुँ म भन्थेँ
खहरेको भेलमा पर्यो जिन्दगी

तड्पिएर आफैसँग जिएकै थिएँ
नब्युँझिने गरि मर्यो जिन्दगी।।।...................................................................................................................................................................
पिउँदा पिउँदै जिन्दगी यो रात लाग्छ हजुर
काली भनि नबोलाउन मात लाग्छ हजुर

नभनुँ त मनको कुरा मनै छेडिजाला जस्तै
भनुँ भने अरुलाई बात लाग्छ हजुर

मनै भरि तिमी हुन्छौ मनमै बसि रहुँ जस्तो
मनको बस्ती साँगुरिदा घात लाग्छ हजुर...

मेरो नि बाँकी दुईटा शेर आउदैछ है रे के
.....................................................................................
सुख दुःख आँशु संगै हाँसो छ र जिन्दगी छ॥

संघर्षको चौतारीमा ताते बामे तोते बोली
तेरो मेरो अनि उनको चासो छ र जिन्दगी छ॥

थोरै पीडा असन्तुष्टि नभए त के मजा भो
स्वास्नी छोरा छोरी यस्तै पाशो छ र जिन्दगी छ॥

को भन्छ छोटो छ जिन्दगी ? शिव मान्दै मान्दैन
जिन्दगीमा जिन्दगीकै गाँसो छ र जिन्दगी छ॥
.....................................................................................
हररात यी आँखाका निंद भगाएर गयौ
पत्थर यो मनमा प्रित जगाएर गयौ

पलभरको साथ असिमित खुशीहरु
तस्बीर यो मनमा सजाएर गयौ

सुस्ताएका नयनहरु यत्रतत्र ढल्दै थिए
मनको यो दिवार ढक-ढकाएर गयौ

शून्यतालाई तोडिदिने मीठा मीठा बातहरु
आवाजमा जादु, मोहनी लगाएर गयौ

भेटिएर छुट्नै पर्ने परिभाषा जिन्दगीको
मजबुर ति नयन रसाएर गयौ ।।।
.....................................................................................
बसन्तमा मुस्कुराउने फूल हो कि जीवन
फूल्दा फूल्दै झरिजाने भूल हो कि जीवन

चाहना यो मुटुभरि तिमीलाई नै पाउँ भन्ने
छाति भित्र रोपिएको सूल हो कि जीवन

हुरी आई उडाईलाने बर्षातले रुझिदिने
अस्तब्यस्त टाँगिएको तुल हो कि जीवन

गन्तब्यहिन पाईलाहरु दोर्‍याएर हिड्डै गर्दा
वारीपारी पुर्‍याइदिने पुल हो कि जीवन

पागल बस्ती भन्छन सबै हामी सप्पै त्यस्तै अरे
भौतारिएका मानिसको हुल हो कि जीवन ।।

.....................................................................................
जहा घाउ लागेको छ !!!
जहा घाउ लागेको छ त्यहि छुरी चलाउछौ
खरानी भै सकेको छु फेरी किन जलाउछौ

मेरो गल्ती केहि भए म सँग नै भन्दा हुन्थ्यो
किन अरु सँग मात्रै मेरो कुरा लगाउछौ

तिमी आफैं नाता जोड्छौ फेरि आफैं तोड्छौ
फेरी मेरै यादमा तिमी आँशु किन बगाउछौ

तिम्रो मेरो सम्बन्धनै छैन भनि हिड्छौ अरे
फेरी मलाइ भेट्न तिमी पाइला किन बढाउछौ

प्रेम के हो १ पूजा के हो १ तिम्लाई थाहा छैन भने
मन्दीरमा गै भगवानलाई फूल किन चढाउछौ

-नारायण प्रसाद

जीन्दगीमा बाच्नलाई !!!
स्वास मात्र लिदैछु म जीन्दगीमा बाच्नलाई
हरेक दिन पिउदैछु म एकै छिन हास्नलाई

मेरो दिलको मन्दिरमा आगो सल्काइ गए पछि
हरेक पल जल्दैछु म तिमी बिना जीउनलाई

बादलमा कथा कोरी हावासँगै गएपछि
पर्खिएर बसेकोछु आउँछौ भनि तिमीलाई

देखाएर आशाहरु भावनामा खेलेपछि
पागलझै त्रि्रो यादमा नचाउदैछु आफैलाई

हरेक दिन पिउदैछु म एकै छिन हास्नलाइ
स्वास मात्र लिदैछु म जीन्दगीमा बाच्नलाइ

-गणेश कटुवाल

अन्तर्क्रिया गरुँ लाग्छ !!!
अन्तर्क्रिया गरुँ लाग्छ तिम्रो प्यारमा
एउटा धून भरुँ लाग्छ तिम्रो प्यारमा

मनका सारा रहरहरु लुकाएरै कति बस्छ्यौ
प्रीतिरस छरुँ लाग्छ तिम्रो प्यारमा

मुस्कानको झरी सुक्ला थर्थराउने ओँठ भरी
हर्ष बनी सरुँ लाग्छ तिम्रो प्यारमा

आकांक्षाको भेल रोक्दै अनन्त यो आकाशमा
आफ्नै रहर हरुँ लाग्छ तिम्रो प्यारमा

तिमी आफैं सागर हौ भावहरु छचल्किने
डुँगा बनी तरुँ लाग्छ तिम्रो प्यारमा
-नवराज कंडेल ‘अविरल’

फक्रेको छ यौवन !!!
फक्रेको छ यौवन देउ या नदेउ
म माग्छु यो जीवन देउ या नदेउ

माध्यम पर्याप्त छन् व्यक्त गर्न
सस्तो छ चुम्बन देउ या नदेउ

हट्नेछ पर्दा अवश्य एक दिन
चम्किलो गगन देउ या नदेउ

जहाँ म आफ्नो संसार देख्छु
त्रि्रा ति नयन देउ या नदेउ

छ प्यास अनन्त ति अधर भरिमा
‘याचवि’ लाई तनमन देउ या नदेउ
-प्रकाश शर्मा याचवि

अन्तर्क्रिया गरुँ लाग्छ !!!
अन्तर्क्रिया गरुँ लाग्छ तिम्रो प्यारमा
एउटा धून भरुँ लाग्छ तिम्रो प्यारमा

मनका सारा रहरहरु लुकाएरै कति बस्छ्यौ
प्रीतिरस छरुँ लाग्छ तिम्रो प्यारमा

मुस्कानको झरी सुक्ला थर्थराउने ओँठ भरी
हर्ष बनी सरुँ लाग्छ तिम्रो प्यारमा

आकांक्षाको भेल रोक्दै अनन्त यो आकाशमा
आफ्नै रहर हरुँ लाग्छ तिम्रो प्यारमा

तिमी आफैं सागर हौ भावहरु छचल्किने
डुँगा बनी तरुँ लाग्छ तिम्रो प्यारमा
-नवराज कंडेल ‘अविरल’

खुल्ला आकाश उघारेर !!!
खुल्ला आकाश उघारेर हेर दिलैमा
कल्पनामा सम्झनाले बेर दिलैमा

जति टाढा उति गाढा प्रीत गुलाबी
पच्छ्यौरीले चारै फन्को घेर दिलैमा

बर्सात हो दर्किएर आसुँ बगाउँछ
बिन्ती भिजी हेर एकै फेर दिलैमा

कति मीठो पिरतीको घाउ दुख्न थाल्यो
बसेछ त्यो कुन्नि कति खेर दिलैमा
-नवराज कंडेल ‘अविरल’

तिम्रै लागि बाँची रहन्छु !!!
तिम्रै लागि बाँची रहन्छु, वियोगले जले पनि ।
टुट्न दिने छैन यो ज्यान, आँशु पिई गले पनि ।।

पीरतिको बोट हुर्काउन, मलजल हाली गोंडे मैले ।
ढल्न दिने छैन त्यसलाई, आँधीहुरी चले पनि ।।

नयाँ जीवन बनाउनलाई, संघर्स गरि हिंडेको छु ।
तिमी छ्यौनि दुःख छैन, यो भाग्ले छले पनि ।।

संगै मर्ने संगै बाँच्ने, बाचा तिम्ले गरेकी छ्यौ ।
उर्ठाई हाल्छ्यौ कहिंकतै, बेहोश भई ढले पनि ।।

एक पल्ट मर्न खोज्दा, खोस्यौ तिम्ले मृत्यूबाट ।
त्रि्रै नाम लिई रहनेछु, चिता माथि जले पनि ।।
-एस. पि “निर्मोही”

खपेर हजार पीर-व्यथा !!!
खपेर हजार पीर-व्यथा,हाँस्नुपर्छ सानु
बिर्सेंर उही दुखान्त कथा,हाँस्नुपर्छ सानु

जीवन झर्ने पात न हो ओइलाई जान कति बेर
भत्काई बहको सगरमाथा,हाँस्नुपर्छ सानु

खात माथि खात बनी हृदय माथि बसे पनि
वेदनाको अमर गाथा,हाँस्नुपर्छ सानु

सुख भन्नु त डाँडा पारि तप्किएको जून न हो
दु:ख आफ्नो जायजेथा,हाँस्नुपर्छ सानु

सागर सुक्छ आसुँको मात्र तिमी मुस्कुराऊ
भोलि कस्तो हुन्छ के था(ह),हाँस्नुपर्छ सानु

-नवराज कंडेल ‘अविरल’

मेरो मनको मझेरीमा !!!
मेरो मनको मझेरीमा, आई बास बस्यौ तिमी ।
यो मुटुलाई चोट दिई, आँशु बनि खस्यौ तिमी ।।

अरुकेही चाँहीदैन भन्थ्यौ हैन, माया बाहेक ।
आखिरमा सबै बिर्सर्ीीधनको जालमा फँस्यौ तिमी ।।

अमर राख्ने कुरा गथ्र्यौ, हाम्रो चोखो प्रेमलाई ।
बिश्वासघातको छुराले नै, गला रेट्न तम्स्यौ तिमी ।।

केही दिन न सके नी, चोखो माया दे’कै थिएँ ।
“निर्मोही” लाई एक्लै छोडी, अर्कै तिर लम्कयौ तिमी ।।

-एस.पी. “निर्मोही”

शान्ति ल्याउन सबै मिलि !!!
शान्ति ल्याउन सबै मिलि, अब पाईला चाले हुन्छ ।
अशान्तिको तिक्त बोट, उखेलेर फाले हुन्छ ।।

जन्तासंग भिक मागि, घुम्ने कर्ुर्चि बस्नेहरु ।
अझ द्धन्द्ध चर्काउन, निर्दोष जति ढाले हुन्छ ।।

शान्ति पत्र जति नै आउन, तिमीलाई के फरक भो ।
बारुदको आगमा फाली, सबै पत्र बाले हुन्छ ।।

मान्छे नै चिप्ले भुत भई, नारी इज्जत लुट्ने भए ।
सुरक्षाको निम्ति घरमा, भोटे कुकुर पाले हुन्छ ।।

लक्का जवान छोरी देखि, चिप्लेको नै के कुरा भो ।
जन्म दिने बाबु नै लौ, कामबासनाका राले हुन्छ ।।

जसलाई गर्‍यो विश्वास यहाँ, आफन्त नै ठानी ।
होस गर्नु त्यही ब्यक्ति, बल्तकारी नाले हुन्छ ।।

सबै बोल्छन् धेरै बोल्छन्, “निर्मोही” नि बोल्छ आज ।
बेमानीको यो संसारमा, सत्य बोल्ने जाले हुन्छ ।।

-एस.पी. “निर्मोही”

जीवन कर्णालीसँगै !!!
जीवन कर्णालीसँगै बग्ने डुङ्गा बन्नुपर्छ
जड होइन आकाश छुने चङ्गा बन्नुपर्छ

जति संवेदनाको खेती गरें उति मन कठोर भो
भन्दिन अब तिमीलाई थुङ्गा बन्नुपर्छ

भन जिन्दगानी किन यति रुवाउँछौ ?
कि म अब निर्जीव कुनै ढुङ्गा बन्नुपर्छ!

धेरै भो पीडाको आहाल पोखरी भई जमेको
लाग्छ अब त निकास दिने गङ्गा बन्नुपर्छ
-नवराज कँडेल ‘अविरल’

तिमीकन आफ्ना सारा !!!
तिमीकन आफ्ना सारा, कथा भन्न सकिएन ।
हृदयका मर्म मेरा, व्यथा कन्न सकिएन ।।

तिम्रा लागी म त केवल, बलुवाको कण भएँ ।
आकाशमा चम्कने ती, तारा बन्न सकिएन ।।

बुढो वृक्ष सरी मेरो, मुटु भरी बेदना भो ।
पिरतिमा कोमल मन, पीडा धान्न सकिएन ।।

भावनाका पातहरु, कती सुकी झरी गए ।
रूख-मनी छरीएका, लता गन्न सकिएन ।।

देह मेरो जड भयो, आत्मा कतै उडी गयो ।
सोँच बिना जीवन यो, जीउँदो मान्न सकिएन ।।

मरिसकें तर पनि, बाध्यता यो रित भयो ।
धड्कनको धक्धकले, चिहान खन्न सकिएन ।।
-दिपेश श्रेष्ठ

झुकिएछु क्यारे बोलाए तिमीलाई !!!
झुकिएछु क्यारे बोलाए तिमीलाई उही पुरानै ठानी
सकिननी कहिल्यै बिर्सन तिम्रो त्यो लज्जाउने बानी

हजार गुंण लक्षण तिम्रो थियौ मायाकी खानि
साँच्चीकै नाम राखुं स्वरगकी अप्सरा ठानी

कस्तो राम्रो रुप तिम्रो थियौ दिलकी दानी
लाग्थ्यो संसारमा पंउदैनकी तिमीजस्तो कतै छानी

रमाउथेउ स्कुल पडदा भिज्दै बर्षायाम्को पानी
खेल्थेउ लडिबुडी एकआपसमा ओडेको सल तानी !
-ज्ञानु पन्त

तिम्रै लागि बाची रहन्छु !!!
तिम्रै लागि बाची रहन्छु, वियोगले जले पनि ।
टुट्न दिने छैन यो ज्यान, आशु पिई गले पनि ।।

पीरतिको बोट हुर्काउन, मलजल हाली गोंडे मैले ।
ढल्न दिने छैन त्यसलाई, आधीहुरी चले पनि ।।

नया जीवन बनाउनलाई, संघर्ष गरि हिंडेको छु ।
तिमी छ्यौनि दुःख छैन, यो भाग्ले छले पनि ।।

संगै मर्ने संगै बाच्ने, बाचा तिम्ले गरेकी छ्यौ ।
उठाई हाल्छ्यौ कहिंकतै, बेहोश भई ढले पनि ।।

एक पल्ट मर्न खोज्दा, खोस्यौ तिम्ले मृत्यूबाट ।
तिम्रै नाम लिई रहनेछु, चिता माथि जले पनि ।।
-एस.पि. “निर्मोही”

सम्झदै तिमीलाई सोध्छु !!!
सम्झदै तिमीलाई सोध्छु म हाम्रो प्रित कहाँ होला
स्वरमा स्वर मिलाउदै गाएको त्यो गीत कहाँ होला

प्रेमको नशामा हराउदै छु मलाई समहाल तिमीले,
होइन भने भन मलाई हिजोको त्यो अतित कहाँ होला

बिषिर्यौ हिजोलाई तिमीले- अनि त्यो समर्पण
समर्पण भत्रको विश्वासको हाम्रो जित कहाँ होला

सामिप्यता केही पर हुदा सुस्ताउदै जाने त्रि्रो मन,
म सोध्छु, संगै हुदा लजाउदै नबोल्ने त्यो रित कहाँ होला

अँधेरी रातको जुनलाई पछ्याउदै जाने सुमधुर धुन,
साँच्चै खोज्दैछु म, त्रि्रो कल्पनाको संगित कहाँ होला

- अभिनव ढुङ्गाना, चितवन

रोएको छु जुनिभर !!!
रोएको छु जुनिभर , हासि देउ भन्छौ?
जिवन मर्नु रहेछ, बाचि देउ भन्छौ?

अक्कासिए म, खसलिदियौ,
पिर्ति अब फेरि, गासि देउ भन्छौ?

हात खुट्टा भाचेर लडाइदियौ
आफ्नै मुख् ले फेरि, नाचि देउ भन्छौ?

सुर्के कसेर मेरै घाटि मा,
मलाइ अब , फासि देउ भन्छौ?

भो काले सकिन, म,
बिदा देउ, किन मफि देउ भन्छौ?

- सरोज बोगटी

उदाउदो घामलाई छेक्नु !!!
उदाउदो घामलाई छेक्नु हुँदैनथ्यो
ईच्छा तिम्रा हिउ माथि सेक्नु हुँदैनथ्यो

कही फूल पात कही काडाका शूल छन
फूलबारी काडाको नै देखनु हुँदैनथ्यो

नाङो हुन्छ एना जस्तो सत्य जानिकन
असत्यको भुङ्रो माथि टेक्नु हुँदैनथ्यो

बारी हो की बगर हो चिन्दै नचिनेर
चाहनाका बीजहरु फेक्नु हुँदैनथ्यो

डुब्नसक्छ डुंगा अनी सदर हुनसक्छ
राजिनामा जिन्दगीको लेखनु हुँदैनथ्यो
– नवराज कंडेल

तिमीकन आफ्ना सारा !!!
तिमीकन आफ्ना सारा, कथा भन्न सकिएन ।
हृदयका मर्म मेरा, व्यथा कन्न सकिएन ।।

तिम्रा लागी म त केवल, बलुवाको कण भएँ ।
आकाशमा चम्कने ती, तारा बन्न सकिएन ।।

बुढो वृक्ष सरी मेरो, मुटु भरी बेदना भो ।
पिरतिमा कोमल मन, पीडा धान्न सकिएन ।।

भावनाका पातहरु, कती सुकी झरी गए ।
रूख-मनी छरीएका, लता गन्न सकिएन ।।

देह मेरो जड भयो, आत्मा कतै उडी गयो ।
सोँच बिना जीवन यो, जीउँदो मान्न सकिएन ।।

मरिसकें तर पनि, बाध्यता यो रित भयो ।
धड्कनको धक्धकले, चिहान खन्न सकिएन ।।

-दिपेश श्रेष्ठ

मलाई सम्झाउन आएको मान्छे !!!
मलाई सम्झाउन आएको मान्छे आफैँ रून थाल्यौ किन -
आँसु झारेर फेरि पनि मेरो मनमा आगो बाल्यौ किन -

हामीले मिलीजुली उठा’को विश्वासको सुन्दर महल
मलाई पत्तै नदिई तिमी आफू एक्लैले लौ ढाल्यौ किन -

मेरो यो छातीमा कुल्चेर तिमी जोसम्म पुग्यौ, जहाँ पुग्यौ
साथ पाइनौ त्याँ बास पाइनौ नबुझी हामफाल्यौ किन -

रोज्नु, छोड्नुभन्दा धेरै पर छ रे चोखो माया हजुर
काँचलाई हीरा सम्झेर बार-बार तिम्ले पखाल्यौ किन –

- सुवासचन्द्र ढुङ्गेल

कहिले कही लुकाएर !!!
कहिले कही लुकाएर खुवाउनुको मजा बेग्लै
एकन्तमा तिम्रो साथ रमाउनुको मजा बेग्लै

रातको साथ त सधै सधैं साच्छन् सबै
लुकेर देउसै हात समाउनुको मजा बेग्लै

सुन्ने गरी गाउनेहरु गाएक बन्छन यहाँ
तिम्ले मात्र सुन्ने गरि गाउनुको मजा बेग्लै

चट्ट टिप्यो सट्ट लायो क्षणभरको खुशी टुटछ
काडा बिचको फूल टिपी लाउनुको मज बेग्लै |

कठिन यात्रा जीवनको !!!
कठिन यात्रा जीवनको मानिसले गर्नै पर्छ
मालती फूलका गुच्छा फुलेपछि झर्नै पर्छ ।

जीवन यात्रामा दुःखसुख बिताउनुछ
वास्तविक जीवनमा कैयौँ सागर तर्नै पर्छ ।

नाच्न नजान्नेले जति आँगन टेढो भने पनि
कम्मर लचक्क लच्काउँदै यताउति र्सर्नै पर्छ ।

जति शान्तिक्षेत्रका गीत तिमीले गाए पनि
परिआउँदा तिमीले क्रान्तिवीर भएर लड्नै पर्छ ।

हाम्रो परम्परा हाम्रै आज इतिहास भयो
बन्धुबान्धव फर्काउन सद्भावना र्छर्नै पर्छ ।

- नारायण गोदारे

गले मन बेसरी नै !!!
गले मन बेसरी नै मात सिद्धिएछ
उठ प्रिय भाले बास्यो रात सिद्धिएछ ।

कस्तो-कस्तो डर लाग्यो अनुभूति नौलो
प्यास छैन कुनै अब साथ सिद्धिएछ ।

डराएथ्यौ बेइमानीले के पो गर्छ ठानी
छैन अब कुनै डर घात सिद्धिएछ ।

हातपाउ दह्रा छैनन् फत-फत गले
जित्यौ अब हारेँ मैले लात सिद्धिएछ ।

- ईश्वरी एकान्त

रात काट्न गाह्रो भए !!!
रात काट्न गाह्रो भए मेरो तस्विर साथ राख
मलाई भुल्नु भन्दा पहिले छाती माथि हात राख

जान्छौ भने जाऊ छाडी म नजाऊ भन्ने छैन
सबै कुरा राख साक्षी यो झरी बर्षात् राख

सम्बन्धको महत्व नै नबुझेर वाचा गर्यौ
तोड्यौ वाचा केही छैन तिम्रो इच्छा जमात राख

हिजोअस्ती जस्तै गरी अर्कैलाई बचन देउली
अरु सबै गरि रहू यति यौटा बात राख

गाउँभरि हल्ला चल्दा नसुन्ने को होला त्यहाँ
यस्तो साह्रो हुँदै गर्दा कसैसँग मात राख ।
-Yatri Shekhar

मेरो भुल होईन प्रिय !!!
तिम्रो सिउँदो भर्न नसक्नु, मेरो भूल होईन प्रिय ।
सक्छौ जति जित्नु तिमी, हार कबुल होईन प्रिय ।

म त आफ्नै जिवनसँग, पटक-पटक हारेको छु ;
तिम्रो खुसीको निम्ती कयौं, इच्छाहरु मारेको छु

विश्वास माथि घात गर्यौ, यो त अशुल होईन प्रिय ।
तिम्रो सिउँदो भर्न नसक्नु, मेरो भूल होईन प्रिय ।।

पर्राईको हात समाई, पाईला तिमीले सारेपछि ;
एउटै आधार-तिमीले पनि, मेरो माया मारेपछि

सबैको निम्ती काँडा भाछु, कोमल फुल होईन प्रिय ।
तिम्रो सिउँदो भर्न नसक्नु, मेरो भूल होईन प्रिय ।।

लाग्छ आफ्नै नयनबाट, आफै ओझेल हुँदैछु म
अतितका ती पल सम्झी एकान्तमा रुँदैछु म ;

आँशु हुन् सब बगिरहेका, पानीको मुल होईन प्रिय ।
तिम्रो सिउँदो भर्न नसक्नु, मेरो भूल होईन प्रिय

तिम्रो सिउँदो भर्न नसक्नु, मेरो भूल होईन प्रिय ।
सक्छौ जति जित्नु तिमी, हार कबुल होईन प्रिय ।

– वि.कि के.एस.ए

केहि चोटले ज्ञानी हुन्छ !!!
केहि चोटले ज्ञानी हुन्छ धेरै चोट बानी हुन्छ
दु:ख पर्दा झर्ने आशु धेरै रुंदा पानी हुन्छ

जसले पनि वाच्ने जिवन एकनासको हुन्न भन्छन्
खाली पाना जस्तो जिवन धेरै लेख्दा काहनी हुन्छ

डराउन हुन्न भन्छन् अरुलाई सहयोग गर्न
विपत्तिमा दिने वचन ममताको खानी हुन्छ

फसाएर अरुलाई आफ्ले फाइदा लिनु हुन्न
अरुलाई ठग्न खोज्दा आफैलाई हानी हुन्छ

सधै सुखि हुन्न जिवन हरेस कहिल्यै खानु हुन्न
दु:ख पनि बाड्ने गर्दा सबैमाझ दानी हुन्छ

-निर्मला थापा

बुझ्नेले त जिवन एउटा !!!
बुझ्नेले त जिवन एउटा आदर्शको फूल भन्छन्
नबुझ्नेलाई सोध्यो भने जन्मनु नै भुल भन्छन्

वाच्ने रहर हुदा हुदै मर्नुपर्ने भएकोले
यमराजको संघारमा टांगिएको तुल भन्छन्

एकपटकको मानव चोला अर्को जुनी भर हुन्न
एकचोटी सुकेपछि नरसाउने मुल भन्छन्

केहि गर्न खोज्दा कहिले पाईला टेक्ने ठाउ हुन्न
दुईदिने रामछांया यो क्षणभरको हुल भन्छन्

वाच्ने सधै विचल्लिमा आफन्तको निधन हंदा
वाच्नेलाई सधैभरी मुटु दुख्ने शुल भन्छन्

-निर्मला थापा

सुख कति दिन रहन्छ !!!
सुख कति दिन रहन्छ ! खाली जिन्दगीमा ।
दु:ख त आफन्त भैसक्यो जाली जिन्दगीमा ।

हरियाली कुन जन्तुको नाम हो थाहा छैन,
बिनापानीको भत्कियो आली जिन्दगीमा ।

हन्डरै हन्डर खाएर जीवन नै खाक भैसक्यो,
बगैँचा नै बिरान भो के गर्छ माली जिन्दगीमा ।

जीवनको कस्तो दोसाँधमा आज फँसिएछ
फेरि किन याद आउँछे काली जिन्दगीमा ।

खुसी एउटा रमाइलो परीकथा बन्न सक्छ
दु:खको महाकाव्य नै पस्कियो थाली जिन्दगीमा ।

- अगिब बनेपाली

मरेतुल्य जीवन !!!
मरेतुल्य जीवन आँखा छोपिदेउन बिन्ती
होस् गुमाउ आज रक्सी थपिदेउन बिन्ती

सुन्यताको कोलाहल्मा बौलायेको जिन्दगी
कर्णप्रीय तिम्रो श्वोर सुनाइदेउन बिन्ती

अस्तित्वको खोजाइमा बिलाएको जिन्दगी
घरको तिम्रो बाटो आज देखाइदेउन बिन्ती

निर्दोसिताको फैसलामा अड्किएको जिन्दगी
मुक्ती पाउछु मेरै दोष भनिदेउन बिन्ती

कल्पनाको संसारमा थन्किएको जिन्दगी
रोपी मुटु आफ्नो नाम झिकिदेउन बिन्ती

यादहरुको असरमा पिल्सिएको जिन्दगी
आफ्नै हातले हाँसी बिष पिलाईदेउन बिन्ती
.....................................................................................
गजल (सवाल)
तिम्रो काख सिरानी हालेर आज रुंन मन छ
तिमीलाई नजिक बाटै अघाउँजी छुन मन छ

हिजो गरेका सारा पापहरु आँशुको नदी बनाइ
तिनै आँशुले पापी शरीरको पाप धुन मन छ

तिमीले मारेको माया अनन्त अनन्त साथैमा
संगालेर एकबिटो बनाइ कथा कोर्न पुन मन छ

तिमीले लत्याएर छट्पटिएको घायल आत्मा
त्यसैलाई घायलपारि टिप्नँलाई जून मन छ

तिम्रो काख सिरानी हालेर आज रुंन मन छ
तिमीलाई नजिक बाटै अघाउँजी छुन मन छ

गीता थापा (दोषी)
हाल-ईजरायल

गजल (जवाफ)

काख शिरानी गोहि आँशु रुन खोज्दैछ्यौ
नअघाएर अझै मलाई छुन खोज्दैछ्यौ

मेरो निर्मल,निश्चल प्रेम तिम्ले पाप सम्झेपछी
गाई बन्न गधा आत्मा धुन खोज्दैछ्यौ

मैले माया मार्न हैन चिरन्जिवी बनाउँ चाहेँ
घात दिइ छद्मी कथा कोर्न पुन खोज्दैछ्यौ

लत्याएको थिइन मैले सदा शिरमा राखे तिम्लाई
दोषी आफैं औंशी रातमा जून खोज्दैछ्यौ

काख शिरानी गोहि आँशु रुन खोज्दैछ्यौ
नअघाएर अझै मलाई छुन खोज्दैछ्यौ ॥

- इखालु रमेश गेलाल
.....................................................................................
गजल
यसपाली नी परदेशीको निधार खाली भयो
आशिषको बदलामा हराम गाली भयो

चाडबाडको निहुँ गरि आफ्नासम्म पुगौं भन्थे
यो दशैं नी न त हाँगो न त डाली भयो

कस्तो नसिव वालुवालाई बैंस चुसाई बाँच्नु पर्ने
यो परदेशीको भाग्य लेख्दा पक्का झ्याली भयो

मेरो बाटो हेर्दा हेर्दा सबै निराश भए होलान्
यसपाली नी मेरो घरमा रित्तो थाली भयो

आफ्नासँग बिछोडीएर तड्पीएर बाँच्नु पर्दा
यो जिन्दगी साँच्चै आज गुहेनाली भयो ॥

..........................................................................................
जीवन बनाई भुसको डोरी कहिले सम्म बाटी बस्छ्यौ
पोखिएको भुँइको गुलीयो कहिले सम्म चाटी बस्छ्यौ

वैंसलाई हरेक साँझ मनसुन बनाई बसा्रउँदा
रुझेको त्यो तिम्रो कपाल कहिले सम्म झाँटी बस्छ्यौ

बाढी आउँछ बगाइ लान्छ तिम्रा ती दिवा सपना
आफु आफै लुछाएर कहिले सम्म फाटी बस्छ्यौ

नगर भो गर्व अब कामुक आफ्नो शरीरसँग
वैस बेची आना सुकी कहिलेसम्म साटी बस्छ्यौ

जीवन बनाई भुसको डोरी कहिले सम्म बाटी बस्छ्यौ
पोखिएको भुँइको गुलीयो कहिले सम्म चाटी बस्छ्यौ

- इखालु रमेश

Leave a Comment

Posted in गजल | Tags: गजल
Posted by: Ikhalu Ramesh | August 27, 2009 किन किन उस्लाई देख्दा(गजल) गजल
किन किन उस्लाई देख्दा रिस उठ्छ मलाई
आँखा सन्काई बाटो छेक्दा रिस उठ्छ मलाई

श्रद्धा अनि आदरका छद्मी शब्द बटुलेर
बकमफुसे कुरा लेख्दा रिस उठ्छ मलाई

बेइमानीले ज्योतीमय स्वार्थी अनुहार देखाउँदै
काँध चढी टाउको टेक्दा रिस उठ्छ मलाई

अश्रुमय बर्षाऋतु चिनो भन्दै दिइ जाने
बेइमानी उस्लाई भेट्दा रिस उठ्छ मलाई

किन किन उस्लाई देख्दा रिस उठ्छ मलाई
आँखा सन्काई बाटो छेक्दा रिस उठ्छ मलाई
.....................................................................................
कम्प्युटरको किबोर्ड सरी किन थिच्छौ घरी घरी
स्वाभिमानी नेपाली भै किन बिक्छौ घरी घरी

नेपाल बनोस शान्तिक्षेत्र युद्ध गर्ने मैदान हैन
बिद्रोहको पाठ मात्रै किन सिक्छौ घरी घरी

लाज छैन शरम छैन देश नै सिध्याउँदा पनी
डकार पनि आउँछ होला किन घिच्छौ घरी घरी

नेपाल आमा हसाँउन सिक थोरै भएपनी
मुटु भित्र काँडा बनि किन बिझ्छौ घरी घरी

देश बनाउन अघि सरे कोहि असल मानवलाई
रुख माथि चढाएर फेद गिड्छौ किन घरी घरी

न त आफु केहि गर्छौ जनता अनि देशको लािग
नेपाल सक्ने नियत लिई किन हिड्छौ घरी घरी ॥


.....................................................................................
सारा ब्यथा छोपीदिए माया सम्हाल्नलाई
सबै इच्छा त्यागीदिए तिमी अंगाल्नलाई
प्रीती भरी टाका लाग्यो दिन खुल्न छोड्दा
आत्मा मेरो बाझो रह्यो तिम्रो मन गोड्दा ॥

जित तिम्रो छदै थियो खेल पर्दैनथ्यो
हार्न मैले खोजेकै थिए झेल पर्दैनथ्यो
खेलाची भो जीन्दगानी हुरी चलिदिदा
चिता दन्क्यो घाटमा फेरी आंधी चलिदिदा ॥

तिम्रो तस्बिर मागी मागी दिन बिताइ दिए
तिम्रो ओठ चुम्ने रहर त्यसै हराइ दिए
बिरानो भयो देह तिम्रो सबै पराइ भए
डुले तिम्रो गाउ बस्ती तिमी भित्रै हराई रहे ॥

सास फेर्दा कैयौ पल्ट तिम्रो नाम लिइरहे
चुम्बन सम्झी प्रत्येक घुट्को पिडा भुल्न पिइरहे
दिन सम्झी कालो रात त्यसै त्यसै बिताइदिए
साथमा तिमी छौ ठानी तिम्रै गाऊंमा निदाईदिए ॥
.....................................................................................
कोमल मनकी धनी परी हाँसिन मुसुक्क
दन्ते लहर देखाई माया गाँसिन सुटुक्क

चित्ताकर्षक चाल, ढाल उनको मिजास छ उस्तै
चौबन्दीको घेरा भित्र टाँसिन भुसुक्क ।

मोनालिसा समान लाग्ने सौम्य चाल जस्तै
थोरै माया धेरैलाई छासिन् चुसुक्क ।

क्षणभंगुर दिवास्वप्न देख्न थालिन कठै
विच्यौनामा सवार भई मासिन् लुसुक्क ।

जिजीविषा घट्न थाल्यो बुझिन् कुरा सोझै
छोईपासो भयो प्रेम भािसंन फुसुक्क ।
.....................................................................................
वहार आयो समाजमा भन्नेहरु थाकिसके
छिट्टै बन्छ नया नेपाल भन्नेहरु थाकिसके

बग्यो रगत निर्दोषको दोषीहरु आजाद भए
समानता चाहिन्छ अव भन्नेहरु थाकिसके

बेपत्ता छन् होनहार छदमभेषी मौलाए
छानवीन गरी कार्वाही गर भन्नेहरु थाकिसके

कमजोर भए आवाजहरु बन्दुक बहादुर भए पछी
बोल्न लेख्न पाउनु पर्छ भन्नेहरु थाकिसके

तरवार पो शुरवीर रैछ आवाजलाई मन्द गर्ने
शान्तिपूर्वक बाच्न देउ भन्नेहरु थाकिसके ।
.....................................................................................
यात्रा हो जीन्दगी यो ठक्कर जति खाईएकै छ
लरवर गर्दै तङ्ग्रदै चक्कर कति लाईएकै छ ।

गर्भाशयबाट उद्गम यात्रा निरन्तर चलि रा’छ
सिकाई हो जीन्दगी यो ठक्कर कति पाईएकै छ ।

उवड-खावड पार भए गगनचुम्बी पहाड हेर्न
अनवरत जीन्दगीमा लेकबेसी धाइएकै छ ।

उकाली र ओराली भाज्याङ अनि देउरालीमा
पाती चढाई कसम खाई माया प्रीति गाइएकै छ ।

उद्धेश्य छ केन्द्रबिन्दु अनन्त यो यात्रा भिर
हासिल गर्ने बाचा-बन्धन फेरी पनि चाहिएकै छ
.....................................................................................
यर्थातमा तड्पीनुको मज्जै बेग्लै सोनी
भावानामा कड्कीनुको मज्जै बेग्लै सोनी

रेगिस्तानको गर्मीसँग लाप्पा खेल्दै पनी
हिमचुलीसाथ धड्कीनुको मज्जै बेग्लै सोनी

पराईघरको व्यन्जन सुलु-सुलु छिरे पनी
घरको ढिँडो अड्कीनुको मज्जै बेग्लै सोनी

वाल्यकालका यादहरु बारुद झै सल्काएर
पटका झै पड्कीनुको मज्जै बेग्लै सोनी

बिछोडमा रुमल्लिएर गुम्सीएर बस्या बेला
उिपंया झै फड्कीनुको मज्जै बेग्लै सोनी

आफ्नो माटोगाउँघर मुटुको सम्झनामा
यो टाउको चड्कीनुको मज्जै बेग्लै सोनी

यर्थातमा तड्पीनुको मज्जै बेग्लै सोनी
भावानामा कड्कीनुको मज्जै बेग्लै सोनी॥
.....................................................................................
दुराचार सामु शिर झुक्न दिनु हुन्न पिया
भावानाको नातालाई दुख्न दिनु हुन्न पिया

मित्रताको मझेरीमा लुटपुटीन चाहनेको
मित्रत्वलाई सकेसम्म चुक्न दिनु हुन्न पिया

हजार हुन्छन् आत्मियताको गीत गाउनेहरु
छद्मभेषी भुस्याहालाई भुक्न दिनु हुन्न पिया

एकअर्कामा पारदर्शी कन्चन जल हुनुपर्छ
निर्मल नाताभित्र स्वार्थ लुक्न दिनु हुन्न पिया

हिमनदी झै हुनुपर्छ जोडेपछि नाता
खहरे झै बर्षापछि सुक्न दिनु हुन्न पिया॥
....................................................................................
जता पाइन्छ हरियाली उतै चरे हुन्छ निशा
मेरो माया खल्लीबल्ली बसाँई सरे हुन्छ निशा

लेक,बेसी,घाँसपात मेला जान नसक्नेले
पहाड छाडी लुरुलुरु तराई झरे हुन्छ निशा

अरुले हात्ति चढ्दा धुरी चढ्न खोज्छ्यौ भने
हाँसी हाँसी बिदा तिम्लाई खोली तरे हुन्छ निशा

अजम्वरी मेरो माया,सम्बन्धलाई लत्याएछी
उम्लिएको तिम्रो वैंस अन्तै छरे हुन्छ निशा

झुटो माया पिलाई मलाई जीवन उजाड पारेपछी
स्वप्नलोकको राजासँग स्वयम्वर गरे हुन्छ निशा
.....................................................................................
गजल (सवाल)

बगैचामा फूलिहिँड्ने फूल सोच्यौ मलाई
चौबाटोमा टाँगीएको तुल सोच्यौ मलाई

सृष्टिले जन्माएकी सिर्जना हुँ म त
अभागीको बेहोसीको भूल सोच्यौ मलाई

कोखबाट अमृतसरी धारा बगाई दिएँ
जवानीको छाती पोल्ने शुल सोच्यौ मलाई

सिर्जनाको मुहान भएपनि जानी राख
बर्षैपिच्छे फुटि राख्ने मूल सोच्यौ मलाई

हामी पनि डुल्छौ एकदिन चन्द्र अनि मंगल
बाढीसँगै बगी जाने पूल सोच्यौ मलाई

मीना थापा बिष्ट
हाल ः दोहा,कतार ।

(साभार ः ११ जुन २००९ को राजधानी साप्ताहिकबाट)

गजल (जवाफ)

तिमीलाई पलाँसको फूल सोच्या छैन मीना
चौबाटोको बेवारिसे तुल सोच्या छैन मीना

सृष्टिले नै जन्माउँछ निर्माण अनि निर्वाणहरु
तिम्रो सृष्टि उन्मातको भूल सोच्या छैन मीना

तिम्रो कोखको अमृत्वमा दैत्यपान नहोस् चाहेँ
छछल्किएको जवानीलाई शुल सोच्या छैन मीना

सिर्जनाकी मुहान तिमी हिमनदी बन्नु पर्छ
हिउँद लाग्दै सुकी जाने मूल सोच्या छैन मीना

चन्द्र अनि मंगलसँगै आधा आकाश तिमी नै हौ
जवानी र वैंस तार्ने पूल सोच्या छैन मीना

- इखालु रमेश

तिम्लाई दिलमा सजाउनु मेरो ठुलो दोष भयो
आफ्नै हातले आज आफ्नै मृत्यु उद्घघोष भयो

विलासीता र उन्मातको रैछ तिम्रो मायाँ
प्लाष्टिकको फूल सुवाष,पतझर प्रेमको रुखो छायाँ
त्यसैले त मायासागर तिम्रा लागि ओस भयो
आफ्नै हातले आज आफ्नै मृत्यु उद्घघोष भयो

नसोध भो अब तिमी फुलवारीका फूलहरु
देवि,देउता मन्दिर अनि घण्ट र त्रिसुलहरु
फूल झर्यो,त्रिसुल टुट्यो न त तिम्लाई होस भयो
आफ्नै हातले आज आफ्नै मृत्यु उद्घघोष भयो

तिम्लाई मनमा सजाउनु मेरो ठुलो दोष भयो
आफ्नै हातले आज आफ्नै मृत्यु उद्घघोष भयो
......................................................................................के दिउं जवाफ तिमीलाई मैले हाम्रो कहानी अधुरो लागे
संगाली राख हृदय माझ यो जिन्दगानी अधुरो लागे

आउनेछ एकदिन देखाउने पालो दुनियाँलाई नढाटीकन
देखाई दिन्छु चिरेर छाती चोखो निसानी अधुरो लागे

सजिलो होला तिमीलाई तर हराऊदैन यी आँखाबाट
कसरी बिर्सु मायाको ठेकी सानो मदानी अधुरो लागे

सुकेको आंत लिएर आउथ्यौ बारम्बार पधेरो खोज्दै
के भनौ मैले तिमीलाई अब मेरै पानी अधुरो लागे

सापटी मागी मखमली सुवास कसरी हांसू एक्लै बसी
हामी सुतेको एउटई ओछ्यान उही सिरानी अधुरो लागे

.....................................................................................
बिरालोको घाँटीको घाँडो भो जीन्दगी
पैतलामा बिझेको काँडो भो जीन्दगी

न मान्छे भई जीउन सकियो न त केहि गर्न
फुटेको स्टीलको भाँडो भो जीन्दगी

अल्छीपना बढ्दै गई आत्माबिश्वास तुहिएपछी
पहिरोले चिथोरेको डाँडो भो जीन्दगी

तातो रगत छउन्जेल नी भेडो बन्नु परेपछी
दुनियाँले फ्याँकेको ठाँडो भो जीन्दगी

जती कोशीस गर्दा पनि समयले पछारेछी
लाग्छ जन्म लिने क्रममा चाँडो भो जीन्दगी

- इखालु रमेश

बिना बिरुवा हरियाली वन कहाँ छ र
तिमीसँग दुर हुने मन कहाँ छ र

बिछोडीनु पर्दा आफ्नो माटो अनि मुटुसँग
जीवीत शब नबनेको तन कहाँ छ र

चिल्ला सडकअग्ला महल हजारौको भिड बिच
जती हाई-हाइ भएपनि आफ्नोपन कहाँ छ र

जतिसुकै पुरिएपनि द्रव्य अनि जुहारतले
माया भन्दा ठुलो धन कहाँ छ र

निशा अनि उषाहरुमा भक्कानिएर रुँदा मुटु्
नरोउ भन्दै साथ दिने जन कहाँ छ र

- इखालु रमेश
तिम्रो याद र सम्झनाले नरोएको रात छैन ।
पानी सरी पिउँछु रक्सी तर पनि मात छैन ॥

सपनीमा ढक्ढक्याउँदा मेरो दिलको ढोका तिम्ले
लाटो बन्छु तिम्रो सामु बोल्ने कुनै बात छैन ॥

व्यन्जनको थुप्रो वीच भोको बनि छट्पटाउँदा
मेरो लागि पस्की दिने तिम्रा कोमल हात छैन ॥

निश्चल चोखो मायाँ तिमीलाई मेरी धड्कन तिमीनै हौ
इखालु को सच्चा प्रेममा छलकपट र घात छैन ॥

तिम्रो याद र सम्झनाले नरोएको रात छैन ।
पानी सरी पिउँछु रक्सी तर पनि मात छैन ॥
.....................................................................................
गजल (सवाल)

लौ जवानी बिक्रीमा छ
यो कहानी बिक्रीमा छ

आफैले पोलेको घरको
हा खरानी बिक्रीमा छ

ठेकी चुहीने भएपछी
यो मदानी बिक्रीमा छ

स्वभाव किन्न जानुथ्यो
र त बानी बिक्रीमा छ

कुन अंग मन पर्छ भन
छानी छानी बिक्रीमा छ ॥

-रविन्द्र नादान
विदुर -५ मािझटार
नुवाकोट ।


गजल (जवाफ)

फोस्रो तिम्रो जवानीको लिलाम बिक्री नगर भो
वासानाको कहानी त्यो दोबाटोमा नछर भो

वैंस छदाँ घर पोल्यौ जवानीको चर खोल्यौ
अव रित्तीएको कामुक भाँडो खरानीले नभर भो

पिपासुले मोही पार्ने ठेकी बन्दा चुहियौ आज
मदानीलाई लिलाम गरी अझै नर्क नझर भो

स्वभाव होइन बजारको आलु जस्तो किन्न पाइने
िपङगला झै तिम्रो बानी अव अघि नसर भो

कुहिएको बगरको माछा सरी तिम्रा अङग
कस्ले किन्ला छानी छानी भ्रममा अव नपर भो ॥

- इखालु रमेश
.....................................................................................
साँचो माया गर्दा खेरी घात दियौ पिया
उज्यालोको बदलामा रात दियौ पिया

हाँसो खुसी बटुलेर जीउने आशा जागेको थियो
आँशु अनि पिडाका खात दियौ पिया


दोबाटोमा भेट हुँदा हात समाई चुमेकी थियौ
मेरो चोखो मायालाई लात दियौ पिया

तिम्रो मेरो मुटु जोडी साथमा खुसी खिलौ भन्थे
मलाई मारी पराईलाई हात दियौ पिया

सँगै जीउने सँगै मर्ने सपनामा उडाएर
इखालुलाई आँशुको बर्षात दियौ पिया
.....................................................................................
भोग्दै जाँदा जीन्दगी समुन्द्रको नाउ जस्तो
संघर्षको मैदानमा जुवाको दाउ जस्तो
चारै तिर चोटैचोट र ठक्कर खानु पर्दा
परिस्थितिले पोलीरहने मुटुको घाउ जस्तो

न ह्दयले चाल्न सक्यो
न विचारले ढाल्न सक्यो
पत्थर जस्तो तिम्रो मन
न मायाले गाल्न सक्यो

रद्दीको टोकरीमा फाल्न पनि नमिल्ने
जम्मा पारी आगोमा बाल्न पनि नमिल्ने
टुक्रा टुक्रा छरिएको मेरो मुटुलाई
सीयोले मिलाएर टाल्न पनि नमिल्ने

वैरीले अति क्रमित् देश बचाउनलाई
संस्कृति भाषा अनि भेष बचाउनलाई
अब प्रवास् छिटै छाड्ने बेला आएको छ
राष्ट्रियता को अवशेष बचाउनलाई

पैरन् उस्तै कोट् अलग्
नेता उस्तै भोट् अलग्
लुट्न त सब्ले लुट्ने हुन्
खल्ती उस्तै नोट अलग्

गाएर पनि रित्तै छु
धाएर पनि रित्तै छु
आकाश्को फल् भो माया
लाएर पनि रित्तै छु
........................
achyut kuikel
प्रकाश छर्न अधेरिमा जले बेसरी
आँधी हुरी बनी चुट्यौ गले बेसरी


सँगैयात्रा गर्दै थियौ गयौ छोडेर
हिड्दा हिड्दै ठेस लाग्यो ढले बेसरी


आँखा उहि भएपनि हेर्ने दृष्टि फरक
पापीमनका दोसी चस्मा बले बेसरी


सोचेजस्तो कहाँ हुने रैछ जीवन
बाध्यता र बिबसताले झेले बेसरी
........................
achyut kuikel
फूलहरु कहिल्यै फुल्न बिर्सिदैनन
भवरा र मौरीले डुल्न बिर्सिदैनन !
अरुको लागि बाँच्ने सकल्प बोकेर
मौसमनुसार ढकमक्क झुल्न बिर्सिदैन !!



यता मन अध्यारो छ कता बाल्यौ टूकी
देख्दिन म तिम्रो प्रकाश कुहिरोले छेकि!
अध्यारो र उजाड देख्छु सबै मेरो बस्ति
कता लग्यौ उखेलेर पखेराको बुकी



असल मित्र चिन्न सके धन्य हुन्छ मान्छे
आनन्दले हाँसी हाँसी चन्द्र चुन्छ मान्छे ।
भवराको आकर्षन फूलसँग देख्दा
आफू त्यस्तै रमाउन जाल बुन्छ मान्छे ।।



भित्रीमन असल भए सबलाई असल देखिने छ
ईतिहासमा तिनिहरुको नै नाम लेखिने छ !
हत्केलाले सुर्यलाई छेक्न कहाँ सकिन्छ र ?
मान्छे खराब हुन्न कैले आचरण खराब भेटिने छ !!



खुशी लाग्यो म नि तिम्रो प्रीय मित्र भाको रैछु
काडाहरु जात जनाउनछ सहने बानि पाको रैछु!
गल्ति केहि भाको छैन छोडेर नि गएको छैन
सोच्दै छु तिमीसंग असल मित्रता लाको रैछु!!



उज्यालोमा रम्नु पर्छ ज्ञानदीप बाली
संगी साथि बन्नु पर्छ मनको मैलो फाली !
दुनियाले के के भन्छन किन सुन्नु कुरा
तिमि पनि अरु जस्तै नहुनु है जाली!!



पुग्नु थियो धेरै पर बीचबाटोमा जाम पाए
खुशी भए आज धेरै कलियुगमा राम पाए !
विश्वाश र भरोसामा अल्झेको छ यो संसार
बल्ल मैले खोजे जस्तै राम कुमार नाम पाए !!



भरोसाक दिपहरु जलिरहुन सधैंभरि
अघि बददै जानु पर्छ दुनियाँले देख्नेगरि
समयको आधिहुरी झेल्न सके धैँयताले
तिम्रो मेरो मित्रता यो रहिरन्छ यसैगरी !!



हात समाइ उठाउनु अल्झिएर लडे भने
सहि मार्ग देखाउनु कतै गल्ती गरे भने !
असल मित्र बन्यो आज साथ दिनु सधैभरि
नरुनु है सम्झिएर फुल्दा फुल्दै झरे भने!

१०

आकाश फर्की थुक्न खोज्छन छिटा आफ्नै मुखभरि

सम्झिरन्छन दुनियाँले तिनैलाई जीवनभरि।

बोल्नेलाई बोल्न देउ बोलिरहुन सकेजति
अर्ती हाम्ले घर्तिको नि मान्नु पर्छ सधैभरि ।।

११

जन्मेको त्यो माटो एकै रमाउने बाटो एकै

चोट लाग्दा दुखिरने यो छातीको पाटो एकै ।

रिस राग अंहकारले भलो कस्को गर्छ यहाँ

मर्दाखेरि जलाउने काठको त्यो भाटो एकै ।

१२

के भयो र तिम्रो साथ छुटे पनि बाँचेको छु

तिमी जस्तै साथी बीच रमाएरै हाँसेको छु ।

रुझाएर गयो बर्षा पखालियो मैलो जति

पलाएको पालुवामा रहर बोकी नाचेको छु ।।

.................
achyut kuikel
मुटु दुख्यो आज किन दुख्यो जीवन् सारा
तिमी नै त एक थियौ यो जीवनको तारा
हिड्दा हिड्दै ठेस लाग्यो झरे बलेसीमा
थामिएनन परेली यो बगिरहे रारा

जिन्दगी यो रहे सम्म नाम हराउदैन
बादल भित्र लुके पानी घाम हराउदैन् !
धड्किन्छौ मुटुभित्र बिर्स्याछैन एकैपल
दिलभित्र कहिल्यै तिम्रो ठाम हराउदैन

तिम्रो माया विश्वाश पाए जिन्दगिका रहर जागे
सागरको छालसरी चाहानाका लहर जागे !
रमाएर बस्न पाऊँ तिम्रै समिप जुगौ जुग
तिम्रै न्यानो कल्पनामा हरएक प्रहर जागे !!

मेरो मनको मझेरिमा फुलिरहन्थ्यौ सधैंभरी
बिर्सनालाई खोज्यौ तिम्ले अनायसै आँखातरी !
भन्ने गर्थ्यौ मर्छु बरु तिम्रो साथ छुट्यो भने
नदेखेझैँ गरिगयौ कति रोएँ आँशु झारी !!

रात यो नढली बिहानी हुँदैन
मन यो नछुने कहानी हुँदैन
समिप रुचाउछन मायाबी दुनियाँ
बैँश यो नआइ जवानी हुँदैन

बिस्वाशका मूलहरु सुक्न दिनु हुन्न कैले
जिन्दगीक भूलहरु लुक्न दिनु हुन्न कैले
हरियाली पार्न बाग ,मलजल् गर्नै पर्छ
नफक्रेको फूलहरु टिप्न दिनु हुन्न कैले

एक्लै आयो एक्लै जाने एक्लो यात्रा जिन्दगीको
कैँले सुख कैले दु:ख जात्रै जात्रा जिन्दगीको !
केहि पल हाँसोको छ केहि पल आँशुको छ
भेट्ने छुट्ने कयौ साथ कयौ पात्र जिन्दगीको !!
तोडी गयौ बाचा कसम पर पुगी हेर्छौ किन ?
म अर्कैको भए पछि तिम्ले आँखा तर्छौ किन ?
रसाएका आँखा बोकी ढुकढुकीलाई शान्त पार्दा
बाटो फरक भए पछि याद फेरि गर्छौ किन ?

छायाँ बिनाको खाली दर्पण दिएर गयौ
हेर्दाहेर्दै अनायासै नजर बाट दुर भयौ !
अर्पेकै थिएँ जीवनको हरपल तिमीलाई
आफ्नै पारामा चल्न मजबुर भयौ !!
खड्किन्छ सधैं तिम्रो कमी मुटुमा
तड्पिन्छ बिछोडले पलपल मुटुमा
रुवाउछ तिम्रै ती रुमानी याद्हरुले
भड्किन्छ दिल किन मायाले मुटुमा
मधुर मुस्कान दिएर आयौ
मायाको उपहार लिएर आयौ।
शितल छहारीको खोजिमा हुँदा
हरियाली गीत गाएर आयौ ।।

उहि छ रीती ,रिवाज उहि छ
उहि छ सोचाइ आवाज उहि छ
फोस्रो त्यो आदर्श अविश्वाश उस्तै
संम्भार गर्ने समाज उही छ

याद्हरु काफी नै छन पिउन आजभोली
बहाना यो खोज्नै पर्‍यो जिउन आजभोली ।
मेरो मात्र हैंन रैछ देख्छु सबको उस्तै
फाटेको मन लागेको छु सिउन आजभोली ।

६०१को खेलमा झेलैझेल भएको छ
बढ्दो महँगी र बेरोजगारी बढेको छ !
सत्तालिप्सा, स्वार्थीपन हटाएर अविश्वास,
थपिएको म्याद भित्र संविधान चाहेको छ

सम्झनामै बिती सके धेरै मेरा रातहरु
याद आउछ देउरालीका मिठा मिठा बातहरु
आउछु भन्दै बिते मेरा धेरै बर्ष यहाँ
कहिले पुरा हुने अब सपनाका खातहरू
........................
achyut kuikel
मुक्तक

चोटै चोट खाए पछि जाने जिन्दगीलाई
दुखिरहने घाऊ सरी माने जिन्दगीलाई!
घट्ने होइन पीरको बोझ बढिरहने सधैभरि
हजार पीडा सही बाँच्नु माने जिन्दगीलाई !!

२ मुक्तक

लाली गुराँस ढकमक फुल्दै होलान् बनैभरि

एैसेलु र काफलको याद आउँछ घरिघरि ।
कोइली पनि गाउँदै होला कुहु कुहु मिठो भाका
गाउघर कै सम्झनाले सताउँछ सधैंभरी

३ मुक्तक

उठ्न खोज्यो खुट्टा तान्छन अप्ठयारो छ बाटो

आफ्न आफ्ना दर्शनको पार्छन बेग्लै गाँठो !
विभेदिय आचार बिचार संभ्रान्त भनाउँदाको
मै हुँ भन्छन जान्ने सुन्नेको सधैंको छ फाटो !!
...................
achyut kuikel
बिकल्पको बाटो छैन भन्ने नसोच
मुल्यहिन सम्झी मिल्काउन नखोज
समयले देखाउनेछ रङ जिन्दगीको
जीवनका समस्या,संघर्स देखि नभाग!!!

चोखो माया थियो तर भुल्न सक्यौ कसरी
त्यो मन भित्र अरुलाई नै सजायौ कसरी
तिमी भित्र फुल्ने मेरो रहर अधुरो नै पारेर
अनयासै आज तिम्रो मन बदलियो कसरी ?

युवाहरु बिदेसिए रित्तो शहर मात्र बाँकी
तछाड मछाड गरिरहने लहर मात्र बाँकी
सधैंभरी खिचातानी कोलाहल छ जताततै
सुन्दर शान्त नेपाल हेर्ने रहर मात्र बाँकी ।।

सुन्दर सपनाले राम्रो अनुभव गराउँ
निश्चल भावनामा मान्छे हराउँछ
मिठो कल्पनाले आशाबादी बनाउँछ
मिलनको सम्झनाले मन रमाउँछ !!



जिन्दगी जस्तो होस् चाख्नु नै छ
मन हो जसोतसो बुझाउनै पर्छ
कर्मको नै पूजा तन्मन्ले सधैं
परिश्रर्मको फल मिठै मान्नुपर्छ।


न फूल बनि फुल्न पाए
न पवन संगै डुल्न पाए
न त जिते सृष्टिलाई,
न अतित भुल्न पाए !!
.....................
माया हुन्छ नबुझिने
अर्थ यस्को नखोजिने
जीवनलाई बचाउने
पलपलमा सजाउने।

बुझ्नलाइ माया हुन्न
अर्थ यस्को खोज्नु हुन्न
जीवनको प्रीत यो त
मरी जाने दिनु हुन्न

एकोहोरो कुरा गर्छौ,
तिम्रै मात्र ढिपी गर्छौ
आफै जगत हँसाएर
सारा दोष मैलाइ दिन्छो?

नारी मन बुझ्ने गर
भावनाको कदर गर
पुरूष भन्दा पहिले तिमी
भावनामा डुब्ने गर ।

साँचो मनले आँट्छो भने
घरमा मागी लान्छो भने
सुम्पेको छु तिमीलाइ
माया मलाइ गर्छो भने ।

बुझिन त्यो माया के हो,
अर्थको को त कुरो के भो
जीवन संग दाँजिने
मात्र एक भूल हो यो ।

ठूला ठूला कुरा गर्ने
माया प्रीत भनी हिँड्ने
रुवाउँदै दुनियाँलाई
सारा संसार हँसाउने

आइमाइको जातै यस्तो
पिच्च पिच्च रूने कस्तो
साह्रै सानो चित्त रैछ
यति छिटै रूने कस्तो ?


तिम्रो मन जाँचेको पो
माया गर्छु भनेको पो
धरो धर्म ढाँट्या हैन
घरजम गरम् आटेको पो ।

....................
प्रेम भन्ने जातै यस्तो
माया लागे हुने कस्तो
फूलको सुन्दरता हेरि हेरि
सुगन्धमै रमाइरहुँ जस्तो ।



सँगै बस्दा जलाउने
टाढा हुँदा गलाउने
कस्तो रैछ जातै यस्तो
अमर प्रेम कहलाउने

अनुभले मान्छे सिक्छ
मले मान्झे फुल्छ
सागरमा तरे भन्दा
विछोडले मुटु दुख्छ ।

अनुभव गरे हुन्छ
प्रेम सागर तरे हुन्छ
सुगन्धको लोभ लागे
आत्मैदेखि भरे हुन्छ !
दुख्ने मुटु सिउन पाए
अमृत अझै पिउन पाए
खुशी मिल्थ्यो जिन्दगीमा
सँग सँगै जिउन पाए !!
दुख्ने मुटु सिलाए हुन्छ
अमृत सम्झि पिलाए हुन्छ
साँचो प्रेम ठाने देखि
आत्मैदेखि मिलाए हुन्छ ।
चाहे जस्तो पाउनु कहाँ
छेक्बार छन धेरै यहाँ
साथ पाए संगै तर्न
पार लाग्छन डुंगा जहाँ !!
छेक्यो केले सँगै जिउन
पर्दैन भो अमृत पिउन
सँगै तरेो मनको डुङ्गा
जिन्दगीलाइ पार दिउँ न।
विद्वान भए पढि पढि
रिस भुली अघि बढि
एकजुट भै मिलीजुली
लक्ष्य भेट संघर्ष गरि !
राम्रो कुरा पढ्नुपर्छ
सधै अघि बढ्नुपर्छ
छेकबार सबै हटाएर
सफलतामा चढ्रनुपर्छ !
मन मिले कुरा मिल्छ
तिम्रै साथ भए पुग्छ
कुरा मिलाउ भन्दा फेरि
आशाहरुको दियो बल्छ !
कर्मले नै भाग्य बन्छ
मायाले नै माया तान्छ
जुनि काट्ने कुरा सुन्दा
मुटु भित्र हल्चल हुन्छ !!
कुरा थियो मिलाउने
एक अर्कामा विलाउने
कसरी भो ज्ञानका कुरा?
अर्कै आभास दिलाउने ।
आएछ कि त भाग्य फेरि
तिम्रो साथ पाउँदा खेरि
खुशी हुन्छु तिमी भए
जुनी काट्छु हेरि हेरि ।
बसि राख भर परि
साथ दिउला सधैँ भरि
सुगन्धमा रमाउँदै
आउँदैछु म बेशी झरी।
माया मैले गरेकै छु
तिम्रै भर परेकै छु
तिमी आउने बाटो भरि
सुगन्धी फूल छरेकै छु ।
......................
gazal dohari bahira bata
जहाँ फूल हुन्छ त्यहाँ भमरा धाउँछन् ।

रस हुन्छ त धाउनेले सन्तुष्ट पाउँछन् ।।
चुस्न पाउञ्जेल सबै दिनरातका पाहुना...
ओइली झरेपछि लात्तीले हिर्काउँछन्
Bhagawati बस्नेत
माया गर्न जानु पर्‍यो रस दिने त्यो फूललाई ।
कस्ले देला फेरि डुल्न लात्ती हान्ने त्यो भूललाई।।
दिनरात प्यासी बनी तिर्खाएर धाउनेहरु
जतनले जोगाइ राख पानी दिने त्यो मूललाई।।
Bishnu बैकुण्ठे

बैगुनी छ यो दुनियाँ आफ्नो स्वार्थ मात्र हेर्छन् ।
रस नपाए आफ्नो छोडी अर्कै फूल ताकी फेर्छन् ।।
जतन गर्ने समयमा खटन गर्ने धेरै भए...
यो दुःखीको पीर व्यथा अब कसले टेर्छन् ???
Bhagawati बस्नेत

बैगुनिलाई गुनले मार्ने छैन यहाँ चलन
फुल रोज्दै हिंड्नेहरु एक दिन त रोलान
जतन गर्न जान्नेले दिनु किन खटन गर्न
आफ्नो दु:ख आँफै हर्न जान्नु पर्छ मदन ...
Bishnu बैकुण्ठे ‎

बैगुनीलाई गुण छर्न बाटो मोड्नु पर्यो ।
आफ्नो दुःख आफै हर्न नेपाल छोड्नु पर्यो ।।
दुःखमाथि विपत्ति आउँदा गुण बैगुनी भो...
त्यसैले त मुना मैले अर्कै जोड्नु पर्यो ।।
Bhagawati बस्नेत

पौरखी हातहरु जहाँ गए नि हुन्न खाली!
कहिले दु:ख कहिले सुख संघर्ष हो जिन्दगानी !!
सुख दु:ख जे भए नि बाढौला नि बराबरी !!!
दशैं मान्न जसरी नि घर आउनु यसैपली!!!!
Bishnu बैकुण्ठे ‎
कर्मठ मेरा हात बोकी मुग्लानतिर धाउँछु ।
मेरी प्यारी मूना तिम्लाई हृदयमा पाउँछु ।।
घर-आँगन, छोरा-छोरीसँग मन भूलाऊ...
यसपालीको दशैं नभए अर्को साल आउँछु ।।
Bhagawati बस्नेत

ती पौरखी हातहरु आफ्नै देशमा लाए हुन्छ !
साच्चै मेरो माया भए छिट्टै फर्की आए हुन्छ !!
सधैं टाढा हुने भए किन चाहियो साथ यहाँ !!!
अर्को साल आउने भए मुग्लन तिरै धाए हुन्छ !!!!

Bishnu बैकुण्ठे ‎
बाध्यतामा मुग्लान् जानु कुन दैवको खेल हुन्छ ?
मुना तिमी कठोर हुदा आफैभित्र जेल हुन्छ ।।
मुग्लानी धन साथमा ल्याउँदा दुःख हाम्रा भाग्नेछन्....
धैर्य गर तिम्रो-मेरो आउने सालमा मेल हुन्छ ।।
................